| HahooGuru |
Posted
on 25-Apr-03 09:43 PM
मात हुनु, रात हुनु, जून, तार, सारा हुनु
यस्तो म हाय ! हाय ! हाय ! उनी टाढा हुनु
के हुदो हो, गएर उनि टहल्ने बगैचामा
थपक्क फूल बन्नु, सुटुक्क काढा हुनु !
जुल्फि हरु सुन्छु उन्को उदास छन रे
हावा हो! जावो, उनी छेउ छडा हुनु उन्को सामु रुन हिच्किचउन्छु कि क्य हो
आशु हो! लउ है, मेरो मुश्किल्मा सहारा हुनु के चाहिदो रहेछ र रात छर्लन्ग काट्न ?
हेर्न चँद्रमा, फेर्न सुस्केर, केर्न तारा हुनु
विडम्बना हो ? कि यो माया को सम्मोहन हो ?
जति जति टाढा हुनु, उति उति गाढा हुनु
शिविर को विश्राममा माततै हो मेरो ढिपि
यात्रा हो ! तिमिहरु यथासम्भव गाह्रा हुनु।
|