:: Blog Home       :: rahulvai ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW rahulvai's BLOGS
:: किन?
:: दशैंको टीका
:: मनकी रानी !
:: आलु" अर्थात रमेश।
:: अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २
:: अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
:: भूतेश्वर महादेब
:: किचकन्याको कथा (Part 1)
:: भोक र लोहचा मरीको कथा।
:: यो माया पाप हो भने,
:: भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
:: तिम्रो हाम्रो कथा
:: हाम्रो संबन्ध!
:: गजल-राहुलभाइ
:: गजल-राहुलभाइ
:: पिताजी को सुनको तक्मा-2
:: "पिताजी को सुनको तक्मा"
:: मेरो कथा- भाग 2, "दुखद सुख"
:: मेरो कथा- भाग १, "दुखद सुख"
:: निस्ठुरि
:: गीत
:: बैंश
:: ARCHIVES
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
"पिताजी को सुनको तक्मा" [rahulvai's blog]
Blog Type:: Blog
Saturday, April 21, 2007 | [fix unicode]
 

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।
"पिताजी को सुनको तक्मा"

मित्र हरु, यो कथा अलि लामो नै भएकोले धैर्य धारण गरी पढ्न हुन अनुरोध छ। साझा को चौतारिमा बिभिन्न मितिमा १० भागमा गरि प्रकाशित भैसकेको यो ब्यथालाई एकै ठाउँमा समायोजन मात्र गरेको हुं। धन्यबाद!

भाग १


कुरो म १ किलास पढ्दाखेरि को हो। ६ बर्ष को हुंदो हो, एउटा बिशेष समारोह् को याद् छ मलाई। मेरो पिताजीलाई समाजिक् र धार्मिक कार्यमा उल्लेखनिय कार्य गरेको भनी, हाम्रो समाजले स्वर्ण पदक र दोसल्ला ले बिभुषित गरिएका थिए। बाजा गाजा सहित् सिन्दुर् जात्रा गरेका थिए। तत्कालिन मन्त्री ( सायद् प्रयाग् राज् सिंह् सुवाल् हुनु पर्दछ)को आतिथ्यमा भएको सो कार्यक्रम् किन के का लागि गरिएका थिए, बालक राहुलेलाइ थाह् थिएन र पनिताली खूब सँग बजाइएको थियो । त्यतिबेलाको जमानामा त्यस्ता सम्मान कार्यक्रम हरु बिरलै हुन्थें । फोटोहरि खिचिए, अझ श्याम स्वेत फोटोलाई रंग भरेर रंगिन बनाइए ।

समय सधैं एकनास् कहाँ हुन्छ र । त्यसको लगतै भिमकाय सयुक्त परिवार मा खिचडी पाक्न थाले । ६ जना दाजुभाइ र २ बिहे भैनसकेका बहिनी हरुको जेठा परे पिता जी । कलह् बढ्दै गयो र २ किलास् मै स्कूल् जान बाट् बन्चित् भएं म। सबै जना लाई स्कूल् जान समेत् प्रतिबन्ध लगाइ दियो, बाजे ले। जिन्दगी भरि समाज को लागि काम गर्दै आएका पिताजीलाई त्यो कच कच मन परेन । शायद आमा सँग पनि सल्लाह नगरी पिताजी ले कुनै पनि पैतृक अंश न लिने गरी घर बाट बाहिरिने निर्णय गर्नु भो र सोही अनुसार को कानूनी कागजातमा सही गरी दिनु भो । हामी साना थियौं, सबै भन्दा जेठो दाइ नै १४-१५ बर्स् को थियो। केहि बुझेका थिएनौ। सानो झोपडि एउटा बुबा ले ओत लाग्न माग्नु भएको थियो।

त्यही झोपडिमा हाम्रो जिन्दगी को दोस्रो अध्याय सुरु भो । स्कूल पुन : भर्ना भयौं । छुटेको बर्ष छलाङ लगाइयो । एकै चोटि ४ किलासमा जम्प मारें । घर सरेको लगत्तै बुवाले आफ्नो परम्परागत सीप को काम को थालनिको लागि अंग औजार हरु जोराजाम गरी काम सुरु गर्नु भो । नयाँ आशा, नयाँ उमङ्ग सहित बुवाले के काम थाल्नु भएकोथ्यो, धेरै दिन देखि कुरेर बसेको दु:ख र पिडाहरु लावा लस्कर सहित धावा बोले ।

पिताजी अचानक बिरामी पर्नु भो । सुरु मा ज्वरो आए जस्तो भएको थ्यो । २-४ दिनमै पिताजी को कुनै पनि अंग चलेन । दुबै हात्, दुईटै खुट्टा चलेन, बोली पनि बन्द भो । तत्काल अस्पातल लागियो । अनेक थरिको परिक्षाण गरिए, बीर अस्पतालका तात्कालीन सबै बिशेषज्ञ हरु को जमघट भए । केही पत्ता लागेन । यसरी बुवा बिरामी पर्नु भए पछि दु:ख सुस्त सुस्त बेइमानीका चाल हरु सँगै मुस्कुराउंदै आए । कमाउने कोइ थिएन । दाई सोह्र बर्ष लागेको मात्र । राहुले ४ -५ किलास्, अझ भाई त १ किलास् मा पढ्ने । खाने पेट कराउन थाले । अस्पताल र औषधी खर्च चिच्याउन थाले । चांडो बिसेक हुने आस मा आमा ले एक एक गरी सुन का गर गहना बेच्न भन्नु भो दै लाइ र त्यहि सुन् बेचेको पैसाले चुलो बल्थ्यो, ओखति जोगार् हुन्थ्यो। दिन् बित्दै गए, ८-९ महिना सम्म् पनि बुबाको स्वस्थस्थितिमा कुनै सुधार् को लक्षण देखा परेन। दाइ र दिदिले स्कूल् छोड्नु भयो। म र भाइ भने गैरह्यौं। किन छोडे दाइ र दिदिले त्यति बेला यो फुच्चे राहुले लाइ थाह थिएन। गरगहना सकियो, चाँदिका भाँडावर्तन् को पालो आयो। त्यो पनि कति थियो र? सकियो। ओखति र भोक त बाकि नै थियो। यति बेला राहुलेलाई नै समय भन्दा चाँडो बुढो बनायो। स्कूल् जान्थें तर घरमा भात् न पाक्ने हुन् कि भन्ने चिन्ता हुन्थ्यो।
पढ्न नि मन नलाग्ने, सधैं घर् को बेहाल् हाल् ले सतै रहन्थ्यो।

एक दिन् बेच्न हुने( बेचेर पैसा आउने) सबै सर्सामानको स्टक सकियो। सबै जना चिन्तित थिए। सक्ने र हुने सम्म सरसापट पनि भै सकेको थ्यो।
अब एउटै मात्र उपाय बाकि रह्यो, भोकै मर्ने वा पिताजी गौरब त्यो "सुनको तक्मा" बेच्ने। तक्मा बेच्ने निर्णयमा पुग्यौं। पिताजीलाई एक बचन् त सोध्नै पर्‍यो। त्यो दिन् म र दाइ दुबै जना अस्पताल् पुग्यौं र तक्मा बेच्ने अनुमती माग्यौं। बोल्न न सक्ने पिताजी ले आँखाले इशारा गरेर बेच के भन्नु भयो, पिताजी को आँखा बाट् बलिन्द्र अश्रुधारा बगेको बगेइ भए।
***********************************************************************

भाग २

पिताजी को आँखाले अब्यक्त बाध्यता र पीडा छछल्किरहेको स्पष्ट देखिन्थ्यो । अस्पताल मा सङै रहेका हामी सबै पिताजी सँग सँगै रोयौं । मानौं कि कलेजी कि टुक्रा काटेर बेच्न लग्दै छुं । स्तब्ध रह्यो केहि क्षण । किंकर्तब्यबिमूढ् भयौं।
दाइ ले त्यो "सुनको तक्मा" बेच्ने जिम्मा मलाइ लगाउनु भयो। अब १०- ११ बर्षको केटोले बेच्ने गए चोरेर ल्याएको भन्दै प्रहरि को जिम्मा लगाउन बेर् थिएन। बडा अप्ठ्यारो भयो के गरम् , कसो गरम् भो। एक् त बेच्ने मन पनि थिएन।
सांझ पख भिनाजु पर्ने भलादमि लाई अनुरोध गरें, साथ आइ दिनु पर्यो भनेर। अनि दोसल्ला र तक्मा दुबै बोकेर भारि मन ले दैलो काँटे। लाग्यो, म एउटा अक्षम्य अपराध गर्न गै रहेछु। अरु कुनै उपाय हुन्छ कि भनेर मथिंगल्
घुमाएं, के निस्कनु ५-६ किलास् को दिमाग मा ।

दोसल्ला लाई झोछें स्थित एउटा कश्मिरी को पसल मा बेचियो, रु२०० मा । अनि तक्मा लिएर सुनचाँदी पसल धांउदै गएं । त्यती बेला अहिले जस्तो गल्ली सडक पिच्छे कहाँ सुन चाँदी को पसल हुन्थ्यो र? न्यू रोड गेट निर २-४ पसल थिए । एउटा पसल् मा सोधियो, चाँदि को मोल् मा किन्छु भन्यो, बेचिएन। अर्को पसल् मा पनि त्यस्तै जवाफ् आयो। अन्त मा न्यू रोड् गेट् को गुंदपाक् पसल् निर् को बाँडा को पसल्( जो अद्यापि छंदै छ।) ले सुन को केहि मुल्य थप्ने गरि मुल्य दियो। हुन त त्यो अमुल्य वस्तुको जति मोल थपे नि के हुन्थ्यो र? जम्मा जम्मि रु ४५० जति हात लाग्यो। आँसु लाई लुकाएर पैसा गनें, पैसा पाएर रोएका दुर्लभ् घट्ना थिए। एक् मन लाग्यो, बुबाको केहि ओखति र हामी ४-५ जना को पेटमा माड् लाग्ने भो।

घर पुगी, पाएको रुपैया दाइ को हात् मा राखिदिएं। दाइ ले केहि भन्नु भएन तर उनको अनुहारमा पीडा र ग्लानी टल्किरहेको थ्यो। बेलुकि को खाना खाइ सुत्न पल्टें। निद्रा लागेन। मन मा अनेक् तर्कना खेल्न थाले। कस्तो दिन देख्न् पर्यो हामी ले। भगवान संझे। यस्तो लाग्यो, भगवान् नै छैन कि, सब मिथ्या हो। मेरो बाबा ले कहिलेइ कसैको कुभलि चिताएको थिएन। भाइ बहिनिहरुलाइ दु:ख हुन्छ भनेर अथाह सम्पति भएको अंश त्याग्नु भयो। जब पसिना बगाउन थाल्नु भयो तब हात खुट्टा न चल्ने बनाइ दियो। भगवान् ले यस्तो काम गर्दै गर्दैन, यो त शैतान क् काम हो। अनि यस्तो इज्जतका साथ, जिन्दगि भरि समाज को सेवा गरेर अर्जेको "तक्मा" यहि अपजसि हातले बेच्नु पर्यो। आफैलाई धिकारि रहें धेरै बेर।
सोचिरहें धेरै बेर। र कसम् खाएं"पिताजी को १ सुनको तक्मा को बद्लामा १० ओटा सुन को तक्मा म फर्काउंछु"।


दिन हरु बित्दै गए। बुबा को स्वास्थमा केहि त सुधार् हुंदै आए तर उल्लेख्य केहि प्रगति देखिएको थिएन। हाल का प्रसिद्ध सर्जन डा दिनेश् नाथ् गंगोल त्यति बेला बीरस्पतालका हर्ता कर्ता थिए। साह्रै छुच्चो मिजासका डाक्टर् साहेबले मेडिकल साइन्स् को सिध्दान्त बिपरीत " तपाई हरुलाई धर्म र तान्त्रीक को बिस्वास् छ भने, त्यस्को उपचार् पनि गरे हुन्छ, तान्त्रीकलाई यहि बोलाए मेरो आपत्ति छैन" भनेर भने। त्यस पछि औषधि बिज्ञान का साथ साथै एक जना तान्त्रीक गुरुजु लाई पनि हात जोरियो। उपचार् चल्दैथ्यो, प्रगति कछुवा चालमा सकरात्मक नै थ्यो। अब आयो फेरि चुल्हो बाल्ने कुरो मा बाधा ब्यबधान। खर्च रित्ति सक्यो। दाल् चामल् सकियो। स्वाभिमानी पिताका सन्तान् न ठहरियौं, कसै सित हात फैलाउने कुरा सोचेनौ। बडो कठिन मोड् मा फेरि एक् पटक् अड्कियौं, कर्णको रथ झैं , बीच् मैदानमा। एक मन लागेको थियो, अब स्कूल जान छोडेर कतै घरेलु नोकर को काम् भए नि गर्नु पर्ला। गुथीका काजी का सन्तानहरुलाइ कस्ले देला काम्? काठ्माडौं का रैथाने परिवार् का सन्ततिलाई परेको यो दु:खको कहानी पत्याउने कस्ले? समस्या ज्युंकात्युं रह्यो।
दाजु भाइ को सल्लाह् भो। अब आफ्नो हातमा जे सीप छ् त्यहि गर्ने, भात त खानै पर्यो। अलि अलि सानै मा बुबा र काकाहरु को घरेलु काम ( सुनचाँदिको गरगहना तथा भाँडा वर्तन् बनाउने) मा सघाएकै हुनाले। चांदिका औंठी र लकेट बनाउने र बेच्ने निधोमा पुग्यौं।
स्कूल अब जान्न भनेर काम् गर्न थालें। २-३ दिन पछि दाइ ले तं स्कूल् जा, दिन भरि काम् पनि छैन, फेरि मलाई अस्पताल जानु नै छ भनेर भन्नु भयो। ३ दिन पछि फेरि स्कूल् गएं।

केहि औंठी तयार् भो जसो तसो। बेच्ने समस्या पर्यो। मैले हिम्मत गरें। त्यतिबेला, मरुहिटि हिप्पी ट्युरिष्टहरु को केन्द्र थियो। झोंछें पनि झिलिमिलि हुंदैथ्यो। एउटा कट्टु र मैलो गंजी लगाएर औंठि बेच्न निस्कें। ६ किलास् पढ्ने फुच्चे राहुलेलाई कस्ले बिश्वास गर्ने? चोरेर बेच्न आएको भनेर् धेरैले गाली गरे, खेदे। तै पनि हरेश खाइन। बाध्यता थियो, मैले बेचेर पैसा लगिन भने चुलो बल्दैन। जसरि नि बेच्नु छ। धेरै क्युरियो पसल चहारे पछि एउटा पसले ले किने र अझ राम्रो राम्रो डिजाइन को बनाउने सुझव दिए। ढुँगा खोज्दा देउटा भेटिइयो। निकै हर्षल् बोभोर् हुंदै चामल दाल् तरकारि किनेर घर् गएं।
***********************************************************************

भाग ३


त्यो रात को भातमा स्वाद थियो। धीतमर्ने गरी खाइ सुतियो र मीठो निद्रा पनि लाग्यो, सायद् भोलि र पर्सि अनि निपर्सी सम्मन को लागि रसद पानी पुगेको अनुभूतिले होला ।
यसरी कम से कम हात मुख जसो तसो जोडन सक्ने कठिन नै भए पनि बाटो दूर क्षितिज मा देखिएको के थियो, आफु माथि नै अर्को बज्रपात भो । बालसुलभता कहाँ जान्थ्यो, उमेर न पुगी? एक दिन काम पनि न भएको र शुक्रबार नि परेको ले स्कूल का साथीहरु सँग टुंडिखेल मा फूटबल खेल्न गएं, घरमा कसै सित न सोधी ।
खेल्ने क्रम मा लडे छु र दाँया हात भाँच्चियो । साथीहरुले बीर अस्पताल लगे । हात भाँच्चिएर दुखेको भन्दा नि अब घर परिवार ले गाली गर्ने भो भन्ने चिन्ता थियो । कुन मुख ले हात भँच्चियो भनेर देखाउने?
त्यो भन्दा नि गहन समस्या भात जोडने को थियो । भाच्चिएको हात ले भात कसरी जोडुम? हे भागवान यही हो त इस्वर को न्याय? जहाँ गाह्रो त्यही साह्रो, किन हामीलाई मात्र? एक्लाई भुनभुनाएछु ।
त्यतिन्जेल सम्म मा दाइ र आमाले थाहा पैसाक्नु भएको रहेछ र अस्पताल मै पिताजी को साथमा हुंदो भएकोले इमर्जेन्सीमा आउनु भयो।
आमा को अनुहार हेरें डर मिश्रीत भाव ले, केही भन्नु भएन, आँखा भित्र सकी न सकी आंसु लुकाउने असफल प्रयास देखें । दाइ ले नि केही भन्नु भएन तर मन को भाव बुझें । दुई चार दिन परिश्रम को भात हामीले के खाएका थियौं, त्यो पनि आँशिक रुपमा खिसिने डर देखें ।

हात भँच्चिए पछी मैले घर को काम गर्नु त परेन, तर त्यो भन्दा ठुलो पीडाले झक्झकाइ रह्यो । दाइ ले काम गरी रहनु भो तर दुई जना मिलेर गर्ने काम एक्लाई ले गर्नु पर्दा ढिलो हुनु स्वाभाबिक थियो । तै पनि हरेश न खाई काम गर्नुहुन्थ्यो । तयारी ज्वेलरी बेच्ने काम चाँही मेरो भयो । ३-४ दिन मा केही संख्यामा समान तयार हुन्थ्यो र म एउटा प्लास्टर गरिएको हात झुन्ड्याउंदै पसल पसल चहार्नु जानु थ्यो । अस्ती हाम्रो सामान किन्ने साहुजीले यस्पाली किनेन, स्टक छ भनेर । ग्राहक खोज्ने क्रम मा न्यू रोड गेट सम्म पुगें । त्यो पिताजी को तक्मा किन्ने बाँडा को पसल मा आँखा पुग्यो । बहिरी शो केशमा त्यो तक्मा टल्किने गरी शोभायमान थियो ।
मन फेरी टुक्रीयो । कस्तो दीन लाग्यो । ऋण लागे नडराउनु, दीन लागे डराउनु भन्थें । एक मन लाग्यो, कही गएर ४-५ सय चोरेर ल्याउं र त्यो तक्मा फिर्ता लिएर जान्छु ।
तर पिताजीले नै कहिले पनि भोकै मर्नु तर न चोरनु भन्ने उपदेश दिएको सम्झें । पिता जी दुखी हुने काम गर्नु हुन्न हामी ले भन्ने ज्ञान को संचार भयो ।
मैलो प्लास्टर गरेको हात्, कट्टु र गंजी को फेशन युक्त शरीर का साथ बजार खोज्दै हिंडे र अन्त मा झोछेँ कै लायकु साल जाने गल्ली अगाडी को क्युरियो पसल ले किन्न राजी हुनु भयो । पहिला त त्यो साहुजीले चोर हो कि भनेर निकै बेर केरकार गर्‍यो । अनि चोर् हैन् भन्ने यकिन् भए पछि मेरो हाल देखेर होला, घर् परिवार् बारे सोध्न थाल्नु भयो।
मलाई हतार थियो र छोटकारीमा हाल बयान गरी, पैसा लिएर घर हिंडे ।
समय बित्दै गयो र यो क्रम चल्दै गयो । दाइ ज्वेलरी बनाउने र म बेच्न जाने । यही क्रम मा पाटन को साहुजी हाम्रो लागि स्थायी साहुजी हुनु भयो । अब अन्त बेच्न जानु न पर्ने गरी उसैको अर्डर बमोजिम समान तयार गर्ने काम भो । मानौं एउटा स्थायी जागिर भेटियो । हात को प्लास्टर झिकियो । अनि काम गर्न थालियो ।

उता पिताजी को स्वाश्थमा पमि क्रमिक सुधार हुंदै थियो ।
दसैं आयो, तिहार गयो । हाम्रो लागि न दसैं आयो न तिहार । केवल हार मात्र आयो । आफ्न दौतरी हरु टोल चोक मा आसपास्, तेल कासा खेलेको घर को झ्याल मा चियाउंथे । गुच्चा खेलेको ठाउंमा केही बेर हेरेर बस्थें । नयाँ लुगा न देखेको बरषौं भाई सकेको थियो।

***********************************************************************

भाग ४


एक जोर नयाँ लुगा लगाउने धोको पलायो किन हो कुन्नी । दाई लाई भययुक्त भाव मा आफ्नो इच्छा राखें । दाइलाई नि दया जाग्यो क्या र, भन्नु भयो"तं आँफै केही औंठी बना र त्यस्को पैसा ले किन" । के खोज्छस् कानो? आँखो, भइ हाल्यो । बडा हिम्मत का साथ दाइ अस्पताल गएको बेला पारेर ३ वटा औंठी बनाउन कस्सिएर लागें । दिन भरिमा तयार भयो र सांझ त्यही झोछें का साहुजीको बेचें। चाँदिको मोल् बाहेक् ३० रुपैया हात लाग्यो। जिन्दगि को पहिलो कमाइ थियो। वल्टाइ पल्टै हेरें, त्यो १० को तीन ओटा नोट् लाई।
एक मन त लागेको हो, सम्हालेर् राखुं। तर जुन उद्देश्यले दाइ ले आफै स्वतन्त्र रुपमा काम गर्न अनुमति दिएको थियो, त्यसमा किन तल माथि पार्ने र बर्षौं पछि लुगा नाम् को केहि किन्न पाएको, किन गुमाउं जस्तो पनि लाग्यो। बसन्तपुर वर् पर् सांझ लागे पछि बजार् लाग्ने गर्थ्यो। त्यहि बजार् चहारें। एउटा हाफ पाइन्ट भन्ने कि कट्टु रु १० मा, एउटा टी शर्ट रु ८ मा र अन्डरवेर् रु ६ मा किनें। बाकि रहेको रु ६ जतन् का साथ घर् लगें।

यसरि समय बित्दै गयो। ६ किलास नि पास भयो। औसत दर्जा मा। बुवा को हालताअ मा अब चाँही मनग्य सुधार भए छ । हात
खुट्टा चलाऊन सम्म हुने भो । दु:ख को परिणाम अलि घटे जस्तो महशुस् भयो । र कारीब १ बर्ष ६ महिना जती अस्पताल को बेड मा मृत्यु सँग जुध्दा जुध्दै पिताजी को घर आगमन भयो । धेरै आँसु का बिच अब केही खुशी आए जस्तो ।
हात खुट्टा चलेको भनेको प्राबिधिक रुपमा मात्र थियो । हिंड्ने त कुरा त परै जाओस्, हात ले केही उठाउन वा चलाउने स्थिती थिएन ।
घरैमा दैनिक रुपमा र अस्पतालामा साप्ताहिक रुपमा फिजिओथेरापी गर्नु पर्ने र अनेक थरिको ओखति खानु पर्ने भयो । भात खाने चिन्ता र ओखतिमुलो को चिन्ता बाट हामी दाई भाई को कमाइ पुग्ने भएकोले मुक्त थियौं ।
सात पढ्दै गर्दा २०३६ साल को कुरो हो, बसन्तपुर मा ( मेरो स्कूल कै आँगनमा) विद्यार्थीहरुको भेला थियो । शायद जुल्फिकार अलि भुट्टोको फाँसी को बिरोध मा पाकिस्तान को दूताबासमा बिरोध पत्र दिन गएका विद्यार्थी समुहलाई प्रहरि लगाएर प्रसाशनले दमन गरेको बिरोध मा आम सभा गर्न खोजेका थिए । सो सभा सुरु भएको केही क्षण मै असंख्य प्रहरि आएर निर्मम्तापूर्वक लाठी प्रहार गरे । हामी स्कूल को पहिलो तल्ला को कक्षा कोठा बाट हेरी रहेका थियौं । त्यो डिन को कहाँली लाग्दो दृश्य पछि म मा पञ्चायत प्रती बिद्रोहजाग्यो ।

यसरी सात नि पास भो । बिहान बेलुकी भात जोर्ने र दिउसो स्कूल मा घुर्ने लड्डु को के राम्रो अंक हुन्थ्यो? पास् भने सि पुगी हाल्यो क्या रे, फेल भए पो अर्को कुरा । सात पछि हाइ स्कूल भर्ना हुने क्रम मा दाइ ले गणबहाल स्थित नेपाल आदर्श स्कूल मा भर्ना गरी दिने सूर कसेको रहेछ । बिहान पढाइ हुने त्यो स्कूल को छबी त्यतिबेला साह्रै न राम्रो थियो । बिहान स्कूल जाने र दिउसो काम गराउने बिचार पनि हुन सक्थ्यो । मैले मान्दैन मानिन र मेरा अधिकांश साथीहरु बिश्व निकेतन जाने भएको ले करा गरेरै म पनि फारम भर्न त्यतै लागें ।
विद्यार्थी भर्नाको अत्याधिक चापले होला ईतिहास मै पहिलो पल्ट प्रबेश परिक्षा लिने भयो ।
प्रबेश परिक्षा दिन गैयो । हिसाब त सजिलो सँग गरियो, नेपाली त चान चुन थानेर लेखियो । अंग्रेजी ले रुवायो ।
change following sentences into negative sentence भन्ने प्रश्न ले दिमाग खायो । नेगटिभ सेन्टेन्स् भनेको कुना चरा को नाम हो थाहा नै भएन । हाम्रा पूरानो स्कूल का दिग्गझरु सँग खास् खुस् गरियो, अहं पत्ता लागेन । ती मध्य अंग्रेजीमा विद्वान कहलिने झा थर का मित्र ले यस्को समाधान निकाले । हरेक कृया (verb) मा एस्(s) थप्ने ।
बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो ।

भाग ५


लड्डु नै भए पनि म जस्तै धेरै ले नेगटिभ सेन्टेन्स् भन्ने कुन चरो को नाम थाहा न पाएको आबेदक हरु भए पछी भर्ना लिनै पर्यो। आठ् मा ठाँट साथ भर्ना भइयो। नया स्कूल, नया वातावरण, प्रदुशण रहित बागमती को पबित्र किनार थियो, बिश्व निकेतन। आधा जसो साथि भने पुरानै थियो, त्यसैले खासै घुलमिल हुन गाह्रो भएन।

बिश्व निकेतन प्रबेश पछि म मा अचनक धेरै परिवर्तन् देखिए। हाइट् पनि हर्लक्क बढेर साढे पाँच फिट भए छ। शायद् ४० किलो को हुंदो हो, "बुख्याँचा" जस्तो। अझ भनुम्, सिन्का जस्तो। तर हाइट् ले गर्दा हो कि के ले गर्दा को सत्र को सुरु मै खैरे खैरे जस्तो अनुहार् भाको जय प्रकाश् सर् ले हल्ला ब्यबस्थापन गर्न मनिटर् नियुक्त गरि हाले। राहुले त मख्ख। पहिला पहिला त किलासका फस्ट हुने स्वत्: मनिटर हुन्थे । लड्डु राहुले मनिटर्- घिरौला जत्रो नाक भो । मनिटर भएको केही दिन मै, बिद्रोह भयो । क्लास टिचरलाई उजुरी हाले छ, बिना केही आधार मनिटर बनाएको ले हटाउनु पर्‍यो रे । लौ खत्तम्, मनिटर भएर दण्डा घुमाएको अलि बढी भए छ क्या र । क्लास टिचरले अब चुनाव गराउने भयो । किन छोड्नु आफुले पाएको पद भनेर्, उम्मेदबार बनियो । ७ जना थिए क्या र, राहुलेलाई को टक्कर दिन । १ दिन को प्रचार को टायम का साथ जिन्दगी मा पहिलो चुनाव लडियो ।
महिला साथी हरु म प्रती बढी नै मेहरबान भए छ, अत्याधिक मत ले मनिटर चुनिएं । ४ जना को त जमानत नै जफत भयो ।

अंग्रेजी मा मात्र लड्डु भन्थानेको त नेपाली त महा लड्डु रहेछु । आफ्नो नाम समेत अशुद्ध लेख्ने गर्दो रहेछु अहिलेसम्म । नेपाली पढाउने सम आदर्णिय मिस्, मन्जु अधिकारि ( राष्ट्र कबी, माधव घिमिरे ज्यु का सुपुत्री)
ज्युले तेरो नाम नै अशुद्ध छ, तैले हामी पानी जस्ता सामान्य शब्द नै ह्रस्व लेख्छस्, कसरी एस् एल सी पास् गर्छस्, भनेर नराम्रो झापड दिनु भयो । हुन पनि यो राहुले ले जिन्दगी मा सिरियस् भएर पढेको कहिलेइ थिएन । सधैं हात मुख जोडने कर्म मा लागेको मान्छे । एक मन लाग्यो, अब म पढ्न सक्दिन होला, केही थाहा रैन छ । नेपाली त त्यस्तो झूर , अंग्रेजी त केही आउने होइन । पढेर न खाने रैछ । अब उहि औठिं बनाएर नै बस्नु पर्ला । अर्को मन ले भन्यो"होइन, त्यस्तो दु:ख मा त हरेश न खाई आज यहाँ सम्म आइपुगियो, किन प्रयास न गर्ने?"
हो त नि चरेश खानु तर हरेश न खानु भन्ने उक्ती संझे । नेपाली क ख देखि ह्रस्व दीर्घ के हो सिक्दै गएं । मिस् समक्ष आफ्नी सिक्ने चाहना पोखें । मिस् ले सिकाउदै जानु भयो । क्रमश्: दिन् दुइ गुना रात् चौगुणा भने जस्तो सुधार् हुदै गयो। उता घरमा पिता जी स्वास्थ् जस्तै।
अंग्रेजी मा पनि आधारभूत ब्याकरण देखि सिक्दै गएं। आदर्णिय के बी महर्जन, भूपाल लामिछाने र हेड सर् गम्भिरमान मास्के ज्यु ले यस्तरि अंग्रेजी सिक्ने बाटो देखाइ दिनु भयो कि ६ महिना न बित्दै अंग्रेजी त बुझे बुझे जस्तो भयो। केहि वाक्य लेख्न सक्ने भयो।
त्यति बेला भित्ते पत्रीका निकाल्ने चलन् थियो।
कक्षा आठ् को पनि ३ सेक्सन् थिए। हामीलाई भित्ते पात्रो निकाल्न भन्नु भयो मन्जु मिस् ले र मलाई प्रधान् सम्पादक नियुक्त गर्नु भयो। ( मन् मनै- नाम समेत् शुद्ध न लेख्ने सम्पादक)
लेख रचना साप्ताहिक रुपमा हात ले लेखेर टास्नु पर्थ्यो। अनि भाषा शुद्ध न लेखी धरै भएन। अक्षर पनि क्षर जस्तो थियो। इज्जत को लागि भए नि सुन्दर् बनाउन लागि परियो। यसरि बाध्य भएर पनि होला, भाषा मा सुधार तिब्र गति मा भयो। लेखन मा मात्र होइन, बोली मा पनि सुधार् भयो। पहिला को स्कूल् मा पाढाउने नि नेवार्, पढ्ने नो नेवार्। नेपाली त बिरलै बोलिन्थ्यो। सहपाठि मारवाडि र २-३ जना ब्राम्हण हरु पनि नेवारि नै बोल्थे। टोल् छिमेक् मा नेपाली बोल्ने त "बाल्टीन" बालेर खोज्नु पर्थ्यो।

२ ओटै त्रैमासिक परिक्षामा अपेक्षाकृत राम्रो अंक आए छ। कक्षा भरि को १०३ बिद्यार्थिमा लगभग ८ जना जति कुनै न कुनै स्कूल बाट् फस्ट् भएर आएका, १५ जना जति सेकेण्ड् भएका थिए। आफु पुछार् बाट् राम्रो अंक ल्याउने म परिए पनि, अब ती फस्ट् हुने हरुलाई पछार्न सक्छु कि जस्तो लाग्यो।
फाइनल नि सकियो। राम्रो नै भयो। अब छैथौं सातौं इन्द्रयीले के जनाउ दिए भने"राहुले तं नै फस्ट् हुन्छस्" । सपना देख्न थाले, फस्ट् भएको।
रिजल्ट् हुने केहि दिन अगाडि घरमा काम गर्दै थिएं। दाइ ले अचानक सोध्नु भयो"तेरो रिजल्ट् कस्तो हुन्छ?" जिन्दगि मा पहिलो पल्ट कसैले मेरो पढाइ को बारे मा म सँग सोध खोज गरेको थियो । मैले नि अलि घुमाउरो पारा ले जवाफ फर्काएं ।
"राम्रो भएको छ तर।।।।।।।।।।।"
तर के? दाई को प्रश्न को जवाफ मा मैले नि प्रश्न नै तेर्साएं । "म यसपाली फस्ट भएं भने के दिनु हुन्छ?" यस्तो हावादारी कुरा सुनेर हास्नु भयो र भन्नु भयो"तं जस्तो लड्डु फस्ट हुनै सक्दैन, ल भए छ भने तैले जे भन्छ त्यही किनी दिन्छु" । त्यसो भए मलाई एक जोर नयाँ लुगा किनी दिनु पर्छ साथमा एउटा जाकेट पनि भनेर भने । दाइ ले यो लड्डु ले दिउसै सपना देखे छ भनेर ल ल पहिला मार्कसीट ल्याउ अनि सपना देख भनेर भने ।
अनि त्यो दिन पनि आयो, रिजल्ट नि आयो । राहुले बेहोस्।।।।।।।।।। ।
***********************************************************************

भाग ६


राहुले मात्र कहाँ बेहोस् भए र भने । धेरै जनाको होस हराए। पूरानो स्कूलमा सात बर्ष सम्म अनवरत प्रथम भएकि मित्र यसपाली दोस्रो मै चित्त बुझाउन बाध्य भई। उता घरमा दाइ बेहोस्, प्रथम् भएको खबर् सुनेर। दाइ र घर् परिवार् को लागि अकल्पनिय खबर थियो त्यो। राहुले ले कहिलेइ पढेको देखेको थिएन। घिरौला जत्रो नाक बोकेर घर पुगें। सबै खुशी भए नै। पिताजी लाई खबर सुनाए र मार्कशीटमा प्रथम भनी रातो अक्षरले कोरेको टिप्पणी लाई गौर गर्नु भयो। र स्याबस्स भन्न हात उठाउन खोज्नु भयो, तर हात चाहिँ हल्लियो, उठाउन चाहिँ सक्नु भएन।
पहिलो पटक् दाइ ले ज्याकेट् सहित नयाँ पाइण्ट र शर्ट किनी दिनु भो र भन्नु भयो"अब फर्स्ट् भयो भनेर बढि फुर्केर् काम मा ध्यान् न दिने होइन नि। काम को चाप् पनि छ, खर्च पनि जोगार् गर्नु छ।"त्यो तीतो यथार्थ मैले न बुझेको कहाँ छु र, काम गरी हाल्छु नि भनें ।

मीन पचास को बिदा भरि खूब काम गरियो । कमाइ पनि राम्रो नै भयो । गुठी गहना, "नख:, चख:"( चाड पर्ब) समेत मनाउन सकिने जस्तो भयो । बिदा सकियो । नौ कक्षाको पहिलो दिन, राहुले जिन्दगीमा पहिलो पल्ट फर्स्ट ब्वाइ को हैसियतले स्कूल गएको । मन मा अनेक तर्कना खेलाउंदै ।
अब के गर्ने होला भन्ने चिन्ता ले सताउन पो थाल्यो । मास्टरले कसैलाई न आए मलाइ नै सोध्ने हुन्छ। आफु परियो अझै लड्डु को लड्डु नै। जे पर्ला पर्ला, चुनौतीको सामना त गर्नै पर्‍यो ।
पढाइ सुरु भयो, कक्षा कोठामा पढाईदा ध्यान दिन थालें( पहिला पहिला खास् खुस् गर्ने बानी थियो) ।
एउटै उद्देश्य रह्यो, मेरा वरिपरी थुप्रै घायल प्रतिस्पर्धिहरु छन । कुनै पनि बखत मेरो "प्रथम" को उपाधी खोसिन सक्छ ।
त्यही एउटै मन्त्रमा अडिग भएर पढ्न थालें । प्रथम हुनु को धेरै फाईदा के भयो । एक अपरिचित राहुलेलाई धेरै ले चिने । दोस्रो अब फेरी मनितरको लागि कसैले चुनौती पेश गर्न हिम्मत गरेन । तेस्रो पढ्न वाध्य भएं ।

पढाइ भन्दा नि अंग्रेजी र नेपाली दुबै भाषा मा यथेष्ट सुधार देखियो । स्कूल बाट निबन्ध प्रतियोगीताहरुमा प्रतिनिधित्व गर्न आयोजित प्रतियोगीतामा दोस्रो भएं र एक जना सिनियर दाई सँग सँगै निबन्ध लेख्न धेरै ठाउँमा गएं । सिनियर दाजु बद्री मानन्धर ले सबै जसो प्रतियोगीता जिते र मलाई अर्को साल राम्रो गर्न सक्छु भन्ने आश जाग्यो । अंग्रेजीमा
पनि उल्लेख्य सुधार भो । त्यतिबेला, बी ए मेजर अंग्रेजी को परिक्षा को केन्द्र स्कूल मा परेको रैछ । अंग्रेजीका गुरु, भूपाल लामिछाने सर ले उक्त बी ए को जम्मै ग्रामर बोर्ड मा लेखो दिनु भो र ट्राइ गर्नु भन्नु भयो । आफ्नो ब्रम्हले सके जती हल गर्यौं । पछि चेक गर्दा सम्पूर्ण ग्रामर खन्ड मिलेछ र धाप दिंदै भन्नु भयो"नेगेटिभ् थाहा न भएको को यति प्रगति हुन्छ भन्ने सोचेको थिइन, धेरै राम्रो प्रगति छ, एस् एल् सी मा कुनै कष्ट् हुने छैन"।

यता पढाइ मा जती सुधार हुँदै थियो उता घर मा पिताजी को स्वास्थमा पनि त्यतिकै सुधार । अब पिता जी लौरो को सहयतामा हिड्डुल गर्न सक्ने हुनु भयो । बिस्तारै चम्चा ले गाँस मुख सम्म पुर्‍याउन् सक्ने हुनु भयो। औषधि उपचार् जारि नै थियो। तान्तृक् तन्त्र को असर् वा चिकित्सा बिज्ञान् को चमत्कार्, कुनै धमिलो आशा पनि न देखिएक्को बिरामीमा चहक् देखिन थाल्यो।


नौ कक्षा को पनि सम्पूर्ण परिक्षा सकियो । यसपाली भन्ने प्रथम हुन्छु नै भन्ने बिश्वास थियो र भयो पनि । दोस्रो हुने को भन्दा पनि झन्दै १०० अंक ले छलाङ लगाएछु । अझ अरु दुई वटा सेक्सन मा प्रथम हुनेहरु भन्दा त १५० अंक ले बेग हाने छु । आफ्नो परिश्रम को फल मीठो नै पाए जस्तो भो । बिहान ६ बजे देखि ७ बजे सम्म र बेलुकी ९ बजे देखि ११ बजे सम्म मात्र मेरो अध्ययन को अबधी थियो ।

अब १० पुगियो । ख्याल ठट्टा गर्ने बेला हैन, एस् एल सी को सवाल छ भन्थे सबै जना । शैक्षिक सत्र को सुरु मै हेड सर आदर्णिय गम्भीर मान सर बाट बोलावट भयो, हेड्सर को कार्यक्षमा ।
"तेरो प्रगती को रिपोर्ट हेरें, म प्रभाबित छुं । तैलें हाम्रो स्कूल को इज्जत राख्नु पर्छ । बोर्ड ल्याउन सक्छौ । हामीले सक्दो सहयोग गर्छौ ।"
हेड्सर को यस्तो प्रेरणादायी कुरा सुनेर अझ म मा उर्जाको संचार भयो । मैले मेरो घर को नाजुक स्थिती र मेरो बाध्यता सुनाएं र भनें"अझै पनि मलाई बिश्वास् छ, म राम्रो गर्नु सक्छु । एस् एल सी को २ महिना अगाडी मात्र सम्पूर्ण समय पढाई मा बिताउन पाए हुन्थ्यो । अहिले देखि पढन भनेर मेरो घर परिवार को माड खोस्न म सक्दिन र चाह्दिन पनि ।"
हेड सर पनि भाबुक हुनु भो । अझ आश्चर्यचकित हुनु भो । भात जोडेर कलम कापी समात्ने को यस्तो प्रतिभा । यसै सिलसिला मा हेड्सर् हाम्रो घर् पाल्नु भयो र पिताजी सङ् लामै भलाकुसारि गर्नु भयो। र एस् एल् सी को २ -३ महिना अघि नै उस्लाई पढ्ने मौका दिन अनुरोध गर्नु भयो। घर् का अन्य सदस्यहरु पनि चकित् थिए। हेड्सर् घर् आउनु नै अचम्म को घट्ना थियो। शालीन् स्वभाबका गम्भीर् मान् सर् को गम्भीर् आग्रह् न मान्ने कस्को हिम्मत्?

फाल्गुन मा सुरु भएको शैक्षिक सत्र को सुरुवाट मै जी ए ए ले आयोजना गर्ने एश्वर्य शील्ड हिज्जे प्रतियोगीता भाग लिनु पर्ने भयो । अंग्रेजी भने पछि झ्याउ लाग्ने आफुलाइ । भाग लिन्न भनेर बसेको, गन्भीर मान सर को आग्रह लाइ टार्न सकिन । छनौट मा भाग लिएं । न चाहदा न चाह्दै पन सेलेक्सन मा परियो ।

स्पेल्लिङ कन्टेस्ट भनेको नै त्यतिबेलाका अंग्रेजी आवासिय स्कूल हरु, सेण्ट जेभियर्स्, सेण्ट मेरिज्, बुढानीलकण्ठ्, आदर्श बिद्या मन्दिर्, भानु भक्त मेमोरियल्, शिद्धार्थ बनस्थली, आनन्दकुटी, ल्याब स्कूल्, आदी इत्यादी हरुको पेवा मानिन्थ्यो । हाम्रो जस्तो एक दुई सरकारी स्कूल ले कहिलेकाही दरो चुनौती चाँही दिन्थे ।

प्रतियोगीता सुरु भो । पहिलो चरण मै आनन्दकुटी, सेन्ट मेरिज र बुढानिलकण्ठ सँग भिडियो । हिम्मत हारेनौ । सेण्ट मेरिज र हामी डोस्रो राउन्ड पुग्यौं । अर्को राउण्ड पनि जित्यौं । सेमी फाइनल पनि जित्यौं । फाइनल मा सेण्ट मेरिज्, सेण्ट जेभियर्स् , भनुभक्त मेमोरियल र हामी भिड्ने भयौं । हेड सर तनावयुक्त मुद्रा मा । कहिलेइ सुपारी समेत न खाने ले चुरोट सल्काएको देखें ।
बडा महारानी को समक्ष अब बेइज्जत हुने डर रहेछ । त्यो डर हामी मा नि थियो । एक से एक बलियो स्कूल हरु माझ फुच्छे घाटे स्कूल का हर्लम्फु हरु ।

रानी को सवारी सँग सँगै प्रतियोगीता सुरु भो । हामी ले हिम्मत चाँही हारेका थियनौ । प्रतियोगीताको रिकर्ड हेर्दा भानुभक्त लाई चाँही जित्न सक्छौ जस्तो लाग्यो । तनावमय वातावरण मा जुझ्दै अन्तिम राउण्ड सम्म मा पुग्दा हाम्रो स्थिती सेण्ट मेरिज पछि दोस्रो मा थियो र सेण्ट जेभियर्स् भन्दा धेरै नै अगाडि भयौं । अन्तिम राउण्ड मा पनि त्यही स्थिती कायम गर्न सक्यौं र सिल्भर मेडल को हक्दार भयौं ।

यसरी पहिलो पल्ट जीवन मा कुनै पदक जित्यौं र त्यो पनि तत्कालीन महारानी को बाहुली बाट । खुशी को सीमा रहेन । समारोह बाट सिधै घर पुगें र पिताजी को हात मा त्यो चाँदी को तक्मा राखी दिएं र धेरै बेर हामी बाबु छोरा रोइरह्यौं ।
***********************************************************************

भाग ७


त्यो आँशु, खुशी को मात्र थिएन। हामी यसकारण पनि रोयौं कि भित्ता मा झुन्डिएको त्यो तस्बीरले जिस्काइरहे जस्तो लाग्यो। तस्बीरमा त्यो "सुन को "तक्मा" टल्किरहेको थियो। त्यो बिबशता याद आयो, त्यो अमुल्य चीज बेच्न गएको क्षण याद आयो। र हामी बाबु छोरा रोयौं।
त्यो द्रविता स्थितिलाई मुश्किलले संहालें। अचानक मेरो मनस्थितिमा एउटा कुरो आयो र भनी हाले" बाबा, यहि हातले त्यो तक्मा बेचेको हुं, अब यहि हात ले त्यस्को बद्लामा १० ओटा तक्मा जित्ने छु। मलाई आशिष दिनुस्।"
पिताजी भित्रको मान्छेले के सोचे त्यतिबेला, थाहा भएन तर पिताजी को भाव मा केहि उज्यालो देखें। अझै असक्त, बिबश बुबाले खासै केहि त भन्नु भएन तर इशाराले गर भन्नु भयो र बडो कठिनपूर्बक आफ्नो पबित्र हात मेरो शिरमा राखी आशिश दिनु भयो।

यसरी समय घिस्रदैं थियो। पिताजी को स्वास्थामा सुधार हुंदै अब बिना लौरो र साथीको सहारा, सुस्त सुस्त हिंड्न सक्ने हुनु भयो। बिस्तारै टोला बजार घुम्न थाल्नु भयो। लामो समय सम्मन् को अस्पताल् को एकान्त बास् र घरको सानो कोठाबाट् निक्लेर् खुल्ला हावामा बिचरण गर्न पाउनु भयो।
उता, स्कूलमा आफ्नो पढाई को रफ्तार् सङ्ग् सँगै अतिरिक्त कृयाकलाप जारी थियो।
त्यतिबेला ( हाल संम पनि)हरेक् बर्श कमला पुरस्कार् निबन्ध प्रतियोगिता हुने गर्दथ्यो। त्यो सालको निबन्ध प्रतियोगिता जानेको नेत्रित्व मैले गरें। बिगत २ बर्ष् देखि हाम्रो स्क�

   [ posted by rahulvai @ 09:30 PM ] | Viewed: 4970 times [ Feedback] (5 Comments)


: