[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 106358 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-25-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सान्कान्छा,
मेरो अचेल फुर्सद नभएर चम्तारीमा चियाउन मात्र भ्याउँछु क्या, केही लेख्न चैं भ्याएकै छैन। अचेल बिदाको दिन भएर होला धेरै गाम्लेहरू गायब भएछन्। त्यो सिरे नि भूमिगत भएको धेरै दिन भो, कहाँ हराएको हो खै! लौ म त गएँ सुत्न।
 
Posted on 03-25-06 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना:
ए कान्छा, मलाई सुनको तारा खटाइ देऊ न

चित्रे:
त्यो तारा मातर हैन, जुन पनि झारी दिउँला


मैना:
ए कान्छा, मलाई सुनको तारा खसाइ देऊ न
चित्रे:
त्यो तारा मातर हैन, जुन पनि झारी दिउँला


मैना:
कलकरु बाँधेर छिटै भेट्न आऊ न
बाटामा रात पर्ला उज्यालो मै आऊ न


चित्रे:
अँध्यारो के हो र माया प्रिति
पर्खी देऊ म आउँछु अँध्यारोलाई तोडी


मैना:ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न
चित्रे:
त्यो तारा मातर हैन जुन पनि झारी दिउँला


मैना:
म उडी जाऊँ कहाँ, बादलु छिनाउन
बादललाई गाँसेर, आँचल बनाइ देऊ न


चित्रे:
ल हुन्छ, बादलको, आँचल बनाइ दिउँला
छेउ छेउमाऽ, ताराको, जलप लगाइ दिउँला



मैना:
ए कान्छा, मलाई सुनको तारा खटाइ देऊ न

चित्रे:
त्यो तारा, मातर हैन, जुन पनि झारी दिउँला


मैना:
ए कान्छा मलाई सुनको तारा खटाइ देऊ न

चित्रे:
त्यो तारा मातर हैन जुन पनि झारी दिउँला

 
Posted on 03-25-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा यो गितको नयाँ भर्सन हो? राम्रो लाग्यो!
लु अगेर लाउरे दाईले पल्टना जाने बेलामा भाउजुलाई सुनाको गिद-

लाहुरे दाई -

लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुमला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोलि
तिमी बिना राजै
न्याउलिको सुसेलि
मन रुन्छ सम्झेर

 
Posted on 03-26-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु किन यसरी मात्तियका हुन् हं । गाउंमा के अनिकल लागेछ भनेको । झार्न नसकेको बंगारा रे भांच्न नसकेको करङ् रे भन्दा अचम्म पो लाग्यो हे । कि कसैको टालिन नसकेको मुख हो । माटो मुछेर डम्म मुखां हाल्दिन पर्‍यो कि क्य हो ।
 
Posted on 03-26-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Matarni Nani in her class room

Roll lomber 3 Aaite
Aaite- Yes Miss

----

Hajir khatama hajir garna ko lagi matra aayako ho...........

---------------
sabailai Jadau.........Missin chautari like hell.. Kwaan kwaaan sukka sukka :-(
 
Posted on 03-26-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll no 4: नमे
Yes Missssssssssssssssssssssssssssssssssssssssssss!
 
Posted on 03-26-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त ईस्कूलमा रोल नं ८ थियो.....

मास्टर्नी दिदी: 'roll no. 8 चित्रेऽऽऽऽऽ'
चित्रे: 'येस् मिऽऽऽऽऽस्'

रोल नं ५,६,७ को को हुन्, आफैं हात उठाउने है!
 
Posted on 03-26-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रौढ शिक्षा कार्यक्रम -
"रोल लम्बर एक बिर्खे माईलाSSSS"
बिर्खै - "हाजीर माष्टरनी नानीSSSS" :)

यहि प्रसंगमा एऊटा कुरा याद आयो कति सम्म सत्य हो मलाई थाहा छैन।
नेपालको एक दुर्गम जिल्ला, रसुवामा तामाङ्ग जातिको बाहुल्यता छ साक्षरता प्रतिशत धेरै कम छ। झनै रसुवाको उत्तरतिर तिब्बतको सिमानामा पर्ने गाउँहरुमा त साक्षरता शुन्य प्राय छ।
यस्तै एउटा गाऊँको घटना मैले सुनेको थिएँ।
एकजना माष्टरलाई त्यहाँको एक प्राथामिक पाठशालामा पढाउने जागिर मिलेको रहेछ र त्यहाँ जम्मा ३ जना केटाकेटि मात्र पढ्ने रहेछन्। ति पनि कहिलेकाहिँ मात्र आउने। एकदिन त एउटा बच्चाको बाबु पाठशाला आएछ।
माष्टर - " खै त दाजू तपाईँको छोरा? आज स्कुल आएन नि?
बच्चाको बाबु - " सर आज चौँरिलाई ओखति किन्न छोरोलाई बजार पठाएँ उसको सट्टामा म आएको"

यस्तो छ हाम्रो केहि दुर्गम स्थानको स्थिति! अझै पनि कयौँ नेपाली बाबुआमाले पाठशाला जानुलाई पनि मेलापात गएको जस्तो एउटाको सट्टामा अर्कोले गरिदिए हुन्छ भन्ठान्छन! शिक्षाको चेतना कहिले पुग्ने हाम्रो गाउँ गाउँमा?
 
Posted on 03-26-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माईल्दाईको कथा रमाइलो रैछ साथै स्थिति चिन्ताजनक पनि छ।

अनि माईल्दाईको रोल नं १? बाफ रे!!! माईल्दाई त चौतारी विद्यालयको 'फस बोई' पो हुनुहुँदो रैछ। अब फस बोईसँग केही सिक्न परो, कविता लेख्न सिकाईदिनुस् न लौ, अचेल त केही फुर्नै छोड्यो मलाई!
 
Posted on 03-26-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै ले हात उठाम्नि रे


बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,
काका,सिरे,भौते,गोतामे,मुन्द्रे,
लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले

 
Posted on 03-26-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त नयाँ पो परे केरे मेरो रोल नम्बर चै २१ है त, कलेजमा तेइ रोल नम्बर थ्यो क्यारे हात उठाए है मैले पनि
सानो कान्च को लिस्ट म मेरो नाम त छुटेछ नि, मेरो नाम पनि थपि पाउ न हाजिर कपि म लौ
 
Posted on 03-26-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यहाँ ता चौतारी बनाम्न पनि भ्याएचन
गाम्ले हुरले गरेचन्
लौ यो सानो कान्छो फुत्त निस्केर चौतारी बनाम्न पुनी भायछ
लौ सबैलाइ नमस्कर् गरम्तनि
त्यो बिर्खेले भुन्या कथा त पहिला कतै पत्रीकामै पढ्या जस्तो लाग्छ साच्चै नै हो त्यो

लौ मैले पनि हाजिर गरे है
मेरो रोल लम्बर ता १ नै हो है १ चोटि मत्र स्कुल मा दोश्रा भए क्यारे
यैले ता आलु मात्रै
लौ मस्टेर्नि नै नदेख्ने पनि आफु पछडि बस्ने होचि रहिचन् मस्टेर्नि ता नदेखिने पनि

लौ लास्ट बात हात उठायेँ है
 
Posted on 03-26-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, कताटि फस भाई हुनु नि। किलासाँ जम्मा एउजाना म मात्तै फस भनेनि लास्ट भनेनि :)

पइला पइला हामि वनमा गोठालो जाँदा ढुकुरलाई ताकेर गुलेली हानेको सम्झना आओ यो सानेओ चाला देखेर। एउडा नाउँ हेरो पइलो अछ्छेर पढेर अर्को पढौँ भनो चिप्लेर अन्तै जाँदो रेछ। कस्तो चटपटे हो साने केइ न केइ अरिरन्छ बाख्राओ पुच्छर खा छौ कि के हो? फेरि नरिसाउ नि यस्तो भनो जिम्मालले भनेर, तिमी त फेरि मुगलान पस्ने घुर्कि लाउँछौ।मुख मात्तै छुच्चो हो मेरो।

चित्रे-

पहिला लम्बर सुन
यो मनकी अप्सरा मायालु
पूर्णिमाकी जुन

 
Posted on 03-26-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको छोरा र पानपाते नि आएचन्।

लु पानपाते चिलिम भर बैराग लाओ मुलाई दुई चार सर्को तानुम्।
 
Posted on 03-26-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाइ दाई
ओहो माल्दाइ लौ
अब चौतारी मा बसेर चिलिम तान
म चै एसो सिठी फुक्छु क्या २-४ ओटि तरुनी आउँदै छन

खान्न मत लाम्पते सुरती
लाम्कि क्याहो जुगजाने पिरति
 
Posted on 03-26-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है अब पो चौपरि मा रमाइलो होला जस्तो छ। ल गाम्ले हरु झर्नु पर्यो चौपरि मा मास्टर्नि ले आज बाट कखरा पढाउछिन् रे । हाजिर पुनि अर्छिन रे। मेरो रोल नुम्बर जति राखि दिये पुनि हुन्छ जति धेरै त्यति नै राम्रो नि।
 
Posted on 03-26-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घन्टी लाई सक्यो आज मास्टरनी को अत्तो पत्तो छैन बा
के भएछ आज
माल्दाइ यसो भुसा तान्दै थिए बुडा त भुसुक्कै निदाअचन
लौ ये बुढा उठ अब
साँहिलीको भट्टी तिर पनि जान पर्यो
गाम्ले हरु तेता छन् जस्तो छ
आज तल्लाघरे हर्के ले लौ है पान्पाते आज दरमारा खेल्नु पर्छ भन्दै थियो
लौ मत चार जाना को टिम तिर लाग्नु पर्यो
 
Posted on 03-26-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्माल चिलिम मा ककड राखेर तान्दै छन।

 
Posted on 03-26-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
रमाइलो हुदैरहेछ । अमेजिंगको अमेजिंग आइडिया !!:)

चित्रे भाइ विद्यालयको 'फस बोई' " त नमे पो त (१००मा १०० ल्याएको बिर्स्यो)।

बिर्खे माइला त प्रौढशिक्षा तिर को। भर्खर राम्रो कबिता सम्म लेख्न सक्ने हुनुभाछ ।
ल हेर्नुस त बिर्खेको कबिता ---
"कालोलामो केश माथिगुराँश सजाइदिउला
हास्दा हासिदिउला रुँदा आशु पुछिदिउला ":)



कान्छाको उपद्रो गर्ने बानि अझै छुटेको रहेनछ। मेरो चस्मा ले काम नगरेको होकि के हो ?! पढ्दा पढ्दे मिटिन्छ बाSSS। कक्षामा को आयो को आएन थाह पाउनै नसकिने

प्रिति र डल्ली समान पोको पार्न नभ्याएको हो कि ??

ल पानपाते पुडको भएर मलाइ पो होचि रे । चित्रे भइ हुन सब भन्दा अग्लो
स्कूल को।म भन्दा चित्रे भाइ ३ ईन्च होचो छन्।

के भन्या होला मास्टरनी मात्र?( मास्टरनी होइन मास्टरनी नानी अथवा मास्टरनी दिदी)

नाम कति लामो रहेछ ? नेपाल को छोरा !!! केभन्ने होला अब? छोरा भन्न भएन:) छोटो नाम राख्नुस पहिले ।अनि मात्र नाम ळेखिन्छ नेपालको छोराजी
:)
 
Posted on 03-26-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानपाते फेल बनाइ दिन्छु म :) :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters