[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 145827 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-21-06 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भन नजिक गेर कुरा गर्छु भुनेर लाले नजिकियो केरे।

 
Posted on 01-21-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कस्ती मानिस?" धर्मे स्यानाबाले सोध्न नपाम्दै लाले त निलो र कालो हुँदै भुन्यो।
"धर्मे स्यानाबा!
नाई, मलाई एइ केटी चाहिन्छ।
धर्मे स्यानाबा!
मलाई एइ केटी चाहिन्छ।
धर्मे स्यानाबा!
मलाई एइ केटी चाहिन्छ। "

 
Posted on 01-21-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मैनालाई फकाउँदै थियो। मैना पनि तामाङ्ग कि छोरि के कम थि र। दुबैको जुहारि चल्न थालो।

चित्रे -

हा हा हा हा आहा हा हा हा हा
भुइँमा बस्दा दाग लाग्ला
काखैमा बस्दा बात लाग्ला
हासौँ खेलौँ नक्कली
ओछ्छ्याइ दिउँला चकटी

मैना -

आज ता कालको केटा लाई होइ
बात भन्दा मिठो क्या गर्छ
हाँस खेल गर्ने मान छाइन हो
बाबुले देकोलाई ब्या गर्छ

चित्रे -

यो केटि सारै चेपारे
मुखले नाईँ नाईँ भन्दैछ
हामि जस्तो केटा देखेर
मनले जाउँ जाउँ गर्दै छ

मैना -

हात्तिको दुइ तिर पुछ्छारा
भनेको काल्ले बुझ्छा रा
एकछिन हाँसखेल गार्दैमा होइ
घारजाम काइले हुन्छा रा

चित्रे -

हित्त र चित्त मिले त
घरजम पक्कै भैजाला
केटिलाई केटाले नलगे
अरु त कसले लैजाला

मैना -

धक्कुमा लाउनु पार्दैना होइ
भिरमा भाइँसि चार्दैना
यात्तिको ठुलो संसारामा होइ
तोँ मात्रै केटा हुँन्दैन

चित्रे -

धक्कुमा लाउनु पर्दैन
भिरमा भैँसि चर्दैन
यत्तिको ठुलो संसारमा होइ
त मात्रै केटी हुँदैन

मैना -

यत्तिको ठुलो संसारमा होइ
तोँ लाइ ता मोइले रोज्दैन


मैना रिसाइ के रे यसरी अब कसरि फकाम्च कुन्नि चित्रे ले!
 
Posted on 01-21-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे, ल फेरि लडिबुडि,

हात्तिको दुइ तिर पुछ्छारा
भनेको काल्ले बुझ्छा रा


आफ्नो त आगिल्तिरो पुच्छारा
तैपनि कुरो कसले बुझ्छा रा

Keep rolling...
 
Posted on 01-21-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सिरे
बि एम एल बि :)
***आफ्नो त आगिल्तिरो पुच्छारा
तैपनि कुरो कसले बुझ्छा रा ****

अनि क्यारिँदै च? अझै बिरउँतिँदै हो कि क्या हो?
 
Posted on 01-22-06 5:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैल एउटा कुरो बुझिन। यो धागो कसरी "चौतारी" भित्र आयो?

- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=27074
 
Posted on 01-22-06 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा कोही पनि छैन कि क्या हो?
 
Posted on 01-22-06 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौताराँ बसेर राउनीतिया कुरा मत्रै कति अर्नी र ! सपैकुरो बेलिबिस्तार अर्देकोमा नेपे दाजैलाइ धेरै धेरै धन्यावाद !

***आफ्नो त आगिल्तिरो पुच्छारा
तैपनि कुरो कसले बुझ्छा रा ****

हा हा, सिरेकाजी ले नि सारै हसाम्नि गाँठे !

दादा, त्यो धाओ त साच्चै मिस्टकले गल्ति भ'र आ'जस्तो छ लौ ! अनि साच्चै नेपाल कैले जानि अरे? पैला हितकाजिया पालाँ जस्तो "दादागिरी" नअरम् है ! जमना खराप आइचन् नि अइले त ! :D

जान त म नि जानि भनेको, अब डेढ महिना पछि मत्रै जान पर्ला जस्तो छ । म त नआम्नि अरि जानि हो ।
 
Posted on 01-22-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक कान दुइ कान मैदान भओ हैनत अब! आफ्नुत कर्मै उस्तो होकि कुन्नि! पोओरनि एउटि केटि लिएर एसो "रङ्ग" गर्न परो भनेर फियाताल तिर ग'को बाटा' बिर्खे र सिरे भेटिए, अब के चाइयोर, पछि गाम्मा पुउछुत, ळौ लाले ले त कुन्नि काताकि केटि बिया अरो अरे भन्नि हल्ला चलिभ्याको। ए हइन गाम्लेओ, कुरा अलि अलित सांचोहो तर बिहै भने गरेको होइन। अब केटो मुन्चे भएकेरे क्यारचौ जागिहालो भित्रट, भनेसि बल्ल सप्पैले कुरो बुजेचन। बजियारु, बेलां केति अरेहोलान बारिआ कुनातिर, अइले हाम्लाइ एस्सो एउछिन "रङ्ग" अर्न पारोतनि भन्दा जम्मै नानाभांति कुरा अर्चन।
अब यि दादा फेरि, बल्ल बल्ल धर्मे स्याना बा कि भान्जि कति दुख हरेर पट्यांए गांठे, फेरि उइ ताल। कति दाम खर्च भओ आफ्नु। त्यो डुआं जस्तो जिनिस भारामा लिदा मेरो त धन्नै ज्यानै गएननि। कस्तरि पिरिम अरेर फिआतालां जमिराथिए फेरि पोहोर झै एसपालि यि दादाले देखेचनहै। रंग त गरियो अब के के हुनिओ।
आफुभने चमेलि, फुलमया खोज्नि मलाइ भने तेस्ति, अंह खोन्नि नै हो भने मलाइनि चमेलि जस्तै खोज दादा। बोरु, "रंग" गर्निओ भने मिलाम्लानि गांठे।
 
Posted on 01-22-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, पहुन (प्राण) बचाए है जसरी भा नि ।

लाले ले कुरै बुझ्या रईन्चौ। यि गामका डाङ्ग्रेहुरले त कहाँ पखरा जानी हो र, बारीतिरै 'खोपी खेल्न' जाम भन्नी अर्थे केरे आफ्ना बेलाँ ।
एक दिन साँझा खोपी खेल्न जाम भने केरे जिम्माल बुढाले जो । आफ्नो त चप्ली नि पातलो-पातलो केरे, बारीको सुर्काको छेउमा पुग्नी बित्तिकै भर्खरै कोदो काटेको बारी रईच केरे, तो नलको गाँजले बेस्सरी बिझायो । जिम्माल ले भनि सावरका जुता लाका केरे, लाहुरेले देस तिरा'ट पठाईदेको ।
अनि म त फर्केँ, भोलि पल्ट पो त के के भाको हईच भन्नी कुरा दादाले मोतो बसम भनेर भनेका थिए के मलाई ।

Keep rolling...
 
Posted on 01-22-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी काका कता हरा'चन अचेल ? एउसातो अगि च्याउँरो काटेर सपैलाइ भाग लाम्दै थे ! राजखानि आफैँले
धेरै खा'चन क्याओ त्याँसी तो बोसो पचाउन सकेनन् र छेरपाटे लाओ होला अनि घर'ट बहिरै नहिन्नी भए !

मुखियाबा त भन्दै थे, यौडो गनाउनी बोको काटेर च्याउँरो भनेर बेचो एल्ले भुनेर ! कि त्यसै अरेया रचन् र
लाजले चौताराँ नी नआका हुन् ? बुडा मुन्छे तेस्तो जातिबित्ति त के अरेहोलान् र खोइ ? तै नी के हो के हो !
धन देखे महादेवका तीन नेत्र भन्चन्, आफ्नै अर्धाङ्गिनीको त भर पर्न नहुनि जमना आए, यी काका यसरी
बिपत्ता भ'सी क्यारी विश्वाश अर्नी हो र ? र'चकी जस्तो मान्नी भए गाम्ले ले त !

दादा, सिरे, लाले कसैलाइ थ छ कि ? यो भउते, काका, नमे,गोतायेँ, साइलो सपै भ'र अचेल के अरिचन हँ ?
चौताराँ त आम्नै छोडे के रे ! कि उतै यौडाऽऽ घराँ जम्मा भ'र कलबिरेक खेल्नि अरेया छन् र हो ?
 
Posted on 01-22-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो साँझ पँधेरा जान परो, जमुनि माईत गई केरे ।

त्याँसी पँधेरा जाँदा त दोबाटेका दोकान बाहिर झ्याउँ, झ्याउँ आबाज आईराको केरे । हैन के भओ, क्यार्न लायेचन्र हो दोबाटेका दोकानाँ भनेर डोको र गाग्री तेँही बिसाएँ । त्याँसी येसो भित्र छिरेको त भउते, काका,नमे, साईँलो, गोताएँ जम्मै भ'र तास खेलिराका जो रैचन। रम्मी र कलबिरेक भन्नी ग्याम खेलेका अरे ।

म गा'सि सप्पै झसँग भए, त्याँसी फेरि जिम्माल नि आईपुगे केरे । कोरम नपुगेर जिम्माललाई कुरि राका रैचन है । अनि दोबाटेकी दुलहीले चना र मटर केराउ भुटेर पिलेट-पिलेटाँ भाग लाईदिईन। मलाई नि दिए है एक पिलेट चाख्न, नामुन्त नुन चर्को बनाईचन फेरि दोबाटिनी भाउजुले । तुच्च-तुच्च नि पार्नी सल्लाहा रैच कि कुन्नि । काकाले मलाई "सिरे केटा, बस आज एउछिन यतै जो, रमाईलो हुन लागेको छ" भन्थे । मैले भनि "जहान माईत गाकि छ, घराँ थोपोछिटो पानी छैन। म त तेही भएर पानी लिन हिँडेको पँधेरा तिर, येसो ३-४ गाग्री पानी पुराम्न परो नि। घरको रोँचे भर्न परो भोलि बिहानलाई कुँडो पकाम्न लाई नि " भनेर भने । पँधेरा बाट पानी लिएर फर्किँदा नि क्यारेका होलान भनेर कान थापेर सुनेको त भउतेको स्वर सुनेँ बाहिरैबाट । स्वर त लरबरिएकै थियो, रउसी धोकेछन कि कुन्नि ।

त्याँसी, "गाला पनि कति राम्रा र मस्याईला हुन् तिम्रा त " भनेको सुने भउतेले, उता काकाले "मैले भनेको हैन त , ल हुन्छ भन भोलि जो बिहा अराम्चु" भन्दै थिए । जिम्मालले "हैन, हल हल, पर्ख त,हिजाज लगन छैन, धार्जे गरओ त" भन्दै थिए । जिम्माले भने रउसी खाका जस्ता थिएनन् है ।भनेसि कुन चईनी उखर्माउली होटेल्नी सित हो कि तेही दोबाटेकी छोरी सेती सित भउतेको बराउनी अर्न लागे कि जस्तो नि थियो । धन्न जिम्माल ले भनि होस पाए जस्तै कुरा अर्दै थिए केरे । तो दोबाटेकी छोरी त अस्तिनै कुन चईनी लाहुरेसित पोईला गाकि हो, फेरि घर खान नसकेर माईत बसेकी छ केरे । तास खेलाएर र रउसी ख्वाएर भउतेलाई फँसाम्न त आँटेनन कतै ?

अब म त जान्न तेँहा नेपरेर पनि । मुन्द्रेलाई पठाम्न परो, बरु गएर माउवादी गए झै गरेर भए पनि तिनीहुरलाई त्याँहाबाट लखेट त भनेर भन्न पर्ला जस्तो छ ।

Keep rolling...
 
Posted on 01-22-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेलाई त पुरै घाउ-चोट लागेको छ अरे । अनि घाउ लागेको ठाममा दादाले येसो माटो धुलो छर्केर रगत सम्मन
थामिएछ ।

- http://www.cbc.ca/story/science/national/2006/01/19/antibiotics-dirt060119.html

Keep rolling...
 
Posted on 01-22-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाहुरले चौपारीआँ ज्याद्रै जो स्वादआ कुरा गरेओगरइ छन्। बडो मजा आओ छ के मलाई त परैबाट सुन्नलाई।

तो आइनेफ (I.N.F.)ले मलाई यइ हप्ता जो सक्न पर्नि अरि १५ ओटा डोको बुन्न लाओछ के। तेइभेर तेसैआँ लाओछु अइलेलाई। बल्ल चौंथो भेउन लाएँ।
.

 
Posted on 01-22-06 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता झ-यो पिकरेलि(pkreli) भाइ हँसिया उद्याएर!

pkreli:
उकालीको चिसो पानि
तितिर्काले पियो
तिम्रो पो* लसन पुड्के
गोरापुर(Ireland)मा थियो

ह्वे! छाँट पारी आयो हेर, नेपाले गुण्डा!
ह्वे! छाँट पारी आयो हेर, नेपाले गुण्डा!
... ... ...


नजिस्का्याऊ है मैनालाई अहिले चित्रेले फेरि ठेगानमा राख्लान्. बेलैमा भन्दियाछु.
 
Posted on 01-22-06 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केटाहो, हाम्रा गामतिर डियां चराम्न जांदा हो'रे खेल्नि चलन छ केरे। आज कताड मेरो दिमागमा स्ट्राइक भओ केरे, लौ त है। तुच्च तु्च्च पार्दै खेलम। उता माथि डांडां धोबादितिरका केटारु छन केरे, अब जसरिनि जित्न परोनि।
यो अलि हल्का नन भेज खेल हो है, बिचार अरम।

एक मानेमा के छ के छ दुइ मानेमा दइ छ।
तेरि बइनिका स्यान स्याना गाना हिजो पोइला गइच।।
 
Posted on 01-22-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटा माथि बाटामुनि बुडो कमिलो।
तेरा बाउका *ला सुनिए लाइदे अमिलो।।

अरुनि जओस है।।
 
Posted on 01-22-06 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले त धेरै सम्ज्यो छु ! सपै भन्दिएँ भने त चौताराँ कोइ नि आम्दैनन् ! बुज्नी लाइ त ठिकै होला, यो के हो
भनेर नबुज्नी मुन्छे त रिसाउलान नि फेरी ! :)

लास्टाँ "हो केटा हो" भन्नी पनि जोड्न पर्च हैन र लाले ? हे हे हे !
 
Posted on 01-22-06 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ नि मुन्द्रे, अब चौतारा सप्पै कुरा छर्लङै छ केरे। अब परो भने एउटा सेन्सरबोड नि खडा अर्न पर्ला। कि कसो? अब तेस्तै अगि पाछि तारो सारो हालेर सोझै नठम्याम्नि बनाउदा हुनपर्निओ केरे। फेरि नेपे दाजिले उम्लो ठड्याम्नि हुन्कि? म त येस्ता बेलां काका बुडाकै अर्ति लिनि अरो छु केरे।
 
Posted on 01-22-06 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दम्तरीहरुका कुरा सुन्न नपाएर छटपटिएको थिएँ, आज एकघण्टा लगाएर सप्पै सुने। यता हुँदी चलेको एउटा रमाइलो हल्ला छोडेर जाँदैछु।

राजाका दासहरुको नया नाइके कमल थापाले आफ्ना भाडाका टट्टुहरुलाई अलिकति पैसा दिएर आफ्नै सम्मान कार्यक्रम गर्न लगायो। राजाका अरु दासहरुले कमल थापाको यथेष्ट प्रशंशा गरे।सबै कुरा ठिकै भईराखेको थियो, अचानक कमल थापा आफ्नै घाँटीतिर हेरेर भुत्भुताउन थाल्यो। ऊ रिसाएको देखेर, कार्यक्रमको 'भाडाको आयोजक' नजिक आएर सोध्यो;
"के भो हजुर, किन रिसाइ'सेको?"
"माला किन कम्? " कमल थापा कड्क्यो।
"कहाँ कम हुनु हजुर? एघार वटा छन्।"
"जान्ने हुन्छस् मु......?, मैले मालाको पसलमा बाह्रवटाको पैसा तिरेको हिजो !"
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters