sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 107483 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-24-06 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल धेरै पिलपिल नअर त्याँ। गालाँ पट्याङ खालास फेरि! खुरुक्क लाएर एउटो काइदाओ भुसा भोर काकालाई! त्याँट एउटो नाम्लो चाइयोछ मलै, तो बाट्दे मेरा घराँ गएर!
 
Posted on 03-24-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम्लो बाट्दैछ सानो कान्छो-

 
Posted on 03-24-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्र काका बुढा ले त मेरो राम्रो फुटो ल्पकाएछन । राम्रो अरेउ मेरो फुटो नदेखेको धेरै भयेको थियो । अनि कुरो के भने नि काका तिमि ले त मलाइ धेरै गालि अरेको अरेइ अर्छौ मुइले पुनि कुन दिन तिम्रो पोल खुस्काइदिन्छु । आज तमाखु मा गांजा हालेर तान बुढा । हेर्नुस त बुढा ले गांजा तानेका बिउरेका बुढा ।

 
Posted on 03-24-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! चौतारा मा पनि मुन्चे आउन छाडे क्यानाम् आज भोलि त। काका गान्जा तान्न थाले, कान्छो नाम्लो बनौन थाल्यो अरु चै कत लागे कुन्नि।आज सुक्रबार् लौ लगे आफु पनि शेर्पिनि को भट्टि तिर।
 
Posted on 03-24-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त काका बुढा ले धेरै नै गाँजा तानेर आँगन मा लडेका रहेछन। म घाँस काटेर फिर्किदा यसो हेरेको त बुढा को मुख मा त कमिला लागेको रहेछ। मैले बुढा गयेछन कि भनेर यसो छामेको त सास फेर्दै रहेछन । काकि डराएर बसेकि जो रहिछन डराम्नु पर्दैन भनेर म घर तिर लागे केरे । अब के के अर्छन काका हेर्दै जाम काका को बानि सबै लाइ थाहा भयेको कुरा हो । भोलि काका कँहा गाँजा तानेको थिए भनेर काकि लाइ पनि कुटछन् अनि मलाइ पनि गालि अर्छन। ल त आज लाइ बिदा
- सानो कान्छो

 
Posted on 03-24-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चौतारोमा त आज् कोहि नि देखिन्न। सबैलाइ सुकबार् लागेछ। साने हि हिडेछ खोइ अघिसम्मत काकालाइ जिस्काउदै थियो बुडा-बुडिहरुलाइ जिस्काउनु हुँदैन त भनेको त हो तर पट्क्कै मान्दैन । ल म नि हिडे त्यसो भए आउदै गरम्ला।
 
Posted on 03-24-06 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम, शिरेले लेख्न थालेको कथा काँ सम्मुन् पुराए को'नि? भउते गुरु ले भनेर् लेख्न बसेको शिर्षक नै फुरेन। आफूलाई मन परेओ "उखेल्न नसक्या जगल्टा" "भाँच्न नसक्या करङ", "तात्न नसक्या कन्सिरी", "हान्न नसक्या चड्कन्" सबै शिरे जवैँ लै दिएचन्। म चैं अलमल्लमा पो परें। लौ गाम्ले हुर् तिमेरु नै छानाओ के नाउ राखुं मेरो उप्न्यास को "फुस्काउन नसकेको बङ्गारा" मात्तै बाँकि रओ मेरो भागां । आज शुक बार गुरुलै सोधेर सक्चु भनेओ, झन् बुढा त देखै परेनन् । कता मरेचन र हो । त्यै जुनेलि लाई भगौने मन्तर सिक्दै होलान्। पख न तिमि लाइ मैले जान्या छु। बुढालै जाडो भओ होला भनेर धरान'ट कति दु:ख अरेर मगाको पोरक को सुप बनार राखेको खान बोलाम्ला भनेर आज मुखै देखाएनन् । पुन्टे दाइ को घर पछाडि झ्याङ् मा ढुकेरे बस्या होलान्। कैले रात होला र जुनेलिलाइ झिङे हान्न जाम्ला भनेउ होला। हेरौंला मु पुनि कत्तिको हिक्मत भाको छौ कि हुतिहारा हौ। भोलि सम्मन् मा जो देखा जाला।

:-)>

ईश्वर
 
Posted on 03-24-06 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कान्छा,
धेरै पोल नखोल काकाको। विचरा बुढा अब मुखै देखौन छोड्छन् फेरी। मान्छे बुढो भे' छि अलिअलि निहु त खोजिहाल्छ त, तँलै था' छँदै छ नी।
कता ग'र बिरक्तिराछन् कि लाठो ठिक पार्दै होलान्?

 
Posted on 03-24-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छाभाईले निकै घुर्कि देखाउने रहेछन । कान्छोलाइ सबले माया गर्छ भनेर होला
नजाउ भो लाहुर त राम्रो हुन्न बाबु!!बरु त्यहि नाम्लो बाटी बस।


उपन्यास के बारेमा लेखेको हो ईश्वरजी?खै यो शिर्षक कस्तो हुन्छ??:)

"उखेल्न नसक्या टुप्पि"



:):)
 
Posted on 03-25-06 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनी काका पनि कता खोजी रा होलन तेही बोको लाई लौ यहाँ छ तिम्रो बोको
बिचरा बाख्रा लिएर गएका बुढा चौतारी मा भुसुक्कै निदाअचन लौ बुढा यता छ है समालेर राख तिम्रो बोको लाई
अर्को साल दशै लाई भनेर पालेका हौला
धन्नै बुढा को दसैं नै चिलिम भएको
लौ राम्रो सँग पालेर राख
हामी पनि आम्ला मासु खान

 
Posted on 03-25-06 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम को लागि मास्टर्नी नानीलाई धन्यवाद। हन क्या नाम, मुइले पुनि रात अरि सोच्दा सोच्दा २-४ ओटा नाम फुरो'छ, लौ सुन्ने हो:
"फुटाम्न नसक्या खप्पर"
"चुडाम्न नसक्या चुल्ठो" (or) "उखेल्न नसक्या जगल्टा" नै सै
"डाम्न नसक्या सिस्नु"
आदि आदि

लौ छानुम् है त, अझै फुर्दैछ......

:-)>

ईश्वर
 
Posted on 03-25-06 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन यसरि मया मारेका हौ तनि गाम्लेहुर चौपरि मा त आउन नै भुसुक्कै भुलेउ नि त । के भयो कुन्नि सबै लाइ
मया नमार है मया नमार ----
 
Posted on 03-25-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद foe_4_mysty ब्रो! हाम्रा गामतिर जाने बाटोको फोटु टाँस्देकोमा।

मैनाकी आमा:

निद्रा छैनऽऽऽऽ
दिनमा रऽ रातिमाऽऽ
जवान छोऽरीऽऽऽऽ
जवान छोऽरीऽऽऽऽ
छ मेरो छातिमाऽऽऽऽऽऽ
यो मन छैन स्थिर
मलाई दिन रात
सँधै पिरै पिर

चित्रे:
तिम्रो पिर पठाइदेऊ मतिर
तिम्रो पिर पठाइदेऊ मतिर
देऊ छोरी,
देऊ छोरी ज्वाईँ हुन मन्जुर
त्यो मन गर स्थिर
बुढेसकालैमा लिनुहुन्न पिर
बुढेसकालैमा लिनुहुन्न पिर

मैनाकी आमा:

तिमी छौ कि सम्पत्ति ताक्ने (क्यारे?)
तिमी छौ कि सम्पत्ति ताक्ने (हैन, हैन)
स्वास्नी भन्दा धन प्यारो लाग्ने (ल है, ल है)
स्वास्नी भन्दा धन प्यारो लाग्ने (ल है,)
गोरु ब्याउँदैन
गोरु ब्याउँदैन
तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन
तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन

चित्रे:

देऊ छोरी सम्पत्ति चाहिँदैन
देऊ छोरी सम्पत्ति चाहिँदैन
यस्तो केटो
ए होए होए
यस्तो केटो संसारमै पाउँदैन
कटर कटरमा
हे कटर कटरमा
तिम्रो स्वाउँदो ज्वाईँ आयो मटरमा

मैनाकी आमा:

छोरी भर्खर १६ मा लागेको
छोरी भर्खर १६ मा लागेको
तिमी हेर्दा
तिमी हेर्दा ३५सै नाघेको
गोरु ब्याउँदैन
गोरु ब्याउँदैन
तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन
तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन

चित्रे:

उमेरैको ल है! हिसाबै नगरे
उमेरैको हिसाबै नगरे
यो ज्यान पनि
ए होए होए
यो ज्यान पनि उम्केला होस गरे
कटर कटरमा
हे कटर कटरमा
तिम्रो स्वाउँदो ज्वाईँ आयो मटरमा

मैनाकी आमा:

छोरी मेरी (कस्ती?)सुनगाभा फूल सरि(हो र?)
बाँदरलाई (के रे के रे?)
बाँदरलाई स्वाउँदैन केइ गरी
गोरु ब्याउँदैन
गोरु ब्याउँदैन
तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन
तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन

चित्रे:

अहिले मलाई बाँदरै बनाउँछ्यौ
अहिले मलाई बाँदरै बनाउँछ्यौ
लान्छु छोरी
लान्छु छोरी ज्वाईँ भन्दा चाल पाउँछ्यौ

कटर कटरमा
ए! कटर कटरमा
तिम्रो झिल्के ज्वाईँ आयो मटरमा

मैनाकी आमा:

तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन
... ...

 
Posted on 03-25-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति रमाइलो भइराखेको रइच ह्या त ? म त पखराको माछापुछ्रे एफ एम सुन्दै छु क रे, तेसले त के के भन्च के के । तेसले त मइन्द्रपुल भरि रेडियो पसलै रेडियो पसल छ पो भन्छ । मान्छेहरु कति रेडियो सुन्न थाले छन कुन्नि, चारै तिर रेडियो पसलै पसल ।
दादा यसो हाम्रो गामको फोटु खिचम भनेको के रे अरुले उनको गामको फोटु टासेको हेरेर दङ्ग परेर बसेका छन। अब त्यो सिसु कक्षामा पढ्ने भुरोले फोटु माग्दै मा दिने हो त , अब तेस्ले के के माग्ला माग्ला । के रे एउटा पत्रिकामा जस्तो - आमा यो बुबु होइन त्यो बुबु खाने होला नि------------
 
Posted on 03-25-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi to everyone in chautari.....

Its so sad that these days I could not appear in CHAUTARI often the reason I ve shifted to new room 3 weeks back and the computer Im using is dyammmn old and doesnt hve NEPALI FONT and cant read anything!!! I miss so much dyaang!!!!

I saw the names and guess what it could be.....

Anyway, Im leaving this apartment next week, (as I got for free as one of my frens went back home but had to pay the rent---- I just moved here to feel the difference and have more space and its family apartemnt wow!!!! )

Sabailai namaste hai.....nice to see new DAUTARIS and thee post wonderful pics wowo keep it kool esp SANO KANCHHA and DALLE KHURSANI.....

And hey Bhaute is back ....im so happy, wot abt Sire???
 
Posted on 03-25-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो साँझाँ भउते गुरु लै खोज्दै पून्टे दाइ को आँगन सम्मन् पुग्या मात्तै थें, पून्टे दाइ मुङ्ग्रो ले'र दौड्दै थिए के के भन्दै। हन के भओ च आज यो पून्टे दाइ लाई, बौलाउन त बौलाएनन् सालि को पिर ले भने को त काँ हुनु, भउते लाइ पो लखेट्तै रचन् । भउते पुनि कम्ता को छट्टु छन्, पून्टे दाइ लाई त उनकै आँगनाँ फन्फनि घुमाइ'रा। भउते अगिअगि, पून्टे दाइ मुङ्ग्रो ले र पछिपछि। "यो बज्जे लाई आज नमारि छोड्दिन, सारा गाम्को केटिहुर् बिगार्ने येइ पो रैछ" भन्दै फलाक्दै थिए। लौ अबु मलाइ पो फसाद परो के अर्नि भनेर्। भउते लक्का जवान मुन्छे, पून्टे दाइ बुडेस काल ले छुन लागेको क्यारे काँ'टि भेटाम्थे र । के के अरेर भउते आँगनाँ'टि झ्याङ्गतिर फालहाने। पून्टे दाइलेनि न्वारन देखिको बल निकालेर मुङ्ग्रो बजारे भउते तिर। "एइया नि, मरें" भनेर भउते च्याँठ्ठियो। लौ बिताओ बुढाले किन तेसरि हिर्काउनु परे होला। बेफ्वाँकाँ जेलको हवा खान पर्ने भो भन्ने लाओ। जे भे नि हेर्नु जान त परो भनेर हमि दुबै झ्याङ्ग तिर लागेम्। काँ हुनु भउते त मुङ्ग्रो खेलाम्दै पो बसेको र च। बुढा लै देखे सि उनै लाई ताकेर मुङ्ग्रो ले झटारो हाने। हामि दुबै घार तिरै फाल हानेम्। ज्यान को मयाँ त सपै लाइ हुने क्या रे।
 
Posted on 03-25-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भको के र च भनेर् भन्दा। सधैं पून्टे दाइले आफ्नो सालि लै दामोले बनेर रख्नि के रे सुत्नु अघि। भउते पुनि के कम नयाँ जुक्ति निकालि हालो । बुढाले सालि लै बान्नु अगाडि नै जुनेलि को मा पुगेच भउते। खासखुस साउति अरे पुनि पून्टे दाइ ले सुनेचन्। अनि मुङ्ग्रो ले र हेर्न जुनेलि को कोठामा पुगेको त, भउतेलै देख्ने बित्तिकै बुढाको पारा चढि हालो नि। अनि त भउते लै जुनेलि को कोठा'टि खेद्दै ल्या का रचन। काँ झन् भउते ले बुढाको झन्नै सातो ले को । एक त बुढा थाकेर लखतरान भा को, तेस्माथि आफ्नै मुङ्ग्रो भउते को हाता'टि खान लासि, बुढा को त सातो पुत्लो गएच। घर पुगेसि पुन्टे दाइले मुलाई छोड्दै छोडेनन् । जिम्मल् माइला लै बोलाइदेउ भनेर कराइ रहे। अब त भउतेले पुनि नछड्ने भओ भ्भनेर झन्नै रोका बुढा । केइ सिप नलार म आफैं बिर्खे जिम्मल लै बोला'र ल्या सि बुढा ढुक्क भए ।

तेस पछि म चैं त्याँ'ट हिने। भउते काँ गो था भे'न। तेस पछि जुनेलि को कोठाँ नि आओछैन । म चै भउते लै खोज्न फेरि गाम तिरै लाग्नु परो।

जदौ !

इति श्री ।

:-)>

ईश्वर
 
Posted on 03-25-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा हरु कता हराएचन भुन्या त कन्सर्ट तिर मुन्ट्या पो रचन त
हन केटा हो के गर्यौ तिमी हरुले
येस्तो मौसमी लाइ हेरेत
लौ कस्ले हो पत्ता लगओ तो गाम्लेहो
तेस्तो उपद्रो पनि गर्ने हो

 
Posted on 03-25-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह न यि बुढा लाई पनि के भाहो
घरमा तेत्रा भुन्टा भुन्टी हुँदा हुँदै
आज चौतारी मा मुखिया सबैलाई भेला गर्न परो जस्तो छ है
एस्तो छाडा हुन त दिन भएन नि बुढा लाई
कसैका सालि कसैक छोरिबेटी नभन्लान् जस्तो छ है बुढा ले
गाम नै बिगारने भए बुढा ले
फेरी उरन्ठेउला केटा हरुको के हालत होला

हैन येस्तो बुढेस्कालमा पनि के भा यि बुढा
 
Posted on 03-25-06 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त मलाइ धेरै रिस उठेको छ नि किन भने कहिले यो चौपरि मा
बस्ने थाम हुदैन कहिले भने कोइ जम्मा हुदैनन्। यि जम्माल बुढा
पनि भागे जस्तो छ । म मात्र काम नभएको लठुवा भएर पनि हुन
सक्छ कसैलाइ चौपरि मा नभेटेको ।
एउटा कुरो सोध्नु मन लाग्यो सिरे दाजु अचेल कता जानु भएछ कसैलाइ
थाहा भयो भने लेख्नु होला।
ल त गाम्ले हरु यसरि चौपरि लाइ मया नमर्नु आज म सिरे दाजु को
घर् जान्छु भनेको पनि जान सकिन । लौ त बिदा पाम गाम्ले आज लाइ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters