Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A Ghazal in Making..Nepe

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 53348 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 07-05-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भयो गजलतिर हात नहालेको । एउटा शेर फुरेको थियो, ज्यान गए अगाडि बढ्दैन । अलि कठिन विन्यास छानेर पनि हो त्यसो भएको । एनिवे, अहिलेलाई त्यहि एउटा शेर (मतला) प्रस्तुत छ । अरु शेरहरु किस्ताबन्दीमा क्षेपण गर्ने योजना बनाएँ लौ ।

केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट


 
Posted on 07-18-05 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मेरो ASAW को पालो . . .

एक हप्ता पछि एउटा शेर हाल्दैछु । यस पाली चाँहि 'मकता' (concluding sher) नै । अहिलेलाई बींट मारें यसैमा ।


केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट
केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट

मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए
हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट

केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा
केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट

भुर्र उडेर भाग्नु चराको नियति नै थियो, के भो ?
आज चराहरु गुलेली ताकेर झरे रुखबाट

वनको बाघले खाएका भने बेपत्ता छन् अद्यापि
मनको बाघले खाएका, बाँचेर झरे रुखबाट

कोईली नियाल्दै, गीत सुन्दै, थियो चौतारीमा "नेपे"
कागका दुई फुल फ्यात्त गोडा नेर झरे रुखबाट


 
Posted on 07-18-05 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रेटिएर धून भईनँ
पिटिएर सुन भईनँ

जे होस्, चिन्यौ टाढैबाट
भीडमा 'खै कुन ?' भईनँ

गला, छातिमा अल्झिदा नि
दुर्भाग्यै भो ! लुन भईनँ

धन्न निस्किए खलबाट
पिसिएर घुन भईनँ

अध्यारो रात झै बाँच्छौ रे !
ऊजेलो दिने जून भईनँ


04/19/05
 
Posted on 07-18-05 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here I go again :) Nepe, I thought Jujupsa means desire/want/aspiration

एकचोटी मुस्काई दिए के जाला हजुरको ?
आखाले नि फाल्दो रैछ - भाला हजुरको ॥

परेलिको घात पनि भित्र भित्रै पाक्दो रैछ
शिकार गर्ने नौलो रैछ - चाला हजुरको ॥

 
Posted on 07-18-05 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Houston

mero ni esso...


अन्त यस्सो नजर लाएर पक्राउ पर्दा
भन्नै पर्यो ?फूल जस्तै रै?छ गाला हजुरको?




 
Posted on 07-18-05 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त नजर यस्सो लाएर पक्राउ पर्दा
भन्नै पर्यो, फूल जस्तै रैछ - गाला हजुरको

 
Posted on 07-18-05 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त छेउमा बसेर मज्जाले पढिरा'छु।
Houston जीले कता हो कुन्नि, कस्लाई हो कुन्नि, "धेरै पढ, थोरै लेख" भन्नुभा'रेछ।
कस्तो चित्त बुझ्यो के मलाई। :)
-भउते
 
Posted on 07-18-05 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनै आल्हादित भयो है, सभा जमेको देखेर ।

निस्किए खलबाट धन्न
पिसिएर घुन भईनँ

सुब्हानल्लाह ! सुब्हानल्लाह !

अनि शिरीषजी, के हो नि 'लुन' भनेको चैं ?

*** ***
Houston जी,

यो बुढो नेपेलाई के यस्तो रुमानी शायरी सुनाउनु भा ? बहकिन्छु कि क्या म पनि ? ल मेरो तर्फबाट एउटा योग


गीत भन्दा मीठो गीतको बोल बिर्सिएर
रोकिदा आएको 'ला. .लाला. .लाला' हजुरको


>I thought Jujupsa means desire/want/aspiration

हो र ? खै यो शब्द सुने सुने जस्तो पनि लाग्छ, नौलो जस्तो पनि लाग्छ । मैले यस्सै भन्न सकिनँ है ।

 
Posted on 07-18-05 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

juGupsa = Criticism, blame. abuse
lun = jewelery worn on the neck and chest
 
Posted on 07-19-05 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


aaja ko quota:



आवाज र बिचार जुन कोठाको कैदी थियो,

साचो खोसि, फोडिदै रै'छ - ताला हजुरको





 
Posted on 01-09-07 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just reviving this old thread to squeeze a new ghazal in (took a very long time to compile this one since the opening couplet was first composed and shared in the inagural edition of my "Samayik Shayari").

Hope you enjoy.

Nepe

.

 
Posted on 01-10-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पो हुनु पर्छ गजल भनेको !

नेपेको लेखाईको देखासिकी गर्छु होला !

बष्टनमा हुने भनेको साहित्यिक कार्यक्रममा यो गजल पाठ गर्ने अनुमति पाम् !


सामुन्ने छिन् मायालु, अझै कुरिरहेछु म !
दूरी जमिन हैन रे'छ, आफै दूरी रहेछु म !

आंखा पर्दा नुहें, पिठ्युँ पर्दा घुरिरहेछु म
सुरक्षित दूरीको पो बहादुरी रहेछु म !

मनोरञ गुड्ने राजमार्ग कै'ले पुरा होला
एउटा खाल्डो खनी अर्को पुरिरहेछु म !

जहांको तहीं छु अझै, यस्तो त होईन कतै
ब्यायामी धावन पेटीमा दगुरिरहेछु म !

म निर्णायक मायाको सुनामी हुं भन्ठानेको
भदौरे घाम, माघे ठण्डी, चैते हुरी रहेछु म !
 
Posted on 01-10-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आंखा पर्दा नुहें, पिठ्युँ पर्दा घुरिरहेछु म
सुरक्षित दूरीको पो बहादुरी रहेछु म !



:-)

नतमस्तक भएँ गुरु !

सामयिक सायरीमा त्यस्तो मीठो मतला पछि अर्को शेरमा राजनिति घुसा'को देखेर कस्तो दिक्क लागेको थ्यो। अहिले यो मन फुरुङ्ग भो। :-)
 
Posted on 01-10-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>नेपेको लेखाईको देखासिकी गर्छु होला !

म आफैले चाहि 'फैज' को नक्कल गरेको, गर्न खोजेको भनम् न । परम्परागत श्रृङ्गारिक विम्बहरुलाई समसामयिक सामाजिक मुद्दाहरुको आख्यान/टिप्पणी गर्न बलजफ्ती लगाएको हुँ ।

भौतेको अप्रसन्नता चाहि राजनैतिक अनुवादमा भन्दा पनि अतिशयोक्तिपूर्ण राजनीतिकरणमा हो भन्नेमा छु । होईन भौतेज्यू ?


*** *** *** *** *** ***

शिरीष,

>बष्टनमा हुने भनेको साहित्यिक कार्यक्रममा यो गजल पाठ गर्ने अनुमति पाम् !

अवश्य । सम्मानित अनुभव गर्नेछु, कृतज्ञ हुनेछु ।

बरु, एक-दुई शब्द तलबितल परेछ, त्यसैले पूर्ण पाठ पुन: एक पटक,


सामुन्ने छिन् मायालु, अझै कुरिरहेछु म
दूरी जमिन हैन रे'छ, आफै दूरी रहेछु म

आँखा पर्दा नुहें, पिठ्युँ पर्दा घुरिरहेछु म
सुरक्षित दूरीको पो बहादुरी रहेछु म

मनोरथ गुड्ने राजमार्ग कै'ले पुरा होला
एउटा खाल्डो खनी अर्को खाल्डो पुरिरहेछु म

जहाँको तहीं छु अझै, यस्तो त होईन कतै
व्यायामी धावन पेटीमा दगुरिरहेछु म

म निर्णायक मायाको सुनामी हुँ भन्ठानेको
भदौरे घाम, माघे ठण्डी, चैते हुरी रहेछु म

______________________
धावन पेटी = treadmill

Nepe
 
Posted on 01-10-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बूँद राना, नेपाली गजलका अनुपम हस्ताक्षर र म एकलव्यका द्रोणाचार्य, का एकल गजल-सभा...
_______________________________

Nimto

Aarohan, Gurukul and Anammandali
Presents:


GAZAL-SANDHYA
(A Solo Presentation of Bund Rana's Gazals)

You are invited to witness and enjoy the evening.

Venue: Rimal Theatre, Gurukul.
Date: Paus 29, 2063/ Jan 13, 2007.
Time: 3:30
__________________________
 
Posted on 01-11-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe Guru

Reread your ghazal. It sounded better.

But one comment:
What happens if you remove म from the last sher ? I thought it was a mere repitition when I was practising reading.

निर्णायक मायाको सुनामी हुँ भन्ठानेको
भदौरे घाम, माघे ठण्डी, चैते हुरी रहेछु म

People have kind of accused me of correcting grammer and others of others work.

I can't correct English grammer though.
 
Posted on 01-11-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!
धेरै पछि नेपेदाईको गजल!
नि:शब्द!!
फोटोले झन सुनमा सुगन्ध थप्यो:)

"मनोरथ गुड्ने राजमार्ग कै'ले पुरा होला
एउटा खाल्डो खनी अर्को पुरिरहेछु म ! "



"मनोरथ गुड्ने राजमार्ग कै'ले पुरा होला
एउटा खाल्डो खनी अर्को खाल्डो पुरिरहेछु म "

पढ्दै जाँदा तल्लो शेर अरु शेरहरु संग पढ्दा Rhyme मिलाउन साह्रै गाह्रो लाग्यो मलाई त।
माथिको चाहि पढ्दा अरु शेरहरुसंगै बगेको जस्तो लाग्यो। झ्वाट्ट पढ्दै जाँदाको कुरा है अरु नियम, शब्दविन्यास र भावहरु त मैले के केलाउन सक्छु र :)
 
Posted on 01-11-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

That's what I was thinking myself. As a matter of fact, 8+7 syllables are much more common than 8+8 syllables in musical world.

And just yesterday I was trying to sing my ghazal (by removing the ending "म" of all misras) in the tune of Mehdi Hassan's "Kahan gayee woh wafaa". It sounded fitting.

Try Mehdi Hassan yourself:

http://www2.dishant.com/album/Mehdi_Hassan_-_The_Legend.html

I am also sending the mp3 of "Kahan gayee woh wafaa" to you.

Adapting my ghazal to it's tune

सामुन्ने छिन् मायालु, अझै कुरिरहेछु
दूरी जमिन हैन रे'छ, आफै दूरी रहेछु

आँखा तर्दा नुहें, पिठ्युँ पर्दा घुरिरहेछु
सुरक्षित दूरीको पो बहादुरी रहेछु

मनोरथ गुड्ने राजमार्ग कै'ले तुरिन्छ
एउटा खाल्डो खनी अर्को खाल्डो पुरिरहेछु

जहाँको तहीं छु अझै, यस्तो त हैन कतै
व्यायामी धावन पेटीमा दगुरिरहेछु

म मायाको निर्णायक सुनामी हुँ ठानेको
भदौरे घाम, माघे ठण्डी, चैते हुरी रहेछु

*** *** *** *** ****

Birkhe-jee,

If you are interested I can send the mp3 to you too. May I have your email ?


Nepe
 
Posted on 01-11-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>पढ्दै जाँदा तल्लो शेर अरु शेरहरु संग पढ्दा Rhyme मिलाउन
>साह्रै गाह्रो लाग्यो मलाई त।

Birkhe-jee, you will have to break it as follows:

सामुन्ने छिन् मायालु .... अझै कुरिरहेछु
दूरी जमिन हैन रे'छ .... आफै दूरी रहेछु

आँखा तर्दा नुहें .. पिठ्युँ .... पर्दा घुरिरहेछु
सुरक्षित दूरीको पो .... बहादुरी रहेछु

मनोरथ गुड्ने राज .... मार्ग कै'ले तुरिन्छ
एउटा खाल्डो खनी अर्को .... खाल्डो पुरिरहेछु

जहाँको तहीं छु अझै, .... यस्तो त हैन कतै
व्यायामी धावन पेटी .... मा दगुरिरहेछु

म मायाको निर्णायक .... सुनामी हुँ ठानेको
भदौरे घाम, माघे ठण्डी, .... चैते हुरी रहेछु


___
 
Posted on 01-11-07 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तार छिनेको सारङी जस्तै हु म त
मिठो सुर कसरी निकल्न सक्छु र ?
सम्झदै-भुल्दै विवश भएको पागल जस्तै हु म त
अब कसलाई पो सम्झाउन सक्छु र ?
नजाने गाउको बाटो भुलेको यात्री जस्तै हु म त
गन्तब्य कहाँ बताउन सक्छु र ?
गर्हुन्गो भारिले थाकेको भरिया हु म त
फेरी तिमीलाई कसरी बोक्न सक्छु र ? ? ?
 
Posted on 01-11-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो लाग्यो नेपे गुरु! दोष खोज्दैछु। भेटे, पछि खोकौंला। तर दोष जति शिरिष-भउते-जिम्माल गुरुले खोजिसके जस्तो छ, मेरो भागमा नपर्ला जस्तो छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters