साथी अब म नेपाल फर्कन्नँ - भाग २

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो नाम टंकबहादुर मल्ल ठकुरी, घर दाङ घोराही, हाल कन्सास सिटी संयुक्त राज्य अमेरिका. म एउटा सफ्ट्वेर कम्पनी मा सिस्टम एनालिस्ट को तह मा काम गर्छु, श्रीमती एक, दुई साना छोरी, आमा ले नेपालाँ छोरो पाउन पर्‍यो भनेर रोएर कराएर धूमचक्र. खैर भान्जी को बिहे मा नेपाल गैयो, सात बर्ष पछी गाको घर पुग्ने बित्तिकै सुटकेस तानतान, भान्जा, भतिजा, भाउजु, भिनाजु सबै ले आइ-फोन पाएनन भनेर मुख फुलाएर आधा दिन बसे। फेरी ठुल्दाइ को सालो जाँठो लाई अमेरिका विसा स्पन्सर गर्नु पर्‍यो रे, तुल्सिपुर मा किराना पसल थाप्ने मुजीलाई डलास आएर बिज्नेस गर्नु पर्‍यो रे, कुरा सुन्दै थप्पड हान्न मन लाग्ने. माइली भाउजु भोलीपल्ट बिहान चिया बोकेर कोठै मा आइपुगिन्, अन्डरवियर लगाएर सुत्या म, हतपत ओढ्ने ले आफु लाई छोपें, लाज को मर्दो। भाउजु को आफ्नै समस्या, उनकी दिदी कि छोरी को अमेरिका बस्या केटा सित बिहे रे, भतिजी लाई पनि ग्रीन कार्ड भा केटा खोजिदिनु पर्‍यो रे, चिया खाए पछी एक्छिन टाउको दुख्यो. पर्सी पल्ट बिहान स्वयम्बर, दिदी का साथी हरु, भाउजुका बैनी हरु ले च्यापेर सेल्फी खिचे आफुलाई भने एकैचोटी सात वटा वक्षस्थल ले छोइएको मा भयानक आपत, फोटो पनि मंसिर को जाडो मा पसिना पसिना भएको आयो जुन उनिहरुले तुरन्तै फेस्बुक मा राखे, पाँच मिनेट पछी हेर्दा दस वटा फ्रेन्ड्स रिक्वेस्ट अनी ती फोटा हरुमा १८ वटा लाइक्स, भएन अब? बेलुकी पख जन्ती आयो, आउनु भन्दा अघी सानो भिनाजु जाँड खाएर टिल्ल, मलाई आएर - "मुजी सालो भएर अमेरिका बाट स्कच ल्याउनु पर्दैन?" रे, ठुलो भान्जो ले नसाम्हाल्या भए झन्नै पिट्या थिए। गोडा धोए पछी ठुलि भाउजु की दिदी ले "त्यत्रो अमेरिका बाट आएको मामा ले खाम मा एसो डलर नहाल्या...." भनिछन् मेरो जाँड खाएर मात्तेको सानै देखी को साथी ले सुनेछ, भाउजुको भिनाजु र त्यस्को झन्नै मारामार, मोरो मदने सानै देखी ठीश, भाउजु को भिनाजु लाई " तँ मुजी बदिनी ठोक्न गाको मैले आफ्नै आँखा ले देख्याछु" भनेछ सारा संसार अगाडि. रात भरी जाग्राम बसियो, हाइ हाइ गर्दै ८ घन्टे बिहे सिद्धियो बिहान बिदावारि भैसकेपछी पो थाहा पाएँ सोफा मै निदाएछु। ठुलो भिनाजु लाई भान्जी बिदा नगर्या देखेर चित्त दुखेछ क्यारे त्यस्पछी बोल्दै बोलेनन. अमेरिका फर्किनु भन्दा एक दिन अघी मदने ले खान बोलायो, एसो तीन हजार रुप्पें खाम मा हालें त्यस्को छोरो लाई दिन भनेर, त्यहाँ पुग्दा त मोरो ले ४ तल्ले घर ठड्याएछ, गाडी पनि किनेछ, ठेका पट्टा राम्रै रैछ्, सितापाइला मा घडेरी नि किन्या छ रे, हतपत बाथ्रूम गएर खाम मा ३ हजार अझै थपेँ। मासु टोक्दै मदने रेड लेबल पिएर गफ दिन थाल्यो म भने एक बोतल स्यान मिगल मै टिल्ल. चार थरीको मासु खाएर पेट खराब, भात खानु अगाडि बाथ्रूम गएर मार छेरेँ, अनी बल्ल जिउ हल्का भो, बिहान देखी अटस पटस भा पेट तुरन्तै चङ्गा भो। हगी सके पछी हेर्छु ट्वाइलेट पेपर नाइं, अब परेन फसाद? घरां ठुल्दाइ ले म आउने भनेर १० रोल आफ्ना कोठाँ राख्या थ्ये, हग्न जान भन्दा अघी लान्थे समस्यै थिएन, अब मुजी मदने को शान्दार बाथ्रूम मा ट्वाइलेट पेपर नाइं। खैर घिन मानि मानि कसैगरी पानी ले चाक पुछेँ, हुनत पहिले नपुछ्या हैन तर १२ वर्ष अमेरिका बसाइ ले बानी बिगारेछ। अब एसो हेर्छु साबुन नाइं, साला ट्वाइलेट पेपर त छैन छैन साबुन पनि नाइं, सारा बाथ्रूम हेरें कतै छैन, त्यस्पछी मार पानी ले हात धोएं, बाहिर निस्केर साबुन माग्न मन लाग्याथ्यो तर भाउजु लाई भन्न लाज लाग्यो, उनिहरु आँफैलाई ग्लानी होला भनेर. गएर हेर्दा भात पस्कीसक्या रैछ् तर एउटा समस्या - चम्चा-काँटा नाइं, भाउजु लाई भनेर कसैगरी चिनी चलाऊने चम्चा ले भात खान लागियो, हगी सकेको पेट भोक ले खाली, सानो चम्चा को गांस काम, अनी त्यसम्याथी मदने को गफ र स्यान मिगल लागेर टिल्ल भैयो, भात सिद्धिंदा एसो हेर्छु चम्चा खसेर काँ पुग्या रैछ् हात चाहिँ जुठो - भएन सत्यानाश ? ४ दिन पछी छोरी ले सोधी " Daddy what did you do in Nepal? " एसो हेरें, मनै खिन्न भो र मनमनै जवाफ दिएं "के हुन्थ्यो छोरी आफ्नै गु चाखेर आएँ"

sajhasexy · Apr 21, 2015 8:37 AM · 8 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion