Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SAJHA NEPALI GURU

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 31910 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 02-08-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युनिकोडको बिकास पछि साझामा नेपाली भाषाको एउटा लहर नै चल्यो। कथा, कविता,गजल देखि लिएर स्थानीय लवजमा गरिएका सम्बादहरु यसको ज्वलल्त उदाहरण हुन्। यसै शिलशिलामा साझामा नेपाली भाषाको ब्याकरण सम्बन्धि छलफल चलाउने कुरा बेला बेलामा उठिराखेको हो। तर सायद कहाँ बाट सुरु गर्ने, कसरी सुरु गर्ने र कसले सुरु गर्ने द्विविधामै केहि दिनहरु बिते। ब्याकरणको बारेमा कसैले नेतृत्व गरेर पाठ-१, पाठ-२ गर्दै छलफल चलाउदै लैजान सायद असम्भव नै छ होला। पछि कसैले नयाँ धागोमा त्यसरी छलफल चलाउनु भयो भने त्यो हाम्रो लागि अत्यन्त खुशिको कुरा हुनेछ। नेपे जीले भने जस्तै नेपालमा (जस्तै केदार शर्मा जी) वा अन्य कतै नेपाली भाषा सम्बन्धि कुनै योजनामा आवद्ध महानुभावले यस सम्बन्धि केहि सोचिदिनुहोला भन्ने आशा गरौँ। तर तत्कालको लागि हाम्रो झिना-मसिना समस्या र कौतुहलतालाई एउटै धागोमा समेटेर छलफल गर्दै जाउँ भन्ने हेतुले यो धागो सुरु गरेको छु।

स्रोत र साधनको अभावमा धेरै उच्चस्तरीय छलफल असम्भवप्राय: नै छ। सायद त्यो हाम्रो अहिलेको आवस्यकता पनि होइन। सामान्य शब्दार्थ, वर्णविन्यास, शुद्धा-शुद्धि, ह्रस्व-दीर्घ , वाक्य बनोट जस्ता कुराहरुमा कसैलाई पनि जिज्ञासा भएमा यहाँ राख्नुहोला। मलाई विश्वास छ, साझामा लेख्ने तथा नलेख्ने शेरै भाषा विज्ञहरु हुनुहुन्छ। विज्ञ नै नभए पनि आफ्नो धारणा राख्न कसैले पनि हिच्किचाउनुहुनेछैन। यसै क्रममा एक-अर्काको त्रुटि औँल्याउन पनि नहिच्किचाउनुहुन मेरो अनुरोध छ।

देशप्रेम भाषाबाट सुरुहुन्छ। भाषा हाम्रो, भेष हाम्रो: त्यसैले त देश हाम्रो आउनुहोस पहिले आफ्नै भाषा सिकौँ।

यो धागो आफैमा नेपाली गुरु हो र हामी सबै यसका चेलाहरु। त्यसैले यसको नाम "साझा नेपाली गुरु" भयो। :-)

:-)
-भउते
 
Posted on 02-08-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadhouuu hai Bhaute!!! tara mero yo com ma unicode hunna,,so someone needs to help me here........thanks you
 
Posted on 02-08-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एलोन जी, जदौ !
नेपाली युनिकोडको लागि तलको लिङ्कमा जानुहोला।
- http://www.mpp.org.np/download_details.php

यहाँ सबै कुरा स्पष्ट र विस्तृत रुपमा व्याख्या गरिएको छ।

यसै सम्बन्धि छलफल गरिएको यो तलको धागो तपाईँलाई सहयोगी सिद्ध हुनसक्छ।

- http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=2&threadid=17982
 
Posted on 02-08-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा सरुभक्त उर्फ भउतेलाइ आज नेपाली भाषाको मायाले थिच्यो कि नेपालको मायाले थिच्यो ? हुन त देशै चीन र भारतले थिचिएकोले होला नेपाली जनता सधै केही न केही निहुमा मिचिएका छन । तर पनि यो थिचोमिचो चित्त नबुझेकोले टाढैबाट भए पनि यसरी बन्द होला कि उसरी बन्दहोला भनेर देशप्रेमले ओतप्रोत जुहारि चलिरहन्छ ।प्रबिधिको बिकाश संगै कम्पियुटरमा नेपाली लेख्न पढ्न अनि लेख्न पाउनु कम सोभाग्यको कुरा होइन ? तेसो त देशप्रति माया दर्शाउन नेपालीमा एक शब्द लेख्दा यो मन तेशै फुलेल भएर आउछ, झन नेपालीमै लामा लामा कुरा लेख्न पाउदा त बिरभद्रको बहादुरिपन र अमरसिहं थापाको देश प्रेम महशुस हुन्छ ।
हुन त निकै मिहेनेत पश्यात नेपालीमा लेख्न सक्ने म जस्ता जमात थुप्रै होलान, तेस्ता झुन्डको लागी त भउतेजीको शुद्द नेपाली लहर फलामको चिउरा नै हुनुजान्छ । मेरै आफ्नो अनुभव भन्नु पर्दा ह्रश्व दीर्घको हैरानीले नेपालीको परिक्षामा शब्दै फेरेर लेख्थे , अब यो साझामा त पक्कै पनि शुद्दतामा ध्यान दिने कुरै भएन । तर पनि भउतेजीको बिचार सराहाय छ । म अरुलाइ सल्लाह दिन नसके पनि अरुको सल्लाह लिदै शुद् लेख्ने प्रयास गर्ने छु ।
 
Posted on 02-08-06 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतै गुरु, साधुवाद् छ यो धागो शुरु गरेकोमा!
:)
 
Posted on 02-08-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहि शुरुवात गर्नु भो भउतेजी, धन्यवाद। हेरौँ नेपालीका गुरुबा/गुरुमा हरुको आँखा पर्ला यसमा चाँडैनै।
तत्काललाई नेपालीमा लेख्ने क्रममा देखिएका हाम्रा आफ्ना समस्याहरु अथवा शुध्दाशुध्दिका जिज्ञासाहरुलाई यो धागोमा राखी छलफल चलाऔँ।
 
Posted on 02-08-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरोमा कुरो चलिहाल्यो। गौतम जीको वाक्य पढेर एउटा कुरो सम्झेँ। अस्ति ओके दाइले मेरो गजलमा एउटा कुरा उठाउनु भएको थियो। "युध्द" वा "युद्ध" वा "युद्द" मा कुन शुद्ध भनेर। त्यस पछि मैले सानोतिनो अध्यन ( अध्ययन ??) नै गरेँ। मेरो अध्यनबाट यस्तो पाएँ। साथिहरुको सुझावको अपेक्षा छ है।

कुरो के भने यो "द" र "ध" को संयोजन भएका शब्दहरु जस्तै: युद्ध, शुद्ध, क्रुद्ध, अबरुद्ध आदि आदिमा पहिले "द" मा हलन्त लगाउने अनि "ध" लेख्नु पर्ने जस्तो देखियो। मैले पहिले "ध" मा हलन्त लगाएर "द" लेख्ने गर्थेँ। जस्तै माथि गौतम जीले लेख्नु भो नि " शुध्द"। यो "शुध्द" होइन कि "शुद्ध" हुनु पर्ने जस्तो छ। तारानाथ सर्माको १-२ किताब हेरेँ। उनले "युध्द" होइन कि "युद्ध" लेखेका रहेछन्।

"द" र "ध" को संयोजन भएका माथिका जस्ता सबै शब्दहरुले के यै नियम पालन गर्छन् ? वा दुबै नै सही हो? वा "ध्द" भएका शब्दहरु पनि छन्?

भाषाको छलफलको लागि यो मेरो तर्फ बाट पहिलो जिज्ञासा। यहाँहरुको बिचारको प्रतिक्षामा।

:-)
-भउते
 
Posted on 02-08-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै भौते जी, मलाइ के लाग्छ भने नि, 'द' र 'ध' को संयोजन भएका शब्दहरुमा जहिले पनि पहिला 'द' मा हलन्त लगाउन पर्छ अनि "ध" लेख्नु पर्छ। खै मैले कुनै शब्द सुन्दा त्यस्तै सुन्ने भएर हो कि थाहा छैन! "शुध्द" भन्दा "शुद्ध" नै शुद्ध हुन्छ जस्तो लाग्छ मलाइ त।
कोहि भाषाबिद्?
 
Posted on 02-08-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरुको भनाइ सहि हो। मेरो गल्ती भएकै हो। यो कम्पुटराँ नेपाली लेख्ने बेलामा हातले मेसो अझै राम्ररी पाइसक्या छैन।
 
Posted on 02-08-06 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युद्ध नै शुद्ध हो। त्यसको पुष्टिको लागि, ध्यान दिएर शब्द उच्चारण गर्ने प्रयास गर्नुहोस। शब्दको सहि उच्चारण यु + ध् + द हुन्छ, यु + द् + ध हुँदैन। शब्दको उच्चारणको सहि निर्क्यौल गर्न शब्द समिश्रण बुझ्ने प्रयास गर्नुपर्छ।
 
Posted on 02-08-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिँलाको सुरुको २ वाक्य र तेस्रो वाक्यले दिएको उदाहरण मेल खाएन। ठ्याक्कै उल्टो भो। :-)
 
Posted on 02-08-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिचारमा (बिचारमा : यो ठीक छ - ?) बिर्खे जिम्मालको कुरा सही हो जस्तो लाग्दछ ।

Keep rolling...
 
Posted on 02-08-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाग्दछ मा "द" लाई जोड दिएको, बिग्रेछ के

Keep rolling...
 
Posted on 02-08-06 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे बूढा, 'विचार' ठीक हो, 'बिचार' बेठीक हो।
 
Posted on 02-08-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, माइला, गोतामे, नमे,
सबै साथिहरुको योगदान हुने हो भने यो धागो वास्तबमै निकै रमाइलो र ज्ञानबर्द्धक सावित हुनसक्छ।

भउते गुरु, धन्यबाद छ धागो सुरु गर्नु भएकोमा।
एउटा लाइन जुन ह्रस्व दीर्घको शुद्धाशुद्धिको लागि, जुन मलाइ कक्षा ७ मा पढ्दा एउटा गुरुले सिकाएका थिए,
सर्बनाम, बिशेषण, जाती, पेशा र थर अनि स्त्रीलिङ्गी शब्दको अन्तिम अक्षर जहिले पनि दीर्घ हुन्छ।

अरु पनि जावोस न त।
 
Posted on 02-08-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरुदेव,
गल्ति अउँल्याइदिएकोमा धन्यबाद, ठ्याक्कै उल्टो भएछ हुनपनि।
 
Posted on 02-08-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिलो कुन विद्यालय पढेको हो? हामीलाई चाहिँ नौ कक्षामा पढ्दा नेपाली गुरुमा (जयन्ती नाम हो उहाँको)ले त्यो श्लोक सिकाउनु भएको थियो।
"सर्वनाम, विशेषण, क्रिया, जात, थर
ईकारान्त जडा, पेशा, पोथी दीर्घ गर।"

अनि यो ह्रस्व र दीर्घ के हुन्छ भनेर थाहा नभएको बेलामा सप्पै ह्रस्व गर्दा ७५ प्रतिशत सहि हुन्छ, नेपाली भाषामा ह्स्व र दीर्घको अनुपात ७५:२५ को छ भनेर पनि भन्नुहुन्थ्यो उहाँले।
 
Posted on 02-08-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे गुरु,
मलाई लेख्न न आएर मात्र हो, मन्त्रको लाइन त्यस्तै केहि थियो र दोस्रो मन्त्र पनि सिकाउनु भएको थियो तर ह्रस्व दीर्घको अनुपात भने ६०:४० भने जस्तो लाग्छ।
 
Posted on 02-09-06 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी धन्यबाद हजूरलाई। म साझामा आएको धेरै भएको त छैन तर धेरैकुरा सिक्ने अवसर मिलेकोछ। शायद म जस्तै अरुहरुलाई जो नेपाली भाषालाई माया गर्नुहुन्छ , यो धागोले नेपाली ब्याकरण संबन्धी धेरै कुरा सिक्न मद्दत गर्नेछ।


मलाई त लाग्छ हामी नेपाली हौ भनेर चिनाउने सशक्त माध्यम हाम्रो भाषा हो। त्यसैले आफ्नो पहिचानको लागि हामी पहिले हाम्री आमालाई चिनौ।
 
Posted on 02-09-06 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजीले राम्रो कुरा थाल्नुभएको छ।

हामीले नेपाली (विशेष गरी हिज्ये) शुद्ध लेख्नु जरुरी छ- नेपाली भएको कारणले मात्रै हैन कि 'वेब सर्च' अर्थात् वेबखोजीको निमित्त पनि।

गुगलजस्ता खोजी‍-इञ्जिनहरुमा युनिकोडमा पनि वेबमा भएका सामग्रीहरुको खोज गर्न मिल्ने भएको छ। वेबमा पेजहरु राख्नेले शुद्ध भाषामा लेखिदिएमा युजरले पनि खोजेको जानकारी सुपथमा पाउन सक्छन् भने वेबपेज खडा गर्नेहरुले पनि आफ्नो पेज बढीभन्दा बढी युजर समक्ष पुर्याउन सक्छन्।

एक डेढ वर्ष अगाडि साझामा नेपालीमा लेख्नेहरुको संख्या एकदम न्यून थियो, अहिले यहाँ नेपालीमा धेरै कृतिहरु लेखिइसके, धेरै सार्थक छलफल पनि भए । मलाई लाग्छ अब हामीहरुले (साझामा मात्र हैन सारा वेबसंसारमा) शुद्ध नेपाली प्रयोग गर्नु आवश्यक छ।

अन्तीममा, एउटा टिप्स सहित: 'इय' मा अन्त्य हुने सबै शब्दको अन्त्य दीर्घमा गर्नुपर्छ (अल्पवाद - राष्ट्रिय)। जस्तै- भवदीय, मानवीय, कल्पनीय, आदि।
 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters