[Show all top banners]

deletedUser**
Replies to this thread:

More by deletedUser**
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Kunda Dixit in NY

[Please view other pages to see the rest of the postings. Total posts: 183]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 52577 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-21-05 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalese Democratic Youth Council in USA (NDYCUSA)
America-Nepal Friendship Society, Inc. (ANFS)
Alliance for Democracy & Human Rights in Nepal (ADHRN), USA

Cordially Invite You to

"Where is Nepal Heading?"
Looking Through the Lenses of a Journalist

A Conversation with

Mr. Kunda Dixit
Founding Editor, Nepali Times

Kunda Dixit is the founding editor of the Kathmandu-based English-language weekly Nepali Times. He is also co-publisher of the newly re-launched Himal Southasian magazine. Mr. Dixit previously worked as news reporter for the BBC at UN headquarters in New York, as Asia-Pacific director of Inter-Press Service and as director of Panos Institute South Asia.

Venue:
Delhi Palace
37-33 74th Street
Jackson Height, Queens

Date & Time:
Saturday, July 23rd, 2005 from 1:30 PM--4:00 PM
(Refreshments will be served from 1:30 PM to 2:00 PM and program starts at 2 PM sharp)

Admission fee: $7

If you have any questions, please get in touch with
Anand Bist: 917-4427405
Sanjaya Parajuli: 917-902-2667
Tara Niraula: 212-491-0378
 
Posted on 08-05-05 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indisguise,

So basically there is nothing special. You were just on a cheap ride of a high donkey.

Good weekend !
 
Posted on 08-05-05 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कसलाई के धन्दा, कसलाई के धन्दा, घरज्वाँईलाई खानको धन्दा', यस्तो मजाले गईरहेको यज्ञकथाबाट ध्यान तान्न आम्छन् नाना भाँतीका छम्डाहरु ।

ल म बसें आसनमा एकछिन ।

*** *** ***

सर्वप्रथम, अहिले सम्म विभिन्न यज्ञपुजकहरुद्वारा वाचिएका यज्ञमहिमाहरुको सानो मन्थन गर्ने मनसुबा भो मलाई र यो मन्थन निवेदन गर्दैछु ।

विभिन्न सन्यासी बन्धुका दृष्टि, दृष्टान्त, भाषा र बिम्बमा विविधता देखिए पनि सारमा भने एकत्व देख्छु म ता । अन्तिम अनुष्ठानको प्रश्न मात्रमा होईन, बरु यसको विधिमा समेत ।

साधुगण, एक पल्ट ध्यान दृष्टि लगाएर हेरौं त । हामीले यस्तो हुनुपर्छ, उस्तो हुनु पर्छ (should be) भन्ने शब्दाबली प्रयोग गरे पनि वास्तवमा हामी अब के होला (will be) भनेर speculation मात्र गरिरहेका हम् । किनभने हामी सबैलाई थाहा छ यज्ञले यस्तो दिशा पकडिसक्यो, अब त्यसलाई बङ्ग्याउन, हामी एक एक साधु लगायत, हालका कुनै पनि व्यक्ति वा संगठित शक्तिले सक्दैन । हालका व्यक्ति वा संगठित शक्तिहरुले प्रभाव पार्न सक्ने, यदि चाहे नै भने, भनेको यज्ञको गति (speed) मात्र हो, दिशा (direction) होईन । यज्ञ अब भएरै छाड्छ । यत्ति हो, हामी मध्ये कसै कसैलाई भय भएको लघु-यज्ञ, उपयज्ञ, प्रतियज्ञ, अपूर्णयज्ञ पनि हुन भने सक्छ, पीठहरुको आन्तरिक र वाह्य गतिमयता हेरी हेरी । तर चिन्ताको विषय के छ ? भई नै हाले भने पनि के यस्ता अपूर्ण यज्ञ सनातन चल्न सक्छ ? हप्ता, महिना र वर्ष पछि त फेरि यज्ञले आफ्नो दिशा पकडिहाल्नेछ ।

अब यी संभावित अपयज्ञको कुरा गरम । हामी तिब्र राजनैतिक विकासको यस्तो गति (speed) मा छौं, अपयज्ञ हुनै लाग्यो भने पनि त्यसलाई रोक्न भने कोहि समर्थ हुने छैन, गर्न सक्ने भनेको विरोध मात्रै हो ।

नेपेले कतै भाग्यवादी कुरा त ग-या होईन भनि ठानिएला । अहँ होईन, मैले त कुन कुरा गर्न सकिन्छ, कुन कुरा गर्न सकिदैन भनेर खुट्ट्याउन खोज्या हो । म मान्छे भाग्यवादी होईन, ईच्छावादी हुँ । ईच्छा गर्नु पर्छ, सकिने कुरा गर्न सकिन्छ । त्यो वादी हुँ म ।

 
Posted on 08-05-05 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्ञानी सत्मार्गी शिब-भक्तीहरु, सत्सँग कायम गर्दै रहूँ भन्ने याचना सहित ।

जय भोले नाथ, पशुपति, कैलाशपति की
माडम्, गुल्ट्याम् (Keep rolling...)

 
Posted on 08-05-05 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपयज्ञको बारेमा म किन चिन्ता गर्दिन त ? गर्थें, जिन्दगीभरि गरेको हुँ । तर ज्ञानेन्द्र महाराजको जय जय, फाल्गुन १ देखि मेरा सब, सब नै त नभनम तर सबभन्दा ठूलो चाहि जरुर, चिन्ता दूर भए । फाल्गुन १ गते को लगत्तै दिनहरुमा एकजना ठूलै विश्वविद्यालयका नेपाली प्राध्यापकलाई मैले यसै भनेको थिएँ, उनले चिन्ता व्यक्त गर्दा । मानिसहरुमा केहि भ्रम बाँकी थिए राजाको बारेमा, बाँकी अरुलाई त राम्ररी चिनिसकेकै हुन् । र यसरी अब यो भ्रममुक्त ज्ञान नै सहि बाटोको मार्गदर्शक हुनेछ, अरु कोहि मार्गदर्शक न त आवश्यक छ, न त स्वीकार गरिने छ । ज्ञानसंग डराउनै पर्दैन, डराउन पर्ने त अज्ञान र भ्रमसंग हो । ज्ञानले गरेको निर्णय जति अप्रिय भएपनि अन्तत: कल्याणकारक नै हुन्छ ।

त्यसैले म कहाँसम्म चिन्तामुक्त भएको छु भने भोलीको जननिर्णय (अराजक क्रान्ति, जनमत संग्रह, संविधान-सभा, वा कुनै पनि विधिद्वारा) सक्रिय राजतन्त्रकै पक्षमा भएछ भने पनि I will celebrate that. धरोधर्म ।

के नेपाली जनतामा (माने एक सरदर नेपालीमा) अझै केहि भ्रम छन्, एक लोकतन्त्रवादीले चिन्ता गर्नु पर्ने गरी ?

मलाई त लाग्दैन छ ।

एक सरदर नेपाली राजा, दल र माओवादी तीनै शक्तिसंग पुरा परिचित छ । उसले सबै अपयज्ञ, लघुयज्ञ, प्रतियज्ञ, पुनर्यज्ञ देखिसकेको छ । राजाको सहयोगको याचनालाई उसले लोप्पा ख्वाईदियो । दलहरु शुद्द नभएसम्म अनुहार पनि हेर्दिन भनिसक्यो । माओवादीहरुलाई उ घृणा गर्छ । उ कसैको नियन्त्रण र प्रभावमा छैन । उ स्वतन्त्र छ र उसलाई थाहा छ उसलाई के अस्विकार्य छ ।

भनेसी मैले चिन्ता लिनु पर्ने कुरा कहाँ छ ? मैले विश्वास नगर्न पर्ने कहाँ छ ?

नसोचेको दुर्घटना ?

हो, यस्तो कुरोको सम्भावना जहाँ पनि हुन्छ । गान्धर्व मित्र श्री ५ ले सचेत गराउनु भएको त्यहि हो । हामीले व्यक्तिगत रुपमा के गर्न सक्छौं अहिले, हामीले सोच्न र गर्न पर्ने कुरा त्यहि हो ।

आन्तरिक ध्रुविकरणको तिव्रिकरण, आवश्यक परे अराजकताद्वारा नै एकातिर र अर्कातिर लोकतन्त्रको खामोको स्पष्ट परिभाषिकरण आजको आवश्यकता हो र यसलाई मद्धत पुग्ने हरेक काममा व्यक्तिगत हात जुटाउनु समस्त लोकतन्त्रवादीहरुले गर्न सक्ने र पर्ने काम हो । गान्धर्व मित्र श्री ५ को यो सन्देशसंग यो एक अर्को गान्धर्व पूर्ण सहमत छ ।

 
Posted on 08-06-05 3:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,
As you said, I am not "Chadam Veshi" - but there is no objection on your designating my identity. Nevertheless, I am reading your mental projection and enjoying no less than any other narrow-vision articles. It looks like you are a communist and want republic nepal (communist republic - in short).There have been many more discussions on political issues in Sajha in the past. So, this discussion is no unique.

Let us get to the point straight. If I have to summarize who follows communism -they are mostly those who are jealous of other's success whether it is academic, social or financial. This might have been inherited from family, society, or trapped while searching/scanning political thoughts. This very reason, deeply injected in their mind, is nurtured in their adulthood either knowingly or unknowingly and developed as an ego. It is very easy to sieve communist thoughts - they are arrogant, have no respect to other's freedom /views and highly bombasting (pretend they know more than anyone else). The depth of their knowledge stuck on "Sugauli sandhi and Junga Bahadur Rana" type of talks which can be found on grade 8 /9 school books. If they claim themselves as GURUs of communist, road map planner of the country, they might recite some names like - Mao, Marx, Lenin, Stalin and implement their roadmap HU-BAHU. If they talk about economic model, they talk about again the dead concept of Marx/ Mao. The communist of Nepal are pretty much stuck there. No new thoughts. That is why, they:
1. object the global economics
2. object the free and fair thought of individuals

What I fail to understand is why people do not try to open up their mind. By the same token, Nepe could come back to me and say, hey SD_MAN, you also have to open up your mind, should respect communist thoughts and may even start bombsting with his ?Typical words? on subsequent replies. Dude, here is the difference. We (people like me) opened up our mind, studied and are free on our thoughts. We respect free thoughts and believe that free thought should ALWAYS get a chance. So you may again say, why do not you respect communist thoughts then? Well, I respect communist thoughts but I will not have that luxury of respecting others if I am communist. So, you are right, I must respect communist thoughts as well. Unless some communists are hypocrite, there is no place for free thought no matter how much they bark on street. And no body gives a BULL if some idiot simply explains how freedom works/enjoyed in communism. Is not this a paradox that some of the FREE thinkers (like Nepe) advocate for communism.

a free thinker
 
Posted on 08-06-05 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sd_man,

You sound a learned man. Good luck to your research on me.

Nepe
 
Posted on 08-06-05 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कम्निष्टका त ज्ञान कम हुन्छ भन्थे यी नवआगन्तुक विद्वान, स्मरणशक्ति पनि कन हुँदो रहेछ ।

मेरा अलि अघिको पोस्टिङमा महाराज ज्ञानेन्द्रले सद्कदम चालिबक्सेको मिति फेब्रुअरी १ लेख्नु पर्नेमा फाल्गुन १ पो लेखेछु ।

 
Posted on 08-06-05 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kunda Dixit, some time in New York some time in Kathmandu, sometime in panchayat sometime in Bahudal.Sometime in palace sometime in Ratnapark

Madan Shamsher/Jagadamba le susare ra kamdar lai diyeko sampati samet thagera kumlyaune haruko k varosa.

Lal Durbar ko history nai testai chha k garne
 
Posted on 08-07-05 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिब बुटीको असीम आनन्दमयी यात्रातल मा शयररत सन्यासी महाराज, समयको पावन्दीका बीच फेरी केहि तर्क वितर्कको याचना गर्ने धृष्टता गर्दैछ यो अज्ञानी भुसको थैलोले।

स्वामिजी साझाको चिन्तनको श्लेषमान्तकमा विचरण गर्न थालेको कति मास विते पत्तो पाइन परन्तु यो भुसको थैलोले नेपाललोकमा विष्णु अवतारको खोल ओढेको मधु कटैबको संयुक्त रौद्ररुपले नारायणहिटीबाट खुट्टा फैलाएर सिं?हदरबार सम्म आसन जमाएको दिन देखिनै दैंत्य र देवगणको अन्तिम युद्धको विभिषिका छेंड्न घोर याचना गरिरहेको छ। शुरुमा यो भुस पनि सन्यासी महाराजले भने जस्तै तिव्र ध्रुविकरणको सम्भावनाबाट साह्रै उत्साहित भएको थियो । किन्तु राजनीतिको कपर्दी खेलको सिद्धान्त अभियन्ताहरुले पुस्तकमा पढ्ने गरेको भौतिकी र गणित जस्तो साध्यसिद्ध यथार्थ भन्दा भिन्न हुँदो रहेछ भन्ने कटुसत्य वोध भएपछि यो भुसको थैलो अलि हच्किएको छ। यसको बिचारमा कांग्रेस गणको सिंहासनमा गिरिजासुर विराजमान भएसम्म ध्रुविकरणले किम्मार्थ रफ्तार लिन सक्ने छैन। चिरंजीवि आशिर्वाद नपाएको गिरिजासुरलाई सिंहासनबाट घोक्रेठ्याक लगाउने बहादुरी न गगनमा भेटियो, न त नरहरी र रामचन्द्रमै । उता एमाले गणमा माधवासुरको सिंहासन पनि टसको मस हुन सकेन। त्यसैले दैत्य दहनको शिव यज्ञ झण्डै झण्डै स्थिर अवस्थामा रहेको छ ? जे जस्ता भीमकाय दावी र रुमानी कल्पनाहरु गरिएको भएपनि। यो भुसको थैलो एकपटक यति विधी आजित भयो कि गिरिजासुरलाई कालले टिपेर नलैजाँदा सम्म लोकतन्त्रको राग अलाप्नुको कुनै औचित्य नहुने घोषणा समेत गरिदियो। तर हेर्दा हेर्दै मधुकैटब एकाकार दैंत्यरुपले तान्डब नृत्य देखाउँदै समस्त लोकजनहरुमा माथी क्रमश दानवतन्त्र लादेर असुरराज्य स्थापनाको संघारमै पुग्न लागिसक्यो। अब चाँडैनै यस्तो घोर भयंङ्कर विष्मयकारी दानबलाई पराजित गर्न सकिएन भने यो झन बलशाली हुने र दशौं बर्षसम्म असुर राज्यको पीडा भोग्नुपर्ने टड्कारो खतरा आइपरेकोले सबभन्दा पहिला सबभन्दा खतरनाक दैंत्यको मर्दन गर्नुपर्ने बेला आएको छ।
फेरी पुराणका पालाका कुरा हेर्नुहुन्छ भने पनि यस्ता दानबहरु सदाका लागि निमिट्यान्न हुँदै हुन्नन। महिषासुर म-यो, मधुकैटब आए, उनिहरु मरे कंस आयो, रावण आयो। यसरी लोकले दैंत्यबाट कहिल्यै छुटकारा पाएकै छैन र यो सम्भावना रहन्न। तत्काल सबभन्दा बढि विष्मयकारी को छ त्यसैको दहन नगरी लोकको हीत गर्न कठीन छ स्वामिजी। ध्रुविकरण होला र शिब यज्ञ गरौंला भन्दा भन्दै हाम्रो पुस्ताले यो संसारको जुनी त्याग गर्नुप-यो भने सन्ततीले के भन्लान। लौन स्वामिजी अब जति चाँडो लाएपुए सम्मको ध्रुविकरण गराएर शिब यज्ञ गरिहाल्ने उपाए के होला विस्तारपूर्वक वर्णन गरिदिनुहोला। यस्तो उपायको बर्णन हजार जीब्रा भएका हाम्रा नेताहरुले गर्न सकेनन म बबुरो भुसको थैलोले के गरौंला । तै मोक्ष प्राप्तीको नगिचै पुग्नुभएका सन्यासी महाराजबाट कुनै ब्रह्मज्ञानको प्रष्फुटन हुन्छ कि ? म पुष्पगुच्छा लिएर महात्माको बर्णन गर्न पर्खिरह्या।

 
Posted on 08-07-05 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पुष्पगुच्छा लिएर महात्माको बर्णन गर्न पर्खिरह्या = म पुष्पगुच्छा लिएर महात्माको बर्णन सुन्न पर्खिरह्या

 
Posted on 08-07-05 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँप्रयोगी बन्धु आज्ञा गर्नुहुन्छ:
कांग्रेस गणको सिंहासनमा गिरिजासुर विराजमान भएसम्म ध्रुविकरणले किम्मार्थ रफ्तार लिन सक्ने छैन। चिरंजीवि आशिर्वाद नपाएको गिरिजासुरलाई सिंहासनबाट घोक्रेठ्याक लगाउने बहादुरी न गगनमा भेटियो, न त नरहरी र रामचन्द्रमै । उता एमाले गणमा माधवासुरको सिंहासन पनि टसको मस हुन सकेन। . . .यो भुसको थैलो एकपटक यति विधी आजित भयो कि गिरिजासुरलाई कालले टिपेर नलैजाँदा सम्म लोकतन्त्रको राग अलाप्नुको कुनै औचित्य नहुने घोषणा समेत गरिदियो।

काँग्रेस र एमालेको वैचारिक, सांगठनिक र जुझारुगत लोकतान्त्रिकरणको लागि दबाब दल भित्र र बाहिरबाट कसरी आईरहेको छ भन्ने दृष्टान्त दिन हेतु म तल दुई समाचार र एक लेख टाँस्दैछु । आशा छ, नयाँप्रयोगी बन्धुले उनको निराशाजनक टिप्पणीमाथि पुनर्विचार गर्नेछन् ।



कांग्रेसलाई विधानबाट राजतन्त्र झिक्न सुझाव

- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48003

काठमाडौं, साउन २२ - बुद्धिजीवीहरूले राजनीतिक अनुभवबाट लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने सिद्ध भइसकेको उल्लेख गर्दै कांग्रेसलाई विधानबाट संवैधानिक राजतन्त्र झिक्न आग्रह गरेका छन् ।
कांग्रेसद्वारा आगामी महाधिवेशनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे सुझाव लिन शनिबार आयोजित अन्तक्रिर्यामा प्रजातन्त्रवादी बुद्धिजीवीहरूले पार्टीले राजतन्त्रका सवालमा ठोस निर्णय नगरे मुलुक अतिवादीको हातमा पुग्ने चिन्ता व्यक्त गरेका थिए । कांग्रेसको नीति तथा कार्यक्रमले शनिबारदेखि प्राध्यापक, कानुन व्यवसायी, पत्रकार, मानव अधिकारवादीलगायतका पेसागत संगठनका प्रतिनिधिहरूसँग सुझाव लिने क्रम सुरु गरेको हो ।
अन्तक्रिर्यामा पार्टी महामन्त्री सुशील कोइराला, नीति तथा कार्यक्रम विभाग प्रमुख रामचन्द्र पौडेल, प्रवक्ता अर्जुननरसिंह केसी र केन्द्रीय सदस्यद्वय महेश आचार्य र करिब ५० बुद्धिजीवी सहभागी थिए ।
प्राध्यापकहरू नवीनप्रकाशजंग शाह, कृष्ण खनाल, लोकराज बरालले नागरिक समाज र आम कार्यकर्ताको भावनालाई आत्मसात गरी विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
'कांग्रेसले जनता र नागरिक समाजको भावना बुझ्नुपर्छ । अहिले नै गणतन्त्रमा जाने निर्णय नगर्ने हो भने पनि कम्तीमा आगामी महाधिवेशनबाट पार्टीले विधानबाट संवैधानिक राजतन्त्र झिक्नुपर्छ । त्यसले आन्दोलनबाटै राजतन्त्रबारे निर्णय गर्ने बाटो खोल्छ,' प्राध्यापक खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

 
Posted on 08-07-05 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मुलुकको राजनीतिक अस्थिरताको कारक राजतन्त्र हो । राजाले नै २००७ सालदेखि पटक-पटक प्रजातन्त्र खोस्दै आएका छन् । त्यसमा पनि वर्तमान राजा संवैधानिक हुन कदापि तयार देखिँदैनन्' भन्दै प्राध्यापकहरूले अब कांग्रेस राजतन्त्रको मोहबाट मुक्त हुनुपर्ने सुझाव दिएका थिए । अधिकांश बुद्धिजीवीले संविधानसभामा गएर मुलुकको राजनीतिक तथा संवैधानिक संकट समाधान गर्न कांग्रेसले महाधिवेशनबाट नयाँ नीतिगत ठोस निर्णय गर्नुपर्ने विचार व्यक्त गरेका थिए । 'वर्तमान संविधानबाट समस्याको निकास सम्भव छैन । संविधानसभामा गएर देशको राजनीतिलाई छिनोफानो गर्नुपर्छ ।'
लोकतन्त्र, अग्रगमन र राज्यको पुनर्संरचनाका लागि हुने भावी आन्दोलनको नेतृत्व गर्न कांग्रेसले आफूलाई रूपान्तरण गरी ठोस नीति र कार्यक्रम अघि सार्नुपर्ने आग्रह उनीहरूको थियो । उनीहरूले नागरिक समाजको लोकतान्त्रिक आन्दोलनले दिएको सन्देशलाई ग्रहण गर्न पनि कांग्रेसलाई सुझाव दिएका थिए । स्रोतका अनुसार प्राध्यापक तथा पूर्व उपकुलपति नवीनप्रकाशजंग शाहले कांग्रेस अहिलेको जस्तै यथास्थिति र अनिर्णयको बन्दी बनिरहे मुलुक अतिवादीको पञ्जामा पुग्ने चिन्ता प्रकट गर्नुभएको थियो । विधानबाट राजतन्त्र हटाए विभाजित कांग्रेसका युवाविद्यार्थीमा नयाँ उत्साह सञ्चार हुने र त्यसबाट पार्टी एकताको वातावरण बन्ने विश्वास उनीहरूको थियो ।
अर्का प्राध्यापक बरालले लोकतन्त्रका लागि सधैं बाधक बन्दै आएको राजतन्त्रसँग लोकतान्त्रिक शक्तिहरूले मेलमिलाप गर्न खोज्नुको औचित्य समाप्त भएको बताउनुभयो । 'कांग्रेसका एकथरीले बीपी कोइरालाको हवाला दिएर अहिले पनि राजासँग मेलमिलापको कुरा गर्ने गरेका छन् । बीपी अहिले भएको भए राजासँँग मेलमिलाप गर्नुपर्छ भन्नु हुने थिएन,' उहाँको भनाइ थियो ।
कानुन व्यवसायी हरिहर दाहाललगायतले लोकतन्त्र बहालीका लागि आन्दोलनको नेतृत्व गरिरहेको कांग्रेसमा नै आन्तरिक लोकतन्त्रको स्थिति नाजुक रहेको र त्यसले पार्टीलाई राजनीतिक तथा नैतिक रूपमा कमजोर बनाइरहेको उल्लेख गरेका थिए ।

_____
 
Posted on 08-07-05 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48008
- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48022

एमालेमा विशेष महाधिवेशन माग

काठमाडौं, साउन २२ - अखिलका पूर्वनेताहरूले निरंकुश शासन अन्त्यका लागि पार्टी नेतृत्वमा पुनर्गठन गर्नुपर्ने जोड दिँदै विशेष महाधिवेशन बोेलाउन एमालेसँग माग गरेका छन् ।
०३६ सालको विद्यार्थी आन्दोलनयता अखिल केन्द्रमा रहेर काम गरेका २ सयभन्दा बढी नेताले पार्टीलाई राजनीतिक तथा सांगठनिक रूपमा स्पष्ट र एकताबद्ध पार्न महाधिवेशन आवश्यक भएको ठहर गरेका हुन् ।
पूर्वअखिलको काउन्सिल निर्माण गर्न शनिबार पुल्चोक क्याम्पसमा भेला भएका पूर्वविद्यार्थी नेताहरूले विगतमा दलहरूबाट भएका कमीकमजोरीको तीव्र आलोचना गरेका थिए ।
विगत क्रियाकलापको आत्मालोचना र पार्टीपंक्ति सबै तहमा व्यापक पुनर्गठनका लागि दबाब दिने उद्देश्यले सुरु भएको उक्त अभियानलाई पार्टी नेतृत्वले भने आफ्नो प्रतिकूल हुन नदिने प्रयास गरेको छ । केहीदिन अघि बसेको स्थायी कमिटीको बैठकले काउन्सिल स्थापनाको बाटो खोल्दै त्यसको समन्वय गर्न विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । युवाहरूले भने पुरानो पुस्ताको नेतृत्वबाट लोकतान्त्रिक आन्दोलन सफल बनाउन नसकिने बताउँदै आएका छन् ।
पूर्वविद्यार्थी नेताहरूले एमालेको भूमिका क्रमशः कमजोर हुँदै गएकाले अहिले पर्याप्त संगठन, जनमत र कार्यकर्तापंक्ति हुँदाहुँदै पनि प्रजातान्त्रिक आन्दोलनको मुख्य शक्तिका रूपमा प्रस्तुत हुन नसकेको अरोप लगाएका छन् ।
उनीहरूले विगतमा पार्टीका विभिन्न निर्णयहरूमा असहमत भएर पार्टीबाट बाहिरिएका, किनारा लगाइएका वा सक्रिय हुन नसकेका जोसुकैका लागि ती मतभेदमा पुनर्विचारको ढोका खुलेको बताएका छन् । पार्टीभित्र छलफल र बहसमा सामेल हुँदै निरंकुशता विरोधी आन्दोलनमा बिनासर्त सक्रिय हुन पनि उनीहरूले आह्वान गरेका छन् ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनका सन्दर्भमा सिंगो इतिहासको गम्भीर समीक्षा गर्न र आफूलाई वास्तबिक जनपक्षीय प्रजातान्त्रिक शक्तिकारूपमा प्रस्तुत गर्न पनि उनीहरूले अपिल गरेका छन् ।

 
Posted on 08-07-05 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48043

[गणतान्त्रिक] सैद्धान्तिक धरातल र आन्दोलन

लोकराज बराल

. . . . अब के पनि प्रस्ट भइरहेको छ भने परम्परावादी राजतन्त्र एक्काइसौं शताब्दीको चाहना अनुसारको लोकतन्त्रसित समर्पित भई हिँड्न नस्ाक्ने देखिन्छ । अतः समझदारी र सहकार्य खाली राजनीतिक दल र माओवादीबीच मात्र हुनसक्छ, किनभने उनीहरूको समझदारी र सहकार्यमै लोकतान्त्रिक राजनीति चल्नुपर्ने हुन्छ । . . . .

. . . .राजनीतिक दल र माओवादीबीचको समझदारीको एउटै कडी जनमुखी लोकतन्त्रको जग बलियो बनाउँदै यसको संवर्द्धन र संरक्षण गर्ने हुनुपर्छ । मावोवादी सोच र गराइमा परिवर्तन आई लोकतन्त्रलाइ वास्तविक रूपमा जनमुखी र प्रगतिशील बनाइनुपर्छ । डा. बाबुराम भट्टराईको अन्तर्वार्ता र प्रचण्डका बेला- बेलाका भनाइले के पुष्टि गर्दै छ भने संसारमा प्रचलित उदारवादी लोकतन्त्रको ग्राह्यता झन् बढी रहेको छ । यो तथ्य कसैले पन्छाउन सक्दैन । माओवादीमा आएको यस्तो परिवर्तनलाई खाली रणनीतिका रूपमा लिएको भन्ने भनाइमा केही सत्यता भए पनि कोरा माओवादी दर्शन र यसको प्रयोग नेपालजस्तो मुलुकमा सम्भव हुनसक्ने आधार पाउन सकिँदैन । यसको परिणाम उनीहरूको सोचमा आएको परिवर्तनमा पाइन्छ । यसलाई लोकतन्त्रको विकासका निमित्त कसरी प्रयोग गर्ने भन्ने मात्रै हो ।. . .

. . . . माओवादी प्रतिस्पर्धात्मक राजनीतिमा आउने अठोटले मात्र यो सम्भव छ । अब राजनीतिक दलमा पनि प्रस्ट भनाइ र गराई आउनै पर्?यो । गोलमटोल पारामा या रकमी
चालको भाषा बोलेर समस्याबाट भाग्न सकिँदैन । पूर्ण लोकतन्त्रको अर्थ लगाई त्यस्तै भाषामा भइरहेको छ । . . .

. . . . अबको बाटो के हुने भन्ने प्रश्न उठेको छ । यसको पहिलो सर्त त लडाइँ स्थगन गरी वार्तामा आउने सहमति हो । यसका निमित्त दुवै पक्षबाट -राजनीतिक र माओवादी) वार्ता टोली गठन गर्ने र वार्ता तय गर्ने । दोस्रो कुरो वार्ता सैद्धान्तिक र रणनीतिक हुनुपर्छ । सैद्धान्तिक आधार आजको टड्कारो खाँंचो हो, किन भने माओवादी र राजीतिक दलको सैद्धान्तिक धरातल अब एउटै हुनुपर्छ । नत्र फेरि पुरानै झगडा उठ्ने सम्भावना रहन्छ । माओवादीले कुनै संकोचबिना उदार लोकतान्त्रिक पद्धति स्वीकारी त्यस अनुसारको सहकार्यमा लाग्नुपर्छ । अब राजनीतिक दलले राजतन्त्रका बारेमा सैद्धान्तिक धारणा प्रस्ट नपारी लोकतन्त्रको कुरा गर्नु निरर्थक हुन्छ । . . . . तर नेपालमा लडाइँ स्थगन गर्नु भनेको अब नयाँ सोच र नयाँ सैद्धान्तिक आधार निर्माण गरी अगाडिको बाटो तय गर्नु हो । माओवादीले दलहरूले चलाएको शान्तिपूर्ण आन्दोलनमा सहकार्य गर्दा लोकतन्त्रको लडाइँले नयाँ उचाइ लिन्छ । . . .

अबको लोकतन्त्रको संघर्षले नयाँ सोच र दिशा खोजेको छ । ऐतिहासिक घटना चक्रले पनि अब सबै कुराको निचोड निकालिसकेकाले पूर्ण लोकतन्त्रमा प्रतिबद्ध दलले पुरानै रणनीतिमा रही समय खेर फाल्नुभन्दा प्रस्ट सैद्धान्तिक आधारमा लोकतान्त्रिक संघर्षमा लाग्नु सक्नुपर्छ । यस्ाका निमित्त दलहरूको आफ्नो क्षमता वृद्धि पनि हुनुपर्छ । संघर्षको प्रतिफल टिकाउन त्यहीनुसारको सांगठनिक र सैद्धान्तिक आधार बन्न सक्नु पर्छ ।
---
 
Posted on 08-07-05 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे वन्धु दुबै समाचारहरु बिहानै पढिसक्याथें । अलिअलि खुशी लाग्यो। थोर बहुत आशा जाग्यो। कछुवा गतिमा सहि प्रगति त भैराथ्यो तर साह्रै ढिलो गाँठे, चित्तै वुझ्दैन।
फेरी कृष्ण खनाल,लोकराज बरालका कुरा कांग्रेसका गिरिजा गोविन्दादी असुर गणले सुनेपो। शंकर पोखरेल, विष्णु पौडेललाई माधवासुरा, अमृतासुर, ओलिसुरले टेरे पो। हेर्नुहोला फेरी उनै गिरिजासुर सभापति भै टोपल्नेछन, माधवासुर महासचिब। अनि कुन दिन मधुकैटावादी दैंत्यसंग पोइला जानेहुन सम्झिदा वरवण्डी तातेर आउँछ। त्यसपछि गगन, राजेन्द्रादी पनि उतै जन्ति नजालान भन्न नमिलोइन। बरु यिनलाई पहिला पार्टी वृत्तका दैंत्यगणलाई ठेगान लगाओ भनेर झ्याली पिटाउन प-यो अब।
 
Posted on 08-07-05 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे नव प्रयोगी योगी महाराज, यज्ञमा यस्तो जिज्ञासा राखिकन यो शास्त्रार्थ सत्संगको शोभा बढाइदिनु भो, हे योगी महाराज, मेरा ब्रम्हले देखेका कुराहरु योगी महाराजका चरणकमलमा भेट गर्दछु ।

हे योगी महाराज, यो ध्रुबीकरण त शुरु भैसकेको छ। यस सन्यासीको अनुनय त मात्र के भने जुन गान्धर्व मठहरुका शीर्षस्थान र मध्यस्थानमा यी नर-कंकाल हरु विराजमान छन्, शिब-यज्ञको परिणामलाई यिनीहरु ध्वस्त पारिकन फेरि शाहीबंशी असुरको सेवा गर्न लालयित छन्। यिनीहरुको विश्वासमा शाहीबंशीको अस्तित्व विना यीनको पनि अस्तित्व छैन। यिनीहरु सकल शिब-भक्ती, सन्यासी, लोकजगत, नर-नारीलाई विश्वास गर्दैनन्। यो सन्यासीको विचारमा त हे योगी महाराज बिक्रमाब्द २०४६ मा जुन लघु-यज्ञ ससम्पन्न भयो, त्यो यिनीहरुले गरेको होईन, "मुख्यत:" दक्षिणको ईन्द्रप्रस्थ राज्यको खेलले र उसको शाहीबंशी असुरहरुप्रतिको अनिक्षाले र उसैले जगाईदिएको असन्तोषका कारणले भएको हो। त्यस समयमा सकल शिब-भक्तीहरु सन्यासीहरु "नाकाबन्दी" समेत अन्यान्य प्रचारयुद्धका कारणले खाली "असन्तुष्ट" मात्रै थिए, तिनीहरुलाई उनीहरुको अधिकार के हो, शिब-धर्म के हो, केही पनि "राजनैतिक चेतना" थिएन प्रभो। दैत्यराज बीरेन्द्रले त्यस बखत देशबासी शिब-भक्तीहरु सन्यासीहरु को असन्तोषको अग्निका रापले भन्दा पनि विश्वका अन्यान्य देशहरुमा शिब-राज्यको लहर आएको र दक्षिणको ईन्द्रप्रस्थ राज्यको चर्को दबावले सकल शिब-भक्तीहरु सन्यासीहरुलाई सावाँ लुकाउँदो भई ब्याज मात्रै दिएर सावाँ-ब्याज दुबै चुक्ता गरेको मायाजालमा राख्न सफल भयो प्रभो र यस मायावी मञ्चनमा यी उल्लेखित मठाधिशहरुले शाहीबंशीहरुको गर्नु सेवा गरे। गिरीजासुरले त "यो सबैको जीत" हो पनि भन्न पुग्यो। तत्पश्चात "कृष्णप्रसाद" नामक सिखन्डीलाई सिंहासनमा राखेर शिब-भक्तीहरुलाई भ्रमित गर्ने ठूलो षडयन्त्र गरियो। तैपनि "मल्लिक" नामक एक साधुले १-२ बर्ष अगाडि सम्मको बही-तमसूक, लेनदेन को हिसाब-किताब गर्दा भए जसलाई साम, दाम, दण्द, भेद गरिकन सिंहासनमा पुगेको गिरीजासुरले भष्म गरिदियो। उक्त हिसाब-किताबको मात्रै लेनदेन गरेको भए पनि शाहीबंशी असुरहरु धेरै हतोत्साहित हुने थिए प्रभो।
 
Posted on 08-07-05 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शिब-मार्गीहरुको सबै भन्दा ठुलो संगठन गराउने उत्प्रेरणा "असन्तोष" नै हो हे नव प्रयोगी योगी महाराज, असन्तोषले नै मानिसलाई सन्यासी, शिब-मार्गी बन्न उत्साह दिन्छ। तत्पश्चात माओबंशी असुरहरुले स्वयम त्रैलोक्यनाथ भोले बाबाजीका सन्देशवाहक नन्दी, भृङ्गीले पनि गर्न नसकेको शिब-कार्य गरिदिए, यद्यपि धेरै शिब-मार्गीहरुको बध पनि गर्दा भए। यिनीहरुले शिब-धर्म के हो, अधिकार के हो, शाहीबंशीहरुले शिब-मार्गीहरुको के कति ऋण-धन लिएका रहेछन्, कति शोषण गरेका छन् भन्ने प्रश्नमा सकल लोक-वासीका चक्षु खोलिदिए, एवं रीतले सकल देश-वासी नर नारीहरु शिब-धर्मी हुँदा भए। माओबंशीले त्यस "असन्तोष" लाई धेरै जसो "शिब-धर्म" मा परिवर्तन गरिदिए। २०४६ बिक्रमाब्द र अहिलेको फरक भनेको हो त्यही नागरिकको "असन्तोष" र "चेतना" बीचको को फरक हो, हे योगिश्वर।



त्यसैले अहिले यी माओबंशी वा कथित गान्धार्व मठाधिशहरु भन्दा शिब-भक्ती र लक्ष प्रतिको ईमान्दारी लोक का नर-नारीमै छ। किनभने यिनीहरुसंग चेतना छ। तर, के मा सजग रहनै पर्दछ भने जसले "सफल" शिब-यज्ञ आव्हान गर्दछ, लोकको भाव-शक्ति फेरि तत्काल का लागि उसमा नै समाहित हुन पुग्दछ। त्यसै कारणले अबको शिब-यज्ञको कर्ता यही सकल लोकवासी "नागरिक समाज" हुन आवश्यक छ प्रभो। त्यसैले जस्तो हिजो-अस्ति समाचारहरु आइरहेका छन् नि "नागरिक समाज" का योगीहरु आजकाल मञ्चमा प्रवचन, भाषण गर्दछन् भने गिरीजासुर, माधु-कैटवादि असुरहरु श्रोता दिर्घामा बसेर रुद्री आदि श्रवण गर्दछन्, हामीले यही परम्परालाई उत्प्रेरण गर्नु पर्दछ - यस्तो अवस्था सम्म कि सारा स्वदेश, विदेश, तीन त्रिलोक, चौध भुवन सकल लोकमा यी "नागरिक समाज" शिब-सेनाको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश पुगोस् । र वास्तवमा यिनीहरु नै हुनु पर्दछ किन भने यिनीहरुले "शिब-राज्य" बाहेक अरु अनुशासन जान्दैनन् प्रभो र साँचो अर्थमा क्रान्ति हुनेछ । मैले पहिले पहिले भनेको "ध्रुबीकरण" यही हो हे भन्ते। यस्तो शिब-ध्रुबलाई काँग्रेसका गगन, नरहरि आचार्यादि, माओबंशी बाबुराम सरस्वति आदि अन्यान्य मठका शिब-भक्तीहरुले पनि समर्थन गर्न गराउन सहज हुन्छ। तर हामीले शिब-सेनाको नेतृत्व अन्य असुरहरुलाई दियौं भने हामी फेरि पनि मायाबी जालमा फँसाईने निश्चत छ। मुख्य कुरा यो मायावी कलामा पोख्त काँग्रेस र एमाले को हामी जस्ता सन्यासीहरुले श्रेय (accredit) गर्नु हुँदैन, यिनीहरुको दहन नै गर्नु पर्दछ, यिनीहरुको तत्वावधानमा केही शिब-मार्गी कार्य भइ हाले पनि नागरिक समाजले गरेको भन्नु पर्दछ, नागरिक समाजलाई सदा यिनीहरुको अगाडि राखेर नागरिक समाजलाई यिनीहरुभन्दा भर पर्दा र विश्वासयोग्य भनेर चित्रण गर्नु पर्दछ नत्र फेरि ठूलो धोका हुनेछ प्रभो।

अनि हाम्रो तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले रौद्र रुप धारण गरिकन त्रि-नेत्र प्रहार गरि दिनु हुनेछ, सारा दानव गणको विनाश गरि दिनु हुनेछ र सकल मानव, चराचर लोक जगत चिर काल सम्म आनन्दपुर्वक वाँच्ने छन् । अहिले लाई उपयुक्त कार्य त हामी समस्त सन्यासी, प्रवासी, मुगलान बासी हरुले माता पार्वती सति देवीको पूजा, अर्चना, तपस्या गरिकन माताले दिएको श्राप फिर्ता गर्नको लागि र यो देव - दानवगण को ध्रुविकरण, समुद्र मन्थन को तीव्रीकरण को याचना गर्नु नै होला । योगि वरको आज्ञा शिरोपर ।

जय भोले नाथ, पशुपति, कैलाशपति की
माडम्, गुल्ट्याम् (Keep rolling...)


 
Posted on 08-07-05 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is just in my quest of trying to learn the thing
But it looks to me that this is where I differ with what Nepe dai believes

1. I opine that the current "mainstream" "political" parties are entangled with such a complex nexus of filthy opportunists, at every level of their hierarchy, tht it is impossible to clean them vertically. For instance, lets take Nepali Congress. For its "mahadhiveshan", the hierarchy goes like you conduct a ward-level conference in Nagarpalika level and a VDC-level conference in VDC- they will choose a regional (4-5 VDCs) representative who will vote 3-4 "mahasamiti" representatives out of an election constituency (205 wota). Each, again EACH, of such ward or VDC-level representative is a pure crook. How would you wash them with "jau" "til", "kush", "bel-patra" and "ganga-jal" and ever chastise them? Its next to impossible. In UML, its a complete black-box and all the party is just the whim of Makune a bunch of his flunkeys. You never know when they will "quarterly" correct the regression and join Gyanendra, they are the most hypocrites, for sure. Forget Maoists, there are a lot of "deshbhakta" but dont forget they are fighting for Nepal. I dont like any violence as such but when i compare the RNA and the PLA, I see that PLA is fighting for Nepal whereas RNA is fighting for Gyanendra; sorry I am a staunch kangressi- it just turned out a while ago when I got 'enlightened'...

2. The local-level party workers of these "parliamentarian" parties, let me say 80% of them, in villages are the same old Panchas. During Panchayat, they used to be Lokendra goot-against Thapa goot, now if one is Kangressi, the other is UML and so on. They are not there with a political aptitude, they are there for a LIVING. Yeh, its a bitter truth, examine these faces, maybe the scions have succeeded their parents but the VDC-chairman comes from almost the same family as the old pradhan-panch did, only the "chunav-chinha" has changed, nothing ideological has changed. But for the voters, A LOT has changed, it has become "awareness" from "dissatisfaction". So, cleansing and bleaching these parties is just not possible and if these crooks again lead the next revolution, they will make a mess out of it- jhan khana napaka lai kera payo, bokrai sita khayo bhane jastai.

3. Then what is the solution, given the fact that normally who calls a successful revolution sweeps thro the power balance in the aftermath- well, fortunately, we have a very sincere and well-informed while frustated civil society. If the civil society leads it, they have the highest moral prowess as well as the highest moral commitment. And when the civil society leads, it is easy for the sincere and honest guys from every political establishment to come to support them and in the aftermath, hence the polarization. As they will be highlighted after a successful movement, the crooks and "asur" like Girijasur et-al will go into oblivion. This is my proposal of the least expensive revolution with "horizontal cleansing" rather than a "vertical cleansing" within the party bodies.

Keep rolling...
 
Posted on 08-07-05 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry the last posts in देवनागरी were again screwed up, dunno why. Plz reverse the order.

keep rolling...
 
Posted on 08-07-05 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नव प्रयोगी योगी महाराज, अघि न १-२ लाईन खाईएछ ।

असन्तुष्टी (dissatisfaction) would brake and keep quiet (although for a while) for any change for sake of change but a चेतनशील (aware) would not stop until the change is for a meaning, my reading of the differences betn 2046 B.S and 2062 B.S. So, we needed these "parties" for the dissatisfied-2046 case but its better to get rid of those fools this aware-time around. Hope made it clear.

शास्त्र भाषामा टाईप गर्नै ट्याम लाग्नी, तेई भ'र पकाउन सट्टा pre-cooked food तताएको

keep rolling...



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters