~ ~ सबै ढोका बन्द छन् ~ ~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 सबै ढोका बन्द छन्     किन यो माया प्रीति जहिले पनि यस्तो  सबैले खेल्नै पर्ने कुनै एउटा खेल जस्तो  कहिले कोहि कसैको पछाडी कहिले कोहि  भेट्टाउने पनि खुशी छैन नभेट्ने बस्छ रोइ    छोडेर जानेले पिडाको उपहार दिएर जान्छ  सम्झेर बस्नेको सिरानी आँशुले नै भिज्छ  कोहि भने साथै हुँदा पनि अपरचित जस्तो  कोशौ टाडाको यादले भने मुटु धड्किने कस्तो    कतै मनभरी माया अनि लपक्क भिजेका परेली  सधै हराइने ती सम्झनाका अनगिन्ति तरेली  कतै पाएर पनि अतृप्त आत्माहरु छन् भोका  जाने कहाँ थाहा छैन मानौ बन्द छन् सबै ढोका   

Sambeg · Feb 13, 2013 9:02 PM · 1,490 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion