अंटार्टिका(दक्षिण ध्रुव)मा नेपालीले गल्फ खेले विजय थापा भर्जिनिया अमेरिका अमेरिका ,अप्रिल १७ , भर्जिनियामा बसोबास गर्ने एक नेपालीले अमेरिकाबाट गल्फको सामग्री लगेर आखिर अंटार्टिकामा गल्फ खेली छाडे l मानिसको शोख पनि अचम्भको हुदो रहेछ ,प्राकृतिक दृश्य र सुन्दर मुलुक घुमघाम गर्ने सुनेका छौ र देखेका छौ l गल्फ खेल्न मैदान चाहिन्छ तर ईक्षा र चाहना भए हिउ नै हिउले ढकमक्क ,अनकन्टार ,सुनसान हुने महादेश अंटार्टिकामा दूई दशक भन्दा अगाडी अमेरिका पसेका काठमाडौँ बालुवाटार र हाल भर्जिनिया ,साउथ राइडिंग निवासी बिनोद थापाले सम्भवत अंटार्टिकामा गल्फ खेलेर कसैले पनि यस अगाडी नगरेको ईतिहास रच्ने नेपाली भएका होलान भन्ने अनुमान हामीलाई लागेको छ l गल्फ खेल घासे मैदान नै हुनु पर्ने होईन रहेछ भन्दै हामीलाई जानकारी गराएका छन् ,हामीले किन अंटार्टिकाको यात्राको जिज्ञाशामा उनले भने सबै महादेश घुम फिर गरि सकेको र अन्तिम लक्ष्य अंटार्टिका जाने भएकोले त्यो सपना पनि पुरा भएको जानकारी गराए lअंटार्टिका भ्रमण अत्यन्तै जोखिम ,मुस्किल भन्दै आर्थिक भार पर्ने ,सुनसान ,अनकन्टार ,संचार बिच्क्षेद हुने ,धेरै यात्रीहरु बिरामी भै थला पर्ने ,घरको याद आउने (होम सिक ) हुने र भयङ्कर सन्त्रास हुने हुनाले जो कसैले यहाँको यात्रा नगर्ने रहेछन भने l अंटार्टिकामा पहिला टेक्ने नेपाली पनि होलान तर अंटार्टिकाको दक्षिण ध्रुववृत( सर्कल )को पनि भित्रि सम्म आफु पुग्न सकेकोमा गर्व लागेको छ भन्दै जोखिम र साहसिक यात्रा हुदो रहेछ l चारै तिर हिउ नै हिउ ,रात्री समयमा अझ सुनसान र छालले पनि जहाजलाई नै टाईटनिक चलचित्र जस्तो डुबाउने हो कि उडाउने जस्तो हावाको झोकाले सात्तो जाने पनि रहेछ भने l झन्डै २५ दिनको यात्रा अत्यन्तै रमाईलो र साहसिक कार्य भएको जानकारी दिदै सकुसल अमेरिका फर्केका छन् l थप जानकारी दिदै रातिको समयमा त झन् अन्धकार र भयको अनुभूति पनि हुने रहेछ l पानी जहाजबाट यात्रा गर्नु पर्ने र जहाजमा एक्लै बस्न नपाइने हुनाले बिभिन्न देशबाट आएका यात्रीहरुसंग मिलेर बस्नु पर्ने र अधिकांश यात्रीहरु उमेर छिप्पिएकाहरुले यो साहसिक कार्य (एडभेन्चर )मा आउने गरेको आफुले देखेको हामीलाई जानकरी गराए l अंटार्टिकामा यात्री थापा अमेरिकाको इन्डियानापोलिस ,म्यारिल्याण्ड हुदै हाल भर्जिनिया साउथ राइडिंग मा बसोबास गर्छन भने उसो त उनि दसैँ मनाउन तथा आमा बुवालाई दर्शन गर्न हरेक बर्ष नेपाल गै रहेको जनाएका छन् l अंटार्टिकामा यात्री थापा सूचना प्रबिधिमा म्यारील्याण्ड बिश्व बिद्यालयबाट उच्च शिक्षा हासिल गरि हाल नर्थब ग्रुमनमा कार्यरत रहेको हामीलाई जनाएका छन् l
mahoday · Apr 17, 2013 7:43 PM · 833 views
Golfing may not be allowed in Antarctica. You can 'act like' you are playing, but because golf balls are not biodegradable, I highly doubt if any person would be allowed to actually 'hit the ball'. Antarctica trip seems fun, and daring on its own measures. Still, essence of this article begins with a wrong information. It is not a personal issue, but anyone attempting to publish any article should check the facts first.
isajha · Apr 18, 2013 2:04 PM
यो चाँही विनोद दाईले म माथि घात नै गरेको हो ल ... मलाई आफू अंटार्टिका जाने पहिलो नेपाली बनुला ... नाम लेखाउला.... ठुलो मान्छे बनुला भन्ने कत्रो धोको थियो ... विनोद दाईले धोखा दिए .... उडायो सपना सबै हुरीले ... कम से कम गल्फ नै खेल्ने भए पछी त मलाई पनि साथै लगेको भए हुन्थ्यो गाँठे .... दाजुभाइ मिलेर गल्फ खेल्नु हुन्थ्यो ... नाम लेखाउनु हुन्थ्यो .... विनोद दाई मलाई सार्है चित्त दुख्यो है ... Last edited: 18-Apr-13 03:00 PM
Geology Tiger · Apr 18, 2013 3:00 PM
As far as I know there are few Nepalese who went to Antarctica to do some field research from their host organization. There are several research bases with laboratories. I don't know why Nepalese are obsessed with being "first" in every thing. I don't know whether playing golf in Antarctica really matters or not but visiting the continent must be a great experience. I was almost at southern part of Argentina but couldn't manage to go there (well I enjoyed old civilization and the places where ou feel you are in some other plante but still miss Antarctica). Once you are in Usuia Antarctica is just few hours boat/ship travel. But reaching Usuia is pain in ass if you are not well organized or alone.
Nepal?? · Apr 19, 2013 12:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion