सेतो कपडा ओड्नेको सपना हुदैंन रे लाखौं हुन्छन् वरिपरि आफना हुदैंन रे। एउटै मान्छे मरि जांदा संसार भासिने उन्को परिवार नामको त्यो वृक्ष अब घना हुदैंन रे। लक्ष्मीबाट ओरालो लागी अलच्छिनी अब बत्तीसै होउन् गुण तर सर्हना हुदैंन रे। गजक्क परे ससुरा ठस्स परिन् सासु पनि भने त्यो घरमा उन्को अब ठेगाना हुदैंन रे। क्या अचम्म उनले नै कुटि कुटि मारे जस्तो पापी नजर सब्का तर बुझ्ने भावना हुदैंन रे -मृगतृष्णा
Mrigtrishna · Feb 20, 2016 1:07 AM · 20,670 views
बाढी आउन सक्छ कैले, घाम पानी हो जीवन तर डुब्यो घाम मेरा लागि, उदाउने सम्भावना हुन्दैन रे
Altijdgoede · Feb 20, 2016 9:49 PM
Mitho
thahachaena · Jun 11, 2019 5:22 PM
Wow MT!!! It's superb. Please don't disappear for this long....
Public · Jun 13, 2019 9:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion