[VIEWED 150951
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।
तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें। नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं। भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो। "राहुले! ओहे राहुले" पक्का कुन चाहिँ स्कूले लौका पर्यो भन्थाने र फर्केर हेरें। बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे। ओह आलु !कहाँबाट्? "आलु न भन न मुला, यस्तो ठाउंमा" हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।
एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो। २० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो। कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी। अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें। "छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी" नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी। "ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"
"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"
अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु। मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्। छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ। "अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो। मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी। जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें। मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली । ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको? अनुराधा भाउजु किन भनेको? हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा। हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन। घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा। आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु। अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। क्रमश: *********************************************************************** भाग २
ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ? छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई। सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै। चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें। खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ। 'चिया तयार भो ड्याडी' "अब सुनाइस्योस् कथा अनुराधाको" भाषा र शैली नक्कल गर्छे अचेल मेरो। लौ सुन कथा अनुराधाको- अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि। अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी। मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको। निकै जेहेन्दार र प्रतिभाशाली छात्रा। एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं। आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो। ५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो। "यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?" ""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।" (http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441) म फेरि अगाडि बढें। त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका। एउटै क्लासका। तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।
७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन। अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन। नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा। पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर। भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें। के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि। छोरी हास्छे, एकै छिन। यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले। "यो सबै तिम्रो मम्मिको कमाल् हो" अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए। रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्। क्रमश: *********************************************************************** भाग ३
यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।
नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।
हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।
स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।
सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो। तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।
शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे। चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु? निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के? भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न। अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो। संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं। तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन। केही बिषेश पर्यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्। क्रमश:
Last edited: 17-Sep-07 12:42 PM
|
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 11-27-07 7:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै, ढोका ढकढकाउँदा नि खोल्दैनन त । के भा'को होला ?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-27-07 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चनादाइ,
राहुल्दाले भोटे ताल्चा लगाउनु भा रै छ नि त ढोकामा , त्यै भर नखुलेको होला :)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चना दाई अनि मास्टरनी नानी, भोटे पनि होइन, धोती पनि होइन, ताल्चा लगाएको कुरा नि ठीक साँचो होइन। तारतम्य न मिलेर नै चिट्ठी न खुलेको हो। आशा छ छिट्टै त्यो पत्र सर्बत्र उपलब्ध हुने छ। ढिलो भएकोमा क्षमा प्रार्थी छु।
|
|
|
aman
Please log in to subscribe to aman's postings.
Posted on 11-27-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ali dhilo sutera ali chando uthera va pani chando garum.
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 11-28-07 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पर्मेस्वर---चिट्ठीको तारतम्य छिट्टै मिलाईदीनु पर्यो -- पाठकहरु ब्याकुल भए प्रभो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-28-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कलममा मसि सकियो कि?
लेख्ने पाना किन्नु छ कि?
लेखेर हरायो पो कि?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-28-07 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्याकुल पाठक महोदय, फेरि एकपटक क्षमा माग्दै सके आजै( भरे साँझ सम्मन् मा) अनुराधाको पत्र सार्बजनिक गर्ने प्रतिबद्धता जाहेर गर्दछु, स्मरण रहोस्, यो सात दालको गठबन्धन होइन, जीवनको अनुबन्धन् हो। अनुराधाको हात दुखेको रहस्यको खोजी गर्दा गर्दै ( रि-सोच) आफ्नै हात बिरामी परेको छ। डाक्टर साहेबले - Tennis elbow damage भन्नु हुन्छ। धेरै मुसा( कम्पुटरको) खेलाएकोले भएको रे। त्यसैले शारीरिक रुपमा पनि पूर्ण स्वस्थ नभाएकोले पनि ढिला हुन मनग्य मसला पुग्न गएको ब्यहोरा अनुरोध छ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-28-07 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो र राहुल दाइ? अनि कस्तो छ अहिले elbow. Take care।
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 11-28-07 9:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul da, anuko letter padhna ako ahile ma.
hajurlai sanchai cha? tyo elbow lai rest chahieko hola.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-28-07 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनु को चिट्ठी आएन......., आज साँझ सम्म आउने बाचा थियो क्यारे ठुल्दाइ को, एल्बोले अली दु:ख दियो हो ठुल्दाइ? नो वोरी, टेक योर टाईम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-29-07 5:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा
भाग १४
होस्टलको त्यो कोठामा अरु पनि पत्र आइसकेका थिए तर अनुराधाको पत्र बिषेश थियो। यसमाने म बिषेश थियो कि म भित्र यावत यक्ष प्रश्नहरु थिए र तनाव छरप्रष्ट थिए। हिम्मत जुटाइ खोलें। संबोधन थिएन। अलिकति मन हलुङो भयो।
१ पेज जति औपचारिकता मात्र थियो, सन्चो बिसन्चो, राम्रो संग पढ लेख, नयाँ ठाउँ कस्तो छ, गर्मी हावा पानी आदि इत्यादी।
दोस्रो पन्ना देखि मनको भाव आफ्नै भाबुक शैलीमा पोखेकी भेट्टाएं।
" तिम्रो मेरो संबन्धलाई दुनियाले जे जति नजरले हेरे पनि जे जति नाम् दिए नि, मैले कुनै पनि स्वार्थप्रेरित भावले हेरिकी छैन। मलाई थाहा छ, धेरैले यो कुरा पचाउन सक्दैन। तिमीले पनि शंका गरेको हुन सक्छ। मुख्य कुरा त मैले मेरै घर परिवारकालाई, जन्म दिने आमा,बुबालाई चित्तबुझ्दो स्पष्टीकरण दिन सकिन। मेरो गल्ती थियो, संकुचित समाजले के भन्ला भनेर न सोच्नु। तर मलाई पछुतो छैन, एक असल मित्र पाएं, एक हितैषी भेंटे।"
यस्तै यस्तै कुराले दोस्रो पाना भरिएको थियो। मन पहिला भन्दा हलुका हुंदै थियो।
तेस्रो पन्नामा अनुराधाले आफुले भोगेका मानसिक यातना र तिनका कारक तत्वहरुको राम्ररी चिरफार गरेकी थिइन। उनको भनाई अनुसार, केही मानसिक तनाव र हात दुखेको कारण एस् एल सी मा राम्रो नतिजा न आए पनि हिम्मत हारेकी थिइनन्। आइ एस्सी मा राम्रो गर्न सक्छु जस्तो लागेको थियो रे। तर एस एल सीको नतिजा झन तीतो माथि बिष भयो। घरमा आमा बुबा अनि मुख्यतया काकाश्री अब यो छोरी बिग्री, छिट्टो बिहे गरि दिनु पर्छ भन्ने एकसुत्रीय समाधान को प्रस्ताबमा सहमत थिए रे। पढाइ न सके सम्म बिहे न गर्ने अडान मा थिई नै। तर पनि दिनहुं जस्तो अनेक बोलिबचनले घोचेको घोचेकै हुन्थ्यो रे।
छिटो बिहेको कुरो उठ्नुको पनि कारण रैछ। दिदी अनुशिका ( काकाश्री की छोरी)। अनुशिका पनि बहिनी जस्तै जेहन्दार र प्रतिभाशाली छात्रा थिइन्। छात्रब्रित्ती पाएर छिमेकी मुलुकमा एम् बी बी एस अर्थात डाक्टरी पढ्न गइन्। उता भारतमै संगै डाक्टरी पढ्ने नेपाली साथी संग हिचमिच बढे छ। मन साटासाट भै जीवनको अटुट्यात्राको कसम पनि खाए छ। साढे पाँच बर्षे पढाइ सक्याइवरि घर फर्के पछि अनुशिका र त्यो अर्को डाक्टर साहेबले आ-आफ्नो घरमा गोप्य कुरा खुलस्त भने रे।
दुबैको घरमा हुन सम्मको रडाको मच्चियो रे। एक अर्को महाभारत मंचन भयो रे, दुइ परिवार बिच। पहिलो कुरा त जात धर्मको उठेछ। कहाँ नेवार अनि बौद्धमार्गी केटी, कहाँ ब्राम्हण अनि हिन्दू केटा। कुरै मिलेन। अनेक अनुनय बिनय गरेर पनि यो सम्बन्ध दुबै परिवारलाई स्विकार्य भएन। र यसरी एउटा प्रेम कहानीको दुखद अन्त्य भयो।
"छोरी, मलाई यी कुरा थाहा थिएन। अगुल्टो हानेको कुकुर, बिजुली चम्किदा तर्सिन्छ, त्यसै भनेको होइन। बल्ल बुझें, पढाइ सढाई भन्दा हुर्केकी छोरीको चिन्ता हुंदो रैछ।"
अनुशिकाले त्यस पछि बिबाह बन्धन मा कहिलेइ नबाँधिने कसम खाइन्।
"छोरी, धेरै बर्ष अघिको घट्ना होइन, तै पनि हाम्रो समाज कति साँघुरो थियो त्यति बेला। अझै पनि त्यसको अबषेश बाँकी नै छ। केही अंश म पनि छ, तिम्रो मम्मी पनि छ। हामीलाई पनि तिम्रो चिन्ता छ। बिश्वास भए पनि समाजको हेराइ संग आँखा जुधाउन केही नियममा रहनै पर्छ।"
"हो ड्याडी, मैले कुरा बुझेको छु। स्वतन्त्र बिचार, आत्म निर्णयको अधिकार भए पनि समाज छ भने सामाजिक त हुनै पर्यो, होइन ड्याड्डी।"
छोरी पनि दार्शनिक कुरा गर्ने भै सकी अब त।
"अनि के भयो ड्याड्डी ? त्यो लेटर को रिप्लाई ?"
'अहं! मलाई जवाफ न लेख्नु भनेकोले लेखिन।' क्रमश:
|
|
|
spearhead
Please log in to subscribe to spearhead's postings.
Posted on 11-29-07 7:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 11-29-07 7:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घत् लाग्दो छ तर अली निक्कै छोटो भयो कि भन्ने लाग्यो, धन्यवाद राहुलदाइ अब आउने भागमा अनुशिका को कुरा समेटिदैन होला, मन मा एउटा कौतहुलता रहिरहने भयो कि भन्ने लागेको, के अनुशिकाले आफ्नो बचन अनुरुप अविवाहित जीवन बिताउछिन त?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-30-07 5:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thuldai uttam chha tara man ta bharena tara testai ho ramro kurale man bhardaina jati pae pani, haina ta? taremam!!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-30-07 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Pretty ke chha halkhabar?
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 11-30-07 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo katha ma k pugena k?
nun ho ki tel?
arko bhag pani cha rahul da ajhai?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-30-07 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul da dami cha. aru ni lekhnus na chitto.
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-30-07 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-30-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक मरेन! प्रतिक्षा जारि छ!
|
|