[Show all top banners]

h1b
Replies to this thread:

More by h1b
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कम्युनिस्टका गुणहरु

[Please view other pages to see the rest of the postings. Total posts: 77]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 18205 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-02-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्युनिस्टका गुणहरु
१) रास्ट्रीयताका ठूला ठूला कुरा गर्ने अनि अन्तराष्ट्रीयतामा बिस्वास गर्ने।
२) मेरो गोरुको बार्है टक्का भन्ने,अरुको कुरा नसुन्ने।बिरोधिको सफाया गर्ने।
३) समस्या देखाउने,समाधान थाहा नहुने।
४) अधिनायकबादि चरित्र।
५) अरुको डाह गर्ने,आफु मोज गर्ने
६) बोलिका ठेगान नभएका,
७) गरिबलाइ धनि बनाएर होइन कि धनिलाइ गरिब बनाएर समान् समाज हुन्छ भनेर सोच्ने।एउटा नाङ्गो छ भने उस्लाइ लुगा किन्ने वातावरण बनाउने होइन कि सबैलाइ नाङ्गो बनाउने

इनक गुणको चर्चा शेषनागले त गर्न सकेन भने म के सकुला।ल साथिहरुपनि थप्दै जानुस त।।
 
Posted on 02-19-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एमालेको समर्थक हुं। तर अन्ध समर्थक् होइन। अब तिम्रो हिम्मत छ भने भन, तिम्रो आश्था के हो र कम्यूनिस्टहरु प्रति यत्रो घृणा को कारण् के हो?
 
Posted on 02-19-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर के मैनालि अनि तराइ आन्दोलनका हर्ता कर्ता सलिम मिया अन्सारि पनि एमालेकै हुन क्यार।म चाहि कम्यूनिस्टहरुका झूटा नारादेखि वाक्क व्याक्क भएको साधारण नेपालि हुँ।फेरि सोच्नु होला यो त मन्डले हो भनेर।म राजावादि पनि होइन है।म लोकतन्त्रमा विस्वास गर्छु।कुनै पनि प्रकारको अधिनायकवाद मेरा लागि मान्य हुने छैन।चाहे त्यो राजाको तानाशाह होस या कम्युनिस्ट को।न अर्काको टाउको काटेर नेता बन्ने कुरामा मलाइ बिस्वास छ,न त डोजर ले मान्छे मार्ने वादम।न त स्टालिनको जस्तो तानशाहमा।
 
Posted on 02-19-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नराम्रा मान्छेको कुनै पार्टीमा कमि छैन।कांग्रेसबाट पलायन् हुने तुलसी गिरी, परशुनारायण् चौधरी, बिपी कुपुत्र प्रकाश कोइराला आदिको नाम् लिनु भएन नि, कतै तपाई कांग्रेस?
 
Posted on 02-19-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रस्न अति उत्तम लाग्यो।कुनै पार्टिको पनि नहुन मिल्दैन र?यो धागोमा कम्युनिस्टको चर्चा भएकोले नलिएको मात्र हो,तपैले लि हाल्नु भो नत्र काङ्रेसको लागि र मन्डलेहरुको लागि पनि आर्को धगो खोल्ने बिचार थियो।लोकतन्त्रमा विस्वास गर्छु र नया पुस्ताले देश चलाउनु पर्छ भन्ने मान्यता राक्छु। तपाइलाइ अझै इ राजा र पार्टिहरुबाट वाक्क लाग्या छैन भन्या।एमाले नै हैन प्रतिगमन सच्चियो भनेर देउवाको सरकारमा आन्दोलन छोडेर गएको।बिर्सिनु भयो।म एउटा शान्ति चाहने नेपालि मात्र हुँ,कुनै पार्टिगत आस्था छैन प्रभु।
 
Posted on 02-19-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहांसम्म कम्यूनिष्ट अधिनायकवादको कुरा छ, त्यो आधूनिक कम्यूनिष्टहरुले उहिले नै छोडिसके, प्रचण्डको माओबादी पार्टिहरुले पनि छोडिसके, भने पछि,यी पुराना कुरा कोट्ट्याएर कम्यूनिस्टहरुलाइ गाली गर्नूको कुनै तुक् छैन। माओको जमानाको, स्टालिनको जमानाको कुरा गर्नुको पनि कुनै अर्थ छैन। कुरा नेपालको सन्दर्भमा गरौं। चीनमा पानी पर्दा नेपालमा छाता ओडने जमाना गैसक्यो।
 
Posted on 02-19-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए आधुनिक कम्युनिस्टले चाहि के गर्छन कुन्नि? मार्क्सवाद,लेनिनवाद अनि माओवादलाइ आधुनिक कम्युनिस्ट हरुले कसरि परिभसित गर्छन कुन्नि?अलिकति प्रकाश पारिदिनु हुन्थ्यो कि,आधुनिक साम्यवादको रूप कस्तो हुन्छ भनेर।अनि त्यो वादहरु पनि मार्क्स लेनिन र माओले स्वर्गवाट आधुनिकिकरण गरेर पठाइसके कि?एमाले को वाद चाहि कुन हो?
 
Posted on 02-19-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैभन्दा सजिलो भनेको आर्काको खोट केलाउने काम । त्यसमाथि यो पनि खराव, त्यो पनि खराब, त्यसले त्यस्तो गर्याथ्यो, यसले यस्तो गर्याथ्यो भनेर कुर्लने बिद्यामा नेपालीलाइ शायद संसारका कसैले पनि जित्न सक्दैनन होला ।

कम्युनिष्टका नराम्रा कुरो मात्रै कोट्याउछु भनेरै बस्ने भए नि नेपालका कम्युनिष्टहरु अन्त अन्तका कम्युनिष्ट भन्दा इमान्दार, स्पष्ट, उदार, ब्यबहारीक, लचिलो र मानवीय नै छन जस्तो लाग्छ (झापा बिद्रोह र माओबादीका युद्धकालीन बर्बरतालाइ अपवाद मान्ने हो भने)। देशलाइ बिगार्ने मामिलामा त अझै नेपालका खत्तम कम्युनिष्ट भन्दा काँग्रेस, राप्रपा, स्वतन्त्र, पुराना पञ्चलगायतका गैर कम्युनिष्टहरु कैयौ गुणा नै बढी दोषि छन । रायमाझी, मैनाली, ओझा जस्ता अवसरबादीहरु जसले आफुलाइ कम्युनिष्ट नरहेको भनेर घोषणा गरेरै हिडेपछि गरेरका तमाम कर्तूतलाइ पनि कम्युनिष्टकै खेदो खन्न तर्क गर्ने हो भने त्यो भन्दा बेइमानी तर्क के होला र? गलत कुरालाइ पनि सयचोटी दोहोर्याएर साचो बनाउन सकिन्छ, झूठलाइ लुकाउन त्यो भन्दा चर्को झूठको प्रचार गर्नु पर्छ, आलोचनाबाट बच्न आफै पहिला आक्रामक आलोचना गर्न अघि सर्नु पर्छ भन्ने हिटलरी शैलि पछ्याउदै नेपालका गैर कम्युनिष्टका तमाम गलति, कमजोरी र गलत क्रियाकलापको ढाकछोप गर्ने षडयन्त्रको अनुक्रम बनेर कम्युनिष्टलाइ गालीमात्रै गर्ने ध्येयले यो धागो आएको पो हो कि ? यदि त्यसो नहुँदो हो त, यो धागोमा कम्युनिष्टका गुण र दोषको समानुपातिक प्रतिनिधित्व हुनु पर्ने हो, तर त्यसो भएको छैन ।

नेपालको सन्दर्भमा यो नै सबभन्दा उत्तम हो भन्ने अवस्था नभएको र खाली गाली मात्रै गरेर पनि नहुने भएको ले खरावहरुबीच धेरै खराव र थोरै खराब भनेर हेर्नु पर्ने अवस्था छ । कम्युनिष्टहरु गैर कम्युनिष्ट भन्दा थोरै खराव भएको कुरा अहिले सम्मलाइ साँचो हो , तर भोलि के होला कसलाइ के थाहा ?
 
Posted on 02-19-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चनाजि हामिले त कम्युनिस्टका गुणहरु नदेखेर नलेख्या हो।अब तपाइले नै झापा आन्दोलन र माओवादिका बिगत आन्दोलनलाइ अपवाद मानेर कम्युनिस्टका गुणहरु व्याख्या गरि म अज्ञानि लाइ अलि कति ज्ञान प्रदान गर्नु हुन्थ्यो कि? तेहि २ वटा आन्दोलनले नै उनिहरुलाइ आजको उचाइमा पुर्याको हुनाले अब तेस्लाइ नै अपवाद माने पछि त चर्चाको लागि के नै बाँकि रह्यो र?तै पनि केहि भेति हाल्नु पो हुन्छ कि राम्र कुरा।
 
Posted on 02-19-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औपचारिकरुपमा कुनै पनि पार्टिको मान्छे नहुन सकिन्छ। पार्टिको हुनै पर्छ भन्ने छैन। तर प्रजातन्त्र वा लोकतन्त्रमा बिश्वास गर्ने मान्छे कुनै न कुनै रुपमा कुनै पार्टी संग नजिक हुन्छ हुन्छ। तपाईलाई कम्यूनिष्टबिरोधी कुराहरु यति धेरै थाहा छ भने तपाई एकदम् तटस्थ हुनै सक्दैन। जहांसम्म एमालेले प्रतिगमन आधा सच्चियो भनेर शेर बहादुरसंग सरकारमा गएको कुरो छ, राजाले शेर बहादुरको बैधानिक सरकारलाई अपदस्थ गरेर प्रजातन्त्रको घांटी निमोठेकाले शेर बहदुरको पुनर्नियुक्ति पछि सैद्धान्तिकरुपमा प्रतिगमन सच्चिएको मान पर्ने हो। प्रतिगमन चाहि उल्टाउन पर्ने तर शेर बहादुरको पुनर्नियुक्ति चाहि हुन नहुने गिरिजाको अडान् रह्यो, सातदलहरुको तर्फबाट नेता दाबी गर्ने माधवलाइ प्रम दिएनन। शेर बहदुरलाई प्रम स्वीकार नगरेर गिरिजा आफै प्रम हुन तयार भैसकेका थिए। राजाका चर्का बिरोधी गगन र नरहरीलाइ उल्तै दरबारबाट संचालित जस्ता आरोप लगाएर उनीहरुलाई आन्दोलनबाट पछि हटाउन खोजियो।र प्रम खाने तयारीमा गिरिजा आन्दोलनमा सुस्त भैसकेका थिए।त्यो एमालेले बुझि हाल्यो। सत्ताको राजनितिमा दाउपेच चलि हाल्छ। गिरिजा बाबु आफु प्रम हुन चांहि तयार, त्यसो हुंदा प्रतिगमन सच्चिएको हुने तर अरु प्रम हुंदा प्रतिगमन सच्चिएको नहुने। त्यसो भएर आन्दोलन जारी राख्नु बाहेक अर्को विकल्प रहेन।
 
Posted on 02-19-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

H1B जी, निद्रा नपरे नि निदाएको स्वाँग रच्नेलाइ ब्युताउँन सकिन्न रे क्या, म त्यो निरर्थक प्रयास नगर्ने पक्षमा ।
 
Posted on 02-19-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहांसम्म एमालेले प्रतिगमन आधा सच्चियो भनेर शेर बहादुरसंग सरकारमा गएको कुरो छ, राजाले शेर बहादुरको बैधानिक सरकारलाई अपदस्थ गरेर प्रजातन्त्रको घांटी निमोठेकाले शेर बहदुरको पुनर्नियुक्ति पछि सैद्धान्तिकरुपमा प्रतिगमन सच्चिएको मान पर्ने हो। प्रतिगमन चाहि उल्टाउन पर्ने तर शेर बहादुरको पुनर्नियुक्ति चाहि हुन नहुने गिरिजाको अडान् रह्यो, सातदलहरुको तर्फबाट नेता दाबी गर्ने माधवलाइ प्रम दिएनन।

गिरिजाको पदलोलुपताको त यहाँ कुरै नगरु।त्यो सबैले बुझेकै कुरा हो।तर तपाइको तर्कलाइ मान्ने हो भने त अब फेरि राजाले कू गरेर अनि फेरि केहि समय पछि ल ल अब प्रधानमन्त्री छानेर ल्यावो भन्यो भने फेरि अब प्रतिगमन् सच्चियो भनेर बुझ्नु पर्‍यो।देश ज्ञानेको सम्पति हो?
 
Posted on 02-19-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनाजि को निदाइरहेको छ त्यो त समयले देखाउँछ।
 
Posted on 02-19-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No matter if these people are Communists or the "Caangressi" they belong to the same "dyaang". They do big talks on democracy & over-sell democracy and fool Nepali janata.

No wonder why they removed king's role from various social and conservation trusts like Mahendra Nature Conservation Trust, Lumbini Development Trust etc.
 
Posted on 02-19-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यतिखेरको स्थिति र अहिलेको स्थिति धेरै फरक छ। फेरि राजाले कु गरे भने जस्ता कपोलकल्पित कुरा नगरुं। अहिलेको अन्तरिम संसद् बन्नु भन्दाको अघिल्लो संसद् पनि राजा बाट नै पुनर्स्थापित त हो नि। अहिलेका प्रम पनि तिनै राजा बाट नियुक्त भएका हुन। अनि तिनै राजाबाटै पद तथा गोपनियताका सपथ खाएका छन् नि। रास्ट्रप्रमुख राजा रहेको अवस्थामा यि सबै औपचारिकता यस्तै नै हुन्छ। त्यसकारण यहि कारणले एमालेलाई गाली गर्नुको कुनै अर्थ छैन। हिजो जे भयो भयो, अहिले सारा बामहरु, नागरिक समाजहरु गणतन्त्रको पक्षमा भएको बेला एक्लो कांग्रेस किन राजाको पक्षमा? किन आफ्नो कार्यकर्तालाई कांग्रेसको लाईन दिन सकिरहेको छैन?
 
Posted on 02-19-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक जना पार्टि कार्यकर्ता र अर्को स्वतन्त्र व्यक्ति बिचको वहस कहिले पनि अन्त हुदैन।कुनै दिन तपाइ पनि इ कम्युनिस्टहरु देखि वाक्क भएर म जस्तै स्वतन्त्र हुनु हुनेछ भन्ने आशा राख्दै र तपाइको सुखद भविस्यको लागि सुभकामना दिदै अहिले लाइ बिट मार्ने अनुमति चाहन्छु।
 
Posted on 02-19-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

once in a while

Well, there is no other "DHAI-CHURAAE" party like UML.
 
Posted on 02-19-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Jata hawa lagyoo...uutaii dhalkanee, khaltee(pocket) ma Bharu(Bharatiyaa Rupayaa) haldiyoo bhanee utaii palkanee"

That is the party we know as UML .
 
Posted on 02-19-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is the fundamental distinction among NC, UML and Maoists. (partly in jest)

● If your do not have any significant complain with your life or you do not know what you want, you join NC (or it's affiliate organizations)

● If you do have complain with your life and you know you want more but don't know how much you can ask for, you become an UMLite.

● If you have complain with your life and you are not afraid to ask for something eventhough you are not sure what you are asking for is really what fulfils your life, you join the Maoists.

Nepe
 
Posted on 02-19-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

h1b brother लाई बाई तर एक् जना पुर्व पन्च को आगमन भएछ। स्वागत छ बहसमा तर भन्नलाई जे भनी दिए पनि हुन्छ, गालीको शब्दकोश ठूलो छ। दही चिउरे वा यस्तै अन्य अमुर्त आरोपको खन्डन् गरि रहनुको कुनै अर्थ छैन। तथ्यगत् रुपमा आउनुस। एमालेले कहां दही चिउरा खायो अनि कहिले भारतीय रुपैया भर्यो। अनि तपाई एमालेको अन्धबिरोध गर्नु हुन्छ भने तपाईको मन् परेको पार्टि चहि कुन् हो, जुन् दहि चिउरे होइन, त्यो भन्नु होला अनि कुरा गरौंला, होइन भने तपाईले एकोहोरो जत्ति नै बिरोध गरे पनि केहि हुनेवाला छैन।
 
Posted on 02-19-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरीब जनताको घरमा आगो सल्काएर पारी पत्ती हाँस्दै छोरीएको बिदेसी निती गाउने भनौदा कम्न्युस्त हरुको गुन कति छ र कस्को लागि लदेका छन भन्नेकुरो त बिश्व भरि बाट लखेतिसकिएकाहरुको आन्दोलनको प तन रुपले नै देखैहाल्छनी । टाढा किन जाने ? के थियो माओवादी हरुको नारा ? के भयो आज ? कति आमा क छोरा हरु रेतिए ? कति शिक्षक लाइ सिसौको रुखम वाध्यर गोलिले उदाए ? कति नेपाली दिदी बहिनिहरु बिधुवा भए ?लाज लाग्दैन आज नेपाली जनताको सम्स दमा बन्दुक लिएर पस्न! मिथ कुरा गरेर हुन्छ ? लौ त बन्दुक थ न्काएर आओ फेरी आन्दोलनको नाम रेत्दै ? अनि थाहा हुन्छ तिमीहरुक बिगत अनि नेपाली जनताको तागत । एमाले पनि पार्टी हो ? जनहत्य्यरो गुत हो त्यो । मदन मरे, आश्रीत मरे कति चोटि सरकारमा गय के पत्त लाग्यो त ? झन बढी बिद्या दिदिको प्रेम गहिरो बन्द गयो । अरु कम्नुइस्त हरुको कुरा गरेर म समय खर्छ गर्न चाहन्न । लोकतन्त्र जिन्दबाद्!!!
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters