[Show all top banners]

aficionado

More by aficionado
What people are reading
Subscribers
:: Subscribe
Back to: Classifieds (Roommates/Want Ads/For Sale/etc.) Refresh page to view new replies
 रहेनन माईकल ज्याक्सन
[VIEWED 7267 TIMES]
SAVE! for ease of future access.
Posted on 06-26-09 5:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 







रहेनन माईकल ज्याक्सन

पप सम्राटको रुपमा चार दशक सम्म विश्वभरी छाएका पप गायक माईकल ज्याक्सनको ५० वर्षको उमेरमा निधन भएको छ। ११ वर्षको उमेर देखी नै आफ्नो व्यावसायिक क्यारियर शुरु गरेका माईकलको मृत्यु हृदयघात बाट भएको बताईए पनी त्यसको आधिकारीक रुपमा पुष्टी भने भईसकेको छैन। उनलाई हृदयघात भएको भनेर उनको घरमा चिकित्सक हरु पुग्दा उनको श्वाश नै चलिराखेको थिएन। त्यस पछी उनलाई लज एन्जल्सको UCLA Medical Centre  मा पुर्याईएको थियो जहाँ उनलाई मृत घोषित गरीयो।

केही हप्ता पछी लन्डनको O2-एरिनामा कन्सर्ट गर्ने तयारी गरीरहेका माईकल आफ्नो जिवनकाल भरी गीत-संगीत बाहेक बाल यौन दुर्व्यवहार लगायत अन्य कारणले चर्चामा आएका थिए। केही समय यता कानुनी र आर्थिक संकट झेलिरहेका माईकल लाई स्थानीय समय अनुसार दिउँसो २ बजेर २६ मिनेट जाँदा  मृत घोषित गरिएको थियो।
लागु औषध दुर्व्यसनी रहेका  माईकल त्यसैको कारण मृत्युको मुखमा पुगेको बताईए पनी त्यसको आधिकारीक पुष्टी भएको छैन।


सन् २९ अगस्त १९५८ मा जन्मेका ज्याक्सनले सात वर्षको उमेर देखी नै गायन शुरु गरेका थिए। असीको दशमा निकै चर्चामा आउनुका साथै अमेरिकि पप गीतलाई विश्वभरी चिनाउन सफल उनलाई पप गीतका महान हस्तीहरु एल्भिस प्रिस्ले र  द बिटल्स सँग समेत दाँज्ने गरीन्छ।


६ वटा सोलो एल्बम निकालेका ज्याक्सनका 'अफ द वाल', 'थ्रिलर' तथा 'ब्याड' जस्ता  एल्बमहरु अत्याधिक बिक्री भएका थिए जस मध्ये थ्रिलर त ४७-१०९ मिलियन कपी सम्म बिक्री भएको बताईन्छ। त्यस्तै अर्को एल्बम ब्याड पनी विश्वभरी ३० मिलियनको हाराहारीमा बिक्री भएको थियो।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters