३१ औ ए एन ए सम्मेलनमा 'संचारकर्मी 'लाई सम्मानित गरिने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  अमेरिका ,मार्च २० तारिख , जुलाई ४-६ तारिख सम्म न्यु योर्कमा हुने दि एसोसिएसन अफ नेपालीज इन  अमेरिका (ए एन ए ) को ३१ औ सम्मेलनमा संचारकर्मीहरुलाई सम्मानित गरिने भएको छ lअमेरिकाको बिभिन्न राज्यहरुबाट संचालनमा रहेका यी बिधुतिय पत्रिकाहरुले ए एन ए को सूचना ,समाचार र सम्मेलनका सबै गतिबिधिलाई पूर्ण रुपमा प्रकाशित तथा सशक्त रुपमा सूचना प्रवाह गरि बिश्वको कुना काप्चामा नेपाली समुदायमा पुर्याई संस्थाको परिचय समेत गराएका छन l पत्रकारिताको धर्म निभाई अतुलनिय सहयोग गर्नु भएको कार्यलाई उच्च मुल्यांकन गर्दै सम्मान गरिने निर्णय गरिएको छ l सम्मानित हुने संचार माध्यमहरुमा क्रमस जनपुकार डटकम (क्यालिफोर्निया) ,बोस्टन नेपाल डटकम (बोस्टन ) बिआरटी नेपाल डटकम (कोलोराडो ) यु एस नेपाल अनलाईन डटकम (न्यु जर्सी ) र ईनेपालिज़ डटकम (भर्जिनिया ) आदि रहेका छन l   उक्त निर्णय गत मार्च १७ तारिख बसेको ए एन ए कार्यक्रारी समितिले निर्णय गरेको हो l  ए एन ए ले यो परम्परालाई निरन्तरता दिदै आई रहेको छ र भविष्यमा यसलाई निरन्तरता दिने प्रतिबद्दता जाहेर गर्दछ l सन् २०१० ,२०११ र २०१२ मा पनि ए एन ए का हरेक गतिबिधिलाई ब्यबसायिक पत्रकारिताको साथ अतुलनीय सहयोग गर्ने संचार माध्यमहरुलाई पनि पुरस्कृत गरिएको थियो l ए एन ए सदैब  सकारात्मक सहयोगको अपेक्षा गर्दै सम्मानित हुने सम्पूर्ण संचार माध्यमका संचालकहरुलाई हार्दिक बधाई दिदै उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना दिन चाहन्छ l   विजय थापा अन्तरिम महासचिब दि एसोसिएसन अफ नेपालीज इन  अमेरिका (ए एन ए )  

mahoday · Mar 23, 2013 6:40 AM · 5 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion