[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 252057 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-22-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी, आज चिया ल्याउने कस्को पालो हो ल म कुरिराछु है!
 
Posted on 08-22-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई माफ गरिदेउ मेरा लोभी नजर
कहीं कसैमा बिझेछु भने
म त खोजीरहेछु हरेक चेहरामा
मेरी सपनाकी एक प्रियसी मायालु

सबै काम चोरहरुलाई शुक्रबारे जदौ।
चिया नास्ताको व्यवस्था गरिदिनेको कल्याण होस्।   


 
Posted on 08-22-08 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले अनी सान्नानी।


बिस्टे खै बिस्टे? थापाथली तिर थर्मस बोक्दै कि? अड्डा मै ?

छिट्टो ल्याउ चिया, अड्डा जान हतार भैसक्यो। असत्ती प्रोफेसर ले बिहानी मिटिङ राखेको छ।

 


 
Posted on 08-22-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुक्रबारे सुक्सुकाउदो जदौ ठुल्दाइ, चिप्ले, सान्नानी तथा पछी आउने बिस्टे, पर्बते, लहरे, पिया, दिपिका, नेत्रे सबैलाई
 
Posted on 08-22-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
शुक्रबारे रमझमे झम्झमे (झम झम पानी पारी राछ ) जदौ।
बिस्टे नभैकन वोर को सिन्को पर नि सार्दैनौ पातकी गाम्ले हरु,कैले काइ त म अैइपुग्दा तातो चिया कसैले खानदिये नि कस्तो हुन्थ्यो, के अर्नु आफ्नी भान्जी बिजी भई,नातिनी लाई पनाती स्यार्दै ठीक्क अरु सब्बै कामचोर हरु न परे।
ल घुट्क्याओ ..
coffee 3coffee 3coffee 3coffee 3coffee 3coffee 3
 
Posted on 08-22-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धोका सरासर धोका
चिया भनेर आगो?
जल्दी यहाँ से भागो
 
Posted on 08-22-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक्क पार्नु भो हजुरबाले सधैं हजुरबालाई कुरेर बस्ने हरुलाई खुचिङ्

ए रिट्ठे तिम्रो पालो हो आज चिया बनाउने ल बनाउ त छिटो


 
Posted on 08-22-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात है सबैलाई!!!!

ठुल्दाइ तारेमाम! आजकाल त हजुरलाई के भएको होला? एकछिन पनि मेरो मामा देखेनु भएन भने लौ थापाथली पुग्यो बिस्टे भन्न थालिहाल्नु हुन्छ

चिप्लु नमस्कार! अरुले बनाइदिएको चिया पिउन त खुब मजा आउछ है? 

सानु आज चिया लेराउने पालो चिप्लु को हो क्या रे  सानु अब त म यही भन्ने हो हजुरलाई सान्नानी लेख्दा त स र न ले हैरान बनायो।

रिट्ठे के छ? कस्तो अन्तर्यामी तिमी। म घर बाट निस्केकी पनि छैन तिमीले चौतारीमा आइसकेको देख्यौ है?

मामा दर्शन! हजुरलाई त सबैले दु:ख दिनुभयो मामा। कोही पनि चिया नबनाउने। हजुरनै आएर चुलो बालेर चिया बनाउनु पर्ने। अझ फेरी हजुरलाई त स्टिल को गिलास मन पर्छ भनेर सबैलाई थाहा हुँदा पनि कसैले मतलब नगरेको देखेर चै दिक्कै लाग्यो ल लिनुस मामा चिया। आज त भान्जी छे नि।


 
Posted on 08-22-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले हाम्लाई तर्सायो
चिया को ठाउमा आगो बर्षायो

गरेको थियो चिया को बात
यो त एकदम ठुलो बिश्वासघात

सोझो गाउले झुक्याउन पाइदैन
थुतुनो डाम्ने आगो चाइदैन


 
Posted on 08-22-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

polyo ni !!!

 


 
Posted on 08-22-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिष्टे त अझै थापाथली गएको रहेनछ। अनि चिया भनेर आगो ल्याउने? त्यही आगोले टायर बालेर आन्दोलन गर्नु पर्‍यो?
नेत्रे, सान्नानी, रिट्ठे, ठुल्दाइ आदि सबैलाई तारेमाम।  

 
Posted on 08-22-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपू र मास्टरनी काकीलाई पनि शुभप्रभात।
आज त काकीको हातको चिया खान पाए हुन्थ्यो।  

 
Posted on 08-22-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिट्ठे, यो साझामा २४ घण्टामा कती पल्ट टाँस्न पाईन्छ? मेरो कोटा पुग्न लाग्या जस्तो छ।
रिट्ठे, सान्नानी, बिस्टे, ठुल्दाइ, चिप्ले, मिस दिदी, दिपीका नानु लगायत पछी आउने सम्पूर्ण औतारीहरुलाई मेरो यो शुक्रबारको सलाम।
ल गफ गर्दै गरम है औतारी हो। म एक्छिन तेल पेलेर आउछु।
 
Posted on 08-22-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ,रिट्ठे,चिप्ले,सान्नानी,नेत्रे,मिस नानी,भान्जी र पछी आउँदै गरेका सब्बै लाई मेरो अभिबादन।

हा हा चिया खान पल्केका हरु,पायोउ चिया को असली स्वाद क कस्को जिब्रो डाम्यो ल भन।
धन्यवाद भान्जी,साह्रै मिट्ठो अदुवा हालेको चिया बनाएछौ नि त।
ए लौ न् लौ टाएर बाल्ने पो कुर अर्न थाले पातकी हरु त।
ल म भागे।


 
Posted on 08-22-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI......

Whats up !  how you all doing today..


 
Posted on 08-22-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                        सुचना

चौतारीका औतारिहरुमा टायर बाल्ने खुब मन भएको देखी, एस्लाई ब्यवस्तित ढंग बाट अघी बढाउन, टाएर बाल्ने तथा ब्यवस्थापना समिती गठन गरिएको छ। एस समितिको प्रमुख पनि लहरे कान्त लाकौल लाई नियुक्त गरिएको छ। आजको मिती देखी कसैले टाएर बाल्नु परेमा यो समितिमा $२०० को दस्तुर सहित को निबेदन प्रस्तुत गर्नु पर्नेछ। $५०० सहित को निबेदन दिएमा ३ वटा टायर, १ लित्रे मट्टी तेल अनी एउटा सलाई को डब्बा पनि बितरन गरिन्छ। टाएर बालिसकेपछी बचेँको कालो फोहोर सफा गर्ने काम कारवाहिको जिम्मा रिट्ठे रायमाझी लाई दिइएको छ। निज पनि टाएर बाल्ने तथा ब्यवस्थापना समिती कै अन्तर्गन्त मा रहेर काम गर्ने कुरा को जानकारी पनि गराइन्छ। धन्यवाद।


चौतारी रस्रङ बिभाग

 
Posted on 08-22-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा बौचा कती हसाउने। जुन बिभाग को पनि प्रमुख आँफै है? अझ रिट्ठेलाई चै कालो फोहर सफा गर्ने रे
लौ नेत्र हुँदा हुँदा तिम्रो पनि दिपिका नानु भएँ म। होइन है होइन त्यो त
हर्क दाई सञ्चै?
मिस दि त जिब्रो डामेर टाप दिनु भएछ
हो मामा सबै जना अल्छिहरुलाई यस्तै गर्नु पर्छ


 
Posted on 08-22-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपीकाले मलाई सानु भन्ने रे? फेरी रिट्ठेले भन्या जस्तो धम्मर्धुस मलाई देख्यो भने तर्सेला नि त।


बौचा  रिट्ठेलाई खुचिङ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters