gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 148492 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-17-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु स्वस्थानी सुन्न ल म नि बसे ।
 
Posted on 01-17-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालवलाई कोटि कोटि धन्यवाद, चौतारीलाई कति सुन्दर पार्क बनाएछन्।

गालव, राहुल दाइ, गोताएँ दाइ, नेपे दाइ, भट्टे, यामे, चित्रे, ग्वाँचे, हरी, मिस् सबैलाइ नमस्कार !!

ठुली सन्चै?
 
Posted on 01-17-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानु के छ ?
 
Posted on 01-17-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ ठुली, तिम्रो नि? खै त नेपालको फोटो?
सबैजना स्वस्थानीलाई कुरेर बसिराछन्, गालव लेख्नमा बिजि होला।
ल यसैबिच मैले एउटा टुक्रा सम्झना राखे है त।

***********************************************************************

म नौ class मा पढदै गर्दा मेरो class को एकजना साथी निशाको बिहे हुने भयो। उनले पढाईमा त्यति राम्रो गर्न नसकेकीले हुनसक्छ उनका बाबुआमाले उन्को बिहे गरिदिने निर्णय गरेका।

हामी करिब १० जना class का साथीहरुलाई बिहेको निम्तो आयो। हामी सबै एकदम उत्साहित थियौँ र अब के लुगा लगाउने बिहेमा, के gifts किन्ने भन्ने प्लान गर्न थाल्यौँ। लामो छलफलपछि सबैजनाले पैसा जम्मा गरेर सङ्गै gifts किन्ने भन्ने निर्णयमा पुगेम्। जम्मा जम्मी १ हजार् रुपिया भयो र अब के किन्ने भन्ने छलफल हुन थाल्यो। त्यसपछि बिहेको केहि दिन अगाडि हामी सबैजना बजार गयौँ र केही राम्रा राम्रा उपहारहरु किनेर, राम्रो सित gift wrap पनि गराएम्।

बिहेको दिन पनि आयो, ४-५ जना हामी king's way मा भेला भएर जाने अनि बाँकी अरु चाहिँ सिधै बिहे घरमा भेट्ने कुरो थियो। king's way मा सबै भेला भएपछि मेरो एउटी साथी जुलीलाई ice cream खान औधि मन लाग्यो रे अनि हामीलाई जाम् कि जाम् निरुलाज् भनेर कराउन थाली, जानै पर्ने भयो। triple sundae खाने मिठो हुन्छ भन्न थाले सबै। मलाई पछाडी कुमतिर चिसो चिसो लाग्यो, यसो कुममा छाम्छु त हातभरी ice cream आउँछ बा, कस्तो ए यो के हो कस्ले मेरो कुममा ice cream खसालेछ oh god, अब के गर्नी भन्दै म कराउन थालेँ। रश्मीले पेपर् ल्याएर मेरो लुगा सफा गरिदि। एकदम् बोर् लागिरह्यो, ice cream लागेर पुछ्या लुगामा बिहेमा जानु पर्दा।

त्यसपछि taxi लिएर निशाको घर तिर लागेम्।
हामीसङ्ग जम्मा त्यो ट्यक्सीलाई दिने पैसा मात्र बाँकी रहेछ भन्ने कुरो थाहा भयो एकछिनको गाँइगुँइ सक्किएपछि। अब फर्किने कसरी होला भन्ने पिर पर्यो सबैलाई। "पख् न पख् केही भैहाल्छ नि अरु साथीहरु त भेट् भै हाल्छ नि त्यहा अनि तिनीहरुसँ त होलानि पैसा सबै हामी जस्तै पागल् हुन्छन् त बिहे खान ice cream खाएर जाने?" भनी एउटिले।

बिहे घर आइपुगेपछि त्यो ड्राइभरलाई भाडा तिरेर सानो उकालो मा हिँड्न थालेम् बिहे घर पुग्न, सबैलाई फर्किने कसरी भन्ने चिन्ताले सताइरहेको थियो। एक्कासी रश्मी कराइ "Gifts खोई?"
ट्याक्सी बुढो मान्छे खोच्याउँदै झैँ जोल्टिङ्गमा झुम्दै निक्कै पर पुगिसकेछ।
 
Posted on 01-17-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात्! यो बिर्खे माईलाको!

यिनी नेपे दाई ५-७ भाग बिरा'र चौतारिमा कुरो लेख्छन् तर मजाओ लेख्छन गाँठे!

हे हे हे सान्नानि जे हुनु हुनामि हुनु छ तिम्रो बिहे मै जाँदा हुने रहेछ फेरि! कहिले पेन्सिल हिल, कहिले आइसकृम काण्ड! अनि गिफ्ट चाहिँ बिर्सेछन हे हे हे:)
 
Posted on 01-17-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई कस्तो हुनुहुन्छ ?
सानानु तिमी कहिले बिहे गेर्ने ?
 
Posted on 01-17-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ठिकै छु ठुल्नानि! यहाँ कत्ति हिउँ परेको छ। सबै सेतो छ बाहिर। आज काम पनि बिदा! :)

ठुल्नानु तिमी कहिले बिहे गेर्ने? :)
 
Posted on 01-17-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते मामा, बिदा भो रे? :O
क्यार्दै तनि?

हे हे हे सान्नानि जे हुनु हुनामि हुनु छ तिम्रो बिहे मै जाँदा हुने रहेछ फेरि! कहिले पेन्सिल हिल, कहिले आइसकृम काण्ड! अनि गिफ्ट चाहिँ बिर्सेछन हे हे हे:)
 
Posted on 01-17-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि भान्जो, सबै बन्द रातभरि हिउँ परेछ!
अहिले घरमै बसिरा। झ्याल बाहिर हेर्दे बच्चा जस्तो अनेक कुरा सोचेर बसिरा :)
 
Posted on 01-17-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - १३
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

सुर्यनारायणले पश्चिमी क्षितिजबाट पहेंलो किरण फालेर बिदा लिएको बेला छ। चारवटा भित्तामा जडान गरिएको बिजुली बत्तीको चहकलाई मधुरो बनाई कोठालाई अलि अँधेरो बनाइएको छ। त्यसको सट्टामा कोठाको बिचमा राखिएका चारवटा टेबुलहरुमाथिका मैन बत्तीका प्रकाशले उज्यालो थपेका छन्। ती चार टेबुलहरु लगातार जोडेर लामो बनाइएको छ । प्रत्येक टेबुलको पछाडि दुई वटा आरामदायी कुर्चीहरु राखिएका छन्। अगाडिपट्टि ती टेबुलसँग समानान्तर हुने गरी लाम्चो आकारको स्टेज जस्तो, भूईंबाट अलि अग्लो, भाग छ जसमा पुरै कार्पेट लगाइएको छ र बीचमा चकटी आकारका दुईवटा बाघका छाला ओच्छ्याइएको छ। दाहिनेपट्टिको छालाको चकटीमा एक अधवैंशे उमेरका व्यक्ति विराजमान छन्। उनका लामा जगल्टाहरुलाई सर्पले बेरेर सम्याएका, घाँटी र नाडीमा सर्प र रुद्राक्ष बेरिएका, शरीरभरि खरानी धसेका, अनि बाघको छालाको कट्टु लगाएका हुनाले उनी शिवजी हुन् भन्ने अन्दाज गर्न सजिलै सकिन्छ। (ल, सबैले कोटी कोटी नमस्कार गर्नुहोस्।) शिवजी अलि अधीर र बिचलित मुद्रामा छटपटाइरहेको भान हुन्छ।

शिवजी पार्वती! ए पार्वती! हैन तिनीहरु अँझै आइपुगेनन्? बोला'को समय त भइसक्यो। किन यस्तो ढिला गर्छन् बा!

पार्वती (भित्री कोठाबाटै) हजुर। आउँदै होलान् नि! तपाईंलाई नि कति हतार भा'को? नेपालीहरुको देउता भएसि नेपाली समय त अलिअलि भइहाल्छ नि।

शिवजी हैन। चाँडै आए भने चाँडै शुरु गर्न पाइन्थ्यो।

पार्वती आ! होस्। आफूले खाना पुरै बनाइभ्या' नि छैन।

शिवजी (उठेर भित्तामा टाँसेर राखिएको फोन डायल गरेको केही क्षण पश्चात) हेलो! अमरावती हो?
म कैलाशबाट शिब बोल्दै छु।
ए, ठिकै छ। अनि सुन त बाबु, इन्द्र त्यहीं छन् कि हिंडिसके?
ऐरावत हात्तीमा हिंडेको रे? खुरुक्क अन्तर्ध्यान भएर नआ'र किन बसाहामा चढेर आउन पर्या होला नि? झन् बेलुका अड्डा जमाउँला भन्या' त।
हात्तीमा आए पनि अड्डा जमाउन मिलिहाल्छ रे? कहाँ मिल्छ? देउताका राजा भ'र नि ड्रिङ्क् ड्राइभ गर्न मिल्छ?
हिंडिसक्या भए भइहाल्यो। ल त बाबु। (फोन रिसिभरमा राख्छन्)

पार्वती (भित्रैबाट) तपाईंलाई चैं किन फोनै गरेर सोध्न परेको नि? ध्यानदृष्टिले बिचार गरेर हेरेको भए भइहाल्थ्यो नि!

शिवजी ध्यानदृष्टिले हेर्नलाई फेरि मेडिटेसन् गर्न पर्छ। अलि ट्याम लाग्छ। झन त्यो भन्दा पनि प्राइभेसीको कुरा आउँछ। उनको हरेक क्रियाकलाप ध्यानदृष्टिले हेरिदियो भने बिचराको प्राइभेट लाइफ नै हुँदैन। (यत्तिकैमा बाहिर रुखको हाँगो भाँच्चिएको आवाज आउँछ।)

पार्वती केको आवाज हो हेरेर आउँछु। (एकछिन पछि बाहिरबाटै) ए, ईन्द्रजी आइपुगेछन् त। दर्शन् दर्शन्। पर्दैन, पर्दैन खुट्टामा ढोग्न त। अहिलेको जमानामा नमस्कार गरे पुग्छ।

ईन्द्र (बाहिर पार्वतीसँग बात मार्दै) के गर्नु हेर्नुस् न! बाटोमा यो ऐरावते रुख देख्ने बित्तिकै खानीकुरा खान खोजिहाल्छ। हजुरको आँगनको यो बोटको हाँगो पनि भाँचिदियो। आजभोलि यो छाडा भा'छ। बरु कहाँ बाँध्ने होला यो हात्ती?

पार्वती क्यै छैन। यस्तो रुख पछि लगाउँला। ऐरावतलाई त्यही रुखको फेदमा बाँधे हुन्छ। (एकै छिनमा पार्वतीको पछि पछि ईन्द्र आफ्ना छ जना अंगरक्षकसहित कोठामा पस्छन्।)

शिवजी (ईन्द्र र उनीसँग आएकाहरुको दण्डवत स्वीकार गरिसकेपछि टेबुलपछाडिको कुर्चीहरुमा बस्ने ईशारा गर्दै) ल, बस, बस। हामी तिमीलाई नै कुर्दै थियौं।

ईन्द्र (सबैजना टेबुलमा बसिसक्छन्। पार्वती भने फेरि अघिकै कोठामा फर्किन्छिन्) अनि प्रभो! हजुर त धेरै समयका लागि नै वेपत्ता हुनुभयो। कैलाश र स्वर्ग पुरै सुनसान भयो। कतै फेरि हामीलाई माया मारेर तपस्या गर्न त हिंड्नुभएन भनेर पीर मानिरा'।

शिवजी हैन हैन। यसचोटि मर्त्यतिर घुम्न भनेर गएको थिएँ। पहिलो पटक जाँदा कान्तिपुरतिर २-४ दिनभन्दा घुम्न पा' थिइन। मेरो भक्तहरु पनि थुप्रो रहेछन् नि त कान्तिपुरतिर। के नेपाली, के विदेशी? के गोरा? के काला? जता गए नि जो पनि "जय संभु!" भन्दै गाँजा तान्ने। पहिलो पटक जाँदा पनि अँझै बस्नुहोस् प्रभो भनेर कर गरिराख्या' थिए। अलि व्यस्तताले गर्दा टाइम दिन पाएको थिइन; तिमी पनि मलाई भेट्न भनेर कैलाशसम्म आ'थ्यौ क्यारे! अनि हतार हतार मै फर्किन पर्या'थ्यो। यसचोटि चाहिं अलि फुर्सद मिलाएर ७-८ वर्ष उतैतिर बसें। (यत्तिकैमा एउटा ट्रेमा चिया बोकेर पार्वती आउँछिन्। ईन्द्रको अगाडि चिया राखिदिएपछि शिवलाई पनि एक गिलास पुग्न दिन्छिन्। त्यसबेलामा उनी शिवजीलाई आँखा तरेर हेर्छिन्। शिवजी पनि उनलाई आँखा झिम्क्याएर चुप रहन संकेत दिन्छन्।) खुब रमाइलो भो। दिनदिनै जसो बाहिर निस्कियो। शिकार खेल्न गइयो। चितवन भन्ने ठाउँमा जंगल सफारी गरियो, अनि नारायणीमा जलबिहार पनि गरियो। (पार्वती त्यसपछि अरु सबैलाई चिया राखिदिएर रित्तो ट्रे बोकी फर्किन्छिन्।)

ईन्द्र ए! रमाइलो भएछ नि त प्रभो। अनि खानेकुरा पनि त मीठो-मीठो खान्छन् रे मर्त्यमा भन्ने सुन्छु त।

शिवजी खाना को त कुरै नगर। मर्त्यमा कति मिठा मिठा खाना भने कुरै नगर। हाम्रा चौरासी व्यञ्जनभन्दा मिठा। अँझ, गौशाला भन्ने ठाउँमा म:म भन्ने खानेकुराको त कुरै नगरौं। (अलि ठुलो स्वरमा) पार्वती! ल, ईन्द्रजीलाई म:म ख्वाऊ त। बना'की छु भन्या हैन?

पार्वती हजुर, अहिल्यै ल्याएँ। (पार्वती एउटा ठुलो प्लेटमा मासु र अर्को प्लेटमा रोटी बोकेर ल्याएर ईन्द्रको अगाडि राखिदिन्छिन्। फेरि एक पटक कोठामा फर्केर अर्को सानो प्लेटमा दुईवटा रोटी र अलिकति मासु राखेर शिवजीको अगाडि राखिदिन्छिन्)

शिवजी (पार्वतीसित साउती मार्दै) खै त म:म? यो त रोटी र मासु पो त।

पार्वती (शिवजीले मात्रै सुन्ने गरी) अनि, तपाईंले भित्र मासु, बाहिर पिठो पकाऊ भन्नुभा' हैन? त्यही भ'र भित्री कोठामा यो मासु पकाएँ र बाहिर आँगनमा चुलो लगा'र रोटी पकाएँ। यही त होला नि म:म। आफूले देख्या छैन के रे!

शिवजी (अँझै पनि मधुर आवाजमा) त्यसो भन्या हो त लाटी? पिठो भित्र मासु राखेर लड्डु बना'र पकाऊ पो भन्या त।

पार्वती (झर्किंदै) ऊ बेलामा भित्र मासु, बाहिर पिठो पकाऊ भन्नुभो। अहिले फरक कुरा गर्नुहुन्छ।

शिवजी ल ठिकै छ। बरु यो ईन्द्र पनि मर्त्यतिर गएर म:म खान बस्यो भने बरबाद हुनेभो। (ईन्द्रसँग बात मार्दै) अँ, म भन्दै थिएँ। अहिले तर नेपालतिर त कति बिकास भइसकेछ। खानेकुरा पनि सबै मेसिनमा पकाउँदा रहेछन्। कहाँसम्म भने भात त कसौंडीमा पकाउन छोडिसकेछन्; सबैजजना राइसकुकर भन्ने भाँडो चलाउँदा रहेछन्। मलाई पनि लैजानुस् लैजानुस् भनेर कर गरे। अनि एउटा बोकेर आएँ।

ईन्द्र ए! तर यत्रो अग्लो ठाउँमा भात राम्ररी पाक्छ र प्रभो? पानीको बोइलिङ् प्वाइन्ट त यहाँ धेरै कम हुन्छ क्यारे नि। त्यसै भएर आफूले स्वर्गमा भात खानै पाएको छैन। कहिलेकाहीं भोजभतेरमा मर्त्य जाँदा चाख्ने मात्रै हो। (पार्वतीले तरकारी, माछा, मासु, दुध, दही, घ्यू, करेलाको अचार, गोलभेंडाको अचार आदि टेबुलमा ल्याएर राख्छिन्।)

शिवजी त्यसको चिन्तै नगर। त्यो भाँडोले आफैं गरिदिंदो रहेछ। आजको यो डिनरमा पार्वतीले नेपालबाट ल्याएको मसिनो चामललाई त्यही राइस कुकरमा पकाउन लागेकी छिन्। यी परिकार सबै भातमा मुछेर खाँदा त बहुत आनन्द आउँछ। (अलि ठुलो स्वरमा) पार्वती! ल, ईन्द्रलाई राइसकुकरमा पका'को मसिनो भात खुवाऊ। (सबैजना आफ्ना आफ्ना थालमा ती परिकार राख्न थाल्छन्।)

पार्वती (खाली हात आउँछिन्। शिवजीसम्म पुगेर बिस्तारै बोल्छिन्) ए हजुर! मैले त त्यो राइस कुकर हो कि कुकुर हो बटन थिच्नै बिर्सेछु।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे त्रयोदशोध्याय॥१३॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-17-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई, साह्रै राम्रो चौतारी बनाएछन गालब ले। धेरै धेरै धन्यबाद छ है। हे हे कुम्लेले १००१औँ इ-प्रेमीकाको ठेगाना खोज्न थालिसक्या हो? :p :p

ही ही ही ही ही भान्जी। आइसकृम खाने सुरमा आइसकृम चुहेर कपडामा लाग्दा सम्म थाह नपाउने। फेरि कपडाको पीरले गिफ्ट नै छुटेको थाह नपाउने। कस्ता केटीहरु होलान्। :p :-)
कि सबैले आ-आफ्नो बिहेको कल्पनामा डुब्दाव छुटेको हो गिफ्ट? :-) :p :p जे होस साह्रै रमाइलो लाग्यो। अनि त्यो निशा भन्ने चैँ निशान्तेको कुम्भको मेलामा हराएकी जुड्वा बुइनी त होइन ? :p

नमस्ते है जिम्माल बा ! हैन त्यो निधारमा के को टुटिल्को उठेको हो? बारुलाले टोकेको हो कि ! टाउकोमा पीलो आ'को भन्ने त अहिले सम्म सुनेको छैन। फेरि जिम्माल्नी आमा पनि त्यति राजी-खुसी देखिन्नन् त, आज ठाक-ठूक परेछ कि त बुढा-बुढीको। :-)

:-)
-भउते
 
Posted on 01-17-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाइ मेरो बिहे गर्न एउटा राम्रो केतो नि चाँहीयोनी । तेसै ले एस् पाली पोइलो जान पाम भनेर स्वस्थानीब्रत राख्दै छु । :P
 
Posted on 01-17-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब गुरुको स्वस्थानीको नाटकिय स्वरुप निकै रमाइलो रह्यो । भन्जी नानीको आइस् क्रीम को कथा भौते गुरुले भन जस्तै आ-आफ्नो बिहेको स्वप्न संसारमै गिफ्ट छुटेको शंका भयो ।
बिर्खे, यामे, ठुली, भौते, भान्जी नानी, मिस्, चित्रे, निश ब्रो, कुम्ले आदी इत्यादी सबै मा तारेमाम ।
 
Posted on 01-17-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीको बिहेको कथा रमाइलो रहेछ।अनि गिफ्ट ट्याक्सी चढेर गएपछि के गिफ्ट हाल्नुभो त लास्टमा?

गालेको मोडर्न स्वस्थानी मनोरन्जनात्मक लाग्यो, हाँस्य व्यंग्य र कल्पनाशीलताको बेजोड संगम।

हा हा! ठूलीले पोइलो जानको लागि स्वस्थानीको व्रत बसेकी रे? :D :D ल ल :P
 
Posted on 01-17-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे गालब! सार्‍है राम्रो चौतारी बनाएछौ। निकै खुसी लाग्यो। तिमीलाई धेरै धेरै धन्यबाद छ!! तिम्रा सन्तानले डाँडा काँडा ढाकुन्। :-)

सबै गाम्लेहरु समक्ष एउटा निवेदन गर्न चाहन्छु कि मैले त्यो कबिता मेरो इ-प्रेमिकाको ठेगाना पाउने अभियानका रुपमा लेखेको होइन। त्यो त केवल कबितालाई समय सापेक्ष बनाउन अर्थात आजकाल पत्रको साटो इमेल प्रयोग हुने भएको हुनाले लेखेको हुँ। :डि

जहाँ सम्म मेरो १००० जना इ-प्रेमिका छन् भन्ने कुरा आइरहेको छ, म यो कुरा प्रस्ट गराउन चाहन्छु कि मलाई यो इ-प्रेमिका हुन्छ भन्ने कुरामा बिस्वास लाग्दैन र यदि इ-प्रेमिका भन्ने कुरा हुन्छ भने इ-ठेगाना मात्र हो नि चाहिने, त्यो भन्दा अघि बढ्ने बित्तिकै त्यो "इ-प्रेमिका" अगाडीको "इ-" हटाउनुपर्ने हुन्छ, हैन र? फेरि हजारजना बनाउन सक्ने न म सङ्ग रुप छ, न धन छ, न त त्यत्रो ठुलो मन छ। हे हे हे!! :पि

अनि, सान्नानीको कथा नि पढियो, हैन सधैँ किन त्यस्तो हुन्छ तिमीलाई? अनि तिमीहरु त्यो ट्याक्सीको पछि पछि दौडेको कुरो चाँहि किन नलेख्या? ल ल लेखुम लेखुम्, हामी छौँ नि यहाँ पढ्ने। :-)

जिम्माल बा को कविता उता पढेँ, सार्‍है राम्रो लाग्यो। :-)

सबै गाम्लेहरुलाई जदौ!!

:-)
 
Posted on 01-17-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कुम्लेदा' डरा'को :D :D

भाउजु आउन मात्र दिनुस न कुम्लेदा' , मैले कुरा लाइदिएर एकै महिनामा हजुरलाई पुन्टेदाई हुने गरी भुत्ल्याउन लगाइन छु भने त के ! :p :p

ठट्टै ठट्टामा नि कुम्लेदा' यस्तो डराउनी? साँच्ची पीर परेको हो भने म मेरो शब्द फिर्ता लिन तयार छु के रे :p :-) सबैले ख्याउ ख्याउती पारे, मयाँ लागेर आयो के हजुरको। :-)
 
Posted on 01-17-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो भउते गुरु, कुम्ले ब्रो लाई तर्साईदेको क्या हो??
कुम्ले ब्रो क्या पीर गरेको जस्तो गर्देको नि फेरी :-)

गालब ले स्वस्थानी आज चैं नाटकीय रूपमा पस्केछ, मानें गुरु---
 
Posted on 01-17-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गालेको अत्याधुनिक स्वस्थानि!

मलाई एउटा घटना याद आयो।
ठुल्दाई, निशे, कुम्ले र नेप्चे मिलेर पशुपतिमा बसेर गाँजा तानिरहेका रहेछन् एकदिन्। त्यहि बेला महादेव पनि मान्छेको भेष लिएर घुम्दै घुम्दै पशुपती पुगेछन्। ४ जना बसेर मजाले गाँजा तानेको देखेर महादेवलाई पनि तलतल लागेछ र त्यहाँ सम्मिलित हुन पुगेछन्।

महादेव- " के छ साथिहरु एक चिलिम तान्न पाइएला?"

राहुल ठुल्दाई- " कबिता सबिता सबै रमिता दाम पनि छैन काम पनि छैन तानुम एक चिलिम कि कसो मिस? ओहो मिस त हुलुस तिर पो जानुभा छ त !"

महादेव ससर्केर अगाडि बढेछन्।

निशे – “आँssच स्ट्र्यान्जर ब्रो हरिप हान्छ हौ राहुल सुड्डाको चिलिमले त, ज्वाइन गर ल!”

कुम्ले – “ आउनुहोस हामि संग बसेर गाँजा तान्नुहोस र सबै कुरा बिर्सनुहोस :-) !”

नेप्चेले एउटा चिलिम महादेव तिर दियो। महादेवले सरासर ५-७ सर्को लगाए।
सर्को लगाउने सिलसिला चल्दै गयो, महादेव त महादेव थिए अलि अलिले नछुने।

नेप्चे- “ ल चिलिम त तानियो, अब परिचय पाम न!”

महादेव – “ म महादेव पार्वतीको पोइ कैलाश बाट नेपाल घुम्न आएको!”

सबै ट्वाल्ल परेर महादेवलाई हेरेछन्।

निशे – “ खित् खित् खित् …हा हा हा ….लोल…..आँच सोमलाई हर्रामि लागेर बबाल झ्याप भएछन्तनि हौ, कुन झारे हो झ्यापको सुरमा आफैँलाई महादेव रे फिरि..खित् खित् खित्”

अनि त्यहाँबाट महादेव “यि नेपालका ठिटाहरु संग केहि नलाग्ने रहेछ भनेर अन्तर्ध्यान भएछन्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters