असन को डबलीँ
"चामाल पाथीको दस रुपियाँ ! दस रुपियाँ? अब पनि भात खायर साध्य भयो त? कृषिप्रधान देश्मा अन्नको यो अनिकाल् !"
"अँ, अन्नपुर्णाको दर्शन गर्न आयको; भाकल थियो । अरुभन्दा मलाइ येनै देबिको बिस्वास लाग्छ । यि साक्षात देबी हुन्।
"देबी त देवी टुँडाल्देवीको मुर्ती पनि झन्डै चोरियको रे। कस्तो काल! हामि केही नचोरियोस् भनि देवता पुकार्छौ, देवता स्वयं चोरिन्छन् हेर न...............!
"हेरिसक्येँ मैले, त्यही बेलगटम्वाली होइन? निक्कै नखरमाउली रहिछ।"
जवाना भी यिनका जवानी भी यिनकी- बुझिनस्?"
"बुझेँ हजुर्! रुपियांको पाँच मुठा भयो, भयो लगिबक्स्योस्- पात् रम्रो छ । बिग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपाउँ ।
हजुरहरुलाइ के थाहा छ, यती पात टिप्न कस्तो ................. "
मलाई सब थाहा छ- उसको सम्भन्धा अचेल कतातिर छ भन्ने ।
अघिअघी सिदाको दशा लाग्यो भने आजको सुदामा भोली कुबेर हुन्छ भन्थे, अचेल सिद मात्र हुन सके आजका बेकारको भोली तीनवटाअ कार हुन्छ"
"सरकारी कारलाइ साइड दिनुपर्छ भन्ने तँलाइ थाहा छैन? दुई दिन टोयोटा चलाऊन पाँए भन्दैमा टुप्पिएको छुसि, तै फुच्चाको खुट्तो मात्र किचिएछ, ज्यान् गएको भए..................
"........ज्यान्को मुल्य मामुलि भन्ने कि अ्आमुलि? एकातिर गैसकेको ज्यानलाइ मुतु फेरेर पनि जोगाइन्छ; अर्कातिर बम बर्साएर ज्यानको एक चिहान पर्छ।"
"परे आफ्नो उपकार नपरे परोपकार। भग्योदय चिट्ठा किन्नुहोस् भग्योदय,- पहिला १ के एक लाख पच्चिस हजार।"
"जती कुरा गरे पनि युगा ह्जार र हजुरकै घेरोमा सेरोफेरो गरिरहेको छ । पेन्सेन खाने बेलामा कारीन्दाले मोहोरा तानेजस्तो कारबारा यो के ब्यापार ? मैले त हङ्कोङ नै ताकेँ, चालिस्-पचास हजार भनेको के हो र........... ?"
"दुईट पैसा पनि हाम्रो निम्ती लाखजस्तो हो मालिका! भारि पनि त ठुलै छ नि; जो पायो उहि भरिया लाउन पनि हुन्न अचेल; हामी भनेका रैथाने भरिया; मालिक्जस्ताको भारि बोक्ताबोक्तै ३२ बर्ख बितिसके, बेइमानी भनेको बह्र दाम्को गरिएको छैन ।"
इमान्दारी र बुदुपनको सीमारेख कहाँनेर पर्छ कुन्नी ? २० बर्ष जागिरआ खाँए बीस पैसा खाइन, अहिले जाउलो खान नसकेको देखेर सबै मलाई बुदु भन्छन्, तपाईं नै भन्नोस् वास्तवआमा म के हुँ ?"
" म भन्नु नै आत्मा हो । आत्मा नचिनी पर्मात्मासिता साक्षात्कार हुन सक्दैन । भरे चार बजे यहाँ अध्यात्मा प्रवचना हुने भएको छ ।
महिला तथा सज्जनबृन्द............
"............महिलाले लुपा लगाएर वा चक्की खाएर, पुरुषले भ्याक्सेतोमी गरेर का कन्डम लगाएर । परिवार नियोजना युगको माग हो ।"
"यो युगा पनि मगन्ते युग हो । कतै श्रम र चन्दा माग्यो; कतै शास्त्र र सैनिक माग्यो, कतै अन्न र पैसा माग्यो; कतै स्बाटन्त्रा र अधिकार माग्यो, कतै बाटो र गैडो माग्यो; जता हेर्यो मागामाग छ ।"
"हाम्रो माग् पुरा नभए हडताल गर्ने योजना छ।"
"योजना त तपाइँको रम्रै हो; तर कुनै पनि योजनाले स्थायि शान्ति ल्याउला भनेजस्तो मलाइ लाग्दैन। शान्तिको लागि कति धनको खर्च भो, कति जनको खर्च भो, कति जोबनको खर्च भो, कति चिन्तनको खर्च भो, कति जीवनको खर्च- तर यतिका खर्चको उपलब्धि के?"
"के भन्नुहोला यो सर्वरोहारि तेल हो। कान् पाकेको भए दुइ थोपा हाल्नोस्, आँखा दुखेको भए गाजलझै लगाउनोस्, भिरुङ्गी भएको छ भने मालिस गर्नोस्- चार दिन्मा चमत्कार् ।"
चन्द्रलोका यात्रा चमात्ररै हो बिज्ञानको । तर मानवाता र बिश्व शान्तिमा यसको के भूमिका होला?"
"दमकल दमकल ! कहाँ दमकल हुन्थ्यो घन्टिवाल गाइ- सागको मुठै लिएर दौडिदैछ, उ: साँढे पनि ।"
" कति आत्तिएर दौडादौड गरेका यि मान्छेहरु, मानौँ यहा एउटा युद नै आउदै छ ।"
"हेर हेर उ: उक्ल्यो, कस्तो छिल्लिएको साढेँ ! "
"यहा येस्तै भीड हुन्छ पर्यटक! यो काठ्माडौ सहरको मुटु हो- असनको डबलि, उ: त्यो झ्यालको कला हेर्नोस्त! कस्तो लग्यो?
मलाइ त यो पाउडर राम्रो लागेन- बास्नाअ पनि कस्तो गल्लिगल्लि गनाउने छ्या; दुइ स्टिक लिपिस्टिक दिनोस् त गुलाबि होइन, फुस्रोचाँहि ।"
"यि फुस्रा हिप्पिहरु आनन्द खोज्न आएका रे! गाँजा र रक्सिमा लट्थिएर पाइने आनन्द पनि कुनै आनन्द हो?
"पख्नोस् न आनन्दजी, म पनि हिडिहाले । रानीपोखृतिरबाट जाने होईन त ?"
" डुब्या रे! रानीपोखरिमै हाम्फालेछ ।"
"कल्ले फालेछ यो अल्बम्, हेर्नोस् हेर्नोस्, कस्ताकस्ता तस्वीरआ रहेछन्; ठिटिको हो कि ठिटाको ? पैसा पनि छ कि ?"
एक बाराफको दस् दस् पैसा, एक बाराफको दस्-दस् .............. !"
" के यो दबलिमा ट्बाल्ल परेर उभिरहेको ए मिस्टर ??????????????????????????
साभार: भैरब अर्याल को इतिश्री