[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 143082 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-27-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि, चौतारीमा आखा झिमक्कायो भने धागो त कता हो कता । अब के रे अर्को चौतारि बनाउनि बेला नि भैसके च । ळ कसै कसै को नया स्टाइ छ भने झटारो हानम के रे बिजुलाबाट । नत्र त मेलापाता ले अर्दा फेरि नि पान्डबदाइकै स्टाइल होला जस्तो छ । मेलो छोप्दै छु के , चौतारिमा टुक्रुक्क बस्न मात्र आको ।
 
Posted on 01-27-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चैं यौटा सिलोक हालिहालम् कि क्या हो, याद आयो।

ॐ कारं विन्दु संयुक्तं, नित्यं ध्यायन्ति योगिन:
कामदं मोक्षदं चैव, ॐ कारय नमो नम:

लौ, सबैलाई नमस्ते है, म गएँ फेरी चंगा उडाउन।
 
Posted on 01-27-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा केटीहरु आएर भिड भएको भए ल म त हिडे है भदहाहरु, यो फुफु लाई विदा देउ.
 
Posted on 01-27-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँटि बिर्सनु मुन्द्रे त्यो हिलेओ तुम्बा अइले सम्झिँदानि जाम जाम लाउच। पाख्रिबास फारमा घाम लाया बेलाँ पुग्या छौ?? साह्रै रमाइलो हुँदो रेच नि। लु मुलाई त झनझन याद आओ माथी चित्रे डाँडा देखि लिएर बसन्तपूर सम्म सम्झे मैले त। अनि पाख्रिबास बाट नयाँ खनेको बाटो बाट तल लेगुवा झरेर अरुण हेरेको पो याद आयो!!
:)
 
Posted on 01-27-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर न डल्ली ले घुर्की सुनाकी ! "अब जान परो छोरोलाइ ढिँडो जाउलो जे भा'नी ख्वाउन परो तेइ भ'र म घरतिर हिन" भनन ! आम्दैअरे डल्ली, मया नमारे के रे !

जिम्मालबा ! मु पश्चिमको भ'नि तो एरियाको त सारै याद आम्च गाँठे । तो भेडाबारी त कइल्यै बिर्सिन्न ! :)
 
Posted on 01-27-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि मिस ! किन औठ्यारो मान्न परो र ? मना ला'को कुरो राख्न हुन्न क्या ! बोल्दियाले पसी जे हुन्च हुन्च ! कस्को के डर चौतारीयाँ आफ्नै मुन्छे त आउनीहुन पराइ को छ र ? :)
 
Posted on 01-27-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रे पछ्छिम कहाँ का हौ? स्याउँजा - पाल्पा तिरको मानिचु मुइँले त हो?
 
Posted on 01-27-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याउँजा पनि हैन, पाल्पा पनि होइन ! हेहेहे ! जिम्मालबा धोखा खागये ! :) मु पुरानो स्याऊँजा, नयेँ कास्की, चरन धेरै काठमाण्डु, मरन काँ हुनी था छैन !

एऽऽऽ
हजुरको निरमाया
हितकारी आ'को
पुगिहालोस...
पुगिहालोस
निरमाया
यै मन ले चिताको
गाइको चरन ...

गाइको चरन
निरमाया
कुनदेशको जन्म हो
काँ हो मरन !

:)
 
Posted on 01-27-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि पूर्व, पश्चिम को कुरो लेर रैदलो मच्चाम्न लागे कि के हो गाम्ले हुरले? रमाइलो अर्दै गरम है सँगीहरु ।
चौपारी होस कि चौतारी, गरम रमाइलो दौतरी

म चइनी तो भाटा माथी उक्लेर त्याँट भिरालो बातो हुतुतुतु अर्दै चिप्लेटि (ski) खेल्नि भनेर साथेहुरले क्याउँपिङ जान भनेका छन केरे kananaskis भन्नी कहेरा तिर । आज देखुन अब शनिबार र आइतबार जो भओ केरे - हल नचल्नी बार परे केरे ।

मेसो परे तेतै तिराट नि माया लाम्दै अरम्ला केरे । कसै नमिले सोमबार देखुन फेरि हाजिर लाम्नी जो छु केरे ।

लौ मस्ती अर्दै अरओ है त ।


Keep rolling...
 
Posted on 01-27-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त नि सिरे काजी ! राम्रो सँ गए के रे ! तिम्रो आजओ दिन तेति गतिलो भ'न झैँ मानिचु, क्यार्नी ग्रह दशाले काँ काँ पुराम्च थाहै नहुनि त नि !

छिटो फर्केर आए । चौतारीयाँ सपै किस्सा सुनाम्न पर्च नि उता'ड आ'सी है ! :)
 
Posted on 01-27-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रेले अरेको कुराँ गिद ठ्याक्कै मिलाओ
:)

सिरे लु त्याँ चिप्लेटी खेल्ने ठामाट यसो एउडा दुइडा फोटु खिचेर हाम्लाइ ने देखाम्न है। क्यार्नु हेर्न त मजा लाउच जान मात्तै मन नलाउने हो, चिसो सम्झो कि मुलाई त अइलेइ बाथले घुँडो समाम्न थाल्च।
--------------
अनि माष्टरनी नानी खै त आजा पाठ मुलाई? त्यो हिजा सिलोक त कस्तो गारो रेच घोक्ता घोक्ता पित्त फर्काओ गाँठे मेरो
त! खै यो तालले के पास भइएला
 
Posted on 01-27-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे माइला,
मलाई अर्को नि सिलोक फुरिहालो ल।

त्वमेव: माता च पिता त्वमेव:
त्वमेव: बन्धु च सखा: त्वमेव:
त्वमेव: विद्या द्रविनं त्वमेव:
त्वमेव: सर्वं म:म: देव देव।

यो म:म: चैं हिजो भौतेले बेच्या म:म: होइन नि। सिलोकको खान नहुने म:म: है यो। मास्टर्नी दिदीले जाँचमा सोध्नुहोला, कण्ठ पार्नुस्।
 
Posted on 01-27-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीले मेरो सत्यानाश पारो। हिजो ह्जमनी hair styalist सँग appointment रहेछ कपाल कट्न र मिलाउनको लागि पट्क्कै बिर्सीएछु। आज पो फुन गरेर मैड्म हजुर कहिले आउने भन्छे। यो चौतारीले मलाई बर्बाद बनाउने परो बा।

अनि आज बिहाने छोरालाई ढिदो oatmeal खुवाएर खेल्न स्कुल पठाइ दिए, कस्तो दिक्क लगायो। आब साझम उसको बुबासग आउछ्।

अब एक्छिन्म गाइलाई घास ल्याउन जानु परो। यो गाइले क्ति घास खान सकेको होला। यस्तो जाडोम हरियो घास कताबट ल्याउनु कुन्नि!!
 
Posted on 01-27-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् चित्रे। बरु जाँचमा तिमी नै गार्ड बसन माष्टरनि नानीलाई भनेर कुरो बुझेउ नि हैन? :P

साह्रै सजिलो छ डल्ली,
चाइन्जो पँहेलो सुक्या पराल हाल्दिने गाईलाई अनि खाए खान्च खाएन भने हरियो काँचको चस्मा गाइलाई लाइदिने पराललाई हरियो घाँस भनेर मजाले खान्च।
:)
 
Posted on 01-27-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन के यो कैलिगाइ लाई त हरियो दुबो भएन भने भरे दुध दिन्न अनि घ्यु, मोहि कतबाट ल्याउनु? जिन्दगी बर्बाद हुने परो आफ्नु ता।
 
Posted on 01-27-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe, you are killin' me... ehe!!! That's exactly what I'd have written... LOL... jhan ta post gardina bhanera basi raaa :P Rehaab ma, उसले फेरि मन् को कुरा प्वाक्कै भन्दियो ।।

सकिन मैले, Pelyo Birkhe le pelyo!! :D Funny as hell... ahaho!!

This thread is seriously funny, eh, and I am Fan of shree5 as well as others.. LOL... छापुम हौ, अझै छापुम !!!

Aba, aaja lai seriously pugyo sajha. :P
 
Posted on 01-27-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नजानिकन महाभारत को सार बुझिन्न रे माइला जी त्यसैले अब यो पनि घोक्नुपर्यो यहि चौतारि बाटै भेट्या मैलेनि। के गर्नु ? हजुरले आफै रोजेको हो क्यारे येस्तो पाठ । हा हा हा :D ल ल बिर्खे जी चत्रे भाइ नै गार्ड बस्छन।

यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत
अभ्युथानम अधर्मस्य तदात्मानम सृजाम्यहम्
परित्राणाय साधुनाम्, बिनासायच दुस्कृताम्
धर्म सम्स्थापनार्थाय, सम्भ्वामि युगे युगे
 
Posted on 01-27-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाइ, दुध, दहिको कुरामा एउडो गित याद आयो :)

माली गाईको दहि
चाँडै फर्की आउँछु आमा
नरोइ बस है
फर्कि आउँदा ल्याउँला चोली फरिया
रिन तिरौँला, यो घरबारी निखनौला
आँशु पुछौँला.....

 
Posted on 01-27-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर त ! डल्ली ले त गाइ सदाउन पनि नजान्नी ! एउदिन भोकै राख्देउ न, दुध सुत् माया मार्देउ । अनि भोकले लखतरान परेसी भोलि देखि सुकेया परालाँ भएनी मकैका खोइला भएनी दुहुन बसे पछि दुध दिन्च क्या ! "भदौमा आँखा फुटेओ गोरु सँधै हरियो खोज्च" भन्या जस्तो सधैँ दिनदिनै दुबो काँ पाउन साकिन्च त नि ! :)
 
Posted on 01-27-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कैले नि आएच। धन्न आज चाइँ उछिन्न पाएनच।

माष्टरनी नानी, हस हजुरले जे जे भन्नुहुन्च म त्यै त्यै पड्चु। बसु जाँच कैले हो? यसो गेस कुइसन पाए
सजिलो हुन्तो। निमा फोटोकपी तिर भेटिएला नि गेस पेपर सेस पेपर, ओल्ड इज गोल्ड केइ??
:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters