nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148949 TIMES]
SAVE! for ease of future access.
Posted on 10-28-05 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पँधेरीमा उम्रिएको पानि कस्तो चिसो
मझेरीमा पोखिएको जुन जस्तै मीठो
गुन्द्रुकको स्वादभित्र कस्तो टुना रैछ
चिट्ठी खोली हेर्दाखेरि मेरी मुना रैछ !

(द्रष्टव्य: सञ्जुकी आमाले घराँ मुना भनेर बोलाउनु हुन्थ्यो के।)
 
Posted on 10-28-05 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा विचरो पनि चाइने जो आजभोलि एक्लै पो रहेछन् । चुरोट बाजेको जन्म जयन्तीमा चाइने जो 'बिजी' भएकाले सञ्जुलाई भेट्न जान पाएनन् रे । मेरो हातमा चाइने जो छोटो कविताको लप लेटर पठाका छन्।

"तिम्रो आकृति"

लठ्ठिएको मोहक साँझ,
झ्यालबाहिरको मोहक संसार,
कुनै क्यानभासमा उत्रन तयार छ;
म मेरो मनको बुरुशले
स्मृति र कल्पनाका रंगहरु घोलेर
जताततै तिमीलाई सजाइरहेछु।



 
Posted on 10-29-05 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ यार देउसीको चाँजो पाँजो???....:(
बिरहका गित गा'र मार्नै लागे!!!
ओsssssssss भउते दाजै, गरुम न केहि तिहाराँ!!!
सुन्दै सुन्दैन बा यो भउते दाइ त, जोइलो गए कि के हुन्!!!....:P

 
Posted on 10-29-05 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्मान,

छाड्देउ यार देउसी सेउसी अब। बरु आउ यता म्यारिज खेल्न। यहाँ त खाल जमिराखेको छ। :-)

:-)
-भउते
 
Posted on 10-29-05 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिस बुरो, लु मैले झण्डीमा च्याँके, सरि चाके थापेँ है।

 
Posted on 10-29-05 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पानामा!!! लौ चाँडो गरुम त ठिसु!!!
यो भउते दाजु त भे'को पैसा नि लुट्ने दाउमा पो रै'छन्!!! होस्तेलाँ झ्याल्ली गर्दा गर्दा माहिर बनेर ठगुँला भन्थे!!!हेहेहे.....:P
लु म गएँ मेरो आफ्नै देउसी टोलि बनाम्न!!!....:D
 
Posted on 10-29-05 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---निर्माणको टोली त गज्जब छ नि!

 
Posted on 10-31-05 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पपि!
(पाल्पाली गाउँले बुरोको धागोबाट सापट लिएको है। धन्यबाद पाल्पाली ब्रो।)
------------------------------------------------------------------------------------
केटाहुर कता गएछन्।



 
Posted on 10-31-05 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो तुल्सि गिरी जस्तै लाग्यो यार मलाई त। अनुहार (भगवानले दिएको कुरामा दोष लगाउन त हुदैन भन्छन्) , टोपी र चस्मा अलि घोरिएर हेरम् त।
 
Posted on 10-31-05 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न भउते,
शरद दाइले यति रेस्टु-यान्ट छोड्ने भएछन् उदेक लाग्या छ यार मलाई। सँधै घर फर्किँदा पसेर गए हुन्थ्यो। थकाली हुन् के म्याग्दीखोले। शरद दाइसित गफ मिल्थ्यो यार के गर्नु हिजोबाट
बेचिहाले।
अस्ति लक्ष्मी जयन्ती सकेर फर्केर अनि पिएको। मैले चिनेको ठ्याक्कै तेइ दिन हो के, जुन दिन अड्डामा छिरेँ।
क्या बोर भो। *सिन्जुकुपछिको ताकादानोबाबामा छ। थाहा होला नि?*

 
Posted on 10-31-05 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सईँहुर हो,

आज जमुनिले "चईनी तिहाराँ निदार खाली राख्न हुन, म भउते दाजीलाई टिका लाईदिन्चु, माईत जान्चु "
भनि केरे । त्याँसी घुमाका रोटा पकाम्दा हाल्न (बेकिङ्ग सोडाजस्तो, सेल रोटी टन्न फुक्छ, पीठो पनि ल्या-र
पर्छ) लाई भनेर नम्मेका बारीको दारीगिठाको बोक्रा पनि काटेर एउटा पानिकागतको (प्लास्टिकको) झोलामा
पोको पारिदिएर त्याँसी पु-याम्न गएँ । भउते त कुकुर पुजा अर्नी भनेर कता हो कुकुर खोज्न गा'का थे अरे
। कसले त हो, एउटा चईनी ढाका टोपी र चस्मा लाएकी लाहुरे हिरोनी काली कुकुर्नी छ अरे कता हो,
तेसैलाई पूजा अर्न पर्च पुनि भन्दै थे अरे । म भनि अब आफूले टिका लाम्नी हईन, तेसो भासि क्यार्न डुवाक्न
परो भउतेको घर भनेर म चईनी फर्के केरे ।


बईनीको एसो हेरबार अर्दै अरे है भउते, बिरामी बिरामी जस्ती छ के । ल दाजु बईनी मोज अरओ ।

दादाका घराँ भलि लक्ष्मी पूजा देखुन त खाल जम्छ केरे, जुवा भने पुनि, तास भने पुनि, कौडा भने पुनि । म
भने खास्सै खेल्न त जान्दिन, हेर्नी मत्रै हो धेरै जसो त ।


जे होस, भउते, नमे, निरे, पुन्टे दाजी, नेपे दाजी कस कसलाई फूर्सत छ, दादाकहाँ आओ है, तेही रमाईलो
अरम्ला, चईनी कुभिन्डाको अचार सित घुमाका रोटा खाम्ला केरे नि ।


keep rolling...


 
Posted on 10-31-05 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shree5,
Did you finish your thesis ? What is your next plan?
---
OK
PS: Sorry for personal matters. It is because I know you personally, but do not have email address.
 
Posted on 11-01-05 3:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्ननी डाँडातिर चाइने जो कुकुर तिहार होला अझै, यता सूर्जेपुरमा भने चाइने जो भैलीको साँझ परिसक्यो। उ केटीहुरले चाइने जो भट्टयाउन थाले। को को रचन हँ? सञ्जु पनि चाइने जो आ'की रचे, भर्खर दादासंग चाइने जो लपका कुरा गरेर आ'की जस्ती छे, खुशी देखिन्छे चाइने जो।


हरियो गोबरले लिपेको
लक्ष्मी पूजा गरेको
हे औँशी वार गाई तियारो भैलो ,

छाना माथि घिरौँला
के के दिन्छन् हेरौँला
हे औँशी वार गाई तियारो भैलो ,

घरकी आमै ऊजेलो मुहार
घरको दैलो घरक्क उघार
"दिम् कि नदिम्" गरेर चाइने जो मादल रन्कन थालेपछि केटीहरु चाइने जो क्या नाचेका!


नाचेर चाइने जो अलि अलि थाकेजस्तो छ, ल नानी हो म पनि चाइने जो अलिक भट्याईदिन्छु। बारो "भैलो" चैँ चाइने जो जोडले भट्याउनु नि।

आहा भैलो भन ----- भैलो
आहा वर्ष र दिनको------ भैलो
आहा तिहारको चाड------भैलो
आहा भैलो खेल्न------भैलो
आहा आएका हामी---- भैलो
आहा यसै घरको------भैलो
आहा सेल रोटी मिठो-----भैलो

आहा आशिक दिन्छौँ-----भैलो
आहा पश्पतिनाथ-----भैलो
आहा गोरखकाली-----भैलो
आहा तेत्तीस कोटी-----भैलो
आहा देवता भाकी-----भैलो
आहा यसै घरमा-----भैलो
आहा धनधान्य-----भैलो
आहा चञ्चलसिरि-----भैलो
आहा होइजाओस्-----भैलो


यताट नेपालटार हुँदै चाइने जो कन्ननीडाँडा सम्मै भ्याउने पलान छ रे। ल ल राम्ररी चाइने जो खेल्दै जानु। तिहारको चाइने जो शुभकामना सबैलाई। भोलि हामी पनि चाइने जो देउसी खेल्ने पलान छ।



 
Posted on 11-01-05 3:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhana Mera Bhaiho Deusuray
Deusuray
Deusuray
Deusuray :D

 
Posted on 11-01-05 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके,
सक्किओ, जम्मै भेईयो । मलाई त चिन्नु भएछ केरे, मईले भनि अझै भेउ पाम्न, ट्वाक्क चईनी ठहराम्न सकिन । येही साझाको नाममा बिजुली चिठी ठोकिदिनुस न, कसो ? त्याँसी अपुर थोक अपुर थोक पुनि बात मारम्ला नि त ।
 
Posted on 11-01-05 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो टोपी, कालै छ कोट
नबोले नि हाँसिदेऊ एक चोट
लरी लरि लैऽ
यो जोवन तिम्रै हो
सँधै भरिलाई !
लरि लरि लैऽ
यो जोवन चोखो छ
पर्ख तिमीलाई !

बुकी फुल सिउरेर सिरैमा
पर्खी बसे बबैको तिरैमा,
लरि लरि लैऽ
यो जोवन चोखो छ
पर्ख तिमीलाई !



कति मीठो गीत सुनाइन् पुष्पपुरीले। रुइनाको पाउज्यु पनि क्या मजाले तालमा ताल मिलाएर बजेको नि। नेपथ्यमा पुष्पपुरीको "पपि" ।

 
Posted on 11-01-05 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaile bata ho puspapuri le raju ko papi palna thaleko.....chyai chayi...kukur tihar ta gayo kere, papi lai late fee tirera bhaye pani mala lagadinu paryo.
 
Posted on 11-01-05 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwww that doggie's so cute, he's mine and whos papi?:D
 
Posted on 11-02-05 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहुरलाई चाइने जो देउसीको रस किन नलाको होला!? भउते चाइने जो तासमा बसेको तीन दिन भइसक्यो, उठेका होइनन्। सिरे बूढा चाइने जो मिलिक्क मिल्केर बेपत्ता भे। ल दादा, देउसी पनि चाइने जो यतै सुर्जेपुरीबाट शुरु गरम्।

नमे, निरे, भउते र सिरे
भन भन सबैले देउसी रे

नाचौँ है चाइने जो दोको फेरेर

ए भन भन भाइ हो----- देउसी रे
ए राम्ररी भन----- देउसी रे
ए सोर मिलाई भन----- देउसी रे

आकाशमा छन् तारा झलल
नाच मया सरर फरर

ए ग्यानेले रोक्न ----- देउसी रे
ए सक्दैन सक्दैन----- देउसी रे
ए मेरा भाइ हो----- देउसी रे
ए देउसी खेल्छौँ----- देउसी रे
ए रातभरि नाच्छौँ----- देउसी रे

नाच मया आजको रात
फेरि नाच्न पाइन्न एक साल

ल साथि ह, चाइने जो देउसी खेलौँ, नाचौँ, हाँसौँ। शुभकामना छ।


 
Posted on 11-02-05 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म त पटका पड्काउन थालेँ है :-)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
How long does Citizenship take?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters