salokya
Replies to this thread:

More by salokya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Why Should I resign ? Says Dr. Giri

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE: <<  1 2  
[VIEWED 14297 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-12-05 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैंकको ऋण नतिरेर कालोसूचिमा पर्नुभएका मन्त्रीपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीले उपाध्यक्ष पदबाट राजिनामा दिने कुनै सोच नभएको बताउनुभएको छ।

नैतिकताको आधारमा राजिनामा दिने कि भन्ने पत्रकारहरुको जिज्ञासामा गिरीले,'बैंकले जानकारी नै नदिई किन राजिनामा दिने' भन्ने प्रतिपश्न गर्नुभयो। गिरीले थप्नुभयो, 'राजिनामा त पहिले देखि नै माग्दै आएका हुन्, उनीहरुलाई राजिनामा माग्ने छुट सधै छ, तर अहिले राजिनामा दिने त प्रश्नै उठ्दैन।' हिजो प्रकाशित कान्तिपुर दैनिकका अनुसार, मन्त्रीपरिषदका उपाध्यक्ष डा. गिरीले नेपाल बैंक लिमिटेडबाट २०४२ सालमा हिमालया प्लास्टिक उद्योग संचालनका लागि लिनुभएको ऋण अहिलेसम्म नतिरकाले बैंकले उहाँलाई कालो सूचिमा राखेको छ। कालो सूचिमा राखेका ऋणीहरुलाई सरकारी निकायमा नराख्ने तथा र्सार्वजनिक वहिष्कार गर्ने नीति सरकारले बनाएका कारण डा. तलसी गिरीले नैतिकको आधारमा राजिनामा दिनु पर्ने माग विभिन्न राजनीतिक दलका नेता तथा वुद्धिजिविहरुले गरेका छन्।
 
Posted on 06-14-05 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mohar Suka Collection is a great innovative idea.. Fantastic ideas. Thanks to those people who came with this idea. Good job.

Nepal has been in turmoil for 15 years after 1990. And one thing is for sure: we mastered all these funny and innovative ways of protesting each other. We actually perfected it. The flip side is, although such techniques were perfected, almost nothing happened as demanded by such protests except few.

Maoshits killed 38 people in Madi. Where were such innovative protests organized?
 
Posted on 06-14-05 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is very simple to understand, people didn't protest against Maoist, because they are not the ruler in Kathmandu. But you might have heard that people protested in Dailekh once. Of course, where there is opression, there will be revolution. As you said, if the government doesn't concern at all about such protest, who are the Maoist to listen. I think they are the most insisting creatures in this world. They can justify even biggest cases in a minute, as if it was nothing.
 
Posted on 06-14-05 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42944

वीरेन्द्र सिंह उर्फ तुलसी गिरी

कान्तिपुर संवाददाता

काठमाडौं, जेठ ३१ - शाही घोषणाको ठिक्क एक दिनअघि गत माघ १८ गते डा. तुुलसी गिरी दरबारमार्गस्थित होटल याक एन्ड यतीमा बस्न थाल्नुुभयो । त्यसको २५ औं दिनमा मात्र उहाँ उक्त पाँच तारे होटलबाट निस्किनुुभयो ।
सबैलाई लाग्ला, पञ्चायतकालमा पटक-पटक प्रधानमन्त्री भइसकेका वयोवृद्ध राजनीतिज्ञको सानदार जीवनशैली छ । पत्याउनै गाह्रो छ, उहाँ आफ्नो नामले न होटलमा 'चेक इन' गनर्ुभयो न 'चेक आउट' नै । उहाँको नाम थियो वीरेन्द्र सिंह ।

वीरेन्द्र सिंहका नामले बुक गरिएको ५३० नम्बरको महँगोमध्ये पर्ने 'सुुइट' मा बसेका गिरी फागुन ३ गते मन्त्रिपरिषद् उपाध्यक्ष बनेपछि पनि उहाँ थप १० दिन त्यहीं बस्नुभयो । होटल स्रोतका अनुसार उहाँले अहिलेसम्म त्यसको बिल भुक्तानी गनर्भएको छैन ।

साधारणतया चार सय अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने उक्त सुुइट होटल व्यवस्थापनले उहाँलाई निःशुुल्क उपहार दियो, 'कम्प्िलमेन्टरी सुुइट'

भनेर । त्यतिमात्र होइन, उहाँको सुुरक्षाकर्मीका लागि छेउकै ५३१ कोठा 'बुुक' गरिएको थियो जुुन पनि कम्प्िलमेन्टरी बिलमा परिणत भयो ।

त्यतिमात्र होइन, उहाँ उपाध्यक्ष नियुुक्त भएको दिन उहाँकी श्रीमतीका लागि ५०१ नम्बरको सुुइट पनि बुुक गरियो वीरेन्द्र सिंहकै नाममा । त्यो पनि कम्प्िलमेन्टरी थियो । तर खानपिन र टेलिफोनको भने बिल बनाइयो । स्रोतका अनुुसार डा. गिरी बस्ने गरेको सुुइटको मात्रै खानपिन र टेलिफोन बिल ११ लाख रुपैयाँभन्दा बढी उठेको छ जसको हालसम्म भुुक्तानी गरिएको छैन । उक्त होटलमा लोकल टेलिफोन कल प्रतिमिनेट ९ रुपैयाँका साथै २० प्रतिशत सेवा शुुल्क लाग्छ ।

को हुुन् वीरेन्द्र सिंह, किन डा. गिरी आफ्नो नाम लुुकाएर बस्नुुपर्?यो र उहाँको बिल भुुक्तानी भयो/भएन भन्नेबारे होटल व्यवस्थापनले केही प्रतिक्रिया दिन मानेन । होटलका महाप्रबन्धक विश्वजीत चक्रवर्तीले यसबारे कुुनै टिप्पणी नगर्ने बताउनुुभयो । 'यसलाई स्वीकार गर्दिनँ भनेर मैले भनेको छैन,' डा. गिरी होटलमा बसेको पनि इन्कार गनर्ुुहुुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुुभयो- 'मैले भनेको के भने म यससम्बन्धी केही पनि प्रतिक्रिया दिन चाहन्नँ ।'

यसबारे प्रतिक्रिया लिन गिरी निवासमा सम्पर्क गर्दा उहाँकी श्रीमती सहारा गिरीले डा. गिरीका तर्फबाट जवाफ दिने बताउनुुभयो । तर होटल बिलको प्रसंग 'पूर्णतः झूटो' भएको दाबी गर्दै उहाँले अन्य जवाफ दिन भने अस्वीकार गनर्ुुभयो ।

होटलका ग्राहकले आफ्नो परिचय खुुलाएर बस्नुुपर्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रचलन छ । यसबारे जानकारी माग्दा होटल संघ, नेपालका अध्यक्ष नरेन्द्र बज्राचार्यले 'अर्काको नाममा कोही कुुनै होटलमा बस्नुु 'इथिकल' होइन' भन्नुुभयो । 'तर सुुरक्षालगायतका कारणले कतिपय बेला यसरी राख्ने चलन पनि छ,' उहाँले भन्नुुभयो ।

अर्काको नाममा होटलमा बस्नेप्रति कारबाहीको कुुनै कानुुनी आधार भने छैन । यसबारे राजधानीका एक उच्च प्रहरी अधिकृतले 'कसैले त्यसरी राखेको छ भने अनुुसन्धान गर्दा नियतमा प्रश्न' गरिने टिप्पणी गरे ।

यसैबीच 'कालोसूची' मा परेका डा. गिरीलाई कारबाही गर्न माग बढेको छ । अन्तर्राष्ट्रिय मुुद्रा कोषका राष्ट्रिय प्रतिनिधि सुुखविन्दर सिंहले कालोसूचीमा परेका ऋणीहरूलाई कारबाही गर्नेबारे सरकारी सुुझाव कार्यान्वयन गर्न आग्रह गनर्ुुभएको

छ । 'प्रतिवेदन दृढतापूर्वक कार्यान्वयन गरिएको हामी हेर्न चाहन्छौं,' उहाँले नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा मंगलबार भन्नुभयो ।

 
Posted on 06-14-05 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I still suspect, if it's Giri's trick to divert people's attention from something to this balcklist case...... I thik it's well-orchestrated and information released to journalists as a bait to heat up talks in the town.

Looks like something strange or big again gonna happen in Nepal.. looks like they are planning something inside.. and just to engage public and journalists in non sense things, they are feeding them these information.
 
Posted on 06-14-05 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डा.तुलसी गिरीले वास्तवमा सही प्रश्न सोच्नुभएको छ । केको आधारमा राजीनामा ? नैतिकता त छँदैछैन, दौरा-सुरुवालको आधारमा किन राजीनामा दिने ? फेरि राजीनामा दिएको भोलिपल्ट उहाँ नेपालमा रहने भए पो ! थाहै छ, उहाँ आप्रवासी नेपालीमात्र हुनुहुन्छ । राजीनामाले के नाप्छ ? हदै भए उहाँ कर्मभूमि र्फकनुपर्छ ।

कालोसूचीमा परेको अढाई करोड जनतालाई थाहा पाउँदा पनि उहाँ अनभिज्ञ छु भन्नुहुन्छ । यो साँच्चै सत्य हो भने एकपटक आँखा र कान जाँच्न अनुरोध छ । राजीनामा दिए त्यत्रो १ करोड ७४ लाख कसरी तिर्ने ? नेपाल बैंकले अरू ४/५ महिना पर्खे डा.साबले तिरिहाल्नुहुन्छ नि । तलब, भत्ता, कमिसन, दसैं खर्च सम्पूर्ण खुत्रुकेमा हाले कसो नहोला त्यति रकम ? फेरि भर्खर त उहाँ श्रीमती र केही नातेदारसहित कालोसूचीमा पर्नुभएको छ । २० औं वर्ष विदेश बसाइपछि देशलाई नै कालोसूचीमा पार्न आएका डा.गिरीले किन अहिल्यै राजीनामा दिनुहुन्छ ? देशै कालोसूचीमा पर्दा पनि उहाँलाई टेन्सन छैन । आखिर यो उहाँका निम्ति जूवा न हो ।

********

नेपाली राजनीतिमा नयाँ पहिचानविनै राजाको कृपाले मन्त्रिपरिषद् उपाध्यक्ष बनेका डा.गिरीले सबै नेपालीलाई बेकुफ भन्नुहुन्छ । उहाँको यो हुंकार देख्दा लाज लाग्छ । शाही सरकारका पण्डित गिरीको प्रवचन सुन्दा-सुन्दा लोलाएका यी कान फेरि एकपटक स्वयम् निर्वस्त्र नांगिएका छन् । तैपनि उनको गर्जन सुन्दा लाग्छ- उहाँ हातले लाज छोप्न असफल प्रयास गर्दैछन् ।

मैले किन राजीनामा दिने ? प्रश्न सुन्दा यो राष्ट्र उहाँको आफ्नै पेवा रहेछ भन्ने आभाष मिल्छ । अन्यथा नेपाल र नेपालीलाई हरिकंगाल पार्न तम्सने भाडाका मन्त्री गिरीले राजीनामा दिन्न भन्ने आँट कहाँबाट बटुले ? बहुदलीय व्यवस्थाका शासक भ्रष्ट भए भनेर हिजोसम्म टिभीको पर्दामा चिच्याउने गिरी महोदय एकपटक ऐना हेर्नोस् । हुन त लुकेको सत्य खुलेपछि उनलाई ऐनामा चाउरे गाला घिनलाग्दो हो ।

दलीय नेताको क्रियाकलापको पाइ-पाइ हिसाब राख्नेलाई आफूले कुम्ल्याएको रकमसमेत याद भएन ? मातृभूमिप्रति राष्ट्रघात गरेको किन/कसरी भुल्नुभयो ? मानसिक सन्तुलन पनि खुस्किए कि क्या हो ? उपाध्यक्ष महादेय, यहाँको नैतिकता कहाँसम्मको रहेछ हामी सबैले थाहा पाइसक्यौं । संविधान र कानुनको परिभाषा निर्माताले भन्दा बढी बुझेर व्याख्या गर्ने महोदयलाई आफ्ना अन्तिम दिन आउँदै गर्दा जे बोले पनि हुन्छ झैं लाग्यो कि क्या हो ?

अन्यथा गिरी देशमा कानुनको राज चल्नदिनोस् । कालो स्टकोटको खल्तीमा संविधान राखेर प्याच्च मुखबाट जे मन लाग्छ, उही ओकल्ने जमाना गए । एकपटक सिंहदरबारको गेटमा अडिएर यो राष्ट्र, यहाँका निमुखा जनता र तिनको इमानदारी बुझेर देशको सच्चा सुपुत्र भएर भित्र पस्ने कसरत गर्नुहोला । नत्र सतीले सराप्ने भनेको तपाईंहरू जस्तालाई हो ।

 
Posted on 06-15-05 3:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि छि छि तुलसी गिरीको घटियापन थाह पाउँदा त वान्तै आयो। बिचरा राजाको मुखमै कालो मोसो दल्दिए यि गिरीले। राजा खाडीको भ्रमण सकेर फर्कदा सम्म कति सम्पत्ति पोको पारेर रक्सौल कटाउने हुन कुन्नी यिनले अब। ह्वाक थुsssssssssss । यस्ता पाजीहरुले भ्रष्टाचार नियन्त्रणको गफ दिने उल्टो।ह्वाक थुsssssssssss
 
Posted on 06-15-05 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=43012

बलराम बानियाँ

- श्री भक्तबहादुर कोइराला
अध्यक्ष
भ्रष्टाचार नियन्त्रण शाही आयोग
हरिहर भवन, पुल्चोक

अध्यक्षज्यू, सञ्चारमाध्यमले मन्त्रिपरिषद्का वरिष्ठ उपाध्यक्ष तुलसी गिरीलाई कर्जा सूचना केन्द्रले चार वर्षदेखि ऋण नतिर्नेहरूको कालोसूचीमा राखेको सार्वजनिकमात्र गरिरहेका छैनन्, उहाँले राजीनामा नै दिनुपर्छर् भनेर बबन्डर मच्चाइरहेका छन् । अर्थमन्त्रालयले कालोसूचीमा रहेका ऋणीलाई सार्वजनिक बहिष्कार गर्ने मापदण्ड बनाएको छ । त्यसैलाई आधार बनाएर प्रेसले गिरीमाथि नैतिकताको प्रश्न उठाइरहेको छ । महाराजको शान्ति स्थापनाको महान् उद्देश्य पूरा गर्न दिलोज्यानले लागिरहेको जिम्मेवार व्यक्तिलाई नैतिकताको कसीमा तौलन मिल्छ कि मिल्दैन ? आयोगले यस्ता धेरै प्रश्नको निरुपण गर्नुपर्ने भएको छ ।

नेपालीहरू यमराजको न्यायमाथि पूर्णरूपमा विश्वास गर्छन् । तपाईं त अझ यमराजन्दा पनि शक्तिशाली हुनुहुन्छ । यमराजलाई त मरेको मान्छेलाई स्वर्ग पठाउने कि नरक भनेर फैसला सुनाउन चित्रगुप्तको सिफारिस चाहिन्छ, तपाईंलाई त त्यो पनि चाहिन्न । तपाईं त दूधको दूध, पानीको पानीको छ्यान-ब्यान गरेर नरक (भ्रष्टलोक) मा पठाउने कि स्वर्ग (स्वच्छलोक) मा पठाउने निर्णय गर्न पूणर्ाधिकार प्राप्त हुनुहुन्छ । आयु पुगेका अर्थात् भ्रष्टाचारको डण्डा लगाउनुपर्नेलाई समातेर ल्याउने यमदूत पनि तपाईं, सबैको फेहरिस्त राख्ने चित्रगुप्त पनि तपाईं, फैसला सुनाउने यमराज पनि तपाईं नै हुनुहुन्छ । त्यसैले तपाईंमाथिको अपेक्षा झन् बढी छ ।

अध्यक्षज्यू ! शान्ति ठूलो कि भ्रष्टाचार ? मलाई लाग्छ- शान्ति । मलाई त्यसो भन्ने अधिकार छ कि छैन, त्यो पनि यहाँले खुलाइदिनुहोला । अहोरात्र शान्तिको मन्त्र जपिरहेका गिरीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्नु शाही घोषणाको मर्म र भावनाविपरीत हुन्छ कि हुन्न ? शाही घोषणाकै दिन गिरीको कालोसूची नं. १६८० डिलिट गर्नुपर्ने दायित्व पूरा नगर्ने केन्द्र कारबाहीको भागिदार हुनुपर्ने कि नपर्ने ? शान्ति बहालीलाई नै ओझेलमा पार्ने गरी गिरीलाई विवादमा पारेर प्रेसले उछाल्नु शाही घोषणाको विपरीत हो कि होइन ? आयोगले मुख खोल्नै पर्छ ।

डा. गिरीले २०४२ सालमा जम्मा २० लाख रुपैयाँ ऋण लिनुभएको हो, अहिले त्यसको ब्याज बढेर न हो, १ करोड ७४ लाख रुपैयाँ पुगेको । पञ्चायतका जननी गिरीले चाहँदा करोडौं लिन सक्नुहुन्थ्यो, थोरै ऋण लिएर उहाँले देश छाड्ने बेलामा समेत देशलाई नै गुन लगाउनुभएको थियो, त्यो संवेदनशील पक्ष प्रेसले बुझ्नुपर्ने कि नपर्ने ? उहाँले छाड्दा मुलुक शान्त थियो, हामीले अशान्त बनायौं, उहाँ पुनः मुलुकलाई शान्त बनाउन र्फकनुभएको छ । शान्तिको अगाडि नैतिकता गौण कुरा हो । यो कटु यथार्थलाई नबुझी स्वतन्त्र प्रेस भन्दैमा बखेडा गरिरहन मिल्छ कि मिल्दैन, अध्यक्षज्यूले बोल्नुपर्?यो । डा. गिरीले कृपा गर्नुभएको छ र त सरकारी रेडियो र टेलिभिजन हेरेर र सुनेर प्रजाले शान्ति र सुशासनको अनुभव गर्न पाएका छन् । हे न्यायदाता ! शान्तिका बाहकमाथि त्यत्रो अन्याय भइरहँदा पनि कसरी मौन बस्न सकिरहनुभएको छ, प्रजा तीनछक छन् ।
क्रमश:

 
Posted on 06-15-05 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्यक्षज्यू, डोल्पामा औषधिका नाउँमा सिटामोलसमेत नभएको समाचार आएको दुई साता हुन लागिसक्यो, सरकारले कुनै वास्ता गरेको छैन । गर्नु पनि जरुरी छैन, किनकि डोल्पामात्र होइन सिङ्गै कणर्ालीवासीलाई शान्ति कुन चरीको नाम हो थाहा छैन । मानवीय चरित्र नै हो, अघाएकाहरू शान्ति चाहन्छन्, भोकाहरू पेट भर्न क्रान्ति चाहन्छन् । 'एक्काइसौं शताब्दीको प्रजातन्त्र' ले यो वास्तविकता बुझेको छ र व्यवहार पनि त्यहीअनुरूप देखिएको छ । त्यही भएर अध्यक्षज्यूले विघटित देउवा सरकारले अधिराजकुमार हेलेन शाहलाई विदेशमा उपचार गर्न सवा करोड रुपैयाँ दिंदा छानबिन गर्नुभएन । त्यही सरकारले दसैंका बेला दुःख पाएका कार्यकर्तालाई ४० लाख रुपैयाँ बाँड्दा प्रधानमन्त्री र मन्त्रीलाई आयोगको दैलोमा परेड खेलाइरहनुभएको छ । यतिखेर राज्यको एजेन्डा शान्ति हो, त्यसैलाई मूर्तरूप दिन गठित आयोग र त्यसका अध्यक्षले हिम्मत गरेर सार्वजनिक रूपमा भन्न सक्नुपर्छ- शाह शान्तिको पक्षमा हुनुहुन्छ, दुःख पाएका कार्यकर्ता विपक्षमा । शान्ति नै आयोगको न्याय गर्ने एकमात्र मापदण्ड हो ।

परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको साढे दुई वर्षको अवधिमा ५० लाख रुपैयाँ सम्पत्ति बढेको छ । २०५९ असोजमा चन्द मन्त्रिपरिषद्मा हुँदा र माघ १९ पछिको सरकारमा मन्त्री हुँदा उहाँले पेस गरेको सम्पत्ति विवरण हेर्दा त्यो कुरा प्रस्ट हुन्छ । पाण्डेको सम्पत्ति कसरी बढेको हो, छानबिन नगरेर अध्यक्षज्यू धन्य हुनुभएको छ । शान्ति बहालीमा लाग्दा धन बढ्न सक्छ, त्यसमा आँखा चिम्लिएर तपाईंले मुलुकलाई ठूलो गुन लगाउनुभएको छ, त्यसका लागि तपाईंप्रति मुलुक नै आभारी छ । पाण्डेलाई जस्तै डा. गिरीलाई पनि बचाउन म सम्पूर्ण प्रजाका तर्फबाट आग्रह गर्छु । प्रेसले उचालेकै भरमा गिरी राजीनामा दिन बाध्य हुनुभयो भने मुलुकमा बल्ल-बल्ल बन्न लागेको शान्तिको वातावरण नै खल्बलिन्छ, अनर्थ हुन्छ, पुरातत्त्वकै अपमान हुन्छ ।
क्रमश:
 
Posted on 06-15-05 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्यक्षज्यू ! मेडिकल डाक्टर भए पनि गिरीले हत्याहिंसाबाट आहत मुलुकको राजनीतिक उपचार गरिरहनुभएको छ । ०१७ सालदेखि ०४२ सालसम्म उहाँले मुलुकमा निर्दललाई बलियो बनाउन जस्तो योगदान पुर्?याउनुभएको थियो, अहिले पनि राजालाई उहाँको त्यस्तै भूमिकाको आवश्यकता छ । उहाँ २०३२ सालमा गलैंचाकाण्डमा मुछिनुभयो । शान्तिकै पक्षमा भएकाले उहाँले २०३३ सालमा आरोपबाट सफाइ पाउनुभयो । शान्तिका प्रति उहाँ अविचलित हुनुहुन्छ । उहाँले मानसिक शान्तिका लागि चार/चारपटक बिहे गर्नुभयो । पारिवारिक शान्तिका लागि आफ्नो नाममा मात्र नपुगेर पत्नीको नाममा समेत ऋण लिनुभयो ।

पिटर गिरी हुँदा पनि उहाँ शान्तिकै पक्षमा हुनुहुन्थ्यो, वीरेन्द्र सिंहका नाममा होटलमा बस्दामात्र होइन होटल बिल नतिरीकन बाहिरिंदा पनि उहाँ शान्तिकै पक्षमा हुनुहुन्छ । सिंगो देश शान्ति चाहन्छ, २० वर्ष विदेश बसेर स्वदेश फर्केपछि शान्तिको पोको फुकाइरहेका बेला उहाँले नतिरेको ११ लाख रुपैयाँ केही पनि होइन । होटलले पनि आफूले शान्तिका लागि गिरीलाई खुवाएको र पियाएको ठानेर गर्व गर्नुपर्छ । गिरी आफूले चाहेर होइन राजाले चाहेर उपाध्यक्ष हुनुभएको हो । उहाँलाई जोगाउनु महाराजको शान्तिप्रतिको असिम चाहनालाई बल पुर्?याउनु हो । अध्यक्षज्यू तपाईं महाराजको एजेन्डालाई सफल बनाउन नियुक्त हुनुभएको हो । गिरीको विरोध गर्नु शान्ति र सुशासनको विपक्षमा लाग्नु हो, महाराजलाई असफल बनाउन खोज्नु हो । गिरीलाई राजनीतिक परिदृश्यबाट हटाउन खोज्नेलाई तह लगाउनु आयोगको न्यूनतम दायित्व हो । त्यो दायित्व पूरा गर्न डटेर लाग्नुहोला, मेरो यही एकमात्र विन्ती छ ।

तपाईंको शुभचिन्तक
बलराम
 
Posted on 06-15-05 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Folks,

Do you guys happened to have Tulsi Giri's home address ? I would like to send him US $ 1.07 so he can pay his bill. I heard people of Nuwakot have already raise few thousand Nepalese Rupees.

What a same OLD man.
 
Posted on 06-16-05 2:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please save my ass.........

 
Posted on 06-16-05 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Di Giri ..murdabad!!!!

 
Posted on 06-18-05 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=43358
डा. गिरीको सौखिन शैली


हरिबहादुर थापा

- गिरीका वा उहाँका आफन्तले कान्तिपुर पढ्छन् होला, पढ्छन् भने यस्ता समाचारले उनीहरूको मनोदशा कस्तो हुन्छ होला ? बडो कौतूहल लागिरहेछ ? गिरीका छोरा वा छोरीका साथी वा आफन्तले तिम्रो बाबाको बारेमा त पत्रिकामा यस्तो लखेको छ भनी सुनाउँछन् होला । बा ! म त खप्न सक्थिनँ, आत्महत्या गर्थेँ होला ।'
केही दिनअघि कान्तिपुरमा प्रकाशित एक पाठकको पत्रबाट उद्धृत अंश हो- यो । डा. तुलसी गिरीको कालोसूचीले उचाइ लिएपछि बाग्लुङका के. पौडेलले यसरी अनुभूति पोखेका थिए । पौडेललाई हाम्रा शासकसँग बलियो मुटु छ भन्नेचाहिँ थाहा रहेनछ । उनीहरू यस्ता हरेक प्रकरण हाँसेरै पचाइदिन्छन्, डा. गिरीले पनि त्यही गरिरहेका छन् ।

डा. गिरीले ऋण लिएर कालोसूचीमा परेको तथ्य अर्थमन्त्री डा. मधुकरशमशेर राणालाई समेत थाहा रहेनछ । तर झन्डै एक वर्षदेखि 'कालोसूची' अर्थमन्त्रीको टेबलमा चाङ लागेर बसेका छन् । उनलाई पनि थाहा नहुनु आश्चर्यको कुरा हो । त्यसमाथि राणा डेढ वर्षअघि त्यही अर्थ मन्त्रालयमै वरिष्ठ आर्थिक सल्लाहकार थिए । कालोसूचीमा पर्नेहरू सबैको नाम जानकारीमा राख्ने, तर आफ्नै मन्त्रिपरिषद्का उपाध्यक्षको नाम सूचीमा देख्नुभएन । र, डा. गिरीकै शब्द सापटी लिएर भने- 'बैंकले स्पष्ट नपारी केही भन्न सक्दिनँ ।' एकातिर सूचना बाहिर ल्याउने कर्मचारीलाई कारबाहीको धम्की दिने र अर्कातिर थाहा छैन भनेर टार्ने नीति सरकारको छ । नत्र, गत आइतबारदेखि नै ती कालोसूचीवालाहरू सामाजिक बहिष्कारमा परिसक्थे । डा. गिरीकै कारण कार्यान्वयन अवरुद्ध छ ।

'नैतिकताको आधारमा राजीनामा दिने

होइन ?' प्रकरण सार्वजनिक भएपछि पत्रकारले डा. गिरीलाई सोधे । तर डा. गिरीले हत्तपत्त जवाफ दिइहाले- 'बैंकले जानकारी नै नदिई किन राजीनामा दिने ?' उनले ठीकै जवाफ दिएका हुन् । बीस वर्षअघि लिएको ऋण सम्झने कुरै भएन । त्यसमाथि त्यो तिर्ने सर्तमा लिएको भए पो सम्झने । दक्षिण एसियाका प्रखर राजनीतिज्ञका रूपमा प्रचारित डा. गिरी साहाराको मोहपासमा यसरी बाँधिए कि उनले राजनीतिमात्र होइन धर्म र देशै त्यागे । विदेशमा रहँदा नेपाली बैंंकबाट लिएको ऋण सम्भिmइरहे होलान् भन्ठान्नु हाम्रै मुख्र्याइँ हो ।

त्यसमाथि उनी मोज-मस्ती र रंगीन दुनियाँमा विश्वास गर्छन्, कालोसूचीहरूमा होइन । उनले कम्पनीका नाममा ऋण लिए पनि अन्यत्र खर्च गरेका हुन सक्छन् । अनि आफू सञ्चालक रहेको प्लास्टिक कम्पनीको नाम सम्झने कुरै भएन । त्यसका लागि बैंकले नै जानकारी गराउनुपर्छ भनी अडान राख्नु अस्वाभाविक होइन ।

उनी रंगीन र विलासी जीवनशैलीका धनी मानिन्छन् । चार श्रीमतीका धनी बन्न पुग्नुले त्यसलाई पुष्टि गर्छ । उनले वसन्तशमशेर राणाकी छोरी किशोरीसँग सम्बन्ध गाँसेनन् कि फिल्मकी हिरोइनसँग । नेपालमा पनि सुटिङ भएको 'हरे राम, हरेकृष्ण' हिन्दी फिल्ममा एक नेपाली चेलीले सहनायिकाको भूमिकामा देखिने मौका पाएकी थिइन् । ती नायिका डा. गिरीको आँखाबाट छिप्ने कुरै भएन । तिनलाई डा. गिरीले तेस्री जीवन संगिनी बनाए । 'चौथो त उनले बाजी नै मारेको हो'- त्यतिबेला सिंहदरबारभित्र कार्यरत प्रशासक त्यसै भन्थे । धेरैले आँखा लगाएका थिएँ- साहारामाथि । उनी रेडियो नेपालमा अंग्रेजीमा समाचार भन्थिन् । पञ्चायतका प्रभावशाली प्रधानमन्त्री डा. गिरीले आँखा लगाएपछि धेरैको आशा मर्नु आश्चर्य होइन ।
 
Posted on 06-18-05 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिली र दोस्री श्रीमतीबीचको घर-झगडालाई इतिहास लेखक पुरुषोत्तम शमशेर जबराले आफ्नो पुस्तकमै उतारेका छन्- 'सम्झेका र सुनेका कुराहरू' मा । पुस्तकका अनुसार 'पुल्चोकस्थित तुलसी गिरी बसेको भाडाको घर धनीकहाँ गएको अवसरमा चित्कार सुनियो । कहिले यसको त कहिले उसको जगल्टाइरहेको, हातका औंलाहरू खोल्ने प्रयासमा तुलसी व्यस्त भएको दृश्य पनि देखें । तुलसीले द्वन्द्वलाई साम्य पार्न अनेक प्रयास नगरेको होइन । दुवैलाई सम्झायो, फट्कार्?यो, फकायो, पिटुँला झैं गर्?यो, तर हार खायो । त्यस दिनको द्वन्द्व करिब तीन घन्टासम्म चलिरह्यो । घरधनीका अनुसार यसप्रकारका द्वन्द्व-द्वन्द्व कहिलेकहीँ आधा रातमा पनि अवलोकन गर्न पाउने सौभाग्य प्राप्त हुन्थ्यो ।' उनका श्रीमती झगडाबारे थप रुचि छ भने पुरुषोत्तम शमशेरकै पुस्तक पढ्दा धेरै थाहा हुन्छ ।

राज्यको सम्पत्तिमा मस्ती बटुल्ने राणा शासक र डा. गिरीमा धेरै समानता पाइन्छ । श्रीमती बटुल्ने सिको पनि उनले राणाबाट गरेका हुन् । राणाहरूले मुख्यानी, बडामहारानी, महारानी, रानी र नानी गरी घोषित रूपमै ४२ वटासम्म पुर्?याएका छन्, अघोषित अझ कति । अकन्टक राज्य चलाउन पाएको भए डा. गिरीले पनि श्रीमती संख्या राम्रै पुर्?याउँथे । जब उनी सत्तामा पुगे, नयाँ श्रीमती जोडे । असमानता भनेको केवल उनको शिरमा श्री ३ राणाहरूको झैं श्रीपेच नपर्नु मात्र हो । जसरी सत्ताबाट बाहिरिएपछि राणा शासक, उनका परिवार सम्पत्तिसहित मुलुक छाड्थें । उनले पनि छाडे । शासक तथा शक्तिसम्पन्न भारदारले मुलुक सोसेर अकुत सम्पत्ति जोड्ने र विदेश लगेर मस्ती गर्ने स्थापित परम्परा

हो । इतिहासले देखाउँछ- शासकले नेपाललाई माया होइन, शोषण गर्ने थलो बनाए । उनी राणाशासकझैं दलविहीन शासन चलाउनुपर्छ भन्ने अभियन्ता हुनुपर्छ । हक्की, दम्भी, षडयन्त्रकारी र अहंकारयुक्त शब्द पोख्नमा उनी पनि कुनै राणा शासकभन्दा कम छैनन् ।

डा. गिरीको व्यापारिक जमातसँग राम्रो सम्बन्ध थियो । एकताका उनी पनि व्यापार गर्थे- क्लासिक भेन्टेज कारको । राणाहरूको पुरानो दरबार किन्थे र बेच्थे । त्यतिमात्र होइन, राष्ट्रिय वाणिज्य बैंकका निम्ति पनि टंगालमा राणाहरूकै पुरानो दरबार खरिद गरिदिएका

थिए, जहाँ भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्दैछ । २०३२/०३३ ताका त्यो भवन खरिदले पनि प्रकरणकै रूप पाएको थियो । जतिबेला गिरी प्रधानमन्त्री थिए । पञ्चायती चर्काे दमनमा गुज्रेका अखबारले पनि त्यसमा कमिसनको राम्रो खेलकुद भएको भनी पाना रंग्याएका थिए । व्यापारीसँगको संगतकै कारण उनी गलँैचा काण्डमा समेत परे । पञ्चायती इतिहासकै सबैभन्दा ठूलो काण्डमा उनीसहित ९१ जना अभियुक्त बने । जसमा व्यापारीको संख्या पनि ठूलो थियो ।

उनको जीवनशैली सौखिन छ भन्ने तथ्य हालैका क्रियाकलापले पनि पुष्टि गर्छ । माघ- १९ हुनुपूर्व भित्रिएका गिरीले झन्डै आधा महिना याक एण्ड यतिको महँगोमध्ये पर्ने 'सुुइट' मा बास बसे । त्यो बासको रकम कसले तिर्?यो ? प्रश्न उब्जिएका छन्, जवाफ आएको छैन । पुल्चोकस्थित सरकारी मन्त्री क्वाटर खाली छन् । उहाँलाई बालुवाटार नजिकैको व्यापारी सीताराम प्रसाईंको घर भाडामा लिइएको छ । घर भाडाका लागि मात्रै मासिक ६० हजारभन्दा बढी खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी बताउँछन् । त्यहाँ उनको सुरक्षाका निम्ति सरकारले ठूलै लगानी गरेको छ । बहुदलीय कालका उपप्रधानमन्त्रीहरूलाई पुल्चोककै सरकारी निवास पचेको थियो, तर गिरीको जीवनशैलीलाई त्यसले धानेन

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
" अनि ग्रिन कार्ड बन्यो त ?"
Shot Dead
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters