[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 133884 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 12-27-05 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau ta lau maileni tansdiye!!

 
Posted on 12-27-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati khassako bhayecha tyo swami ko buto bhanjanko chautariya!
 
Posted on 12-27-05 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

han sathiyo, lalpati phulnibela bhawoni hai?

 
Posted on 12-27-05 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले:

लालुपाते फुलेर लाल भयो
फुलेर लाल भयो
आज मेरो योगीको चाल भयो, नरोऊ मायालु!

गाइदेऊ गीत सुरिलो भाखाले
सुरिलो भाखाले
सर्म लाए मुख छोप ढाकाले, नरोऊ मायालु!
... ... ...

 
Posted on 12-27-05 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SAPPAI SUTE KI K HO !!!!!!!!!!!!!!!

JAGA HO JAGA!!!!!!!!!!!

;)
 
Posted on 12-27-05 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त यो वर्षको अन्तिम दिन हो, यसो सरसफाइ गरेर फर्किनि हो अब बिस्तारै. इश्वर लेख न यार के कुरिरा लाटीले केरा कु-या जस्तो.
 
Posted on 12-27-05 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दादा पनि के के भन्चन यार , कता को पात्रो हेरेको आज लास्ट दिन रे , गफ दिने पनि ताल हुन्च नि , अझै एउ हप्ता छ जस्तो मान्चु म त ?
 
Posted on 12-27-05 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा के अड्डा आज लास्ट हो.
 
Posted on 12-27-05 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अड्डा पो, हाम्रो अड्डा त अझै ३ दिन खुल्च । अड्डाको ढोका बन्द अरेर कता जानि बिचार छ नि ? दादा त्यो बिजुलि पत्र त ढिलो आयो, अर्को पटक पुरा अरमला । उत्तर त पठाको, मिलेन भनेर उल्टै लात्ताले हान्यो तारि गाइले जस्तै ।
 
Posted on 12-28-05 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघिल्लो चौतारिया भउतेले आठो मिच्नि काम अरेको थियो केरे, दादा लाइ पनि सिका जस्तो छ, यस पालिको पुरानो चौतारया चै दादा ले आठो मिच्दै छन । धेरै ढूङा नसार है दादा, साने दाइ ले देखेर नारि मिचलान ।
 
Posted on 12-28-05 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सईँहुरलाई मेरो पनि नमस्ते छ है ।

हाम्रा त साहेपहुरको चईनी खेतिपाती भनेकै मुख्य त कुवा खनेर चईनी किरसीनी तेल (kerosene <-> petroleum)
बेच्नी हो केरे। यो सालाँ चईनी किरसिनी तेलको भाउ बिपत्तै बढेछ र साहेपहुरकाँ त चईनी चिताम्दै नचिताएको पैसा
आएछ केरे ।

अब क्यार्नी तो अर्घेलो पैसा भनेसि अरु साँचेर राख्नी, पछि बाटो खन्नी, कुलो बनाम्नी, स्कूल चईनी हुलाक, अस्ताल
बनाम्नी । एक-आठा जति चईनी यही साहेपहुरको दसैँमा चईनी नये साल लाग्नी बेलाँ रमझम अर्नी । अब तन्नेरीहुरले
रउसी खानी, चईनी बाल-बच्चा र बुढापाकाहुरले तागतिलो गोरस - सोरस खोजेर खानी भनेर जन्मेदेखुन् नमरेसम्मकालाई
दामासाहीले बाँढ्दा चईनी चार सौ डल्लर आम्दो र'च केरे जनही । अब हामी त रउसी खानी टोलीमा जो परेम् केरे ।

हुन त नेपे दाजीले सम्जाम्दै थे, "तो साहेपहुरको पैसाले चईनी फुपैको सराद्धे नगर भनेर, जोगाड अरेर राख। भोलि
पर्सि चईनी नुन-तेल जो अर्न पुग्च केरे नि दु:ख परेका बेलाँ " भन्दै । मैले त फुपै मत्रै हो र, फुपैकी अपुताली परेकी
सैना चईनी मीतिनी को धरी सराद्धे अर्देँ, लौ जा । अब नयेँ साल नलागे सम्मन त यी तेल खन्नीहुरका गामघर तिर त
ढ्याम्मै दैलो ठोकेर घरभित्र जो बस्नी हैचन् केरे, बिदै-बिदा छ, चईनी छुट्टी का छुट्टी ।
 
Posted on 12-28-05 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता नेपालाँ भनि देउता-दाईहुरले येस्तो येस्तो अर्न थालेचन् है । चइनी ईतिकिति किर्सिनीको दाम पठाईदिन पा पुनि चईनी
भैँसी दुहुनी काम गर्दै चईनी निमेक लाम्दै हिँड्न त पर्थेन कि बरा । ए भउते, के बिचार अ-याछौ, हँ ?

आजको कान्तिपुरबाट,

- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=60904

भैंसी दुहुँदै लोकजागरण (घनश्याम खड्का )

लम्के -तनहुँ), पुस ८ - भैंसी त लैनै थियो । अचानक पाडो मरेपछि दूध दिन छाड्यो । ऋणधन जसोतसो गरी जोडेको
भैंसीको यो हविगत हुँदा गहिरो चिन्तामा थिए ५६ वषर्ीय किसान तीर्थबहादुर अधिकारी ।
तर उनको यो चिन्ता धेरै दिन रहन पाएन । लोकजागरणमा वषर्ाैंपछि गाउँ छिरेका कांग्रेसी नेताले गोबर सोहोरे, भैंसी पखाले
र दूध दुहे ! हुन पनि दूध नदिएको त्यो भैंसी दुहेर गाउँलेलाई छक्क पारिदिए दुई-दुईपटक सांसद भएका सन्त नेता
शंकरप्रसाद पाण्डेयले ।

'मैले त डाम्नाको आसै मारेको थिएँ,' पाण्डेयले भैंसी लाइनमा ल्याइदिएपछि अधिकारीले भने- 'अझ कुनै समय सरकारमा पुगेको मान्छेले
यसरी भंैसी दुहीदेला भनेर त सोचेको पनि थिइनँ ।' पाडो मरेदेखि थुनमा छुन पनि नदिने भैंसी पाण्डेयको हात परेपछि नियमित दूध
दिने भएको छ मकरतन्त्रविरुद्ध जनता जगाउने पार्टीको केन्द्रीय नीति बोकेर गाउँ हान्निएका पाण्डेय गत आइतबार जिल्लाको उत्तरी भेग
सतीस्वाँरा-४ लम्केडाँडा पुगे ।

त्यहीँ उनले अधिकारीलाई भेटे । 'छँदाखाँदाको भैंसी बिग्रेकामा उनी निकै पीर मानिरहेका थिए । त्यो टुलटुल्ती हेरेर बस्न मनले मानेन,' पाण्डेय
भन्छन्- 'मैले गरे हुन्छ कि त भनेजस्तो लाग्यो । नभन्दै भगवान्ले साथ दिए, भैंसी पगि्रयो ।'
कुनै समयका शिक्षक पाण्डेयले भैंसी पनि पालेका थिए रे । भन्छन्- 'मैले पनि लैनो भंैसीको पाडो मर्दाको पीडा सहेको छु । उतिबेलाको अनुभव
अहिले काम लाग्यो ।' उनका अनुसार पाडो मरेको भैंसीको मुखमा नुनको ढिका राखेर दूध दुहुने र पहिलो सिर्का भैंसीकै मुखमा पार्ने गर्नुपर्छ । यसो
गर्दा उसमा संवेगको सञ्चार हुने र दूध पग्रने गर्छ । अधिकारीको भैंसी दुहुँदा पनि उनले त्यही गरे । किसानको सुखदुःखमा नेताले यसै गरी साथ
दिएमात्रै लोकजागरण भई तानाशाह परास्त हुने पाण्डेयको विचार छ ।

'भैंसी दुहुनु वा तरकारी गोडिदिनु पनि लोकजागरणकै एउटा पाटो हो,' उनले थपे ।
 
Posted on 12-28-05 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शँकर दाजीले चईनी भैँसीको मुकाँ नुनको ढिको राखेसी दूधका छिर्का उसैका मुखाँ पारेर चईनी भैसीलाई त के हो
के हो चईनी "सँवेग" भन्नी बनाका अरे ,

 
Posted on 12-28-05 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि,

मुकाँ ‍ को साटो मुखाँ भनेर पढम् है ।
------
त्याँसी त भैँसी त चईनी "लोकतन्तर" भन्नी भएछ केरे । तो "लोकतन्तर" भन्ने भएसि त भैँसी त कति सुधो र
गुनी हुँदो रैच भने जसलाई पुनि दुहुन दिनी, चईनी घरका आईमाईहुरले पुनि सजिलै दुहुनी अरे के ।

Keep rolling...

 
Posted on 12-28-05 2:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते,

चइनी तपैँलाई दुलही खोज्न भनेर हिँडेको केरे । काँ थिम हो गुरसिञाँ (गोरुसिङ्गे) भन्दा पल्तिरै जो हो केरे तर नेपालगँजा भनि नपुग्दै
दाङ जिल्ला हो कि झै मान्चु , मेरा पुसाजु (फुपाजु) बसाईँ गाका थे केरे उहिले जो । होऽ तिनैले जो हेऽरि यी फुटाहुर देखाका छन्,
कस्तो मान्नु हुन्च कुन्नि ?

चइनी उ बेलाँ म तपैँलाई केटी खोज्न हिँड्नी बेलाँ त फेरि "किरा नलागेकी चईनी नपरेकी" भन्नु हुन्थ्यो केरे, अब तो भनेको घुमाउरो
पाराले अरु केटाहुरसित नसल्केकी, तलमाथि चईनी लस्सो-पस्सो (लसपस) नभएकी भनेको होला केरे ।

खास्सै भन्नी हो भने ती कुरा त क्यारी जानम् र ? छाम्न-कोट्ट्याम्न पाईएन केरे, पाईये पुनि तपैँले जो बिहा अर्नी भनेसि तेसो
अर्न हुँदा पनि भएन केरे मैले जो त । तर यी नानी त स्यानै देखुन् जो अलि बर्तै जो नाचगान अर्दी रैचन् केरे । तल स्यानोमा
बच्चा हुँदा नाचेकी र ठूली भएसिको र अहिले भन्दा चईनी जम्मा १ महिना पहिलाको अरेर तीन वोटा फुटा टाँसेको छु केरे ।
कस्तो के मान्नुहुन्च, खबर पाम् छिट्टै जो ।

हेर्नुस सानी हुँदाखेरिको फुटो,

 
Posted on 12-28-05 2:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अलिक ठूली भएसि को फुटो ।

 
Posted on 12-28-05 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर्नुस अहिलेको ताजा फुटो,

 
Posted on 12-28-05 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो २ नम्बरको चौतारो त पावर हाउसको हैन भन्या? १ दशक अगाडि पिकनिक खान र पौडी खेल्न गइया थ्यो, अहिले त बिरानो भइसको।

लौ जाडो लाग्यो।
चौतारी हैन चौतारीमुनिको चौरमा बस्न पर्यो। अब, बदाम खान पर्यो, अमिलो साँध्न पर्यो।

 
Posted on 12-28-05 4:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर ! दुइदिन यता नआ'को त गाम्लेहरले नयेँ चौतारो बनाइभ्या'चन ।

एऽऽ अइले ढुँगेसाँउमा
खाम्ला बदम किनेर,
लाम्ला माया चिनेर !

चौतारीको छेऊमा
ठुलै र'च रमिता
आम्न पाइनम् हामी ता !
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters