:: Blog Home       :: rahulvai ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW rahulvai's BLOGS
:: किन?
:: दशैंको टीका
:: मनकी रानी !
:: आलु" अर्थात रमेश।
:: अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २
:: अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
:: भूतेश्वर महादेब
:: किचकन्याको कथा (Part 1)
:: भोक र लोहचा मरीको कथा।
:: यो माया पाप हो भने,
:: भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
:: तिम्रो हाम्रो कथा
:: हाम्रो संबन्ध!
:: गजल-राहुलभाइ
:: गजल-राहुलभाइ
:: पिताजी को सुनको तक्मा-2
:: "पिताजी को सुनको तक्मा"
:: मेरो कथा- भाग 2, "दुखद सुख"
:: मेरो कथा- भाग १, "दुखद सुख"
:: निस्ठुरि
:: गीत
:: बैंश
:: ARCHIVES
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
भोक र लोहचा मरीको कथा। [rahulvai's blog]
Blog Type:: Blog
Thursday, August 02, 2007 | [fix unicode]
 

भोक र लोहचा मरी@को कथा।
**********************@(लोहचा मरी= सुख्खा पीठो एक परिकार)

कथा धेरै पुरानो हो। म कक्षा ५ मा पढ्थें त्यतिबेला। बुबा अस्पतालमा जीवन म्रित्युको संघारमा हुनु हुन्थ्यो। बिपत्तिको त्यो बेला लक्ष्मीले कहिलेइ क्रिपा द्रिष्टि राखेन।
एक दिन स्कूल जान भात खान गएं बुइगलमा। दिदीले भात पकाई स्कूल जाने बेला भो भनेर बोलाउनु भयो। थालको हाल बेहाल थ्यो। भातको मात्रा साबिकको भन्दा आधाथ्यो, न दाल थियो न तरकारी, अलिकति पानीले झोल बनाएको तिउन थियो। खानै पर्‍यो, आशुले भिजाउदै आधा भात दोब्बर समय लगाएर खाएं। मैले केही भनिन, दिदिले केहि भन्नु भएन। भाइले भन्ने कुरै भएन। बिबशताको खाना खाइ स्कूल गयौं।
स्कूल गए पछि अलिकति उछलकुद भए नै। आधा भरेको पेट, उछलकुद मै सकियो रित्तो पेट रित्तो भांडा समय बेसमयमा आवाज दिंदो रैछ।
भोक लाग्यो। लागेर के गर्नु, खाने चिज नि छैन, पैसा नि छैन। हाफ टाइम भो, कसैले पानी बरफ किनेर खाए, कसैले मकै। आफु भने भोकै। ५ पैसा नि थिएन। ५ पैसामा आधा नास्पातिमा नून खुर्सानी हालेर मज्जाले खानु हुन्थ्यो। थुक्क आफ्नो जन्म, मन मनै धिकारें। सबै खाजा खान र खेल्न मस्त थिए, आफु भने गम खाएर बसियो।

जस्तो तसो क्लास सकियो। मनमा तन मा उत्साह फैलियो, घर गए सि केही न केही खान पाइन्छ भनेर। अघिको आधा थाल बिर्सिसकेको थिएं। घरको भकारी अब भिखारी भै सकेको बिश्लेषण गर्ने क्षमता बालक राहुललाई सङ थिएन।
घर पुगी झोला लाइ फुट्ट फालेर, सिधै बुइगलमा गएं। हिजो अस्ति जस्तै भात बाकी छ होला भनेर जालीको खापा भएको खोपा खोलेर हेरें। के हुनु? भएको भए त बिहानै पेट भरि खान पाइन्थ्यो नि। हुस्सु म। अब भने भोकले बेस्सरी कराउन थाले। आन्दोलन गर्न थाले। अश्वासनहरुले पेट भरिन्न भन्थे। मेरो पेट नि पख पख एक् छिन पछि खान दिन्छु भन्दा नि मानेन।
संयोग बस, आमा अस्पतालबाट काम बिशेषले घर आउनु भयो। आन्दोलनकारी भोकहरु संगै म पनि चिच्याउन थालें- "आमा भोक लाग्यो, आमा भोक लाग्यो'।
आमाको मन न हो, दुखको पहाड बोकेकी, तै पनि छोरा छोरिको दुख देख्न, हेर्न सक्दैनन् भन्छन्।
पख पख, म केही ब्यबस्था गर्छु भनेर आमाले दराज, खोपा कुना कप्चा खोजखाज गर्न थाल्नु भयो। भाग्यले अलिकति मैदा र अलिकति आटा भेटाउनु भयो । त्यहि आटा र मैदा मिसाएर आमाले "लोहचा मरी" बनाउनु भयो र हामीलाई खान दिनु भयो।
यति मीठो परिकार जिन्दगिमा कहेको थिइन। सुख्खा पीठोमा अलिकति नून र जिरा हालेर क्या स्वादिलो। धीत मरुन्जेल् स्वाद लिएर खाएं। आमाले त्यो लोहचा मरी बनाउदा खेरिको अधोपान्त मैले हेरि राखेको थिएं। र भोलि पल्ट पनि बनाउन पुग्ने पीठो रहेको ले आफै बनाएर खाएं र खुवाएं। यसरी हाम्रो घरमा नियमित रुपमा लोहचा मरी पाक्न थाले। यस्को पनि कारण छ। भोकलाई बन्ध्याकरण गर्न सकिन्न।
तर गरिबीले लात मारेको घरमा धेरै भात पाक्दैन। लोहचा मरी बनाउन थोरै पैसा लाग्ने, मीठो पनि हुने देखियो। चिउरा, पाउरोटि भन्दा निकै सस्तो तर पेट भने मज्जाले भर्ने।
यही हो लोहचा मरीको कथा। अझै पनि समय समयमा , लोह्चा मरि पाक्छ, ग्यासको चुल्होमा। गरिबीको मीठो स्वाद लाई पुन: नबीकरण गर्छु। अझै पनि गर्दै छु। तारेमाम्।

   [ posted by rahulvai @ 01:32 PM ] | Viewed: 3302 times [ Feedback] (5 Comments)


: