नेपाली क्रिकेटविरुद्ध अभिब्यक्ति दिने सीपी गजुरेलको पुत्ला दहन - See more at: http://nagariknews.com/society/nation/story/15407#sthash.5PjmC8Ls.dpuf

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली क्रिकेटविरुद्ध अभिब्यक्ति दिने सीपी गजुरेलको पुत्ला दहन http://nagariknews.com/media/k... डडेल्धुरा- नेपाली क्रिकेट खेलाडीबारे आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलको डडेल्धुराबासीले पुत्लादहन गरेका छन्। माओवादी नेता गजुरेलले राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली क्रिकेट खेलाडीले विकृति ल्याएको अभिब्यक्ति दिएकाथिए। स्थानीयहरुले उपाध्यक्ष गजुरेलको डडेल्धुरा बजार क्षेत्रमा शवयात्राको रुपमा विरोध गर्दै भिमदत्तचोकमा पुत्ला बनाएर जलाएका थिए। नेपाली क्रिकेट टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णयविरुद्ध अभिब्यक्ति दिएका नेता सीपी गजुरेलको डडेल्धुरामा पुत्ला दहन गर्दै स्थानीय ब्यापारी र युवाहरुले बजारमा एक घण्टा नाराबाजी गरेका थिए। नाराजुलुससहित बजार परिक्रममापश्चात् भिमदत्त चोकमा पुगेर गजुरेलको पुत्ला जलाएका हुन्। क्रिकेट खेलाडीले देशको शान बढाएको भन्दै त्यसको बिरोध गर्नेविरुद्ध कारबाहीको माग गर्दै स्थानीय ब्यापारी र युवाहरुले तत्काल माफी नमागे गजुरेलविरुद्ध कडा आन्दोलन गर्ने जनाएका छन्। 'क्रिकेट खेलाडीविरुद्ध बोल्ने जो कोहीकाविरुद्ध हामी जान्छौं।' स्थानीय युवा गणेशप्रसाद भट्टले भने, 'गजुरेलले तत्काल आफ्नो अभिब्यक्ति फिर्ता लिनुपर्छ।' स्थानीय ब्यापारी र युवाहरुले तीन दिनसम्म विरोध सभा गर्नेसमेत जनाएका छन्। via http://nagariknews.com/society...

ktmdu · Mar 23, 2014 5:12 PM · 4 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion