nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 144904 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-20-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यौटा टपरिकट ल्यार परबिन गुयम ले गा'को गिद चौपारीयाँ बजाइदिम् भनेको त ...तो जापानी टपरिकट बजाउनी कसरी र'च कुन्नी मेरो त ढङ्गै पुएन गाँठे !
 
Posted on 01-20-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियाँ-निसाफमा मुन्द्रे पक्का मान्छे हो । निसाफ पनि छाड्दैन, नियाँ पनि दिन्छ । रिकुटेलाई मीत लाईदेपसि गामको चलन पनि सिक्छ र मर्ज्यादा पनि राख्ला भनेर बडो बुद्धिमान कुरो गरो है केटाले ।

*** *** ***

सिरेले गरेको "पारमेन्टी" कुरा नि साह्रै घत प-या छ है मलाई । पारमेन्टी गर्न पर्ने कुरोलाई पारमेन्टी गर्ने गरेर फत्ते गर्नपर्छ भन्ने यिनको पारमेन्टी कुरा साझाको चौतारीमा मात्र होईन मुगलान र गुगलानको डहर-ओढार मा समेत सुन्न पाईन्छ । अस्ति भक्खर गुगलानको ओढारमा राउनीतिका साउतीवादीहुरलाई सुनाउदै थे- पाटीहुरले अब राजा र राजाका छम्डाहुरलाई दोबाटोमा तमाशा देखाअर मात्र काम छैन, पारमेन्टी काम ( parallel government) गरेर देखाम्न सक्नु परो भनेर ललकार्दै थिए । यस्ता पारमेन्टी पो छन् ता सिरे ।

*** *** ***

अब आफ्नो पनि कुरा अरम । लाहुरेदाईकहाँ राउनीतिको साउती भनेर केटाहुरले पु-याए मलाई, भरे त बिजुलीपानीको तुच्च तुच्च कार्जेक्रम पो रहेछ । खासै पिउने मान्छे त हैन म, तर लाहुरेदाईको मुलाकात, जिम्मालबाले नबुझे पनि साह्रो मीठो मानेर सुनिरहेका देशी गजल र केटाहुरले 'छु लेने दो नाजुक होठों को' भन्दै गिलासलाई म्वाँई खान थालेसी उठाएँ मैले नि एउटा गिलास । भो अब ? त्याँसी के के भो के के, होशै छैन । खै कसले हो नेपेबाट जाओस् एउटा गजल भन्या र सबैले हो हो मा हो हो लगाको लगाई ग-या सम्म याद छ । त्याँसी भएन अब भनेर कनी कुथी सुनाएँ एउटा गजल । सम्झ्या जति यहाँ टाँसिदिएको छु ।

केही ब्यौतिगत र सामाजिक ऐनाहेराई र केही राउनीतिक टिप्पणीको जमर्को भन्नुपरो, छ के रे यसमा चाईने जो ।

गजल

थोरै केही पिएको हुँ
धेरै पिई दिएको हुँ

जबर्जस्ती हुन्थ्यो नत्र
यो सोची हौसिएको हुँ

बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ

बाङ्गा साथी सोझा देख्छु
कि भनी बाङ्गिएको हुँ

केलाउन नसकिन
भींडमा मिसिएको हुँ

उम्किएर ठूलो भयो
सानै गाँस लिएको हुँ

बींड मात्तै कति तात्‌नु
भनेर चिसिएको हुँ

यात्रा रोकेको कहाँ हो
साथी पो पर्खिएको हुँ

____
 
Posted on 01-20-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजै,

हुन त सपै उत्तिकै ! र पनि यी चार टुक्रा साह्रै मीठा लागे है !

.... भगुवा अगुवा देखी . ..." खियाले खिईनु सट्टा
पछ्‌छिन हच्किएको हुँ ... चम्किन घोटिएको हुँ ..

... बाङ्गा साथी सोझा देख्छु ... बींड मात्तै कति तात्‌नु
कि भनी बाङ्गिएको हुँ.. भनेर चिसिएको हुँ ।

धेरै धेरै धानकोभात (धन्यवाद) तपैँलाइ !
 
Posted on 01-20-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lu 2-4 din chautari ma na-ako ta sappai paribartan po bhai6. SAN dai lai dhan kai vat. Abu sajilo hune vo hamlai.

Ani NEPE daji ko kharrat jadai 6 hai, feri jaos aru puni.

Afno font chaldaina kyarnu, natra nepali mui lekhnu mun thiyo.

Jadau are sappai lai!

Na mari baache, kaal le saache vet humla asori nai.
 
Posted on 01-20-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा नेपेजी!
Once More! अरु नि जाओस्।

शत्तुरले छ्यापेका हिलोले सप्रेँ।
भन्ने कुरो सबभन्दा मुनासिब लागो यसपालि।


--------------
जाँदा जाँदै नियमित लोक ढुकढुकी त दिनै प-यो।

लेक लेक चर्नेमा चौँरी गाई, बेँसीमा चर्ने कस्तुरी
हामीलाई कसले मा लैजाने, घरमा त नराखी दस्तुरी

हाम्रो त बाबु आमाले भन्छ, केटामा हेर्दा घरबार हेर!
अनुहार चैँ नहेर घरबार हेर! अनुहार चैँ नहेर घरबार हेर!

... ... ...
 
Posted on 01-20-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ गजल बेस्सरी मन परयो । सारेर राख्न पाइएला की नपाइएला कुन्नी ।
 
Posted on 01-20-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेले बिरउतिने कुरो अर्दै थ्यो हिजो आज मेरो उस्तै छ। क्याऊँपसाँ अर्नु पर्ने धेरै छ तर केइ मेलोमेसो पाम्दिन ।के हुन ला हो कुन्नी?
अइले नि यसो चौतारिआँ जाम जाम लार च्याउन आ नि यसो।

लु मुन्द्रेले परदेशी सअँ मित लाम्ने भइच राउँरो हुने भो।
दादाले गाओ एऊटा गिता टुक्रो मुइँले नि सम्झैँ -

मै सानु छैन
रेलमा चढी सुइँकन बेर छैन!
विरानो छैन
तरुनि संग नाचन बेर छैन!

*****उकाली होस्, या ओराली होस्
विचमा एउटा ससुराली होस् ... ... ...२ *******

हे हे हे यस्तो हुन त मुङलिङ - नारनघाट बसको डाइपर हुनु पर्च :) कुरो अर्या नि एउटा
--------------------------
नेपे दाईको गजल नि मज्जाओ लाओ।
आजकल त्यो के जाति अस्तिन जस्तो भट्ट्याएकै हेर्न मिल्ने ठाम छैन?
---------------------------------
पोखरेली बाबु्/नानी किन नपाम्नु मजाले सारेर राखे हुन्च। लु जा .. मैले भन्दिहालेँ फेरी नेपे दाईले मुङ्ग्राले बजाउने पो हुन कि

लु एऊटा गोरे माष्टर आएर बत्तिसओटा दाँत देखाम्दै "इ - मेल अरिराको?" भनेर सोध्दै च मु चाइँ लाएँ अइले। पचि आम्ला -
 
Posted on 01-20-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa nepe daji ko gajal sarai man chhune lagyo.

sajha chautari le paeko recognition ko laagi sabai yas chautarilai sajaune saathiharulai dherai dherai badhai chha la.
 
Posted on 01-20-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेपे ले त साह्रै राम्रो गजल पो सुनायो त नि है गाठेँ, साह्रै घत पर्यो मुलाई त । ल केटाहरु सबैलाई बधाई छ, चौतारी साझाको टुप्पोमा पुगेकोमा । अब त मु जस्तो बुढोँलाई पनि सजिलो बुनाइ दिएछन्, ठुलो अक्षरमा साझा-चौतारी लेखेंछन् चस्मा लामनै परेन, क्या मज्जा । लु केटाहो तिमीहरु एसो गफ गर्दै राखो है , मु बुढिँलाई पनि यो खबर सुनाएर आम्चु
 
Posted on 01-20-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रिकुटेले कुटाई खाको सुनेर त एक मन त खुच्चिङ भन्न मन लायो तर हैन है। त्यो पनि मान्छेइ हो। ल गाम्लेहर्ले उपचार अर्दिन लाएचन्, ठिकै भो। ठिक भे' छि मुन्द्रेले मित लाउछ हैन त?

पिरती मैयाँले हाम्लै बधाइ दिन भे' छ। धन्यबाद छ है त। यस्सो चौताराँ आउँदै अरौं के रे भन्छु म त। याँ त गजल, गीत, दोहोरी, कबिता, कथा, सब हुन्छ के रे।
 
Posted on 01-20-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्नेहपूर्वक मेरो उत्साहवर्धन गरिदिनुहुने समुन्द्रे, ईश्वर, दादा, पोखरेली, बिर्खे, पिरती, मुखिया, सप्पैप्रति नतमस्तक छु है म ।

>नेपे दाईको गजल नि मज्जाओ लाओ।
>आजकल त्यो के जाति अस्तिन जस्तो
>भट्ट्याएकै हेर्न मिल्ने ठाम छैन?

जिम्मालबाको यस्तो प्रोत्साहन सुनेसी मनाँ एउटा रहर पलाअछ, भनुम् कि नभनुम् भो । कसैले ओठ लेब्र्याएछन् भने, भनम् है, म बीचैमा रोकम्ला ।

रहर कसो भने, यसो दुईचार शहरमा गजल कन्सर्ट गर्ने । त्यो पनि आफ्नो छनोटको परोपकारी कामको लागि दानदक्षिणा बटुल्ना हिसापले ।

अब त्यस्तो कुरामा के ओठ लेब्र्याईन्थ्यो भन्नुहोला । तर जे उद्देश्य मेरो मनाँ छ, त्यो परोपकारी नै चाहिं होईन । कसैको लागि उपकारी, कसैको लागि अपकारी ।

"शान्ति र लोकतन्त्रको लागि नागरिक आन्दोलन" - ल मैले मुख फोरें ।

अस्तितिर पुन्टेदा लगायत केही हामेरुले नयाँखर्कबाट केही रकम पठायौं । तर हामीले गर्न सक्ने र गर्न धेरै बाँकी छ ।

नागरिक आन्दोलन नै किन भन्नुहोला । दलहरुलाई त म फुट्या कौडी पनि दिने पक्षमा छैन । गिरिजा युग समाप्त नभए सम्म दलहरुलाई मेरा कण्डाले पनि सलाम गर्ने छैन । नागरिक आन्दोलनलाई म के रुपमा हेर्छु भने यो गिरिजाको सर्वेसर्वत्व र निर्विकल्पतालाई अघोषित रुपमा हाँक दिन आएको हो । यति कारण नै अहिलेलाई काफी छ मेरा निम्ती नागरिक आन्दोलनलाई सहयोग गर्न । ल मेरो कुरा यत्ति हो ।
__
 
Posted on 01-20-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजै,

कुरो त मुनासिब नै हो । कुनै दल लाइ कौडी या द्रव्य प्रदान अर्नी कुराँ त मेरो नि मतो तेस्तै हो । तर, अपुर
कुराँ नि मदद् नअर्नी हो भने त अनि क्यार्नी हो तो नी यो देशलाइ ?

मलाइ त के लाउच भने नी, समस्या भनेका गिरिजा र माकुने होइनन् के रे । खासमा समस्या भनेका
बाजेया पाला देखुन्ट बसेको हाम्रो बानी बेहोर (attitude) पो हो भन्चु म त । त्यै भ’र गिरिजा जुग गएनी
गगनेओ जुग आए नी, सपै तिनै बाउका पुत्र हुन एउडै आश्रममा पडेक एउडै आमाका दुध खा’का ! म त
केइ हुनि देउथिन कसो अरम्? मलै त अचेल कसैको नि भर लाउन छोडो, तातो न छारो !

त्यै पनि एउपल्ट परजातन्तर आओ भने भगवान का औतारलाइ नैवेत र परसादमै चित्त बुजाउन पर्नि
बनाउनी र हाम्रो यो परजातन्रको गेडाँ आँखै लाउन नपाउँनी भन्नी बना’र लान पाए देखुन् त यी पाटी लाइ
अनिखेर समयले आफैँ खारेर परिमार्जन अर्दै लान्तो, हामि नी हाम्रा बुताले भ्याएसँ इनका निगरानी अर्तेम ।
गिरिजा र माकुने बुद्दिहरुलाइ पनि समयले पक्कै सुस्तोरी पाखा लाम्त्यो होला कि भन्नी लाइच है मलाइ त !
अइले लाइ त गिरिजै लाइ भए नी मदत दिन पर्नि होइन र !

अब हाम्रा देशलाइ आजै अइल्यै एउडा निकास नदिइ नहुनि भ’छ के रे । यस्ता बेलाँ कमसे कम सजिलो
सित मुन्छे हिन्नी यौटो निकासको गोरेटो तिनै पाटीका बलले बनाउन सके पो पछि बाटो चक्ल्या’र हाम्रा
गाइ, गोरु गाडा सपै हिन्न मिल्नी बनाउन सकिएला । “जाँ गारो हुइँ सारो” भन्यास्तो सपै पाटीलाइ अइले
गा’रो प-याबेलाँ “तिमोरु क्यै लछार्न सउतैनौ त्यै भ’र म सित ट केइ नि पाउँदेनौ” भनेर पाटीलाइ हामी सँ
भ’को उर्जा नदिनि हो भने र ती सँ भ’को बल उपयोग नअर्नी हो भने तो नागरिक समाज नी आर्का तिर’ट हेर्दा
निर्बलीयो देखिनि पो हो कि ?

खोइ क्याओ क्याओ, लौ दाजै नै जान्नोस् मेरा ओखरका गेडाअत्रा दिमाकाँ पसेन अस्तो लाओ यो कुरो !

लौ मोरेँ म त बरबातै भो ! अब दम्तरीहरले सुने भने मलै “तँ चौताराँ आ’र राउनीतिया कुरा अर्नी” भनेर कराम्नी भए ! म त दुकुरेँ अब घर तिर !

 
Posted on 01-20-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे, तिमि त पल्पातिर गऔ केरे तो केजाति सेउसि सेउसि कुरा अर्नि मुन्छे लिएर एता गाममा त हुनु भओनि के कुरा अर्नि होर। लौ सुन त्यासि के के भओ।
मैले तो अलिम को पुल त तारे केरे तार्नत, मेरि आमैनि कातिभांति गरुङगो रचहे गांठे, के के खा' हुदोहो हुननि। भन्न त उतिखेरै नमेले भन्याथेनि, "कन्ना' तौलिया छाप लाले" भनेर, सिरेले उचालिहाले लाले बालियो छ, के चाइयो तो जाओ रुमाल भनेर। मैलेनि होतनि भनेर रौसिएर बोकेर हिनिहालेकेरे, देखेनि बुडा बा को बिया। ए मेरि बास्सै, तो आंधिओ पुल त गांठे कोर्को हल्ले झै हल्लदो रइचनि। तेइबेलां फेरि के भओ भनन, तो डांकाको तल्लो मुख्ले नराम्ररि डकारेचकि कुन्नि मेरि आंवैनि कतिभांति गनाओ गनाम्ननि। खाको अन्नपात जम्मै भित्रै कुएचकि कुन्नि। जे भानि पुल पारि पुराय केटाओ त्यासि त रिनअटै मुउति पाअजस्तो भओ गांठे।
ऊता, त्यो रिकुटेलाइ केइनपाअर खस्यौलि जानि डम्फरमा हालेर पल्पातिर लए भनेर जिम्मालले सुनाम्थे। अलिम मोडां भेटेके अरे। जे सुकैभउस।
कुरात येता सुरुनै भअछैनहै केटाओ।
तल खोलातिरट गामतिर के भेड्कियो थिए, उता हाम्रा धर्मे स्यानाबा र तल दादा तंतं र मम गरेर लर्लान झै अरिराका गांठे। ए राता मकै हैन के भओ किन लरभाति अर्याछौ, थुक्क वल्लाघर पल्लाघर के सत्तुर हसा'काउ हं भनेर मनि अलि कड्किए केरे, अनि बल्ल दादा मथ्थर भए। अनि मैले सोधे "के भओ भनत" भनेर।
कुरो के परेच भने, अब धर्मे स्यानाबा ले छोरा' आस अर्दा अर्दै चाओडि छोरि जन्माएकेरे। उतिबेला ए स्यानाबा, परिआरनिओजन अर येत्रा छोरि कसरि पार लाउचौ भन्दा, अब भगमानले दिएको हात थाप्निओ केटाओ तेस्ता कुरा मासित नअर, जसरि आए तेसेरि जान्चन भनेर हाम्रो सातो खान्थे अइले आर यो दसा भओ।
कुन्नि कोल्लेहो ए गाममा येस्तो मुन्छे आछअरे भनेर सुनाइदिए छ केरे, बुडा त बरा दिउसै हल फुकार हानिदै चौतारि झरेचन, तैनि केइ मेसो मिलार जेठिलाइ भिराउन पाएत हुन्थ्यो भनेर होला बरा। दादा त्याइ रइचन केरे फेरि। अब दादा र धर्मे स्याना बा को कुरो फेरि ६ ६का ३६सै हो केरे । दादाले के के भन्नदियेचन केरे, तैलेइ हो तो सहरि बाबुलाइ तेसोअरेर निकालेको भनेर पाखुरा मिच्न थालेचन बुडाले। अब कुरो येसो हो स्याना बा भनेर सम्झाबा त बुझ्दाउननि।
ऊता सिरे पल्पा'ट फर्केसि फेरि के के सुन्न पर्निहो।
हरि सरनम।
 
Posted on 01-20-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपुर कुरो त पछि पुनि अर्दै अरम्ला, मैले हिजो टाँसेको फुटा कता हराएचन कुन्नि? चईनी साने साहूले आफ्नो पुनि
भारि बोकेको फुटो टाँसो
यसले त चौपारीको बरको बुटाँ चईनी बिईजेतै अरो भनेर सप्पै सुईँकाईदेछन कि कुन्नि ? तो देसी मुन्छेको फुटो त मिल्नी भा कता छ उधिनेर
भा पुनि फेरि टाँसम न सान दाजै ।

Keep rolling...
 
Posted on 01-21-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीको हैऽरि यो चईनी ठुन्को

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ


त तेही अस्तिन पुन्टे दाजी चुनाबाँ उठ्दा बनाका थे नि पम्फुलेट नमस्ते अरेको फुटो छापेर , हो तेस्तै पम्फुलेटै जो बनार चईनी भित्ताँ टाँसे ।

यस्तै अरु पुनि सुन्दै अर्न पाम है ।

Keep rolling...
 
Posted on 01-21-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाकेटी आयो गुलेली खेलायो मट्याग्राको सत्यानास!

एउदिन हैन २ दिन हैन ३ दिन हैन सँधै नेपाल बन्द, कहिले सरखारले कहिले पाटीले, कहिले माउबादीले।


(टिकेस किन्न हिनेको म त कर्फ्यु लाएनी सर्फ्यु लाएनी जान त जानी हो।)
 
Posted on 01-21-06 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब त केटाहरुले चौतारिमा राजनितिका गफ पनि छाट्न थालेछन् । खै के-कानै गर्छन् कि त जस्तो गरेर गफ त हाकेका रचन् क्यारे, माँखो भने मार्ने हुन् कि होइनन् थाह छैन ।लु राम्रो काम आटेचन् नेपे र मुन्द्रेले हेरुम केअरचन । दाजे नेपाल खाल्टो तिर जान लागेका हुन् क्यारे, एसो सबै जानाको कुरो बुजेर आउलान् नि,
सबैको कुरो बुजे है," दाजै " अनि एसो चौतारि मा आएर सुनाउनु न
 
Posted on 01-21-06 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, तपैँ कति बस्नी हो र? म नि २९ जनवरीमा जानी भाको थेँ, अहिले फेरि क्याउँसिलै जो अरेँ, "निकै डरलाग्दै छ, अहिले हल भो " भने केरे तेता'ट ।

Keep rolling...
 
Posted on 01-21-06 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सुनेको अन्सार चईनी हिजो-आज तिरको यो ठूलठुला रेली मै जो वारी कि पारि अराम्नी पुनि भन्चन अरे ।
उता देसीहुरले सारै अरो तो भाईमाराले भनि नुनतेल चईनी बेसाहा केही पुनि जान नदिनी बनाम्न ठिक्क परेका छन
अरे के।
भाईमाराको सुर चईनी १०-१५ दिन हेर्नी के के हुन्छ, चर्कै जो भओ भनि सबैलाई खोराँ हालेर थुन्नी र जङ्गली
(martial) सासन कै घोसना अर्नी सुर अरेको छ अरे, चईनी पुलिसले र सिडिओले राम्ररी सँई नदेलान भनेर भर्खरै
जो जतापाच्छे सरुवा अरेर पहिले पुर्वकालाई अहिले उत्तर, पहिले पच्छिमकालाई अहिले पुर्व गरेर नयाँ ठाममा त
हाकिम चिनेको सिपाही पनि छैन रे, सिपाही चिनेको हाकिम नि छैन रे, तेसरी सरुबा अर्दै छ अरे । मेल्टरी भनेका
डिँगा त तेसका लँगौटीका झिँगा जो भए केरे पहिले बाटै जो ।

अनि त्यो हरियो बाँसका दुईटा घाराँ चोयाले टन-टन बाँधेर उल्टो शङ्ख "टूँऽऽऽ" पारेर जिम्दै घाट लान पर्नी
मुर्दारले गद्दीमा जो बसो र तेसै तेसै जो गरो भनि त न पिलेन चल्न दिन्छ, फुन-आवा का त कुरै छोडम ।
अनि घर त जानि जानि, फर्किन क्यारी फर्किनी हो र? ए फर्किन पाईन, येसो २-४ दिन मेलो धानिदेओ त
भनेर भनम भन्नलाई पुनि क्यारी भन्नी हो, सके जिम्दै बस्न पुनि पाईनि हो कि नपाईनि हो, यस्तो बेलाँ
क्यार्न पाहुना हुन चाईनी खानी छाक र भुँडी बढाम्न मत्रै आम्चस र, नआईज भओ भने केरे मलाई त। तेसो
भ'र टिकेसै जो क्याउँसिल अरेर गोदाम बसेको यतै जो म त ।

ल ल दादा, शुभ-यात्रा है ।

Keep rolling...
 
Posted on 01-21-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त हिने। परार जाँदा नि यस्तै थियो। राजाको पोखरा भ्रमण, ३ दिन लागातार पोखराबन्द ३नै दिन पोखरामै बसेँ। कसैलाई केइ भन्दिनु छ कि सम्चार, नासो केइ थियो कि?
ल ल मुखिया म फोटु टाँसुम्ला मौका मिल्दाउँदी।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters