my dear priyanka says:-baलात्कारीलाई फा“सीको सजाय हुनुपर्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाराको कलैयामा ६ वर्षीया बालिका पूजा साहको बलात्कारपछि हत्या गरिएको समाचारले अभिनेत्री प्रियंका कार्कीलाई स्तब्ध बनायो । त्यसो त दुई साताअघि काठमाडौंमा दुई किशोरीमाथिको एसिड आक्रमण घटनाले पनि उनलाई दुःखी बनाएको छ । ‘एउटी ६ वर्षकी युवतीलाई यौन के हो भन्नेबारे कत्ति पनि जानकारी छैन । भर्खर संसार देख्दै गरेकी बालिकालाई चकलेटको प्रलोभनमा पारेर यौनको सिकार बनाउनुजस्तो दुःखद घटना के हुन सक्छ ?’ यस्तालाई फाँसीको सजाय दिनुपर्छ भन्छिन् अभिनेत्री कार्की, ‘नेपालको कानुन फितलो भएकै कारण यस्ता अराधीहरू सात–आठ वर्षमै जेलबाट छुट्छन् । योभन्दा ठूलो सजाय नभएकाले पनि बलात्कारका घटनाहरू दिनदिनै हुन थालेका छन् ।’ प्रियंकाको भनाइमा उमेर पुगेपछि पुरुष र महिलामा यौन चाहना हुनु अस्वभाविक होइन । उनी भन्छिन्, ‘तर पुरुषहरू मैले नारीलाई बलात्कार गरें भनेर गर्वले छाती फुलाउँछन् । एक नारीलाई इच्छाविपरीत आपूmले बलात्कार गर्दा ती नारीले कत्तिसम्म शारीरिक र मानसिक तनाब भोग्नुपर्छ भन्नेबारे कहिल्यै सोच्दैनन् ।’ ‘यस्ता बलात्कारी पुरुषहरूले आपूm पनि नारीकै कोखबाट जम्मेको र घरमा आङ्खना पनि आमा, दिदी–बहिनी तथा छोरी छन् भन्ने कुरा किन सम्झँदैनन्,’ उनी भन्छिन्, ‘यदि यस्ता बलात्कारी पुरुषमा म मानव हुँ भन्ने चेत हुँदो हो त उसले पक्कै पनि बालिका त टाढाको कुरा, महिलालाई बलात्कार गर्ने थिएन । बलात्कारीहरू अपराधी भएकाले उनीहरूलाई उचित सजाय फासी नै हुनुपर्छ भन्ने आम नेपाली नारी चाहन्छन् ।’ प्रियंकाको बुझाइमा पुरुषको कर्तव्य नारीको सम्मान र रक्षा गर्नु हो किनकि नारी र पुरुषविना समाज चल्दैन । समाजमा नारी र पुरुष पनि अलग रहन सक्दैनन् । घरमा पति–पत्नी, दिदी–बहिनी, दाजु–भाइ, छोरा–छोरी तथा विभिन्न नाताको रूपमा महिला र पुरुष सँगै रहने गर्छन् । यसरी घरमा आङ्खना चेलीको रक्षा गर्ने पुरुषले बाहिर किन बलात्कार गर्दै हिँड्छन् भन्ने प्रश्न उनले उठाएकी छन् । चलचित्र झोलेमा यौनकर्मी महिलाको भूमिका निर्वाह गरेकी अभिनेत्री कार्कीले सो भूमिकाको लागि ठमेलमा उनले केही समय अनुसन्धान गरेकी थिइन् । अनुसन्धानका क्रममा नेपालमा यौनकर्मी महिला हजारौं भएको आपूmले पाएको प्रियंकाले बताइन् । उनले भनिन्, ‘राजधानी र मुलुकका ठूला, साना सहरमा यौनकर्मी महिला छन् । यौन व्यवसायलाई पेसाको रूपमा अपनाएका उनीहरूले मागे जति पैसा पाएपछि पुरुषलाई सन्तुष्टि दिन्छन् ।’ घरमा पत्नी हुँदाहुँदै तथा पत्नी नभएको खण्डमा यौनकर्मी महिला पाउँदापाउँदै पुरुषले बालिका, किशोरी तथा महिलालाई बलात्कार गर्नु अकल्पनीय अपराध हो भन्छिन् उनी । पुरुषले क्षणिक आनन्दका लागि बलात्कार गर्दा पीडित महिलाले जीवनभर शारीरिक र मानसिक यातना भोग्नुपरेको समस्या आफूले धेरै देखेको यी अभिनेत्रीले बताइन्, । उनी भन्छिन्, ‘त्यसैले यस्तो अपराध रोक्न बलात्कारीलाई फाँसीबाहेक अरू विकल्प छैन ।’ एसिड प्रकरणकी पीडित किशोरी सीमा बस्नेतले प्रधानमन्त्री सुशील कोइरालालाई लेखेको पत्र बिहीबार नेपाली सञ्चारमाध्यममा अभिनेत्री प्रियंका कार्कीले पढिन् । ‘काठमाडौंको मुुटु न्युरोडमा बिहान युवतीमाथि एसिड हमला हुँदा उनीहरूले आसपासका व्यक्तिबाट सहयोग नपाउनु आफैंमा दुःखद खबर हो । एसिड आक्रमणको १७ दिन बितिसक्दा पनि अपराधी पक्राउ नपर्नु र पीडितले न्याय पाऊँ भनेर प्रधानमन्त्रीलाई नै पत्र लेख्नुजस्ता लज्जास्पद कुरा के हुन सक्छ र ?’ उनी प्रश्न गर्छिन् । एसिड प्रकरणको दोषीलाई चाँडै पक्राउ गरेर कडा कारबाही नगरेमा आउँदा दिनमा यो प्रकरण पटक–पटक दोहोरिने आशंका यी अभिनेत्रीको छ । त्यसो त एसिड प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसक्नुलाई प्रहरी प्रशासनको असक्षमता हो भन्छिन् उनी । भन्छिन्, ‘केही महिनाअघि म हेलमेटसँगै मुहारमा मास्क लगाएर स्कुटरमा घर जाँदै थिएँ । जनताका लागि शान्ति सुरक्षा दिन बसेका प्रहरीले मलाई बाटोमा जिब्रो पड्काउँदै गलत नियतले जिस्क्याए ।’ आङ्खनो परिचय खुलाउन नचाहेकाले उनीहरूलाई बेवास्ता गर्दै आपूm घरतर्फ लागेको अभिनेत्री कार्कीले बताइन् । उनको भनाइमा अहिले पनि केही प्रहरीमा म पुरुष हुँ र मैले जे पनि गर्न मिल्छ भन्ने दम्भ छ । ‘बाहिर काम गरेर आएकी चेलीलाई साँझमा घर पु¥याउन मद्दत गर्नुपर्नेमा केही प्रहरीहरू उल्टै गलत नियतले जिस्क्याउनुले यो देशको शान्ति सुरक्षाको स्थित प्रस्ट्याएको छ,’ उनी बताउँछिन् । उनले भनिन्, ‘नेपालमा महिला र किशोरी मात्र होइन, बालिका पनि अहिले पलपल यौन हिंसाको सिकार भइरहेका छन् । यसो हुनुमा फितलो कानुन, कमजोर सुरक्षा, पुरुषमा दम्भ÷अहमता र राक्षसी नियतिजस्ता थुप्रै कारण छन् ।’ महिलाहरू आङ्खनो कारणले कहिल्यै पनि बलात्कारको दोषी हुन नसक्ने उनी बताउँछिन् । समाजमा पुरुषजसरी नै स्वतन्त्रसँग हिँड्डुल गर्ने, रमाउने, काम गर्ने अधिकार महिलामा पनि छ । त्यसैले महिलाको रक्षा गर्नु सबै पुरुषको कर्तव्य भएको अभिनेत्री प्रियंकाले स्मरण गराइन् ।

Punter · Mar 16, 2015 4:08 PM · 239 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion