ट्वीटरमा प्रधानमन्त्रीले भने- ‘आजैदेखि लोडसेडिङ दुई घण्टा कम’ ९ माघ, काठमाडौं । आइतबार मात्र सामाजिक सञ्जाल टि्वटर प्रयोग गर्न थालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार बिहान लेख्नुभयो-भारतबाट ७० मेगावाट बिजुली ल्याउने कोशिस भैरहेको छ ।’ टि्वटरमा यो लेखेको २४ घण्टा बित्न नपाउँदै उहाँले मंगलबार बिहान लेख्नुभयो-’आजैदेखि लोडसेडिङ दुईघण्टा कम गर्ने व्यवस्था मिलाइएको छ । यो हिउँदमा १०/१२ घण्टा भन्दा बढी लोडसेडिङ हुँदैन ।’ प्रधानमन्त्रीले टि्वटरमा लेखेको कुरालाई कतिले कागजमा मात्रै त होला नि भनेर आशंका गरेका छन् । धेरैले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार लोडसेडिङ घटाउने गरी प्रधानमन्त्रीले आवश्यक व्यवस्था मिलाउनुभएको छ । जसअनुसार भारतले दिने ७० मेगावाटमध्ये आजैदेखि १५ मेगावाट बिजुली आउने छ । भारतबाट थप बिजुली ल्याउन मंगलबार नै टोली भारत जाने र मंगलबारसम्म केही बिजुली आयात भैसक्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । शनिबारदेखि दैनिक १४ घण्टाको दरले लोडसेडिङ हुँदै आएको छ । यसअघि सरकारले यो हिउँदमा लोडसेडिङ १२ घण्टामा सीमित गर्ने बताएको थियो ।
ashishme · Jan 21, 2013 11:49 PM · 8 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion