असल बनेर नामै गुमाए, सोझो हुँदा धेरै हन्डर खाए इमान जोगाउदा धोखा पाए, माया बडेर घ्रिणा मात्र कमाए त्यसैले, आज लाज बेचेको छु, सरम त्यागेको छु माया बिर्सेर वास्नाको मार्ग अपनाएको छु आज तिम्रो मन होईन रुप जित्न आएको छु जीवनभरको होईन एकै रातको मोल ल्याएको छु यदि, यो रूप देख्दा घिन लाग्छ भने मलाई बनाउने आफ्ना हात हेर यो मानमा माया नभेटे आफ्नै खोक्रो मनलाई सोध खेल सम्झि खेल्यौ तिमिले, निरन्तर्ता मात्र दिन चाहेको छु अबमुल्यन गर्न खोजेको होईन, बजार बुझेरै दाम ल्याएको छु --
bairagiKancho · Oct 10, 2012 11:07 AM · 238 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion