होशियारी ..... बिजुली बत्ती सुशासन अनि देश विकाश यी सबका नारा सुन्दा सुन्दा कान फाट्ने बेला भैसक्यो उही भ्रष्ट फोहोरी अनि घिनलाग्दो राजनीति गर्ने थोत्रा नेताहरु मिल्ने भए साट्ने बेला भैसक्यो देश डुबिसक्यो तिनलाई मतलब छैन आँगनीमा ताण्डव देखाउने छिमेकीकै शरणमा कुद्दा रैछन आजकल चालामाला अर्कै छ गांइगूइ पनि सुनिदै छ ए साँच्चै त चुनाव पो आ छ क्यार तेसैले पो यति सारो भुक्दा रैछन शिर झुकाई पाउमा परी "हाँ जी हाँ जी" मान्नैपर्ने जे भने नी आदेश सम्झी बाँदर तालमा नाच्नै पर्ने अब त सायद पुग्यो होला डाक्टर वैद्य को भर पर्ने एकजूट भै हामी सबै बेला भयो केहि गर्ने मनपरीतन्त्र पुग्यो हामीलाई ............. बेला भयो खबरदारी गर्ने ............ Last edited: 29-Sep-13 12:38 PM
chaitekailo · Sep 29, 2013 12:36 PM · 14 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion