Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Pro-coup rally in DC: A tabloid news

[Please view other pages to see the rest of the postings. Total posts: 106]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 38998 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 03-13-05 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

More pictures. . .

 
Posted on 03-18-05 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोधारेज्यू,

तपाईका ईमानदारिता र भद्रताको म ठूलो कदर गर्दछु । देशको गरिबी, पछौटेपन र बिस्तारै जागृत अधिकार-चेतनालाई समेत पुस्तकका चार्टहरुमा होईन देशको माटोमा उभिएका घरदैलोमा देख्नु भएको तपाई भन्दा योग्य पात्र अरु को होला, मुलुकको प्रगतिको मार्गचित्र कोर्ने कुरामा आफ्नो अभिमत राख्न ।

तपाईको कुनै छक्का-पन्जा नभएका सरल तर्कपूर्ण विचारहरु सुनेर साह्रै आनन्द लाग्यो । कृपया यस सम्बादलाई जारी राख्नुहोला । प्रतिक्रियाहरु आएनन् भने, मनोवादकै रुपमा भने पनि ।

तपाई र मेरा विश्लेषण र निष्कर्षहरु भिन्न अवश्य छन् । तर म फटाहा मित्रलाई भन्दा ईमान्दार शत्रुलाई सम्मान गर्न रुचाउने मान्छे हुँ ।

जहासम्म मेरा व्यक्तिगत विचारहरुका कुरा छन्, म साझाको ४ वर्ष पुरानो साँढे भा'हुनाले यहाँ अक्सर भइरहने क्षुद्र सिङौरी खेलाखेल बिचमा पनि अलि अलि गरेर आफ्ना विचारहरुको बिस्कुन सुकाउन भ्याएको छु । त्यसैले तपाईलाई एउटा अलि ठूलै बिस्कुनमा निम्ता गर्छु है ?
- http://www.sajha.com/sajha/html/column.cfm?extraid=622

यो बिस्कुनको आयतनले धेरै नवआगन्तुक र अतिथीहरुलाई विकर्षित गरेको हुनाले मेरो विचारहरुको अल्पवाक्यी उपसंहार राख्न चाहन्छु यहाँ ।

 
Posted on 03-18-05 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको समस्या भनेको त्यसको समाधानको बाटो नभएर वा थुनिएर जम्मा हुँदै गएका फोहोरहरुका प्रकृतिका छन् । त्यसैले हामीलाई चाहिएको विद्रोहलब्ध पटक-पटके निकास नभएर निरन्तर, सहज र स्वचालित निकास हो । झन् यो अहिलेको एक-पटके र अस्थायी शाही निकास त हुँदै होईन ।

नेपालमा फोहोरहरुको तीन थुप्रो छ- १) पुरानो सामाजिक-आर्थिक भ्रष्टाचारको संरक्षक दरबार, २) त्यो भ्रष्टाचारको परम्पराबाट पराजित-संक्रमित राजनैतिक पार्टीहरुका नेतृत्व र, ३) राजनैतिक पार्टीहरुले बेबारिस बनाएका सामाजिक-आर्थिक क्रान्तिका मुद्दाहरुको नक्कली वारिस बनेर साम्यवादी धर्मान्धताको लागु औषधिका वेसनी माओवादीहरु ।

यी तीन फोहोरहरु मध्ये कुनै वा सबैलाई जस्ताको तस्तै रुपमा स्वीकार गर्ने निकास सोझै नरकको ढोकामा गएर टुङ्गिन्छ; त्यो नरक भनेको चाही कि त यो दशक भरिको ऐजन ऐजन नेपाल हो, कि त सिक्किमको नियती हो ।

नेपालको यो फोहोर-संकट फोहोरहरुबीच फोहोरहरुको तात्कालिन स्वार्थकेन्द्रित सम्झौता गराईदिएर टालटुल गर्ने छट्टु विद्याबाट होईन नेपाली जनताको सर्वोच्चता, स्वतन्त्रता र निर्णायकतालाई सनातन राजगद्दिमा राख्ने सुधो, लाटो र साँचो बाटोबाट मात्र समाधान गर्न सकिन्छ र गर्नु पर्छ । नत्र भने लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ भीरबाट गुल्टिङ्ट्याङ हुन्छ । हुन्छ के, भईरहेकै त्यै हो ।
 
Posted on 03-18-05 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी फोहोरहरुको व्यबस्थापन के त यिनीहरुलाई भष्म गरेर गर्ने हो ?

होईन । त्यो न आवश्यक छ, न संभव ।

यिनीहरुलाई त कम्पोस्ट मलमा रुपान्तर गरेर त्यसबाट लोकतन्त्र, सुशासन र प्रगतिको बाली सपार्नु पर्छ ।

त्यो कसरी गर्ने ?

सबभन्दा पहिले त यिनीहरुलाई आपसमा लेनदेनद्वारा गुप्ती-अर्धगुप्ती संझौता गरेर त्यो जनतामाथि लाद्न दिन हुँदैन । त्यसको लागि हामी सारा सचेत नागरिकहरुले, अन्तर्राष्ट्रिय मित्रहरुले लोकतन्त्रको शर्तलाई आधारभूत मान्यताको रुपमा कोर्नुपर्छ- अर्थात् शर्त के हो भने राजा, माओवादी र राजनैतिक पार्टी तीनै पक्षले लोकतन्त्र भन्दा एक ईन्च पनि तलमाथि हुन पाउँदैनन् । लोकतन्त्रको सिद्धान्तबाट विपरित ध्रुवतिर विचलित दुई पक्ष, माओवादी र परम्परागत राजा, को शक्तीबिचको सामरिक सन्तुलनको फाईदा नै के भने हाम्रो लोकतन्त्रको आधारभूत शर्तको स्वनिर्माण । यिनीहरुले लोकतन्त्र स्वीकार गर्ने बित्तीकै लोकतन्त्रको सिद्धान्तबाट होईन कि व्यवहारबाट विचलित भएका राजनैतिक पार्टीहरुले त्यो स्वच्छ वातावरण र प्रतिस्पर्धा पाउछन्, जसबाट (तपाई हामी जस्ता असल र अभ्रष्ट मान्छे भएका :-) ) नयाँ अदिग्भ्रमित नेतृत्वको विकास हुनेछ ।

मुख्य कुरा त तपाईले भन्नु भएको जस्तै सबै पक्षले आफ्नो पुरानो सिद्धान्त र रुप बदल्दा ईज्जतै जाने ठान्न भएन ।

माओवादीले साम्यवाद त्यागेर लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीति गर्न, राजाले श्रीपेच त्यागेर लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीति गर्न र राजनैतिक पार्टीहरुले गैरलोकतान्त्रिक व्यवहार त्यागेर लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीति गर्न लाज मान्न भएन ।

उनिहरुलाई त्यसमा लाज नलाग्ने गराउन तपाई हामीहरुले उनिहरुको अलोकतान्त्रिक काम-कदमको स्वागत गरेर होईन, विरोध गरेर मात्र सक्छौं ।

 
Posted on 03-18-05 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त्यमा, आफ्नो चरित्र यथावत रहने गरेर नेपालका यी तीन फोहोर मध्ये कुनै एकले एक्लैले वा कुनै दुईले मिलेर वा तीनैले आपसमा मिलेर पनि केही गर्दैनन् भन्ने कुराको हेक्का लगभग सबैलाई छ । त्यसैले जुनसुकै आशा वा बहानामा होस्, कुनै एक पक्षको मात्र झण्डा बोक्नेको हार र अनर्थता त सुनिश्चत र स्पष्ट छ ।

नेपाल आज लोकतन्त्रको एक वृहद र अन्तिम क्रान्तिको लागि चिच्याईरहेको छ । अस्थायी शान्तिको न्यानो पिसाबमा सुत्न सकिएछ नै भने पनि ब्युँझदा भने ओभानो तर पराईको ओच्छ्यानमा आफुलाई पाउनेछौं हामीले । अनिश्चित शान्तिको लागि तानाशाही खप्नेले निश्चित शान्तिको लागि भारतसंगको विलयलाई किफायती ठान्नेछन् । यसरी हामी हाम्रो स्वतन्त्र अस्तित्वको बाजी नलगाऔं ।

यी भयहरु सैद्धान्तिक संभावनाको कुरा हुन् । आजको वस्तुगत यथार्थ चाही के हो भने पूर्ण लोकतन्त्रको आवश्यकताप्रतिको बढ्दो जनजागृति, पूर्ववत अपूर्ण लोकतन्त्रले योग्य राजनैतिक नेतृत्वको विकास हुन नसक्ने कुराको उजागर, माओवादीले सबल हुन प्रयोग गरेको सबभन्दा ठूलो हतियार अर्थात् पूर्ण लोकतन्त्रको मुद्दा माओवादीको हातबाट खोसेर उनिहरुलाई उनिहरुको बाँकी बेकम्मा हतियार अर्थात साम्यवादसंग एक्ल्याईदिनुपर्ने कुराको बढ्दो बुझाई, त्यसो गर्न हिचकिचाईरहेका पार्टी नेतृत्वप्रति कार्यकर्ताहरु र जनताको गिर्दो आस्था, पूर्ण लोकतन्त्रप्रतिको जनजागृतिबाट उतर्सिदो दरबार, र यी सबैको योगबाट लोकतन्त्रको पक्ष र विपक्षको दूई ध्रुवमा जानेर वा नजानेर, चाहेर वा नचाहेर हुँदै गरिरहेको ध्रुविकरण ।

अब के चाहने भन्ने घडी घर्कीसक्यो, अब त अब के हुन्छ भनेर हेर्ने मात्र हो । अब पूर्ण लोकतन्त्रको लडाई कसैले पनि रोक्नसक्दैन- ज्ञानेन्द्र, गिरिजा, माधव र प्रचण्ड, कसैले पनि ।

 
Posted on 03-18-05 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, पार्टीहरुको पुरानो नेतृत्वले नै संचालन गर्ने लटरपटर शब्दावलीका अस्पष्ट आन्दोलन पहलो चरणमा पहिले झै जनसमर्थन नपाएर मर्नेछ । यो मेरो भविष्यवाणी हो । तर त्यसपछि पार्टीहरुमा आवश्यक परे आन्तरिक विद्रोह समेत भएर गणतन्त्रको स्पष्ट र दृढ लक्ष भएको आन्दोलन उठ्नेछ, अनि त्यसमा परार साल झण्डै झण्डै हुन थालेको झै नागरिक समाज ऐक्यबद्धता देखाउन उत्रनेछ, बाकी कुरा स्पष्टै छ । ज्ञानेन्द्रको सामु एउटै विकल्प र प्रश्न हुनेछ- कति जना प्रदर्शनकारीलाई गोली ठोके पछि हार मान्ने ? शालिनतापूर्वक गणतन्त्र स्विकारेर त्यसको स्थापनाको संक्रमणकालमा बाईज्जत मद्दत गर्ने कि, सकेसम्म दबाउने नसकेको घडीमा टाप ठोक्ने ?

तपाई लगायत साझाका कतिपय विद्वानहरुले केही हजार देखि ४० हजार सम्म मान्छे मार्न राजा ज्ञानेन्द्र तयार हुन सक्छन् भनेर अनुमान लगाउनु भएको छ (र विडम्बना ! त्यसै अनुमानलाई ज्ञानेन्द्रको समर्थन गर्नुपर्ने आधार बनाउनु भएको छ ।)

यो दिगमिग लाग्ने कल्पना, यो सोच्दा पनि बान्ता आउने संख्या, यो morbid तर्क । सम्वेदनशिलतालाई एकछिन पर्खाएर कुरा गरौं ।

आजको युगमा प्रजातन्त्रको लागि लडिरहेका निहत्था नेपाली दाजुभाई दिदीबहिनीहरुको छातीमा कतिसम्म गोली दाग्न शाही सेनाका जवानहरु तयार होलान् त ?

बढीमा केही दर्जन । त्यसपछि सैनिक विद्रोह हुनेछ ।

यो त खराब स्थितिको कुरा । मलाई त के लाग्छ भने स्पष्ट जनसमर्थन र जनसहभागिताको जनआन्दोलन भए पछि त पहिलो गोली चलाउन नै अस्वीकार गर्नेछन् हाम्रा जवानहरुले ।

राजाले शालिनतापूर्वक गणतन्त्रलाई स्वीकारेर हारेको हार भनेको तपाईले भनेजस्तो सुरक्षाप्रणालीको विघटन होईन, लोकतान्त्रिक प्रजातन्त्रले स्वत: सेना पाउनु हो । तर राजाले धेरै मान्छे मारेर नसके पछि टाप ठोकेको हारमा भने केही समयको अन्योल पछि मात्र त्यो हुनेछ । यो अन्योलको स्थितिमा माओवादीले सत्ता कब्जा गरेर उनिहरुको जनगणतन्त्र लाद्ने मौका पाउने त होईनन् ? उनीहरुले त्यो दुस्साहस नगर्लान् भन्न सकिन्न । तर के नबिर्सौं भने, सेनाको स्थिति क्षणिक अन्योलको मात्र हुने हो, उनीहरु राजासंगै राजाको पछि पछि लागेर राजालाई शरण दिने कुनै उदार मुलुकमा जाने होईनन् । उनीहरु बन्दुक सहित यहीं हुनेछन् र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मा लिनेछन् ।
माओबादीको स्थिति के होला भन्ने कुरा चाही उनीहरुले लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्छन कि जनगणतन्त्रको जनयुद्धलाई जारी राख्छन् त्यसैमा निर्भर गर्छ ।
 
Posted on 03-18-05 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओबादीले लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्छौं भनेर भन्दै आएका छन्, प्रचण्डले पनि हालैको उनको शाही घोषणामा त्यसलाई पुनर्पुष्टि गरेका छन् । उनीहरुको धर्मशास्त्रमा पनि लोकतान्त्रिक गणतन्त्र (पुँजीवादी गणतन्त्र) एक चरणको रुपमा स्वीकार्य हुने वेदवाक्यहरु छन् । यी लक्षणहरु सकारात्मक हुन् । तर हामीले उनीहरुलाई सदैव शंका गरिरहन पर्छ । जबसम्म एमालेलाई मदन भन्डारीको 'जनताको बहुदलिय जनवाद' ले रुपान्तरण गरेजस्तै गरी माओवादीहरुले वृहद सांगठनिक रुपान्तरण गर्दैनन्, तबसम्म उनीहरुलाई खतरनाक कम्युनिष्टहरुको रुपमा हेरिरहनु पर्छ ।

राजाको विरुद्द लडेर उनलाई हराएका जनताको निम्ति माओवादी विरुद्ध लडेर तिनलाई हराउनु कत्ति पनि गाह्रो होईन, यदि आवश्यक परेछ भने ।

जहिले र जसरी भएपनि गणतन्त्र आएरै छाड्नेछ नेपालमा अब ।

अन्त्यमा, क्रान्तिको यो रूमानी कल्पना सात समुन्द्र पारी बसेर गर्ने नैतिक अधिकार नेपेलाई कहाँबाट आयो ?

कहींबाट पनि आएको छैन । तर जहाँ पुगेर, जुन छाती थापेर त्यो अधिकार लिनुपर्ने हो, त्यसको निम्ति उ तयार छ । यो प्रतिवद्धता आजको होईन, वर्षौं अघि स्वीकार गरिएको हो, सम्पूर्ण सचेतनाका साथ, सम्पूर्ण ज्ञानका साथ, सम्पूर्ण हृदयका साथ ।

दुनिया मे नही आसाँ इस दिल को लगाना है
इक आग का दरिया है और डुब के जाना है

 
Posted on 03-18-05 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,
I am glad you acknowedge your political stubborness and I for one am not in any way impying that you compromise on your political conviction. If I remember correctly all I was saying is that you need to respect other people thoughts and ideas as being different from your own. Whether you agree or disagree with them I dont care. What is important is NOT to reciprocate to someone with vengenful attitude (even though you may not agree with them) and I think you are incorrect when you say you reciprocate with respect. You need to realize that this brings the worst in people and in no way are you contributing to a healthy discussion forum.
As for chasing someone out of sajha, it is a closed case now and I have no comments on the matter; I just hope it never happens again.
 
Posted on 03-20-05 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Silent reader ji,

You can always rely on Nepe for his brutal honesty and deadly frankness. That is all I can avouch.

As forthe mannerism, although I am an old dog, I believe I still can learn new tricks provided I find a good trainer.

I agree with you that hostility brings the worst in a person and humility does the opposite.

That said, frankly speaking, I neither believe that I am qualified nor I am really in a mission to bring the best in every kind of people in Sajha.

Sajha is a small fraction of my weekly and sometimes monthly routine and in the time I can afford, expressing my own views, as I said, with a brutal honesty and deadly frankness, gets priority over any other unselfish jobs.

Yet, I believe that I have been always careful to reciprocate politeness with more politeness and hostility with less hostility or, if they are trivial to me, with the policy of 'ignore it'. This very thread should illustrate these things to you.

If there have been occasions where I have slipped, as I said earlier, I will appreciate if you could remind them to me. For some reason, you chose to keep repeating the allegation that I do not reciprocate politeness with politeness, without producing the 'evidence' !

And also, you failed to admit that your assertion that I have chased away somebody from Sajha was actually your assumption rather than an inside knowledge. FYI, the poster you most likey were talking about is still active in Sajha.

Finally, I appreciate the fact that you chose me, of all diverse posters of Sajha, to share your words of wisdom and start posting in Sajha after being a silent reader for a long time. I welcome you on behalf of all posters in Sajha and look forward to having more interesting conversations in future.

 
Posted on 03-21-05 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I so wish I could debate in this thread in Nepali too, but neither do I have the Nepali font software in my computer, nor am I skilled in typing in Nepali. Lengthy politcal debates in Nep-angreji (Roman Nepali) may not seem too appealing either. Hence, here I go yapping in my second language...

Dodhare,

First of all, I admire your departure from personal smear campaign (with regards to Homraj Acharya's picture, for which you have duely apologized already) and I respect your willingness to engage in a healthy, civil debate over issues.

It would be an act of great injustice if ANYONE chose not to associate him/herself with your sentiments on how our beloved country has been embroiled in a downward spiral, and how we ALL wish peace and prosperity prevailed in Nepal. We may disagree on HOW to achieve our common patriotic goals, but our differences in means should not, as it sadly has in many occasions in Sajha, give way to arbitrary accusations of betrayal, and to name-callings.

Your desire for peace and prosperity in Nepal, with an acute sense of EQUALITY and JUSTICE for all cannot be questioned. Where I choose to differ from you is on HOW we go about achieving it. You seem to believe peace should come first before democracy, and you obviously have placed your trust in KingG to bring peace and prosperity in Nepal. Debating whether peace or democracy should precede the other would be like arguing whether the chicken or the egg came first. But here's my arguments on why democracy ALWAYS precedes peace -- without first achieving profound equality and freedoms, I cannot fathom the idea of true peace beginning to take shape.
 
Posted on 03-21-05 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think we disagree on the fact that the roots of many of Nepal's ills are injustice, poverty and inequality. And, dodhare, I don't think you'd claim inaccuracy if I say that the royal institution itself has been at the helm of inequality in the entire modern history of Nepal -- the problems of Nepal, mainly rooted in inequality (by caste or by class) has been exasperated due to royal institution's perpetual need to rely on the system of heirarchy in order to protect the crown. That fallacy of Nepal's royal leadership has been that they have relied on hierarchy to secure loyalty -- rather than trying to foster genuine equality and secure affection, they have perpetuated the crimes of inequality in order to secure coerced loyalty.

Therefore, when the key to solving many of Nepal's problems is less interference from the crown, which would inevitably herald a greater sense of equality, how can we trust that the same instituion with even greater authority to act with impunity to solve our problems? I mean, I still do not advocate a total abolishment of monarchy in Nepal, like Nepe has repeatedly done so, but if we can't have a genuinely transformed monarchy in Nepal, with total freedom and equality vested upon the Nepali citizens, I think we surely can, and we must, do away with the monarchy. Only when 26 million Nepalis feel equal and free, either under a genuine constitutional monarchy, or under a Republci if the former cannot be achieved, I believe, true peace and prosperity will begin to envelope Nepal. Increased absolutism only exasperates the problem.

You have also accurately accused the army of being as equally, if not more, guilty as other social institutions in Nepal in terms of of corruption, nepotism, classism, etc. Again, with the very army that promotes inequality as the backbone of power of the king, how can we trust that the current system in Nepal will work as a panacea to ANY of the country's problems?

Mind you, dodhare, I have never, I will never, support the inept political leaders of the past 15 years in Nepal. They undoubtedly need to be shown the door. Nevertheless, having a weak democracy is better than having no democracy at all -- at least in a weak democracy, we can still work towards making it stronger, which I believe should have been the unquestionable path that Nepal and Nepalis would have been guided towards. Absolutism is a major step backwards, especially when absolutism from the same royal institution had stagnated prosperity of Nepal in the 30 years prior to the advent of weak democracy in Nepal.

Now, you might argue we must give king a chance. When I know in my heart that the step he has taken is doomed to fail, how can I give him a chance? It's like letting a blind man cross a road full of trafiic by himself, hoping that he'd make it across without getting hurt. That is foolish.
 
Posted on 03-21-05 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi! Poonteji,Namaskar!

I heard that DC supporter groups will go to NY, and show their support Feb 1, 2005,
what do you think!
 
Posted on 03-21-05 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Adding on to Punte Ji?s well drafted picture, I would like to point out that it is because of monarchy that the last 15 years saw only minimal amount of democracy at play, just good enough for the monarchy to deal the trump card whenever possible mainly for personal reasons. Now with the Monarch stronghold, even with some of the problem resolved, Nepal will never see democracy beyond that minimal threshold level, unless of course Monarchy suffers some kind of altruistic awakening from their fated sanctimony.
 
Posted on 03-21-05 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Not to let Mofusul steal the glory of Rajdhani as the center of political manuveur as if,
here is an interesting interaction program at American University in DC? dyantyaryan? moderated by the hero of the thread, Homraj Acharya ji. This Friday.

Speakers: our leftist political pundit Dr. Chitra K.Tiwari ji, former diplomat Murari Raj Sharma and some big shot from Amnesty International, T. Kumar.


The International Development Program Students' Association (IDPSA)
& FreeNepal.org Present the Friday Forum:

CRISIS IN THE HIMALAYAS: NEPAL AND HUMAN RIGHTS AFTER THE FEB. 1 COUP


On February 1 King Gyanendra of Nepal sacked the government, put its leaders in jail or under house arrest, and detained hundreds of journalists and human rights activists. Democracy is effectively quashed, the media is now censored, and nothing can be printed that ?goes against the spirit and letter of the royal proclamation.? The king has phrased his move as a 'fight against terrorism,' but critics including Amnesty International and the International Crisis Group have described it as a power grab that will worsen Nepal's human rights situation. The United Nations has warned of an impending humanitarian crisis in Nepal.

Please join us for a special panel discussion moderated by Hom Raj Acharya (MA '03):

Speakers:
Murari Raj Sharma, former Nepal representative to the United Nations 2000-2004 and 1986-87 AU Humphrey Fellow at SIS

T. Kumar, Advocacy Director for Asia for Amnesty International USA

Dr. Chitra K. Tiwari, Political Analyst and Commentator on South Asian affairs and co-author of Nepalese Political Behavior (1994)

Friday, March 25, 2004
4:30-6pm SIS LOUNGE
School of International Service
American University

Contact: Monica Price monicamprice@yahoo.com or Sally Acharya acharya@american.edu (885-5956)

 
Posted on 03-21-05 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-22-05 5:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Hi there!

now we understand that nepe is Hom Raj Acharya
 
Chip_of_the_OldBlock
Posted on 03-22-05 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like the panelists....Tiwari, a Maoist sympathizer and Sharma, a Girija sycophant.

Only credible person there seems to be this Kumar dude from Amnesty International.

Mr. Morderator, why not invite your good buddy, Nepe, as well and have a "fair and balanced" panel discussion?

 
Chip_of_the_OldBlock
Posted on 03-31-05 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe, won't you please provide us some feedback about the interactive panel discussion at AU led by your HOM boy?
 
Posted on 03-31-05 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Same Dog Every where :)

 
Posted on 03-31-05 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chip,

I heard that the organizer students reportedly said that it was one of the best panel discussions in their living memory. Okay I added the living memory part. However, they indeed said one of the best. But that is not what I am interested to know, I guess so you do.

I am more interested in knowing who said what. The discussion was video recorded. So I am interested to get a copy for myself. I don't know if I can get that but I have learned that the organizers have some plan to make it?s transcripts publicly available.

Along with the pre-announced speakers, there was a surprise guest speake as wellr- Sushil Pyakurel !

Diverse views, very interactive audience and well attended one, that's what I heard about the event.
 
Chip_of_the_OldBlock
Posted on 04-01-05 3:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

Thanks for the update.....I'd like to view that recording as well if possible.
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters