जुत्ताले आन्दोलन गर्ने अरे हिल जुत्ता क्लोज्ड सुज संगै रहन नसक्ने कन्वर्स जुत्ता पार्टी सुज संगै कहीं हिड्न नसक्ने बुट जुत्ता फ्ल्याट सुज संगै रहंदा आन्दोलन गर्ने रे खडाउले आदिवासी जुत्ता हुँ भनेर चप्पललाइ लखेट्ने रे फित्ते जुत्तालाइ फित्ता बान्न गाह्रो भयो रे आरक्षण चाहियो रे सबैको रुप, बनोट, प्रयोग भिन्न भिन्नै तर सबै खुट्टा देशका नागरिक मिल्न चैं किन नमिल्ने खुट्टा भए न जुत्ताको महत्व छ प्रेमरुप पालिस दली सद्भावरुपी बुरुसले घोटी हरेक जुत्ता टिलिक्क टल्केर खुट्टारुपी देशलाइ सजाए पो खुट्टा राम्रो देखिन्थ्यो अनि जुत्ताको शोभा बढ्थ्यो खै किन कुरा नबुझेको हो कि बुझेर पनि बुझपचाएको हो लौ हजुर आजको ताजा खबर जुत्ताले आन्दोलन गर्ने अरे .. - थाहा छैन (कसैलाई मर्ममा लागेमा माफी चाहन्छु - जय नेपाल आमा ) Last edited: 08-Oct-15 01:58 PM
ThahaChaena · Oct 8, 2015 1:27 PM · 202 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion