[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23  
[VIEWED 203644 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
The postings in this thread span 23 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-22-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो भन्दा उत्तम अन्त्य अर्को हुनै सक्दैन: कुम्ले आफू कुन बेला लुसुक्क भाग्न पायो अनी अहिले त्यसो भन्छ। 

रिठ्ठेलाई बिशेष सहानुभुती।


जिम्मालबा, तपाईंको लेखन शैलीलाई कुन शब्दले प्रशंसा गर्ने हो थाहा भएन। थाहा भए पछी गरम्ला। फेरि फेरि छिट्टै यस्ता उत्क्रीष्ट लेखाइहरु पढ्ने मौका मिलुन्।               

 
सान्नानी
Posted on 07-22-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त तितौरीसँग खेल्न भनेर जिम्माल बाको घरतिर लिएर हिड्या माइजुले कता पधेरा र मदनवाकाँ पो पुराइछन लौ ।।। हुन त हउरबा भेटियो उता त्यो नि राम्रो भो।

कस्तो मजाले बचेँछ कुम्ले चाँही छट्टु नै रैछ बा बा नसकिने

बिचरा रिट्ठु , बसन्ती कती बाठी नि, कती मजाले लेखेकी चिट्ठी

जिम्माल बा हजुरको लेखाइ, कल्पनाशिलता, भाषा, शैली.....  अती उत्कृष्ट छ। वेल डन जिम्माल बा। अरु पनि लेख्नु है, आज गन्नु महात्म्य लेख्नी हैन?


 
Posted on 07-22-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई स्वास प्रनाली नै बन्द भएको जस्तो भयो हाँस्दा हाँस्दा
लौ न प्यारो रिट्ठुलाई भाई टिका को निम्ता कती छिटो आएको
रिट्ठे कस्तो भाग्यमानी, कती माया गर्ने दिदी बअन्ती

हा हा हा मदन्वा आत्तियो होला  जो पनि बिरामी भन्दै लेराउदा  एक्छिन मदन्वा सम्झेर हाँसे
माइला दाई ग्रामीण परीभेषको एउटा रमाइलो कथा पढियो। नदेखेको गाउको कल्पना गरियो, बोलिको भाका सिकियो, पेट मिची मिची हासियो, पात्रहरुलाई जिस्काइयो। अबभ अल यू आर ट्रुली अ ग्रेट राइटर भनेर साबित पनि भयो।

कथा त सिद्धियो, कुम्ले दाई ले भने जस्तै यो पनि एउटा साझा हेर्ने बाहना थियो, त्यो पनि सक्कियो।


 
Posted on 07-22-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले र दीपिका, साझालाई माया नमार है कथा सकियो भन्दैमा।

बिशेष अनुरोध: हाम्रा अत्यन्त प्रिय गाम्लेहरु कुम्ले कर्माचार्य तथा दिपिका देवानले गाउँ छोड्ने सम्भावना देखाएको हुँदा कथाकार बिर्खे बुढाथोकीलाई कथा लेख्ने कार्यमा निरन्तरता दिनुहुन हार्दिक अनुरोध गरिन्छ। साथै बिशेष गरी कुखुराको भाले तथा सुरुवालको सुरक्षामा सतर्कता अपनाउन सम्पूर्ण गाउँलेहरुलाई आग्रह गरिन्छ।     

 
Posted on 07-22-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेज्यू- धेरै धेरै धन्यवाद् मिठा शब्दहरुको लागि!यो चौतारीमा भएका कुराहरु जस्तै घटना बनाएर बुनेको मात्र हो। पढेकोमा र पात्र बनेर रमाइला घटनाहरु घटाएकोमा धेरै धेरै धन्यवाद्। साझा हेर्ने अरु पनि थुप्रै बहानाहरु छन् र साझाबाट सकेसम्म नहराऊनुहोला धन्यवाद्।

बिस्टेज्यू- तपाइँबाट पात्रको रुपमा सुरु भएको यो कथाले निकै धेरै भाग लियो र अन्त्य पनि गरियो। पाठकको रुपमा र पात्रको रुपमा तपाइँले गर्नु भएको सहयोगको लागि धेरै धन्यवाद्!यस्तै कतैको कुनै घटनाहरु सकेसम्म छिटै पस्कने जमर्को गर्ने नै छु।

चिप्लेज्यू- धेरै धन्यवाद्। कथालाई नियमित रुपमा पढिदिनुभएकोमा आभारी छु। अवश्य पनि अझ केहि कोरेका शब्दहरु पढ्न पाउनुहुनेछ भन्ने बिश्वासकासात पुन: एक पटक धन्यवाद्।

लहरेज्यू- सुरुवात देखि नै मैले लेखेका कथाका भागहरुमा तपाइँको अनवरत प्रोत्साहन र रुचि भेट्टाएँ, त्यसको  लागि धेरै धेरै धन्यवाद्।

बसन्तीज्यू- धन्यवाद् राम्रा शब्दहरुको लागि। हजूर ह्याप्पि इन्डिङ राखियो, हामि सबै नै पात्र छौँ र हामि सबै नै खुसि छौँ, बस् केहि घटनाहरु घटेका कल्पनाहरु आए र त्यसलाई नाटकिय रुप दिइयो! तपाइँको साथको लागि पुन: एक पटक हृदयदेखि नै धन्यवाद्।

रिट्ठेज्यू- शायद तपाइँ नै एक यस्तो पात्र बन्नुभयो यो कथामा जसलाई कथाको सुरु देखि अन्त्यसम्म सुख भएन। तर पनि एक बिशेष पात्र बन्नुभयो र कथाका प्रत्येक भागलाई चाख मानेर पढिदिनुभएकोमा म तपाइँप्रती आभारी छु।

ठुल्दाई- तपाइँका शब्दले मलाई खुसि बनायो। लेखाइमा होस या बोलिमा तपाइँको स्पष्टवादीतामा म कायल छु। कथामा पात्र बनेर र कथालाई निकै रुचिपूर्वक पढेर साथ दिनुभएकोमा धन्यवाद्। तपाइँ स्वयँ लेखक भएकोले वा, तपाइँका कुराहरु मनन गर्ने बानि परेकोले होला, यो कथामा तपाइँको समिक्षा र समालोचनाको आशा भइ नै रह्यो स्पष्ट भन्नु पर्दा। साथ, प्रोत्साहन र मेरो लेखाइबाट मनोरंजन लिनुभएकोमा धेरै धन्यवाद्।

उत्सुकज्यू- मिठा शब्दहरुको लागि धेरै धन्यवाद्। पढिरहनुभएको रहेछ र मनपराइरहनुभएको रहेछ, म आभारी छु!

झिल्केज्यू- धन्यवाद् तपाइँलाई पनि गुलिया शब्दहरुको लागि। मेरो साझा प्रवेशदेखि नै मैले तपाइँका विभिन्न शैलीका, बिभिन्न विषयका, भुगोल, राजनिती,समाज,सम्बन्ध, साहित्य लगायत सबै किसिमका धागोहरु देखेको छु र शायद तपाइँ मात्र एक पुरानो व्यक्ती हुनुहुन्छ जसले साझालाई नियमित चरनक्षेत्र बनाउँदै बहुआयामिकता थप्नुभएको छ। कथा पढिदिनुभएकोमा धन्यवाद्।

सान्नानी ज्यू- कथा तपाइँ र बिस्टेज्यूबाट शुरु भएको थियो। कथाको सुरुवातबाट नै तपाइँले पछ्याउँदै जानुभयो र प्रोत्साहनका साथ साथै मनोरंजन लिदिनुभयो, यसको लागि म हृदयदेखी नै आभारी छु।

दीपीका नानू- तिमीले पनि कथाको सुरुवात देखि अन्त्य सम्म साथ दियौ। वास्तवमा कथा लेख्न शुरु गर्दा तिमीले र अरु पाठकहरुले यो कथा पछि सम्म लैजानुपर्छ भनेकोले पनि शायद कथा लेख्ने जागर र समय मिलाउन सकियो। धेरै धेरै धन्यवाद्।

र अन्त्यमा, सम्पूर्ण साथिहरु जसले कथा मन पराइदिनुभयो र कथाको टिप्पणी गर्नुभयो वहाँहरुलाई धेरै धन्यवाद् र, साथ साथै मलाई इमेल मार्फत निरन्तर हौसला दिनुहुने र कथाको टिप्पणी गर्नुहुने साथिहरुलाई यो धागोमार्फत पनि आभार व्यक्त गर्दछु। चुपचाप बसेर कथा पढ्नुहुने सवै पाठकहरुलाई पनि धेरै धन्यवाद्।

Last edited: 22-Jul-08 12:58 PM

 
Posted on 07-22-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाकार जिम्माल बा को लेखन कला को प्रसंशा गर्नु भनेको त आफ्नो शब्द हरु को भन्डार रित्याउनु हो ! साच्चै नै यती छोटो समय मा यसरी बहुसन्ख्यक पात्रहरुलाई समेटेर यस्तो श्रिन्खलाबद्द ढंगले यती सु-सज्जित, सु-स्पस्ट, सुमधुर कथाको रचना गर्ने कार्य ज्यादै सराहनिय छ ! 

रिट्ठे को यो कुरामा म पनि सहमत  छु। 


 
Posted on 07-22-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाकार माल्दाइको लेखन कला को प्रसंशा गर्नु भनेको त आफ्नो शब्द हरु को भन्डार रित्याउनु हो ! साच्चै नै यती छोटो समय मा यसरी बहुसन्ख्यक पात्रहरुलाई समेटेर यस्तो श्रिन्खलाबद्द ढंगले यती सु-सज्जित, सु-स्पस्ट, सुमधुर कथाको रचना गर्ने कार्य ज्यादै सराहनिय छ ! 

रिट्ठेब्रो र नेप्चेदाको यो कुरामा म पनि सहमत  छु। 


 
Posted on 07-23-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेज्यू र चेली नानी, धेरै धेरै धन्यवाद् कथा सुरु देखि पढ्दै गएकोमा र हौसला दिँदै गरेकोमा!


 
Posted on 07-23-08 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha sakieyo  
 
Posted on 07-25-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो प्रेरणा, सकियो बा कथा अहिलेलाई!

अब नयाँ मौसमको कथा लेखौँला केहि समयमा! सधैँ पढेर रमाइलो मानिदिएकोमा धेरै धेरै धन्यवाद्।

खास, एउटा तिम्रो  कथा लेख्न सुरु गर्या छ, पोजिटिव रोल सम्म सुरुसुरु लेख्छु अलि नेगेटिभ हुन लाग्यो भने अनुमति माग्छु है?


 
Posted on 07-25-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली चाँही बेहोसीको रोल नदिम है जिम्माल मलाई !
 
Posted on 07-25-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अस्तिन त धन्न बाँचे भन्या जस्तो भएको थियो नाम नआएर। यसपाली छोड्ने हुन् कि हैनन् डरै लाग्छ, खास गरी रिट्ठेको हालत देख्दा।   

 
Posted on 07-25-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भनेको जिम्माल बा लाई बरु एक्टिङ सेक्टिङ सिक्नु परे पनि सिकम्ला तर रोल चाँही बेहोसी र कुखुरा चोरको नदिउ भनेर !
 
Posted on 07-25-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रिट्ठे नमर्ने भए, बेहोश नहुने भए र कुखुरा सुखुरा नचोर्ने भए यस्ता रोलहरु छन् छानेर लिनु-

१) हल्दार - रिट्ठे हल्दार "हट् हट् हट् .....सलाम साप्... दुईजनालाई अपराध गर्दा गर्दै समातेँ साप्.....हजुर साप..... मेरो पाखुराबाट साप..... दुईजना लामखुट्टे रगत चुस्दा चुस्दै समातेँ साप्!"

२) लठेब्रो - रिट्ठे लठेब्रो  "कअह्तो दुउउख दिइइने भन्न्याआ यो माआइला दाआइले त, अअइले बाआआलाई भअन्दिन्न्छु अअनि" (सुइँट्ट् सिँगान तान्छ र बग्दै गरेको कट्टुलाई माथि तान्छ)

अरु पनि आवेदनमा लोल!!

 


 
Posted on 07-25-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका मिठुन सिठुन जस्तो रोल छैन र भन्या?
कि त दीवार वा त्रिशुलको लम्बुको जस्तो भये झन काइदा हुन्थ्यो
 
Posted on 07-28-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास, एउटा तिम्रो  कथा लेख्न सुरु गर्या छ, पोजिटिव रोल सम्म सुरुसुरु लेख्छु अलि नेगेटिभ हुन लाग्यो भने अनुमति माग्छु है?

hus huncha  ! role ke hune ho sunna pa aile dekhi nai aina herdai piraautis garna hunto     lol   

rithe ko no 2 role super duper hit hola jasto lagyo hau


 
Posted on 07-28-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पुर्ने वाला रोल रे? अझ फेरी प्ज्न सुन्य सुन्य सात ले सुपर डुपर हिट हुन्छ रे !
 
Posted on 07-28-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 रित्थे
 
Posted on 07-28-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-31-15 10:30 PM     [Snapshot: 50508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khojda khojya balla fela paryo 😊 best ever!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters