|
|
|
बुद्धको देशमा राजन काफ्ले मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु तिम्रो शान्त परिवेश हो, गौतम बुद्ध जन्मेको देश ! अब त आगतको इतिहासमा लेखिने छ तिम्रा सन्ततिका किताबमा देखिनेछ अतितमा हाम्रो देश हो, बुद्ध जन्मेको देश ! धर्तिमा शान्तिको दियो बनेर अविरल प्रज्वलित थियो भनेर। बुद्धको आँखा खुलेको देश एशियाको ज्योति बलेको देश जहाँबाट संसारमा फैलिएको थियो शान्ति र अहिंशाको सन्देश देवि देवताको क्रिडाभूमि ऋषि महर्षिको तपोभूमि जहाँ कलकल बग्छन् नारायणी र बाग्मति जहाँ चन्चल हुन्थे सीता र पार्वति स्वयम्भू र पशुपतिको देश सगरमाथा र माछापुच्छ्रेको देश जहाँ शान्तिका लागि मन्दिरमा परेवा उडाइन्छ हरेक विहान वेद, गीता र त्रिपिटक गाइन्छ हरेक घरमा साँझबत्ति वालिन्छ जहाँ दीपको पर्व दीपावलि मनाइन्छ महामानव बुद्धको देश शान्तिकामी जनाताको देश जहाँ देशको माटो बचाउन ज्यानको शपथ खाइन्थ्यो जहाँ आमाको अस्मिता जोगाउन निष्फिक्री रगत वगाइन्थ्यो ति वीर गोर्खालीहरुको देश निस्वार्थ देशभक्तहरुको देश ! ******************** मात्रृभूमि नेपाल ! कस्तो छ तिम्रो हाल ? सुनेको छु अहिले त तिम्रो देशमा बुद्ध जन्मिएको देशमा शान्तिमय अतितको अवशेष मात्र वाँकि छ जताततै अशान्ति र हिंशाको मात्र झाँकि छ । तिम्रा मन्दिरका देवताहरु अकस्मात सिमा पार गर्छन रे तिम्रा गुम्बाका ध्यानमग्न बुद्धहरु अचानक समुन्द्र तर्छन रे शान्तका लागि छाडिएका परेवाहरु तिम्रै सन्तानका भोजन बन्छन रे वेद र गीता मन्त्रोच्चारण गर्ने ओंठहरुमा मादक सोमरसका प्यालाहरु पुग्छन रे हातमुख जोर्ने विवसतामा तिम्रा गोर्खाली वीरहरु अर्काको माटोमा रगत बगाएर वहादुर वन्छन रे बुद्धका सन्तानहरु हातमा बन्दुक र मोर्टर लिएर शून्य रातमा 'शान्ति' खोज्दै हिड्छन रे तिम्रो शान्तिप्रिय देशमा हो, बुद्ध जन्मेको देशमा । बुद्ध जन्मेकै हाम्रो देशमा ।। १० पौष, सामाखुसी, काठमाण्डौ।
[ posted by
Rajan Kafle @
07:45 AM ] | Viewed: 1710 times
[
Feedback]
|
|
: |
For many years, day and night Since she first came in sight I loved her with all my emotions With Pure notions of love, Little desires, no obsessions The image of a lady in red Dwelt in my eyes and never faded As the sun shined till the moon rose She epitomized my love Thus it harbours and grows. I woke up with her silent call And moved with her shadow tall I talked to her all along the way Couldn't keep my love Any single moment away I clasped my hand strong with her With affection full of fervour Her presence only in thoughts though It was an unblemished love Yes, I truly believed so Years passed by and my love grew All it was dedicated and true A belief that was no blind Unscathed remained my love And got deep-rooted in mind. We laughed together in happy dream And wept together in situations grim With all the ordeals and all the bliss Placid we remained in course of love And exchanged gentle cuddle and kiss. However that was a love of thought Pure and perfect, unexpressed but today, came the gale and blew my fence shattered my dream and cost my love this is the travesty of silence. 24.01.05 Greenford, London
[ posted by
Rajan Kafle @
10:32 AM ] | Viewed: 1680 times
[
Feedback]
|
|
: |
|