नेपाली समाजलाई एक आदर्श, मर्यादित , शिष्ट र मानबिय मूल्य र मान्यतालाई अंगिकार गर्न उत्प्रेरणा प्रदान गर्ने महान लक्ष्यका साथ हिजो २०६९ साल फागुन ४ गते (बषन्तपंचमी ) का दिन "शिष्टाचार अभियान नेपाल"(Courtesy Campaign Nepal) को तदर्थ समिति गठन गरियो|हाललाई दर्ता प्रक्रियाकोलागि ७ सदस्यीय समिति र बिधान मस्यौदाका लागि २ सदस्य चयन गरियो| १) अध्यक्ष- श्री सुमन दाहाल २) उपाध्यक्ष- श्री दामोदर निरौला ३) सचिब - श्री मुकुन्दराज दाहाल ४) कोषाध्यक्ष- श्री अन्जना राजबंशी ५) सदस्य- श्री लिलामणि खरेल ६) सदस्य- श्री ज्योत्श्ना पौड्याल ज्ञवाली ७) सदस्य- श्री श्रीमन् न्यौपाने यसैगरी बिधान मस्यौदा समितिमा अधिवक्ताद्वय श्री केशब दाहाल र श्री राम प्रसाद खनाल लाई चयन गरिएको छ| उक्त अबशरमा मानवअधिकारकर्मी श्री पुरुषोत्तम दाहाल , रिलायन्स इन्टरनेशनल एकेडेमी का अध्यक्ष श्री रबिन्द्र जंग थापा, श्री बषन्त राजबंशी , श्री फर्शुराम पाण्डे र श्री सरस्वती दाहालको उपस्थिति थियो| आदरणीय मित्रहरू सबैलाई यस अभियानमा हातेमालोकालागि अनुरोध गर्दछु| Like us on Facebook:- https://www.facebook.com/Shist...
lostIdentity · Feb 16, 2013 7:30 AM · 304 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion