[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अम्रिका को मान्छे भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 105]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 36973 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 08-18-06 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्रिका को मान्छे भाग २


यो शहरमा धेरै धेरै रहर थिए ,
हरपल मरिरहने जहर भेटें मैले

सपना देखने हरुको केही कमि छैनन त्यहाँ पनि
सपना बेच्नेहरुको लामो लहर देखें मैले।

अग्ला अग्ला भवन्, ठुल ठुला महल भित्र
जीवन जगतका खन्डहर भेटें मैले।


मेशिन हो कि मान्छे हो, छुट्ट्याउन सकिन
जिउनको लागि होईन, बाँच्नको लागि केही प्रहर किनें मैले।

काशी जानु, राम नाम जप्नु, तर अ्रि^का नजानु
सबलाई एक पटक सचेत गराउने ठहर गरें मैले।
 
Posted on 08-21-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he he he!!
Thaha payen and Birkhe Maila,

malaai pani tyo telgu ko chaahi atti haas utheko thiyo. saacho kura ke....lol!!
 
Posted on 08-22-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma baskeo thauma chahi panjabi ke testai, atti hasaunubho birkhe_maila le.
 
Posted on 08-22-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश जलिरहेको बेलामा पानी यहाँ हाल्दै छु
घर को आलु कुहियो होला, फ्राइज यहाँ खाँदै छु
बुढा बाउ आमा छोडी सेवा यहाँ गर्दै छु
देशको प्रगती ठप्प भयो काम यहाँ खोज्दै छु

फूटबल को रमझम छाडी 'फूटबल' यहाँ हेर्दै छु
देश भरी फोहोर थुप्रियो ट्र्यास् क्यान यहाँ खोज्दै छु
देशमा हुँदा कल्लाई मत्लब, न्युज यहाँ पढ्दै छु
देश जलिरहेको बेलामा पानी यहाँ हाल्दै छु।
 
Posted on 08-22-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow Dissident, nice one.
 
Posted on 08-22-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि यस्तै छ वीरखे माइला जी, टेलिगु आयो, "तीनदामु, तीनदन्नु भन्न आयो, तीन महीन ईण्डियन सँग बस्द!"
 
Posted on 08-22-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa, kyaa ghatlagdo lekhnu bha chha, badhai chha- Dissident ji. arko pani jawas na.
 
Posted on 08-22-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै यो धागो हेरेर मैले लेखेको केहि हरफहरु टाँस्न मन लाग्यो। हुन त अलि मिलाएर कविताको रुप दिन पर्ने हो तर अहिले त्यसै टाँस्न मन लाग्यो। कतिपय अमेरिकामा बस्ने नेपालीको यथार्थ होला शायद्!

नेपाल कहिले फर्कने?

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!

नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!

नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!

नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!

 
Posted on 08-23-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awwww!!! Birkhe Maila!!

Nice Poem! A bitter reality. I am at second Paragraph. I know those last three paragraphs are sure to come in my life.

What a Poet/Writer you are!!

Thanx a lot.
 
Posted on 08-23-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG Birkhe Maila, very nicely written, kasto manai khallo bhayo...
 
Posted on 08-23-06 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी, मनै कटक्क खायो... आँखै पनि अलिअलि रसाए कि..
 
Posted on 08-23-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे जी भित्रसम्म मन चसस्क छोयो है । तर पनि केही सुझाव कोर्दै छु, अन्यथा नलिनु होला ।

मन हो मनाउन गाह्रो भए नि मनाउन सकिन्छ,
घर बनाउनु नै छ भने त्यो नि पछि बनाउन सकिन्छ ।
तर आफ्नो सबै बिते भने,
सारा अस्तित्व नै मेतिए भने,

आफ्नो सन्तान लाई आफ्नो परिचय के भनेर दिने?
आफ्नो सस्कार लाई कहाँ खोजेर दिने?

भोली त्यो नि यहाँ को हाकुचा हरु जस्तै,
यहाँ का तुयुचा हरु जस्तै,
एका बिहानै बन्दुक पड्काएर शुभप्रभात भन्न के बेर?
आफ्नै आँगन म उत्पात मचाउन के बेर?

धेरै लोभ गर्नु भन्दा, धेरै क्षोभ पाल्नु भन्दा,

देश को अनुहार् हेरेर त मुक्ति खोजौं।
देश रहने हो कि होइन
के थाह, देश रहदै फर्कने जुक्ति खोजौं।
 
Posted on 08-23-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! बिर्खे जि को कबिता ,
त्यो अन्तिम् प्याराग्राफ् ले त मुटुनै दुखेर आयो, नाइ म त "1st paragraph " सकिए पछि नै फर्किन्छु :(
 
Posted on 08-23-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma chahi 4th paragraphko phase.
... ... ...
 
Posted on 08-23-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah, wah !!
Dissident, Birkhe,
Aaru pani jawas na.... Maile ta 2 tin patak repeat repeat gari phande...
Mutu ma chasakka choyo
 
Posted on 08-23-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Camoflaged , Pretty, chakku ji , Rahul ji, Tyra, Dada ,GreenMapleTree सबैलाई लेखाई मन पराईदिनुभएकोमा धेरै धेरै धन्यवाद्। केहि समय पहिला एकजना भारतियले लेखेको आत्मकथा पढेको थिएँ (शायद साझामा नै हो क्यारे), अनि वरिपरि देखेका घटनाहरु साथै आफैँले भोगेका यथार्थहरु राखेर यसो मनको बह पोखेको थिएँ त्यहि टाँसेको हो यो राहुलजीको धागोमा।
 
Posted on 08-23-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awesome!!! really liked it birkhe bro!!!!
 
Posted on 08-23-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaaaaaaaaaaa,
कविता मनपराउनु भएकोमा धन्यवाद्!
 
Posted on 08-24-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो जागिर खान लाई मेरो पैसा लानलाई
किन आइस् मेरो देशमा भन्छन गोरे दाजु भाई
मुसल्मन पो हो कि यो देशै पड्काउन आको
मेक्सिकन पो हो कि यो हाम्रो चामल खान आको
झोला सबै जाँच गर यस्को छ कि गाँजा धतुरो
कागजात सबै हेर है छ कि क्या हो अपुरो
विद्यार्थी हुँ भन्छु म लिन आको यहाँ शिक्षा
हेप्छन तीनले यसरी कि ठान्छन तीनले दियाछन भिक्षा


सबै कुरा थाह भै भै किन बस्नु यस्तो ठाउँ
लाग्छ सानो कर्म गर्न भोलि आफ्नै देश जाउँ
लाग्छ सानो कर्मा गर्न भोली आफ्नै देश जाउँ
 
Posted on 08-24-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa wa, mahafil jameko chha, Dissident, Birkhe sab lai dhanyabaad.
 
Posted on 08-24-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe jee ra dissident ko ghamsa-ghamsi.........!! kasto manai chhuney hau.

** घर को आलु कुहियो होला, फ्राइज यहाँ खाँदै छु ** byanga pani kati saryo garya ho sathi le bhanna..... hamro jatai yesto.....

** नेपालमा आमालाई थाहा भयो!** khai ke bhannu, mero lagi ta Nepal Aama ajhai nindra masta chhin yaar. kahile thaha hune ho unilai kunni?
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters