serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 248082 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-11-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखमा हिउँ आँफै परेको कि कसैले हिउँको डल्लोले हानेर सेतो भाको
कुरा को सुरा बुझौन हामी पनि - हैन त  
 
Posted on 12-11-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताल मा बेताल ?
कस्तो भयो हाल ?
तारेमाम।

 
Posted on 12-11-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताल मा त बेताल भर बस्या हो ठुल्दाइ पोज पोज ले फोटो खिच्न अनी भरे घर पुगियो त झुत्तो चाबी छैन,फर्केर फेरी ताल्मा आएर खोज्या त साचो को झुप्पो जस्ता तस्तै रईछ।
 
Posted on 12-11-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भाग्यमानी रहेछौ, त्यो ताल मा रिट्ठे, हर्के , लहरे नि गाको भए ?
 
Posted on 12-11-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ताल मा रिट्ठे, हर्के , लहरे नि गाको भए ताल  खन्न थालथे अनी तिनै जना तेही भासिन्थे।
 
Posted on 12-11-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह बिस्टे, लोल।
ताल खन्ने बेतालहरुले साँचो को झुप्पा लाई अङ्गुर को झुप्पा सम्झेको भए नि ?
हिउ लाई चुप्पा खाएर बस्नु पर्थ्यो।

एक्लै गएर राम्रो गर्‍यौ,
फेरी एक्लै गएको भए, फोटो खिच्यो कसले ? Re-सोच गर्नु पर्‍यो।


 
Posted on 12-11-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न खोज्या के ठुल्दाइ,
मैले बुझेको नै भन्न खोज्या हो त -

अहिले भइरहेको क्रीकेट म्याच ईन्डिया ले जितोस् लौ जा त - बडा अरुलाई जे पायो त्यही भन्दो रछ


 
Posted on 12-11-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै हैन दाई अरु २-३ अल्लारे हरु नि थिए सँगै, एक्जना भाई माथि सुधारीसके दुई जना साथी  अझै छन।
 
Posted on 12-11-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिउँकै कुरा अघी बढाउँ न कसो? म अमेरिका आएको पहिलो बर्षको कुरा हो। अक्टोबर महिनाको अन्त्यतिर कलेजले नै आयोजना गरेको भ्रमणमा गैंदैथियो करीब १०० माइल उत्तरको शहरमा। अलिअलि चिसो भएकोले सबैजसोले पातलो ज्याकेट अथवा त्यस्तै लुगा लगाएका थिए। पानी पारीरहेको थियो, तर आधा बाटो जति माथि पुगेपछि त हिउँ नै पर्न थाल्यो। सामान्यत: मध्य डिसेम्बर नभै हिउँ नपर्ने रहेछ तर त्यो दिन अप्रत्याशित रुपमै पर्‍यो। खास त चिँडियाखाना जान भनेर हिंडेका थियौं हामी तर हामीलाई त मलमा लगेर छोडिदिए। जीवनमा पहिलो चोटि मल देखियो जे होस्, हाम्रो बिशालबजार भन्दा पनि कति ठुलो कति ठुलो। खास गरी गर्मी ठाउँबाट आएका मान्छेहरुले त कहिले हिउँ देखेका थिएनन्। मैले पनि सिमभन्ज्याङमा जमेको केही बाहेक अरु देखेको थिइनँ। जे होस् अलिअलि मात्रै भए पनि खेल्न पाइयो त्यो बेला।

एक चोटि बाक्लै हिउँ परिरहेको बेलामा गाडी हाँकिरहेको थिएँ। अलिकती ओरालो पर्ने बाटोमा स्टप साइनमा रोक्न खोज्छु त चिप्लेर गाडी घुमेर झन्डै छेउको बिजुलिको खम्बामा ठोक्किन पुगेको थिएँ। धन्न नजिकै अरु गाडी थिएनन्।

नेपालमा भने हिउँ परेकै जम्मा दुई चोटिको मात्रै अनुभव छ। अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्दै थिएँ दुई बिदेशी साथीहरुसँग (ऊही बस नम्बर १०१ म लेखेको थिएँ नि)। अलिअली पानी पर्दै थियो, उकालो लाग्दै जाँदा हिउँ नै पर्न थाल्यो। तारानाथ शर्माको घनघस्याको उकालोको सम्झना आयो। बेलायतमा हिउँ धेरै चोटि देखेको भए पनि नेपालमा देखेको पहिलो चोटि थियो, त्यो मेरो हिउँ थियो, हिमाली हार्दिकता बोकेको थियो आदि के के लेखेका थिए नि।       

   

 
Posted on 12-11-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो त सगरमाथाको देशका बासिन्दा भए पनि धेरैले हिउ देखेका हुँदैनन। खास गरेर काठमाडौकाले। पहिला भारतमा पढ्दा तिम्रो देशमा त हिउ नै हिउ होला भनी सोध्थे दुष्ट छिमेकिका इष्टहरुले। हामी पनि के कम, हो हिउ नै हिउ हुन्छ हाम्रो देशमा। त्यही हिउ बेचेर हाम्रो देश धनी भाको छ भन्दिन्थें, लौ जा भनेर।


बल्ल नेडरल्यान्डमा हिउ क्या हो ता है भन्ने देखियो। चिसो घाममा हिउ तापेर् फोटो खिचियो।


 
Posted on 12-11-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तालमा भास्सिने को कुरो अर्छौ बिस्टे !

तेस्ता ताल्मा त उहिले धेरै खेलियो नेपाल हुँदै ! नेपाल भारत सिमानामा पर्ने सन्दक्फु (इलाम) (जो ३६०० मिटर अल्गो ठाउमा पर्छ)  मा यस्तै हिउ पर्छ ! २०५२ सालमा त्याहा पुग्दा  यस्तै हिउको तालमा व्हिस्की को चुस्की सङै बेताल सँग रमिएको थियो लोह्सार को ट्याम मा ! खुब मजा आ' थ्यो !


 
Posted on 12-11-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरै हिउमय भएछ आज चौतारी।
 
Posted on 12-11-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटै गीत को तीन रुप-
पन्ना काजी र उनको छोरा प्रबेश मान ले गाएको पहिलो भिडियो संगै गुलाम अली ले गाएको अर्को अडियो।

आँफै छुट्याउनुस्, संगित को साधना आराधना भनेको के हुन।

गीताकार म बि बि शाह को- लोलाएका ठुला तिम्रा दुई नजर ले.....................

 


 
Posted on 12-11-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुलाम अली को अर्को सुन्दर गीत

गाजलु ती ठुला ठुला आँखा.......................................

 


 
Posted on 12-11-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भोली को गीत मा समकालिन गायक ज्योति घिमिरे को यो गीत त्यतिकै कर्णप्रिय छ।


 
Posted on 12-11-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाचार ब्रेक

 


 
Posted on 12-11-08 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है फेरी चौतारीमा आराम गर्न आए। साझ पख प्राय फिलीम लाग्ने गर्छ चौतारीमा। आदी अनादी कालमा चौतारीमा निकै कथा चल्ने गर्थ्यो। एउटा कथा कता कता पढे जस्तो लाग्थ्यो, मैले खुब सर्छ गरें गुगलमा। कतै भेटीन। आखिरमा हाम्रै गोतामेको ब्लगमा रैछ त्यो कथा। कथा लेख्ने मान्छे त पाखा लागे तर पनि एक पटक दौंतरीको कपि पेस्ट गेरेर चौतारीलाइ कथामय बनाउछु।

राहुल दाइ,हर्के,रिठ्ठे,चिप्ले,बिस्टे,सिरियल सबैलाइ नमस्ते।

अब कथा तिर लागौं।

मेरा असली कमरेड

कुरो राजनितीको,बिषय समाजीक परिस्थीतीको। बुझी नबुझी प्रजातन्त्र भनेर लागियो। त्यही भूमरीमा कम्युनिष्ट प्रजातन्त्रको अर्को ध्रुबमा छ भनेर चिनाइए। तर खोइ पुरानो कम्युनिष्टको त के कुरो जंगलको खाटी कम्नियुष्ट पनि बहुदल तिर तेर्सियो। अब क्यारेमबोर्डका गोटीको निसाना दुइ ध्रुब रहेनन, सहस्र गोटी छरपस्ट जुन प्वाल नजीक उतै तेसारीने भए।

केही पहिले एउटा कमरेडको कथा पढेको थिए। सारै घतपरेको थियो। लेखकका साथीका जस्तै मेरा साथीका बुवा पनि नेपालकै नं १ बामपन्थी लेखक हुन। भनौं न कुनै पार्टी तिर नलागेका असली कमरेड । देशै हल्लाएर लेख्ने। तिनैको गाला तासिएको अनुहार सम्झेर कथा सकाएको थिए। केही समय पछि अर्का परिचित मित्रलाइ कमरेडको बखान दिन मन लाग्यो। हुन पनि नेपालमा यस्तै यस्तै कमरेड छन बजारभरी। मरिगए भेटीएन त्यो कथा। कथा यसरी भिजेको थियो मनमा, आफै पुन लेखौं कि जस्तो लागेको थियो। लेख्ने लेखक साझाको चौतारीमा आउने गालब हुन कि जस्तो लागेको थियो, तर सोध्दा हैन रहेछन। कस्तो रसिलो लेख जहिले सम्झदा पनि मानसपटलमा ताजै रहने। न त मैले पुनर लेखन नै गर्न सकें नत गुगलमाताले नै साथ दिइन। ति लेख र त्यो कथा धमिलो बनि हरायो आकाशमा। आज “दौतरी Followers” क्लिक गरेको त, "लौ कथाको रसवरी त त्यही पो रहेछ"। अब मेरो खस्रा शब्दको गाठो पारेर त्यही रसिलो रसबरीको पोको खोल्दै छु। उनै पुरान मित्र गोतामेको बाम नेता...

"पुराना वाम नेताको एक दिन"

'पुराना वाम नेता' बिहान साढे आठ बजे उठ्छन् र चूरोट च्यापेर शौचालयतिरको यात्रामा निस्कन्छन्। एकछिनपछि प्रतिकृयावादीहरुलाई बगाएर (फ्लश गरेर) आऊँछन्, दाँत मल्छन्, मुख धुन्छन् र अचानक चाल पाऊँछन् धङ्धङे छ र टाउको दुखिरहेछ । बगैँचाको कुर्सीमा बसेर कालो कफीको चुस्की लिँदै अखवारहरु पढ्छन। सबैको पहिलो पाना ध्यान दिएर हेर्छन्, केहि नपाएर रिसाएजस्तो देखिन्छन् र मुर्मुरिन्छन् । अनि फेरि भित्री पानाहरु हेर्न थाल्छन्। एउटा पत्रिकाको एउटा कुनामा देख्छन् "--------'पुराना वाम नेता' श्री रुसभक्त-चीनमित्र दिल्लीमा उपचार गराई फर्कनुभएको छ।----" भन्ने चार लाइनको समाचार छ। फर्केको एक हप्ता भइसक्यो, बल्ल पत्रिकाले लेख्यो, फेरि त्यो पनि भित्री पानामा यति थोरै छुस्स! कालो निलो हुन्छन् 'पुराना वाम नेता', आफूलाई आजभोलिका "गुलेली बोकेर चरा मार्न हिँड्ने जस्ता" (उहाँलेनै आविष्कार गर्नु भएको विशेषण) पत्रकारले भुत्ला समान पनि नगनेको देखेर ।

पुराना वाम नेता पत्रिकाहरु एकातिर हुर्र्याऊँछन् र एकछिन त्यत्तिकै टोलाऊँछन्। 'श्रीमती पुराना वाम नेता' मन्दिरबाट आईपुग्छिन्, श्रीमानलाई टिका लगाईदिन्छिन्,टाउकोमा फूल राखिदिन्छन्।

एघारबजे 'पुराना वाम नेता' "भूजा" ज्यूनार गर्छन्; कान्छाले किनेर ल्याएको, बाहुनी बज्यैले पकाएको र बुहारीले पस्केको भूजा। उनी अघाऊँछन्, डकार्छन्, चूठ्छन् र सुत्न जान्छन्। 'श्रीमती पुराना वाम नेता' उनको पुरासंग खान थाल्छिन्। सुत्नै आँटेका थिए 'पुराना वाम नेता', फोन आऊँछ एक जना साथीको। उनकी कान्छी छोरी माग्दैछ साथीले आफ्नो भाञ्जाको लागि। "छोरी नआइ के कुरा गर्नु र खै! आजभोलिका पढेलेखेका छोरीहरु-----" आदि अण्टसण्ट बोलेर अल्मल्याऊँछन् साथीलाई र फोन राखिदिन्छन्।

जबकि केहि दिन अघिमात्रै छोरीले चीनबाट फोन गरेकी थिई उतै संगै पढ्ने एउटा नेपाली केटासंग बिहे गरें र दुबै जागिर खाँदैछौँ कुनै बिदेशी कम्पनीमा भनेर। जर्मनीमा पढ्दै गरेकी जेठी छोरी कुइरेसंग बिहे गरेर अमेरिका पसेकी उताको उतै छे। तै यल्ले त नेपालीसंगै गरिछे, ठिकै भो। बरु बेलाबेलामा आफ्नी बूढीलाई सम्झाउन भने उनलाई साह्रै गाह्रो हुन्छ। जोरिपारीको अगाडि टन्न दाइजो दिएर छोरीहरुको बिहे गर्दिन नपाएको पीरले सुकेकी छिन् "श्रीमती पुराना वाम नेता" ।

कल्चर सीटमा पढाए उनले छोरीहरुलाई र कान्छो छोरोलाई भने आफ्नै खर्च भरेर अमेरिका पढ्न पठाएका हुन तर छोराले पढ्छ कि काम गर्छ उनलाई थाहा छैन। जेठो छोरो एउटा ठूलै एनजीओ चलाऊँछ र पजेरो चढेर हिँड्छ। बच्चैदेखिको एक नम्बरको स्वाँठले यति गर्नसक्यो, दंग छन् उनि।

नेपालमा क्रान्ति भएको र आफूलाई गद्दार भनेर चौबाटोमा झुण्डाएको सपना देखेपछि आत्तिएर ब्युँझन्छन् "पुराना वाम नेता" । जीऊ पसिना-पसिना भएको रहेछ। आधा घण्टा लगाएर नुहाऊँछन् गीतविनाको धून सुसेल्दै र सपना बिर्सन्छन्।

साढे तीन बज्छ। पेण्ट, शर्ट, स्पोर्टस् जुत्ता र कालो चश्माले सजिएर उनी निस्कन्छन्। घुम्दै-घुम्दै नया सडक पुग्छन्,एक ठाऊँमा पान खान्छन् र विस्तारै रत्नपार्कतिर लाग्छन् 'पुराना वाम नेता'। सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता भेट हुन्छ, पहिले उनको विरोधी खेमाको, अहिले उनकै खेमाको (याने 'पुराना' खेमाको!) दुई जनाको गफ शुरु हुन्छ ।  दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ इल सम्मको। कहिले चश्मा मिलाऊँदै र कहिले एक हात पेण्टको खल्तीमा राखेर, दाहिने हातको चोर औँलो ठड्याई, उभिई उभिइ पालै पालो ठूलो ठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो हो, घोर घमासान वाक्युध्द भइरहेछ।
एकछिन पछि दुबै थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेष्टूरां पुग्छन्। 'पुराना वाम नेता' र 'साथी पुराना वाम नेता' आजभोलि बियर मात्र पिऊँछन्। बियर र छोइला-सेकुवा आदिका साथ गाली रामायण शुरु हुन्छ।

"फलानो, फलानो, फलानो जाँठाहरु सब दरबारका हुन्!" जबकि दुबैलाई भित्री मनमा विश्वाश छ, आऊँदो राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने। "फलानोले फलानो किताब चोरेर लेखेको हो, त्यल्ले लेख्नै जान्दैन।" जबकि किताब प्रकाशन गर्न त उनीहरुलाई पनि मन छ (काश लेख्न सकेको भए!) यसैगरी रातको एघार बज्छ, 'पुराना वाम नेता'को छोरो आइपुग्छ गाडी लिएर। 'साथी पुराना वाम नेता'लाई डिल्लीबजार छोडेर गाडी टंगालतिर लाग्छ।

घर पुगेर सुत्दा 'पुराना वाम नेता'को मन खुशीले फूलिरहेको हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र छोराछोरीलाई मान्छे बनाइएछ; जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण, विद्यार्थी जीवनको जोश र आकांक्षा आदि पनि उनको दिमागमा अष्पष्ट रुपले आउन थाल्छन्। तर त्यतिखेरसम्म 'पुराना वाम नेता' निदाइसक्छन्।

(सक्कली कथा http://gautambasanta.blogspot.com/ मा छ)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters