चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
अब मलाइ किन देख्नु हुन्थ्यो त? ओर्ग्यानिक रायोको साग अझै पुगेन जस्तो छ जिमाल बालाइ।
रिट्ठे, अघि येसपालिको दशैँमा जमरा राख्ने भनेर माटो चोर्न गाको होला। हाम्रो त ट्र्याजिडि भैसको नि जिमाल बा।
आजकाल त Buy one get one free को जमानामा रिट्ठेलाइ पनि तेस्तै बम्पर उपहार पर्न लाग्याथ्यो। तेहि भएर रिट्ठे दोधारमा छ जस्तो छ। भुन्टिकि आमालाइ माया गर्यो भुन्टि सित्तैमा उपहार अनि भुन्टिको बा पनि। हे हे हे
"भउते र पुन्टे बुडाले त बथानाटि छुट्टया भेडो कर्याप्प पारेर समातेर बुइँगलाँ थुतुनो बाँधेर लुकाम्थे "
अर्छम त। हाम्रो त उमेर छ, जे अरे नि पाप लाउदैन। अनि तिउँले आफ्नो कर्तुत बिर्सेउ पापी बुढा?
नमेको दशैँलाई भनेर पालेर राखेको सेतो खसी फुकेर हिँनेछ। अनि कुन सड्को कुन सड्को बुढाले डिलमुनि को रायोबारीमा भेट्टाएछन् के रे त्यो खसी त। अन्खेरी चिरिप्प पारेर बाँधेर ल्यार भस्मार सँअ बेटरीको कालो दलेर अनि गोठाँ बाँधेर राखेछन्। एकछिनाँ नै "हाउँरो सेतो खशी देख्नु भो जिम्माल?" भन्दै नमे आएछ। एउटो खसी त कराउँदै बाटैबाट उ तेता सालघरी तिर छिरेको थ्यो त" भनेर गैह्रीको सालघारीतिर देखाइदिएछन्। अझ " दुर्गा सुरु भैसको, बनाँ बाघ मच्या'छ, छिटो जाउ, नत्र तिम्रो खसी सिध्देला" पनि भनेका अरे।
एउछिन मै नमे निराश भएर तातो खोले घोप्टेको जस्तो अनुहार बनाउँदै फर्केछ। बुढाको गोठाँ झक्कले खशी देखेर "काँ'टी ल्यायौ यस्तो मजाओ खसी" भनेर सोधेको रे। "छोरी-ज्वाईँले खाजा ल्या'का हुन, पोहोर त हो नि सिन्कौलीलाई बिहे अरेर पठाको। यो पाली त पैलो दशैँ। खशी चैँ'नी गजबको लाएछन् ज्वाईँले। कति जति छ होला नमे यो? २ धार्नी जति त तिम्ले उठाउन पर्छ होला। यत्रो खशी कसरी एक्लै सक्छु र !" भनेछन् बुढाले। खशी हरा'को रनाहामा भएनि दशैँ चैँ गुन्द्रुकको झोलाँ नजानी भो भनेर नमे नि चित्त बुझाएछ के रे। अनि खशी जुरुक्क उचालेर "१२ धर्नी बिसौली छ" भन्न नपाउँदै खसीले त नमेको मुखाँ ल्याप्प चाट्दे'छ। बिचरो खसीले त चिन्यो होला नि आफ्नो मालिक। नमे त मुन्छे भेँडै हो के। त्यति अर्दा नि आफ्नो खसी नचिन्नी।
अनि अस्टमीओ दिन खसी काटियो के रे। म त एक्लो ज्यान, कता सिङ्गो खसी खोजम र, भनेर बुढा सअँ २ धार्नी मासु भनेको थेँ के रे। उता पुन्टेदाई फेरि घराँ खसी ठूलै ढाले पनि जिम्माल सअँ नि ३ धार्नी भनेका रे'छन। बाटुली भाउजुले थाह नपाउनी अरी त्यै धोबिनी पोस्नलाई चाहिएको होला नि। भुत्ल्याउने भाग पुन्टेदाइको र मेरो परो के रे। अन्खेरी तातोपानी खन्याएर बोराले ढाकीवरी अनि यसो बोरा झिकेर हेरेओ त खशी त सेतो पो भएछ गाँठे। पुन्टेदाईलाई त भननन्न रिँगटै लागेर ढल्लान जस्तो भो केरे। मैले समाएर थामेँ। कालो खसी मा तातो पानी हालेर बोराले छोपेर झिक्दा कसरी एकैचोटी सेतो भओ भनेर आत्तेछन के बुढा त। बैँश हुँदा नानाथरी पाप अर्दै हिनेका के रे बुढा। अझै पनि बाटुली भाउजुको आँखा छल्न पाए भने मिलिक्क गरेर त्यै धोबिनीकाँ नै हो बास। त्यै भे'र दुर्गा रिसाएर कालो खसी सेतो बनाइदिइन कि भनेर भाउन्न भएछ के तिनलाई त।
तर मैले चैँ कुरो बुझिहाले। अनि सुटुक्क पुन्टेदाइलाई मेरो पिलान सुनाएँ। अनि त जिम्माल सँग हाम्ले बिलाकमेल अरेम नि। मलाई २ धार्नी अनि पुन्टेदाइलाई ३ धार्नी मासु सित्तैमा। जय होस दुर्गे माता। नमेले चैँ आफ्नै खसीको मासु धार्नीको ५२० तिरेर २ धार्नी लगे'छ।
ए लौन कत्ती चाडो दौडाका हुन यिनिहरुले यो चौतारी आज को को आयिसकेछन, के के भनिसकेछन, एक्छिन बसेर पढ्नु पर्यो पैला लु सप्पैलाई नमस्ते है त उफ्री ज्यु पनि आइसक्नु भएछ
मलाइ हेर्दै साइड दिन्थ्यौं, म खुशि हुन्थें, तर तिमी त मेरो साथीलाइ जाल हान्दो रहेछौ, धेरै पछि पो थाहा भयो, तिम्रो सुन्दर् आँखाहरुले त, पुर्वतिर हेर्या जस्तो गरेर पस्चिम पो देख्दो रहेछौ, लौ न तिमी किन तेस्तो?
मेरि साथी तिम्रो सुन्दर नाकको बर्णन गर्थी, म चाहि तिम्रो नाकभित्र कैले झिङा पस्ला भनेर कुरि रहन्थी। तिम्रो स्वर अति राम्रो रे, मेरी साथी भन्थी, मलाइ चाहि तिमी बोल्यौ कि बिग्रेको मोटरको याद आँउथ्यो। पानी पर्दा बार्दलीबाट तल कोपरामा "ट्यारर्र्र्र्र्" खस्या जस्तो, लौन तिमी किन एस्तो?
बाको पैसा चोरेर केटिहरुलाइ घुमाथ्यौं रे, हरे, लास्टमा त मेरो साथीलाइ कालो ट्याम्पुमा पो भगायौ रे, हे भगवान, तिमी किन तेस्तो?
आजकाल त Buy one get one free को जमानामा रिट्ठेलाइ पनि तेस्तै बम्पर उपहार पर्न लाग्याथ्यो। तेहि भएर रिट्ठे दोधारमा छ जस्तो छ। भुन्टिकि आमालाइ माया गर्यो भुन्टि सित्तैमा उपहार अनि भुन्टिको बा पनि। हे हे हे
अब एक हप्ताँ हिड्ने हो, दिन गन्न थाल्या'नि महिना कटिसक्यो, कहिलेई आउने हैन। यो ट्याम भन्या कुरो नि के हो के हो, साउको काम आधा भा हुन्न दे को ट्याम सकिन्छ। दशै मान्न जाने भनेर दिन गन्यो घडी गुम्या हैन।
एउटा सानो बिचार औरेजी मा एसो लेख्न मन लाग्यो Robert Orben को--- Every day I get up and look through the Forbes list of the richest people in America. If I'm not there, I go to work.
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.