यहि जुलाई १० देखि १४ तारिख सम्म साउथ केरोलाइना राज्यको ग्रिन्भिल सहरमा सम्पन्न युयसए कराते नेसनल सेमिनारमा चारजना नेपाली सहभागी मध्ये दुई जना युयस ओलम्पिक कमिटी अन्तर्गत राष्ट्रिय कराते महासंघमा " ए "श्रेणीमा पदोन्नति हुन सफल भै युयसए कराते नेसनल प्रतियोगिता तथा राष्ट्रिय टीम सेलेक्सनको ४ दिन सम्म आयोजित प्रतियोगितामा सफल रेफ्रीको भूमिका निर्बाह गर्न सफल भएका छन् l उक्त सेमिनारको संचालन डब्लु के एफ रेफ्री कमिसन सदस्य सेन्सेइहरु क्रमस फरिबा मदानी ,पूर्व डब्लु के एफ कमिसन सदस्य क्लिव बाक्स्टर, डब्लु के एफ रेफ्री कात्सु ताका तानाका र पिकेएफ अफिसियल कार्लुस केंतेरो ,डब्लु के एफ रेफ्री तथा युयसए रेफ्री कमिटी अधक्ष्य आलेक्स मिलादीको निर्देशनमा भएको थियो l उक्त प्रतियोगितामा सहभागीहरु क्रमस सरोज भट्टराई ,शान्ता थोकर , देबेन्द्र अमात्य र पर्खिराई रहेका थिए भने सरोज भट्टराई र शान्त थोकर " ए " श्रेणीमा देबेन्द्र अमात्य र पर्खिराई " बि " श्रेणीमा रहन सफल भएका छन् l उक्त प्रतियोगितामा अमेरिकी ५० राज्यका खेलाडी ,प्रशिक्षक र डब्लुके एफ रेफ्री कमिसन , पिके एफ रेफ्री कमिसन र युयसए एन केएफ रेफ्री कमिटी लगायत उलेख्य संख्यामा रेफ्रीजहरुको सहभागिता रहेको थियो भने आगामी २०१४ को युयसए नेसनल तथा राष्ट्रिय टीम सेलेक्सन नेभादा राज्यको रेनो सहरमा आयोजना गरिने जानकारी सहित समापन भएको छ l l
mahoday · Jul 18, 2013 6:54 PM · 8 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion