[VIEWED 150159
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-15-05 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है । ------------------------------------------------------------------------------- उहि पुरानै नमेको चौतारो
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-16-05 6:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो बल्ल मनेले कुरोको जुरो समाते। हो यसरी हो मेलो सार्ने। बिचबिचमा थप है। श्रीले पनि थप। दायाँ बायाँ गएपनि म तानेर मिलाउँछु नि। ------------------------------------------------------- तृतीय अध्याय तल जिनको पाएँट भे नि राजुले माथि भने उही पशुपतिले कपडा चोरेर गाँसेर सिलाऽको भोटो जस्तो कमिज लगाऽको थियो तर धेरै तरि कपडा गावसेकोले साह्रै राम्रो देखिन्थ्यो के। राजुले पपीलाई माया गर्दै बिस्तारै भुईँमा राख्यो। पपिका कान भने अघिदेखुन ठाडाठाडा भएका थिए, किन होला भनेको त मुखिया बाको कुकुर भुकेको नेपथ्यमा अलिअलि सुनिएको रहेछ के। पिगं हाल्ने सल्लाहको खैलोबैलोमा हाम्ले भने कासै सुनिएन पपिले भने ट्वाक्क सुन्या रे छ के। पिगं हाल्ने कुरामा हाम्रो काम भन्दा छलपल धेरै हुन्थ्यो। खाँबो काँ गाड्ने भन्ने विषयमा खेमको र जिवनको बहस हुँदै थियो। "पोहोरको डोब फेला पारम् ना। यी पतिगंर जम्मै बडार त।" राजुले बुध्दि निकाल्यो अनि केटाकेटीहुर जम्मैले पतिगंर उठाउदै थिए। राजुको कुकुर भने भ्वाक भ्वाक हाम्फाल्दै जान्छ बा। सब शान्त भे र हेरे सुने तर केही बोलेनन्। मुखिया बाको कुकुर भुकेको बल्ल पो सुनिन्छ तर झन झन यतै आए जस्तो सुनियो के। to be contd.
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 09-16-05 9:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझामा पनि देन्सा ओतोको सुरु भएछ। -------------------------------------------------------- चतुर्थ अध्याय -------------------------------------------------------- सबै पिङ् हाल्ने गफ छोडेर अब के हुने हो भनेर उत्सुकतापूर्वक मुखियाका घरतिर हेर्न थाले। बिचरो राजु के गर्ने के अलमल्ल परो। एकाएक वरिपरि सन्नाटा छायो। ५ मिनेटजति कोहि केहि बोलेको सुनिएन, सिर्फ २-४ चोटि समीचोरे साहिंलीले छोरोलाई-"ए, गान्टे मुर्दार! तेरी आमा' काट्टो खान पर्दैन आज तँलाई?" भन्दै खाना खान बोलाएको सुनियो। यताबाट खेमले "ए साँइलदिदी, किन ऐलै मर्नी बिचार अरेकी औ? साँइलदाइ ईन्डिया गएर के भो त, हामी छम् नि त!" भनेर जिस्क्यायो। हुन त सधैं भए यस्ता गफ निस्किंदा छेड्का-छेड्की थप्दै केटाहरु गलललल हाँस्थे, कुखुरेबैंशमा हिंडेका केटाहरु त हुन्! तर आज त्यस्तो भएन; सबैका कान कुकुर गएको दिशातिर थियो। केहि बेरको सन्नाटा पछि, एकाएक मुखियाको स्वर सुनियो-"ए, राजु मुर्दार, कुकुर किन छाडा छोड्चस् ए, राजा' भोटेकुकुर छोडे झैं। यो बाघले खानी (बाघले खान परेको)लाई ले'र जा त!" राजु बित्तातोड हुँदै आवाज आएतिर दौडिन थाल्यो। अरु सबै पछिपछि लागे। स्कूलको दौड प्रतियोगितामा जित्ने केटोलाई कस्ले भेट्टाउन सक्नी! बल्ल सबै पपि र मुखियाको कुकुर लडेको रणभूमिमा पुगे। मुखियाको कुकुर खुट्टा कुईंकुईं गर्दै भागम् भागम् गर्दै थियो। त्यो राजुको कुकुरले ठाममानै टोक्देछ क्यार, खुट्टा खोच्याउँदै उठ्नु न बस्नु गर्दै थियो। राजुले पपिलाई काखमा लियो। पपि भने पुच्छर हल्लाउँदै मालिकका सर्ट चाट्न थाल्यो- मानौं कुनै ठुलै युद्द जितेर बिजयउल्लास गर्दै छ। राजु, उसै त पसिने मुर्दार, त्यसमाथि त्यसरी बत्तासिंदै आएको, झन मुखियासँग टकराब पर्ने देखेर ज्यानभरि पसिना बगाउन थाल्यो - अब पसिनामा नुहाउँदै थ्यो भनम् न एक किसिमले । फेरि सन्नाटा; एकाएक सबैका आँखामा उत्सुकताको मेसो सगमगाउन थाल्यो - मुखिया खै ?
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 09-16-05 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
contd... "ए बडा बा! के गर्न लाग्नु भा' त्यो खिर्रोको रुखमा चढेर? चोप लाग्ला?" दादा एक्कासि बाटोमाथिको खिर्रोको रुखतिर हेर्दे कराएपछि सबै त्यतैतिर हेर्न थाले । मुखिया परे गिरी थरका। १३ पुस्ता कटेर साइनो तितर-बितर भएपनि गिरी केटाहरु उनलाई बडाबा भनेर बोलाउँथे। पातले छेकिएर आफ्नो हालत लुकाउने सुरले हाँगाको टुप्पातिर पुगेका रहेछन् बुढा, दादाका आँखालाई कसले सक्ने ? मुखियालाई देखिहाले। अब, टारिघरेका बिहेमा, त्यस्तो राति त के के देखेछन् , अब अहिले पर्यो मध्येघाम। "यस्का बाघले खानीले टोकुम्ला जस्तो गरेसि खिर्रैका रुख भएनि चढ्न परेन, तँलाई स्याल मोरा?" जस्ताको तस्तै जबाफ फर्कियो। मुखियाको त्यस्तो निरस हालत केटाहरुले पहिलो पटक देख्दै थे क्यार, एकथरि खित्का छोड्दै हाँस्नथाले भने अर्काथरी भूईंतिर हेर्दै हाँसो दबाउन खोज्दै थिए। "ए साईंद्वा, तेरा जारलाई लेर जा। हाम्रा तिर कइलै नआ अब!" मुखियाले राजुतिर दाहिने हातको छडी सोझ्याउँदै कराए। राजु बोलम्ला बोलम्ला गर्दै थियो, उछिन्दै जीवनले प्याच्च खैनीको पिच्का थुक्दै भन्यो - "हैन बडाबा, धोतीको फेरो फुस्केछ नि त। अघि खिर्राको रुखमा सुरिलो खेल्दा (रुख चढदा दुई हात खुट्टाले रुखलाई बाँध्दै माथि उक्लने तरिका) अल्झेछ क्यार!" हुन त धोतीको फेरो सेरो फुस्केको त हैन, जीवन भन्या अलि रसिक केटो जिस्क्याइहाल्यो। मुखिया बा चाहिँ देब्रे हातले धोति समातौंला जस्तो मात्रै के गरेका थिए, दुवै हात छोडेपछि के रुखमा ब्यालेन्स गर्न सक्ने ? सिधै बाटोमुनिको आफ्नै मुहाने सुर्कोमा डङ्ग्रङ्ग लडे । एकछिनसम्म त उठ्नै सकेनन् भन्या । दशैँ अघिको खेतको गरो न पर्यो, बुढा उठ्दा त मुख, ज्यान, कपडा सबै हिलाम्यै।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-17-05 4:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब कसको पालो हो? चौतारीमा रुख रोपौँ न यार!
|
|
|
ruina
Please log in to subscribe to ruina's postings.
Posted on 09-17-05 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
abhuiii kasto seto darlagdo rukkh! batuwa basna pani daraulan jasto.
|
|
|
jptgyall
Please log in to subscribe to jptgyall's postings.
Posted on 09-17-05 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
weeeee...
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 09-18-05 7:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ruina nani, that's all chamatkar of dada's chhimeki japanese.... rather, it's supposed to be romantic. how come it's darlagdo for you???? >> damn this thing ruined my weekend-end
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-18-05 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल छ छ साथिहरुको , सानो तिनो प्वाल टाल्न त खप्पिस नै भएचन चौतारिका मुन्छे हरु् यो सिरे चै कता हराच हं ?
|
|
|
thees_keta
Please log in to subscribe to thees_keta's postings.
Posted on 09-18-05 6:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म आए है लङगुर बुर्जा लेर । मुईले त थापे हे...साथि भाई हो के के मा पैसो हलने हो हालि हाल। ल है
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-18-05 8:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ति चईनी शराग (आकास) पुनि छम्क्याईलो, उजेलो भओ केरे, त्याँसी कट्कुरो (दाउरा राख्ने ठाउँ) पुनि खाली रच । भनेसी यो शन्सरबार र आईतबार चईनी दाउरा काट्न परो भनेर मेरा त सईंहुर लिएर बनमा गाका थेम के । यतातिर क्याउँपिङ् (camping) भन्दा रचन केरे, खास त बनाँ दाउरा काट्न गाको जो हो । ल है सईँहुर, थाकेको सुरमा, चईनी अपुर थोक अपुर थोक को सुरमा के कस्तो भओ, जे होस तल तेर्साको छु केरे, कस्तो मान्नु हुन्छ ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-18-05 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
********** पाँचौ अध्याय ********** साता दुवेक भओ, मेरा भनी तो राजु सँग चईनी तेति सारो हिमचिम छैन केरे । भा को के भनि तीजाँ दिदी बहिनीहुरलाई कपडा पाहुर दिनी बानी छ केरे हाम्रा मावलीका । अनि आईमाईहुरलाई गुनियो, पटुका ल्याम्दा मामाले चइनी केरे भानिजहुरलाई भनेर मलाई नि एउटा लाम बाहुले कमेज र एउटा पयँटको कपडा, तेस्तै मेरो भाई कैले लाई पुनि एउटा छोटा बाहुले कमेज र चईनी एउटा जाँघेको कपडा लेईदिनु भाका केरे । अब ठाडा धर्के डोरा डोरा परेको कमेजको पोलिस्टरको कपडा र चईनी नीलो खाकीको पयँटको कपडा एकै थानमा थियो केरे । "उही गएसी छेकेर चईनी पशुपतिले काटेर सिउनी बेलाँ जो जम्मै मिलाम्च, सिपालु छ" भनेर भन्थे घर माहिल्दाईले । हुन त मैले पढन्जरी त म जो "फस बाई" (first boy) थें केरे - जनता माबिको मेरो आफ्नो किलासमा । म पाँच किलास पढेसी मलाई काठमान्नुको बौडुङ स्कूलाँ पढाम्न लगे केरे, अहिले नि छुट्टी भएर घर आईपुगेको चईनी केरे दुई साता मत्रै त भओ नि । अनि टारीकी यामकला "सिकिन बाई" हुन्थी केरे, पोहोर साल बट भनी तेसलाई पुनि आर्कै स्कुलाँ सारे अरे । चईनी दमैका राजु तेति खेर "थर बाई" हुनी मुन्छे हिजाऽज त फस बाई जो भाऽछ अरे केरे । भनेसी दुई बर्ष अघि सम्मन त राजु र म त एउटै कक्षामा पढ्ने सईँहुर नि त । मेरो भाई कैले चईनी अहिले चार मा छ केरे, अब आर्को साल पाँच पढेसि त तेल्लाई नि काठमान्नु लानी हो, बौडुङ स्कूलाँ केरे । कुरो आर्कै तिर लागेछ । भाको के भनी अब मावलीमा त तीजाँ कपडा किन्नी भनेसि मलाई पुनि नछुट्टाम्नी भनेर हालिदेका रैचन केरे । तर अब पशुपतिले सिलाको कपडा चईनी काठमान्नुको फेसनाँ (fashion) अलि सुहाम्दैन कि भन्नी डर लाका थे केरे मेरा । अब हाम्रा बा हरुका पाला चईनी आईमाईका चोला, बुलुस, पेटिकोट, त्याँसी लौनी मु्न्छेका भोटा, जाँघे, जुहारी आस्कोट (जवाहर लाल नेहरुले लगाउने जस्तो ईष्टकोट- ?, जवाहरी -?) त पसुपतिले रिडिक्कै पारेर सीउनी केरे, तर हिजो आजका पतलुन, पयँट, कमेज भनि अलि दोहोर्दैन भन्थे केरे । जेहोस, त्याँसी कपडा लेर म र कैले गयम केरे पसुपतिकाँ । राजु पुनि तेही रईच केरे । दुईटा बिजुली खैनीका बट्टाका माझाँ छेंडेछ, त्याँसी एउटा काँटी हालेछ र तेस्लाई अर्को एउटा घसेटो सित तेही कपडा काट्दा निस्कीनी झुर्का, टाला टाली के के ले बाँधेछ । अनि मटर बानम्दै आफ्ना आँगन देखुन डडरतिर कुदाम्दै थियो हामी जाँदा केरे । केछ कसो छ भन्नी कुरा अरेम । अनि त्याँसी कपडा छेके केरे पसुपतिले ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-18-05 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले चईनी "काठमान्नुमा लाम्दा पुनि सुहाम्नी सिउदिन सक्छौ त? " भनेर सोधेको चईनी मेरा घराँ अहिले चईनी टाँक (buttons) मत्रै छन्, तर अब काठमान्नु तिर त हुप (पाईन्टमा लाउने "हुक") र चेन (zipper) हालेका पतलुन लाम्चन केरे, तेसो भा सि टाँकै लाम्नी भा तेस्तै सिलाईदिन्छु नत्र जति सको चाँडो हुप र चेन किनेर लेईदिनुस केरे स्याना मुख्खे साप, अपुर थोक सिलार राख्छु " भने केरे पसुपति बुढाले जो । अनि कमेज त मजैले सिलाम्न सक्छु भने केरे पसुपतिले । अनि हिजाऽज मत्रै लेराको अरे तो ईतोरलोक (interlock) अर्नी मिसिन पसुपतिकि बुहारीले आफ्ना माईति 'ट, तो ईतोरलोक अरेसी भित्रा 'ट उध्रिन्न अरे के कपडा । तेसले ईतोरलोकको चईनी सिलाई अरेको कपडा पिच्छे छुट्टै पाँच रुप्याँ लिनि अर्चे केरे, उसकी बुहारीको पेवा जो हो अरे । अब जे सुकै होस भन्ठानें, भनेसी मेरो र कैलेको कमेजको, तेस्तै मेरो पयँटको र कैलेको जाँघेको अरेर चार गोटा लुगाको को बीस रुप्याँ ईतोरलोक अरेको भनेर तेहीं जो दिए केरे पचासको नीलो नोठ । अपुरथोक सिलाईको कुरो भनी बर्षेनी बाली हो कि के के कारोबार भन्थे केरे, तेसैमा मिलाम्थे बर्ष भरिको एकै हिसाबमा, हामले चईनी टाउको दुखाम्न पर्दैनथ्यो केरे । मलाई तीस रुप्याँ फर्काम्न पर्नी, तो पैसा पुनि खुल्ला चेन्ज पुगेन तेहाँ । मैले त्याँसि येसो बिचार अरे केरे, तेसो भा मलाई र कैलेको जाँघेलाई पुनि हुनी अरेर चईनी हुप र चेन किन्न परो, अनि सोधेको दस रुप्याँ पर्च अरे एउटालाई हुनीलाई । अनि येसो गमे केरे, मलाई उनीहुरले पैसा फर्काम्न पुनि सजिलो केरे "म फेरि क्यार्न आतेजाते अरि राख्न परो र, राजु तिमी उता गामतिर आउनी जानी अरि राख्छौ केरे, तिमले जो किनेर लेईदेउन त, बरु तो फर्काम्न बाँकी तीस रुप्याँमा मलाई र कैले लाई के के सर्जाम चाहिनी हो तो हुप, चेन किनिदेउ, दस-दस रुप्याँले बीस रुप्याँ भओ, बाँकी दस रुप्याँको चईनी चकलेट बिस्कुट च्याउ-च्याउ के खानी हो खाउ, तिमलाई जो भओ" भनेर हिसाब-किताब मिलाएँ केरे । एउ साता पछि कपडा लिन गाको त चईनी राजुले त फट्याईँ अरेको रैच जस्तो लाग्यो मलाई । हुन ती पसुपति दमै पुनि साह्रै लोभि छन केरे, तीनले जो तेसो अरे कि, मलाई त राजुले बदमासी अ-यो जस्तो त लाग्दैन । जेहोस, नाति-जीबा जसले भा पुनि के अरेचन भनी मेरा पयँटमा भनी हुप र चेन जिप्पर जो राखेर सिलाईदेछन केरे, कैलेको जाँघे भनी टाँक लाम्नी बनाईदिएछन । मैले त्याँसी "के हो, झन दस रुप्याँ अर्घेलो छोडेर गाको, तेत्रो पैसा देको तिमेरुले यही अरौला भनेर हो त ? " भनेर हुकें केरे तो पसुपति बुढालाई । उसले " हैन, स्याना मुख्या, हजुरका चईनी सईं चईनी राजुले जो एउ-थान मत्रै सर्जाम लेरायो र कैलेको जाँगेमा त टाँकै लाउनी भनेर भनेका छन सिरेले, तो चेन बिगार्च कैले ले, अझै बच्चै जो छ भनेर सिरेले फेरि भनेका थिए" भनो केरे, "मैले त तेसै जो अरे केरे" भनेर भन्छ । हुन त पसुपतिले राजुलाई थर्काए होलान र तेल्लाई च्याउ-च्याउ खान देको पैसा पुनि लुकाए होला नि, तो मेरा पायँटमा राखेको चेन पुनि पुरानो जस्तो छ, भनेसी पसुपति बुढाले राजुलाई पैसा पुनि दिएन जस्तो छ । जे होस, नातिले भा पुनि जीबाले भा पुनि तिनेरुले मलाई चईनी ठगे केरे, तेई भएर म तो राजु सित बोलेको छैन के साता १-२ कति भओ । keep rolling...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-18-05 9:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
षष्ठं अध्याय गोधुली साँझको बेला हुँदो हो, हाम्ले पुरानो डोब फेला पारेर बल्ल एउटा खाँबो गाडिसक्दा। उत्तर-पश्चिमतिर गिँदरीको बोटको टुप्पनेर जुन टहटह चम्किरहेका थिए। कान्लमा सिरे घुँडामा च्यापु राखेर केही सोचे जस्तो गरी बसिरहेका थिए भने राजुले खाँबो कत्तिको बलियोसित गाडियो त भुनेर हल्लाउँदै थियो। "ल बल्लियो भो केटा हो यो चैँ। " राजुले पसिना पुछ्दै थचक्क बस्यो। कान्लातिर भने खिर्राको रुखको चोकले खाँबोको काम गरेको थियो। यो हाम्रो परम्पराग खाँबो हो के। अब कुरो आयो मुल डाँडीको। सबभन्दा गाह्रो काम नै यही हामेरुको लागि। तर यसपालि मुल डाँडी बनाम्नी काठ लिन जाने काम बाँकी नै छ। "भोलि राजु र दादाले मुल डाँडी ल्याम्नी केटा हो, मैले र जिवनले बाँहा ल्यामनी, तिमेरुलर साना डाँडीहरु ल्यानि है। " खेमले उदघोषण ग-यो। सबैले हुन्छ मा टाउको हल्लाए तर सिरे भने बोल्दैन बा। राजुले गाडेको खाँबोमा पिगं खेल्न मुन नलागेर हो कि खेमले उसको थेबे लाग्नी छैन भनेर होच्यायो भुनेर हो कुन्नि? खेमले कर्मी काम गर्दा केही बगा-यो भने थेबेलाई दोष दिन्थ्यो के "नाँच्न जान्दैन आँगन टेढो" भन्या जस्तो। भोलि विहान सबैजना वन जाने सल्लाह गरेर तितर बितर भए। राजुले "पपि!" भनेसी राजुको कुकुर पनि राजुको पाएँट सुँघ्दै पछि र पुच्छर हल्लाउँदै हतार हतारमा भए झैँ गरी लाग्यो। आकासमा जुन टहटह लाग्दे थिए, रातभरि सबै जना भोलिको योजना र आफ्नो आफ्नो दाइत्त्व संझिँदै मस्त निद्रामा हुँदा हुन्। ... ... ... to be contd.
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-18-05 9:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टहटह लागेका दशैँका जुन!
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 09-18-05 10:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hya ta dashain ko ramjham nai po racha ta, ma chai kata kata harai raako kya. a thees, tyo kya ho. jhyalli garney, Yeuta mata khaal ma kaha ko paisa haalney. Sabai bhai po alik ramailo huncha. Dui chaar paisa ta haami pani halum na hau. Malai ta tyo paan butta sarai mun parcha kyara, ma chai teshai ma haalney bhai hai. Tara tyo sabai haamil ley chai dekhnu parcha hai. Natra chai thik hunna ni. a gaalab jiyu, testo kura le weekend ruined garcha ra, telley ta jhan ramro po banaucha ta. Ma chai yeso yeta ko halla sunera aako. Alik dui chaar din ko kaam cha. Ani chai paleti kaserai basumla hai, ahiley chai laagey ma.
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-18-05 11:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उ पल्लो गाममा त हालि सकेछन, म र जमुनि त तेही जो गएर पिङ खेलेर आको बाई ।हाम्रा गाममा कैले हालेर भ्याउनी हुन कुन्नि ? keep rolling...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-19-05 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-19-05 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सातौं अध्याय ******** केटाहुर त पिङको खाँबो गाडेर लाखापाखा लाए केरे । तर मलाई भनि अघि न देखि यो कसको घरको मुड्को चोरेर ल्याए यी केटाहुरले र खाँबो गाडे, अब चईनी चोर दोस लाग्नी भओ भनेर पिर परिरहेको थियो । कुरो के भनी तो पिङको लागि भनेर हालेको खाँबोमा गोबर लाको थियो, भनेसी कसका गोठबाट चोरेर लेराए केटाहुरले जस्तो लागो केरे मलाई त । तेही भएर कान्ला माथि घुँडामा चईनी मुन्टो जोतेर झोक्राएर बसि राको थिएँ केरे । एकै छिनमा " यी छम्डालाई हैजाले लानी " , " यिनका हाताँ कोडी पर्नी " भन्दै पुन्टे दाजी र आर्को मुन्छे पुनि को हो रिसाम्दै चिच्याएको सुनें । बुढा सधैं दिनकै खेताँ पानी लाउन जानी, अनि कहिले काही चईनी साँझपख धोबिनी कहाँ पसेर अलिकिति झोलसिरक ओढेर आउनी केरे । जाडो महिनामा रउसी खाएसी न्यानो हुनी अरे केरे, तेही भएर पुन्टे दाजीले बेला बेलाँ रउसीलाई सिरक ओढेर न्यानो भाको भने झैं झोलसिरक ओढ्नी भन्नी अर्थे केरे । हुँदा हुँदै त बुढा त नजिकै आईपुगे केरे, जुनको उजेलोमा येसो हेर्दा धङधङाका त थेनन, भनेसि रउसी खाका जस्तो त लागेन, भनेसि बुढा त साँच्चिकै रिसा'र हिँडेका रहेछन केरे । पुन्टे दाजी र आज त बाटुली भाउजुका दाई चईनी पुन्टे दाजीका जेठान नेपे दाजी पुनि रैचन केरे साथैमा । तीनको घर त चईनी तेतै काभ्रा-भञ्ज्याङ तिर हो क्या हो, आज कताबाट आएछन त जवै-जेठु (ज्वाई-जेठान) सँगै जो । पुन्टे दाजीले सधैं हाताँ लियाँबासको लौरो बोक्नी, आज भनि एउटा हाताँ खन्ती र आर्को हाताँ कोराहा बोकेका रैचन, नेपे दाजीले भनी कोदालो बोकेका थिए, अब बहिनी जवैंको घरबाट नै बोकेको होला, आफ्नै घरा'ट त क्यार्न कोदालो बोकेर आम्थे र, हैन त ? दुबै जाना चौतारीमै आए पछि मैले नि "नमस्ते अरे है दाजी हुर हो, कता हो यो रात विषय, चईनी झाक्रीले ऐरा खेल्नी बेलाँ कता हिड्नु भओ, जवै पुनि जेठु पुनि "भनेर सोधे केरे । आज चईनी कहाँ हो बजारतिर चईनि परतिगोमन भन्नी को बिरोध अर्न हरिताल (हड्ताल) लाम्न गाका अरे । पुन्टे दाजीले त झन नाटक पुनि खेलेका अरे । त्याँसी तेही जो भेट भैचन केरे जवै र जेठान दुबै जाना । अनि रात परेसि पुन्टे दाजीको घर नजिक परेकोले तेही बस्न आएछन दुबै जाना । चईनी पुन्टे दाजीले अस्ति न एउटा राँगो पुनि पालेका थिए केरे । त्याँसी भैंसी गोठमा राँगो बाँधेको त राँगाले चईनी भैसी देख्न जो नहुनी, "डाङ --- डाङ---" कराएर जतिखेर पुनि दाम्लै चुँडालेर भैंसीमाथि जाईलाग्न जाँदो रहेछ । केही सीप नलागेर नारा (छालाको दाम्लो) ले बाँधेको त नारामै जेलिएर घाँटीमा पासो लाउला जस्तो भओ अरे । तेस पछि हत्ते जो भएसि बारीको पाटामा चईनी छुट्टै छाप्रो हालेर राखेछन केरे राँगोलाई । पछि दसैलाई भनेर तेही दमैका राजुका जीबा पसुपति हुरले दसैमा काट्नी भनेर पुन्टे दाजीले राँगो बेचेछन केरे तिनी हरुलाई जो । अब छाप्रो र राँगो बाँध्न बनाको टाट्नो - भकारो चईनी अझै पुनि बारीमा जो रहिछ केरे ।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-19-05 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि राजुले पुनि तो देखेको रहिछ केरे, तेसले केटाहुरलाई मच्चाएर चर्खे पिङ हाल्न तो खाँबो तेहाँबाट चोरेर उप्काएर चौतारिमा लेराएको रैच केरे । तेही त मैले त गोबर लागिराको छ, कसको के बिगार अरे यी बदमास केटाहुरले भनेर त अघि जो लख काटिसकेको थिएँ के । उता बाटामा कुरै कुरामा नेपे दाजीले यो पाली नयाँ गोठ बनाम्न लाको हेर्नुस पुन्टे जवै, हाम्रा तिर त बन पुनि छैन केरे गतिलो, चईनी काठ र दारपातको नाममा उत्तीस, लौसी र कटुस मत्रै हो, तपै कहाँ त मुड्का, दारपात भए लान पाए हुन्थ्यो भनेर भनेछन पुन्टे दाजीलाई । पुन्टे दाजीले मेरा बारीमा राँगो बाँध्नी छाप्रो बनाको छु, तेसमा एउटा रातो टुनीको मुड्को छ, हजार बर्ष माटामा गाडे पुनि माटाले खाँदैन, धमिरो पुनि लाग्दैन केरे रातो टुनीको काठमा, फेरि टुनीको काठ हलुङ्गो (हलुका) पुनि हुन्छ, तो चईनी नाम्लो लाईदिन्छु केरे, भोलि जो बोकेर लानुस, बाँकी पछि मुन्छे लिएर आउनुस र धुसेनीको बनबाट खयर गिँडेर लानु होला भनेछन । तेसो भएर टुनीको मुड्को उप्काउन आका त पुन्टे दाजी र नेपे दाजी खन्ती, कोराहा र कोदालो लिएर । गोठाँ त चईनी मुड्को नदेखे पछि त बुढा आगो भाका रहेछन नि । अनि भुनभुनिएर चौतारिमा आका त मुड्को देखि हाले केरे । त्याँसी तेही मुड्को पुनि उप्काउन परो भन्न थाले । मैले चईनी जे जे भाको हो, येसो येसो भाको हो, अब चईनी दसै पछि पिङ खेलेर सकेसि लानु होला नि त तपैको मुड्को, अहिले राखि छोड्नुस्, धर्मै जो हुन्छ, केटाकेटीहुर पिङ खेल्चन, खुसी हुन्चन भनेर भने केरे । त्याँसी एक छिन त बुढा रिसाए अझै, अनि "सिमा खानि छम्डा हुरले सोध्न त पर्च नि मलाई एउफेरा कमसेकम, हुन्छ त तेसो भा " भने । अझ पुन्टे दाजी कहाँ त चिलाउनीका, खयरका र सालका डाँडाभाटा पनि चिरेर ठिक्क पारेर राखेका छन अरे, अनि सिमलका फलिया (फल्याक) पुनि छन अरे, " पिङलाई पुग्नी चईनी सप्पै सर्जाम (सामान) छन, भोलि भात खाएसि लिन आओ, म पुनि सघाईदिम्ला, म कहाँ बसिला, रामो, किला-काँटा, अपुर थोक अपुर थोक औजार हुर पुनि छन, मलाई सिकर्मी काम पुनि आम्च अलि अलि, भोलि म खेताँ पानी लाम्न नगईरहम्ला, भात खाएसि तिमेरु सप्पै भएर मेरा घराँ मलाई बोलाम्न आओ हई त " भनेर बुढा भनी आफ्नो बाटो लागे । अब भोलि यहाँ चौतारीमा सप्पै जाना जुटे पछि चईनी सप्पै भएर पुन्टे दाजी कहाँ जान परो र पिङलाई चाहिने अरु काठ, के के सर्जाम सप्पै ल्याम्न परो र सकभर भोलि जो पिङ जोडेर ठिकठाक पार्न परो केरे । keep rolling...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-19-05 10:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अष्टम् अध्याय ---------------- "हैन ए सिरे कति सुतेको विहानभरि ! बेलुका उतिभाँति वन जानी सल्लाह गरेको बिर्सिस् कि क्या हो?" धन्सारको आँटिको खाटमा खेमले श्रीको सिरक तान्दै हकारे, सिरे त झल्याँस्स सपनाबाट ब्युँझे र हत्तपत्त खाटको सिरानीमुनि राखेको खुर्पा हातमा लिएर टाप कस्दै श्री र खेम जरुवाको चौतारीमा पुग्दा सबैजना त्यहीँ सामेल भए र आँधिपारिको वनतिर लागे। तुसारेको गहिरोमा जमुनि भने ऐसेलु टिप्दै थिई। हाम्ले उसलाई देखम् तर ऊ बने ऐसेलु टिप्ने धुनमा मस्त थिई के। केमले गरि जमुनितिर घरि सिरे हेर्दै थियो, र बिस्तारे सुसेल्यो। सिरे भुने लाजले आँखा राता राता बनाम्दै थिए। सिरेर जमुनिको मनको धुरि बढ्दै थियो पिरेमको किपोला टुसाउँदो बेला हुँदो हो, तर बाहुनले चेऊ काऽ भे पो स्वाद था हुन्थ्यो भन्या जस्तो अरु कसैलाई यसमा भेउ भएन के। "ए सिरि कति बज्यो?" जमुनीले बोलाई। जति बजे नि तेल्लाई के मतलब हैन, स्कुल बिदा छ त्यसको अड्डा जानु पर्दैन, सिरेसित बोल्न पाइन्छ बनेर सोधेकी। सिरेका हाताँ के को घडि हुनु नि। उहीले नै हो लाहुरे बाले ल्याइदेको त्यो घडि बिगारेको त। फिलिप्स् रेडियो पनि बिगारे नि सिरेले खोलेर हेर्न खोज्दाखेरि। लाहुरे बा सिरेका ठ्याक्कै भन्नु पर्दा मित बा हुन् कि जस्तो लाग्छ। "६, कत्तिका छन् त नि ऐसेलु?" सिरेले मख्ख हुँदै जवाफ दिन्छन् बा। हामी हाँस्नी कि नसुन्या जस्तो गर्नी कि के गर्नी गर्नी। अनि जीवनले भन्यो "हेर केटा हो, मुल डाँडी अलि ठुलो ल्याम्न पर्छ है, यो खेमले बढि ताछेर फाल्छ के नजानेर।" खेमको भने मनमा के रे छ कुन्नि कुनै प्रतिकृया दिएन र खैनि पिच्च थुक्यो, अनि जरुवाको पानि उबाएर पियो। बिहानको पानि स्वस्थ्य हुन्छ केटा हो। हामी जम्मैले पानि पिएम् के को तिर्खा लाग्नु नि त्यति विहानै। त्यसै स्वर स्वरमा नि। केम हाम्रो माउते हो के यस्ता वन जानी काममा। सिरे लास्टाँ थिए घरि हामितिर घरि तुसारेको घहिरोतिर हेर्दै थिए के।
|
|