[Show all top banners]

dkali_ko_mahila
Replies to this thread:

More by dkali_ko_mahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ph.D in Japan

[Please view other pages to see the rest of the postings. Total posts: 46]
PAGE: <<  1 2 3  
[VIEWED 24370 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 04-30-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi guys,
Whats up?
Yo mula USA ma kati dukha garchhau? Japan ma manchhe haru PH.D nai nasaki Doctor thokdida rahechhan..Yo link tira eso ghuma keta ho..
http://www.samudrapari.com/news.php?go=fullnews&newsid=371
Ps:Does anyone know this Kumar basnet is same kumar basnet ie. our folk singer....ramra ramra taruni.....
 
Posted on 05-02-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kukurpaalk, dherai jaso mandale haru lai psychological disorder le chyapeko chha aajbholi. yo pani testai testai parako bajraswath ho jasto chha.
 
Posted on 05-03-07 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-03-07 1:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Countour: "you guys just cross others"
Someone holding certain portfolios in organizations like NRN or Student Organization should understand the gravity of his fraud. So be aware who is crossing what?
 
Posted on 05-04-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ANESAS ko president yo manchhe pahila? Lazai lagyo. Ke chha hamro sajha ka sahitya premi sathi haru ko dharna?
tara ANESAS ko step thik chha.

अनेसास जापानका सल्लाहाकार बस्नेत पदमुक्त
समुन्द्रपारि सम्बाददाता
04 May 2007 11:33 am
4 views
टोकियो, जापान ,मे ५,००७- अर्न्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कापुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार डा,कुमार बस्नेतको शैक्षिक योग्यता बारे उत्पन्न समाचारले संस्थाको मर्यादालाइ आंच पु-याएकोले वहालाई संस्थाबाट हटिदिन अनुरोध भएकोमा राजीना दिइ पदमुक्त हुनुभएको सो समाजले जनाएको छ ।


आज प्रेशीत जानाकारी अनुसार सो संस्थाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार डा,कुमार बस्नेतको शैक्षिक योग्यता बारे प्रसारित समाचार बारे स्वयंम बस्नेत ज्युले टोक्योमा हालै आयोजित सार्वजनिक सभाबाट माफी माग्दै सो बिषयमा आफ्नो गल्ति भएको स्वीकार गरेकोले संस्थाको मर्यादालाइ ध्यानमा राखी वहालाई संस्थाबाट हटिदिन अनुरोध भएकोमा राजीनामा दिनुभएको छ


शैक्षिक योग्यताको विषयलाई लिएर उत्पन्न भएको र यहाँले यसलाई मानवीय त्रुटीका रुपमा सार्वजनिक रुपमा स्विकार गरिसकेको परिप्रेक्षमा अनेसास, जापानले यसको संस्थागत मर्यादालाई कायम राख्न पर्ने भएकोले यहाँले यो सार्वजनिक पदबाट बाहिरिनु संस्थाको हित र मर्यादाप्रद हुने वताउदै राजीनामा दिइ पद मुक्त हुनुभएको हो।
Source: http://www.samudrapari.com/news.php?go=fullnews&newsid=414
 
Posted on 05-04-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks koirala baje for bringing those articles and the blogsite into attention. I just visited http://lokatantra.blogspot.com/2007/05/blog-post_03.html
and I felt that KB does have no feel of shame on what he has done wrong.

------------------------------------------------------------------------


एनआरएनः ईमान्दारको या फटाहाहरुको?


फर्जी काम भनेको आफ्नो मर्जीले ढाकछोप गर्न नसकिने रहेछ। फलानोले पनि गर्यो त्यसैले मैले पनि गरेँ भन्ने जस्ता डा.(अहिले) कुमार बस्नेतका बेतुकका कुराले फर्जी चरित्रको वेवकुफीलाई झन टडकारो रुपमा देखाउने रहेछ। फलस्वरुप,डा. कुमार बस्नेत जस्ता फर्जीहरुलाई ससम्मान पदमा बहालै राख्न सहयोग गर्ने र समर्थन गर्ने ख्यातिप्राप्त, धनाढ्य एनआरएनका नेताहरुका गतिविधि र व्यक्तित्वमा पनि शँका उत्पन्न हुने रहेछ। जापान भित्रकाले मात्र होईन बाहिरकाहरुले पनि सुनियोजित रुपमा यस फर्जीलाई बचाउँदै हिँडेका रहेछन। फलस्वरुप, आज फर्जी डा.कु. बस्नेत गन्दैछ कुन कुन देशमा विदेशिएका नेपालीहरुका प्रकाशनले मेरो उपाधीलाई सक्कली भन्यो भन्दै। ठूलो अट्ठहास गर्दैछ फर्जी हेर मेरो विरुद्ध कसैले समाचार छापेन भन्दै र ठूलो अट्ठहास गर्दैछ फर्जी बेलायतकाहरुले मेरो प्रमाणपत्रलाई सक्कली भन्यो भन्दै। हामी भन्दैछौँ फर्जीका एउटा फर्जी कामले फर्जीका सबकुरा हरु फर्जी बनाईसक्यो। फर्जीका कुरा भन्दा विश्वासीलो त बरु लुते कुकुरको भुकाई छ अहिले। तथापि जति सक्दो हाँस्ने अधिकार भने फर्जीलाई छ है। आफ्नो समूहमा, आफ्नो प्रियतमा सँग र आफ्नो जमातमा हाँस्ने फर्जीहरुका पनि अधिकार छ। यदि भाडाका टट्टु र दलाल मन्डलेहरुले ताली पिटने हो भने फर्जीले हलै थर्काउन पनि सक्छ। दुई दिन अगाडी आफ्नै अनलाईन पत्रिकामा मैलै विध्यावारीधि गरेको छु भन्ने फर्जीको दावी दुई दिन पछि "क्षमा याचना"मा परिणत हुने र त्यसको दुईदिन पछि त्यो "क्षमा याचना" पनि अट्टहास र ललकार पो बन्ने स्थिति आएपछि हामीले पनि अब नयाँ ढँगले सोच्नु पर्छ। अब हामीले भन्नु पर्छ यो फर्जी, फर्जी रहेन, यो त अब फर्जी मात्र होईन, वहुरुपिया पनि हो।

मित्रहरुले नै छट्याए हुन्छ अब, फर्जीको बहुरुपिया रुप भन्दा खतरनाक चीज अरु केही होला त। जस्ले विश्वासको हत्या गरिसकेको छ, जस्ले उपाधीलाई मागी खाने भाडँो बनाईसकेको छ र जस्ले सम्पूर्ण उपाधीधारीहरुकै बेईज्जत गरिसकेको छ, त्यसको अब केही पनि विश्वास छैन। हामी त फर्जीका नजिक पनि पर्दैनौँ, तर फर्जीकै नजिकका मित्रहरुले सोच्नु पर्छ, यस्तो धोखाघडी गर्नेले अब हरेक चिजमा धोखा दिनसक्छ । यस्तो फर्जीले अब पाईला‍‍-पाईलामा षडयन्त्र गर्न सक्छ। सँगै खाना खाँउ भन्दै अर्कै चीज पनि ख्वाउन सक्छ र यीनका घरमा भोजको सादर निमन्त्रणामा कुटील षडयन्त्र पनि हुन सक्छ । फर्जी उपाधिका लागी व्यवसाय र प्राज्ञिकतासँग बेईमानी गर्ने फर्जीहरु नैतिक रसातलमा मात्र भासिएका छैनन, यिनिहरु विश्वासको गहिरो खाडलको तल्लो सतहमा पनि पुगिसकेका छन । तसर्थ, फर्जीको अहिलेको तथाकथित सक्कली भनिएको कुरा पनि खोटो हुन सक्छ र झुटो हुन सक्छ। फर्जीले गर्न नसक्ने चीज अब केही छैन। झन बहुरुपिया भएपछि र नवरसका प्रत्यके रसका विमोचक भएपछि त यसले जुनसुकै रुप पनि धारण गर्न सक्छ। कराउन सक्छ, चिच्याउन सक्छ र धुरुधुरु रुन पनि सक्छ। र भन्न सक्छ मलाई विश्वास गर है, म खराब मान्छे होईन, म पनि समाज सेवक हुँ । हँसायो फर्जीले।

एनआरएन जस्तो सँस्थामा फर्जीको उपस्थिति खतरानक छ। यो हामी होईन, नेपाली डियास्पोरा भन्दैछ। यसलाई नै काखी च्याप्दै राख्ने हो र यसकै पक्षमा तावेदारी गर्ने हो भने एनआरएन पूर्ण रुपमा फर्जी र बहुरुपियाहरुका सँगठन बन्न सक्छ। सत्य कुरा यही हो र तथ्य कुरा यही हो। धेरै सँस्थाहरुले फर्जी कामलाई ठम्याएका छन र फर्जी चरित्रलाई दुनियाँका सामु्न्ने उभ्याएका छन। महाशक्तिशाली राष्ट्र अमेरीकामा त्यहाँका एकजना राष्ट्रपतिलाई फर्जी काम गरेकै कारण सत्ताबाट घोक्रर्याईएको उदाहरण छ भने अर्को राष्ट्रपतिलाई ओभल अफिसमा गरेको कामका सँबन्धमा फर्जी बयान दिएकै कारण झन्डै-झन्डै हुत्याईएको छ। यसले के देखाउँछ भने सँस्थाको लागी व्यक्ति चाहे सर्वशक्तिमान राष्ट्र अमेरीकाकै सर्वशक्तिमान राष्ट्रपति नै किन नहोस, तिनिहरु पनि फर्जी छन भने घोक्रेठ्याकका हकदार बन्छन। तर, सत्तरी हजार कामदारका हाकिम र विकासवादी डा. उपेन्द्र महतोको अन्तर्रराष्ट्रिय समन्वय समितिमा भने सँस्था र सँस्थाको प्रतिष्ठाभन्दा पनि फर्जीहरुका सदस्यता नै महत्वपूर्ण हुने रहेछ। फर्जी हो यो! विश्वभरका नेपालीहरु भन्दै छन तर हाम्रा अग्रज डा. उपेन्द्र महतो भने कानमा तेल हाल्दै बसेका छन। ठीक छ डा. उपेन्द्र महतोलाई फर्जी चरित्र राम्रो लाग्छ र फर्जीलाई कायमै राख्ने ईच्छा छ भने हामी त्यो ईच्छाको पनि सम्मान गर्छौ। तर, डा. उपेन्द्र महतो, एकचोटी त भन्नुस एनआरएन ईमान्दारहरुको सँगठन हो की फटाहाहरुको?
 
Posted on 05-04-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is shame on KUMAR BASNET. Even he says he finished Phd I Don't think so. yasle lekhna thaleko ek barsabhanda dherai bhai sakyo ahile aayera MARCH ma phd gareko dekhiyo bhanera NRN le lekhnu. mandale haru lai dhak chhop garnu matra ho. whatever they say THE ARE JUST LYING ABOUT HIM. I DON'T THINK HE HAS ANY PHD YET !

EVEN HE JUST HOLD HE IS A LOOSER. HOW COME HE CAN WRITE DR. UNDER HIS NAME FROM THIS LONG. SHAME ON YOU !
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
whats wrong living with your parents ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters