SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 117612 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 06-18-05 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्तजी,
सुरुमा त मैले "यस्तो नाम नै नक्कली राख्नेले के गर्ला" भनेर तपाईँलाई पतयाएको थिइँन। तर तपाईँा त एकदम राम्रो कवि पो हुनुहुँदो रहेछ। बधाइ छ।
 
Posted on 06-18-05 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah re wah saru dai dherai ramro kavita k garnu aafulai ta jasko yaad aye ni, sukha paye ni, dukha paye ni, nindra nagale ni, bhok nalage ni kavita lekhna kahile ayena:( tara bhok ra nindra ta chin chin ma lagcha ani saru dai ajkal chillo khutta liyera football kheldai hola hai? hehehe

 
Posted on 06-18-05 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए, भउते भाई (ए सरी है दाई),

तपाईँ आफैँले लेखेका हुन यी कबिताका हरफहरु? मलाई त कता कता मेलोडी त सुने जस्तो लाग्यो त? (जोक गर्या नि फेरी....नरिसाउनुस् नि!)

अरु पनि सुन्ने मन छ तर धेरै पर्खने मन चाहिँ छैन।
-----
ओके
 
Posted on 06-18-05 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज कताबाट भगवान आए?

>म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥

>पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरकी, गुर्सिनी दिदी ॥

दोश्रो खण्डको प्रतिक्षामा।




 
Posted on 06-19-05 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo shirish ko salaam cha hi...yesto chanda baddha kabita lekhne lai
 
Posted on 06-19-05 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नयाँ कविताको प्रतीक्षामा छु
 
Posted on 06-19-05 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ लाहुरे जी, नाम नक्कली भे' पनि काम चै सक्कली नै हो है....हे हे हे, अनि तपाईको लाहुरका पनि केहि कोसेली पाउन पाए हुन्थ्यो, जीरा-मसला ल्याउनु भा' छैन ? :p

पातलु, सबैले लेख्न थाल्यो भने त कसले सुन्ने नि फेरि :) उसै त कविता सुन्ने मान्छे पाउन कति गाह्रो छ। अनि क्याक्टस ले'र आउछु भनेको होइन? म त पर्खिरा'छु है (देब्रे आँखा झिमिक्क)।

ओके दाइ, २ बर्ष जुनियर मलाई के का दाइ नाता लगाईरा' भन्या, भर्याङका कुरा गर्दा चुप लाग भन्नु भो। अँ साच्चि, यी कविता लेखेका होईनन्, टाईप गरेका हुन् ........रे क्या (थोत्रो जोक)

दादा, सबै सञ्जुकै देन त हो नि, हे हे हे, क्यार्नी बिचरीलाई तपाईले गर्नु नगर्नु गरेर :) आजकाल पुन्तुरे भाइले "एस एल सि काँ बाट?" भनेर सोध्छ कि सोध्दैन ? :p

शिरिस जी, मेरो पनि सलाम है, जल्दो बल्दो गजलकारलाई। तपाईँका गजल हरु पनि मेरा प्रेरणाका स्रोत हुन्। भर्खर सिक्दै छु, तपाईहरुको सुझाव र प्रतिकृया मेरा लागि अमुल्य छन्।

एक पल्ट फेरि सबैलाई धन्यवाद (मौन पाठकलाई पनि)

फेरि मेरै मुखारवृन्द बाट श्रवण गर्ने हो भने यहा जाम्।

-भउते


 
Posted on 06-19-05 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि दाहो-याई तेहे-याई पढे है सरुको कवितालाई - कस्तो गाउँघर गए जस्तै लाग्यो।

सुन्न मिलेन त।

अरु नि जाओस नियमित रुपमा।
 
Posted on 06-19-05 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्न यहा जाम। अघिकोमा लिंक बिग्रेछ के।

-भउते

 
Posted on 06-19-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति हसायो सरु दाइले म हासेर कफी सर्केर मरे अब .......आखुम् आखुम् :D:D

 
Posted on 06-19-05 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute:

सुन्न यहा जाम। अघिकोमा लिंक बिग्रेछ के।

खै के सुन्ने हो भनेको? यहाँ त तलको जस्तो पो आउँछ त ? कि मेरो कम्युटर लाफ पुर्बिया लाग्यो?

-----
ओके
------------------------------------------------------------------------
Yahoo!

This page is not available.
We're sorry, but this page is currently unavailable for viewing.
If this site belongs to you, please read this help page for more information and assistance.

For general questions see our main help area, or search for other member pages.

Search Yahoo! GeoCities

advanced search
Build Your Own Web Site...
With Yahoo! GeoCities, anyone can build a great web site...for free!
Sign Up Now!

Learn more...

ADVERTISEMENT


Address Book · Alerts · Auctions · Bill Pay · Bookmarks · Briefcase · Broadcast · Calendar · Chat · Classifieds · Clubs · Companion · Experts · Games · Greetings · Home Pages · Invites · Mail · Maps · Member Directory · Messenger · My Yahoo! · News · PayDirect · People Search · Personals · Photos · Shopping · Sports · Stock Quotes · TV · Travel · Weather · Yahooligans · Yellow Pages · more...

--------------------------------------------------------------------------------
Copyright © 2001 Yahoo! Inc. All rights reserved.
NOTICE: We collect personal information on this site. To learn more about how we use your information, see our Yahoo Privacy Policy


 
Posted on 06-20-05 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गृह बिमार (Home sick) हो कि स्वरै मसिनो हो मेरो जस्तो?
रुन लागे जस्तो सुनियो। (राम्रो अर्थमा है।)

कति वर्षपछि शित्तल भो।
अरु नि जाओस्।

 
Posted on 06-21-05 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पातलीको नाम देखेर एउटा गीत याद आयो यार

अहम्.......अहम.....

असारै मासको दबदबे हिलो, छि: मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा नौ बीस रिन लाग्यो

ओहो !!! साच्चिकै असार लागेछ, अहिले गैह्री खेतको रोपाईँमा यही गीत खुब घन्किदै होला। अनि धानको बिउ उखेल्न आउछु भनेको हैन पातलु? :P

ओके बुरो,

यसो कसैले क्लिक नगरेको बेलाँ झुक्याएर क्लिक गरम् त, हुन्छ।

दादा,

रुँदा रुँदा घाटी सुकेर त्यस्तो भा' नि। के गर्नु, गाउँ सम्झ्यो भने अहिल्यै भुर्र उडेर जाम जस्तो हुन्छ........... रे क्या (जान त के का मन हुनु नि, अस्ति भर्खर त आ'को)

:)
-भउते
 
Posted on 06-21-05 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता गर, उता गर, भउते नि झण्डै झण्डै बन्धु नै पर्न गएछ! छिमेकी बन्धु भन्न परो!

भन्छन्...
स्याङ्जालीको मन हुन्छ रे जाली!

सोंच्छु...
कविता सुन्दा त दिऊँ है ताली!

पिर पर्छ...
प्रशंसा गर्?या सुनेर माग्ला नि फेरि साली! :p

 
Posted on 06-21-05 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे,

"कसैलाई के को पिर, पुन्टुलाई साली को पिर" भुन्या यहि हो :)

कता पर्यो र हउ पुन्टेदाईको गुँड ?

-भउते
 
Posted on 06-21-05 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम् अहम् खै खै मु पनि लेखूं कति ठाँउ ओगट्या भुन्या !!

ओ हो !! भउतेजी गायब भयर अनि फोडदिनि धमाल, ल बधाइ छ ।
सेसि छ ल कविता ! नेपालि साहित्य यहाँको दरो छ !

मैले त यस्को अर्थ नै बुझिन यार :

उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी ( पस्थी भनेको के हो ? )

अरु नि जाओस्।
 
Posted on 06-21-05 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डित जी, छैँटी नभेटे पनि न्वारन सम्म भेट्न आउनेभे'छ, स्वागत छ यहाँ लाई।

हैन साच्चै नबुझ्या हो र भन्या। "पस्नु" कृयापदको स्त्रीलिङ्गी रुपमा "पस्थी" भन्ने शब्द आएको हो। पुरै हरफको अर्थ बुझ्न मेरो गाउँ चापाकोटको भौगोलिक स्थिति थाह पाउनु पर्ने हुन्छ। यो काली गण्डकीको किनारमा लम्पसार परेर सुतेको छ। डाँडा-काँडाले लुसुक्क छोपिएर काली सँग मायाँ-पिरती लाउदै बसेको चापाकोटलाई बाहिरबाट भेट्टाउन जो-कोहीलाई पनि हम्मे हम्मे पर्छ के, त्यसैले त उषालाई पनि भित्रै नपसिकन धरै छैन। अनि फेरि उत्तर-पुर्वमा अन्नपुर्ण हिमसृङखला टल्किदा खेरि सेतो फेता बाँधे जस्तो देखिने क्या।

त्यो "सेसि" भुन्या के नि? बीचमा आधा "क" छुटेको त पक्कै होइन होला, त्यस्तो त क्यै थे'न त।
:)

-भउते
 
Posted on 06-21-05 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा म चैं कहाँ पुगिरा के हो के हो भनेर !!

हाहाहा सुत्न गय भो , दिमागले काम गर्न छोडेछ ।

छैँटी नभेटे पनि न्वारन सम्म भेट्न आउनेभे'छ, >>>>>>>>>>

ल फेरि किन न्वारान गर्न ला त भन्या !! ;)

ल जे भय नि बधाइ छ !!
 
Posted on 06-22-05 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भउतेको गजल"

नसुक्दै आलो घाउ, फेरि आज दर्फरायो
अनिष्ट क्यै हुनु छ कि आँखा फेरि फर्फरायो

भोको पेटै मृत्यु माथि हुंकार छाड्ने
जुठो पुरो पाउने आसमा जिब्रो लर्बरायो।

अरुकै निम्ति यज्ञ गर्यो, चरु थप्यो,
आफ्नै चिता, अग्नि-ज्वाला झन् भर्भरायो।

भोरको प्रतिक्षामै सकिएछ कि तेल
"स्निघ्न शान्त" दीप त्यसै त्यसै धर्मरायो।

अब नसोध, प्रताडित यो "भउते"
आज भोलि किन दिन-दहाडै बर्बरायो।

*** *** *** *** *** ***

:)
-भउते

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters