gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 89360 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-11-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता अन्मरिएछन सप्पै? सुन्सान छ त ।
 
Posted on 12-11-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या कता अन्मारिएछन् सप्पै :D
 
Posted on 12-11-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ साथी तिरु के छ तिम्रो, मेरो त ठिकै छ, कता हराएको नि तिमि? हरी के छ?
 
Posted on 12-11-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीलाई तेति मजाओ कारडको लागि धन्देबात्! :)

गालऊ तो घुँडा गोलि ला'र तल खसो भन्दा म नि एउबाजि त अचम्ममा परेओ भन्या!
जे होस कथा मजाओ लाओ :)

दीप प्रभो धन्यवाद्!
क्यार्नु उमेर चाइन्जो दिन दुईगुना रात चारगुना छिप्पेओ छिप्प्यै छ मन मोरो चाईँ कलिलोओ कलिलै!

..सुर्खैतैमा सालिना बुलबुले ताल
मन तरुनो सालिना ज्यान बुढो यो चाल..


हरितालिके, तितौरी र सान्नानीलाई जदौ!
 
Posted on 12-11-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा दर्शन् आज त जम्का भेटै भो नि नत्र त जिम्माल् बाल् लाइ भेट्नै गारो अचेल् त।
अनि केक् खै त हम्रो भाग्? :D
 
Posted on 12-11-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते मोरोले अउँरेजिआँ शुभकामना द्या रेछ, बुझ्दै नबुझिरा....म बुडोओ जन्मदिनको कुरा अरेका हुन राते। धेरै धन्देबात छ!
 
Posted on 12-11-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ सान्नानि साथि अनि तिम्लाइ मैले पत्र पठाएको थि नि त ल्याइपुराए न हुलाकि ले :)
 
Posted on 12-11-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु सान्नानि तिउँरो आम्ने बेलाँ मेरो भ्याईनभ्याई, मेरो बेलाँ तिम्रो चटारो! एस्तै भ'र चाइन्जो भेट नभा' हो
आज मजाले साईत जुरो जे होस खुसि लाओ।

सान्नानि, तो केख त; घराँ सन्दुकाँ राखेओ थेँ-
तितौरी आइछिन्, खाइछिन् , रमाईछिन् र गइछिन् !:):)
तिम्लाई नि बाँकि छ अझै चिन्ता नअर!:)
 
Posted on 12-11-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो क्या हो जिम्माल बा, आज त दिउसै दर्शन पाईयो त, जदौ गरेँ है!
सान्नानी मेरो ठिकै छ।
 
Posted on 12-11-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तै छ हरितालिके, चाइन्जो घुँडो दुखेर चट् चट् चट् अरेको अरेइ अरो, त्याँसि हाउँरो राँगे रिकुटेले राईफलको तेलले मालिस अरेर धुपमा बसिलिनोस भनेकोले आज एसो घाम ताप्न निस्केओ चौतारिहुँदि!
 
Posted on 12-11-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल्याईपुर्याएछ, पढेँ मैले, तिर, थ्यान्क् यु :)

म भरे आउछु केक् खान, कल्लाई नि नदिनु है मेरो भाग। :)
ए तितौरी मलाई भन्दै नभनी गाकी, केक् खान? :P
 
Posted on 12-11-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*तिरु भन्या तिर भेछ। :D
 
Posted on 12-11-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केक् को कुरो नगर सान्नानि जिम्माल बा स, सप्पै एक्लै लुकाएर खाइसकेर मुख् पुस्दै आउनु भा'थ्यो हिजो(तर नाक् को टुप्पो मा चै केक् टासिए को देख्नु भएन छ के ) मैले नि सोद्या थि खै मलाइ केक भनेर् घर् म आउ राख्द्या छ मेरो भाग् नि खाउलि आफुलाइ त खानै हुदैन पेट् दुख्छ बुढेस्काल् मा रे :O लो हेर हाम्लाइ थाहा छैन कि के हो अस्तिन गुद्पाक नि त्यसरि नि नै नद्या त हो नि , होइन त सान्नानि? :P
 
Posted on 12-11-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुडा दिनभरि भत्भताइरा' हुन्ते अगेर त।
आज आफ्नो आम्ने मेसो मिलेओ बेलाँ बुडा धोबिनिका तिर लाए अस्तो मानिछु!
कइलेइ सुध्रिने भ'नन यि बुडा नि!
 
Posted on 12-11-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ब्यारे हैन सान्नानि,
कताटि केख खानु ल मुइँले?
तो नाखमा लाएको त, मोई पार्दा पर्दा अलिकता नौनि उछिट्टिएर लाया हो। :)
 
Posted on 12-11-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन अब मैले कस्को कुरा पत्याउनि? :O जे होस् आफुलाई त केक् को लोभ् लाछ के रे, जे भे नि जान्छु भरे जिम्माल् बाकाँ, बुढाले सित्तैँमा भनेका रेछन् भने जिम्मलनी आमैलाई भनेर भक्कु लाउनु पर्छ। :D:D
 
Posted on 12-11-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालनि आमै लाइ कुरा ला'र भकुर्न लाउने रे सान्नानि हेहेहे म पनि आम्छु कुरा लाउन लssssssss ..........:D
 
Posted on 12-11-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे.... जिम्माल्नी त माईत गा'कि छे!
खुच्चिङ!!:)

लु हाकिमसाप को सवारि भओ अस्तो छ, बेलुका कुरो अरम्ला!
 
Posted on 12-11-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालनी आमै लाई भनेर भकुर्न लाउने भनेसी बुढा भाग्या जस्तो छ नि त :)
 
Posted on 12-11-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तै हुनुपर्छ हरि कुरो चाइ बाहिर जे भनेनि आमै स असाध्ये डराउनी नि जिम्माल् बा :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters