अमेरिकामा छोरा हराएको सूचना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा 'वेपत्ता' युवकका बाबुआमाको बिलौना-'छोरा रजत, तिमी कहाँ छौं?'   फोनको घण्टी बज्नासाथ छोराले नै गर्यो कि भन्ने आशले उनको मन एक पटक झस्किन्छ, मुटुको धड्कन बढ्छ अनि दौडेर पहिलो घण्टीमै फोन समात्छन्, ६२ वर्षीय बाबु वसन्त उपाध्याय। तर अफसोच-आज पनि रजतको फोन आएन। उच्च शिक्षाका लागि अमेरिका गएका छोरा रजतको आवाज सुन्ने आशामा फोन पर्खेर बसेको झन्डै दुई वर्ष पुग्न थाल्यो, कति रात बिते-कति दिन, त्यो पीडादायी पर्खांइ भने सकिएको छैन उनको। आमा विजया उपाध्याय र बाबु वसन्त उपाध्यायका एक मात्र छोरा रजत उपाध्याय २००४ को स्प्रिंगमा 'यूनिभर्सिटी अफ सेन्ट्रल ओक्लहामा'मा बायोमेडिकल इन्जिनियरिङ पढ्न आएका थिए। तर केही महिनापछि मात्रै रजतले टेक्सस राज्यको अर्भिङस्थित ब्रुक हेभन कलेजमा भर्ना भएका थिए।  मध्यपुर ठिमी  नगरपालिका-१५, गट्ठाघरका वसन्त उपाध्यायको परिवार सन् २०१४ देखि छोराको खोजीमा छ। 'सन् २०१४ मे ३० तारिखमा अन्तिम पटक भाइबरमा  कुरा भएको थियो, त्यसपछि सम्पर्क छैन, सेतोपाटीसँग टेलिफोनमा कुराकानी गर्दा गर्दै पिता वसन्तको गला अबरुद्ध भयो, उनको पीडा आवाजमा सहजै सुन्न सकिन्थ्यो।' आफ्ना तीन सन्तान मध्ये माइलो सन्तानका रूपमा सन् १९८४ मा जन्मिएका रजतसंग पीता वसन्तको अपेक्षा धेरै छैन। 'हामी बुढा बुढीलाई अरू केही चाहिँदैन, छोरा खुशीले आफ्नो जीवन बाँचेको छ भन्ने मात्र थाहा पाए हुन्थ्यो भन्ने एउटा मात्र कामना हो,' उनले भने। अमेरिका छिरेको केही समयपछि रजतसंगको फोन सम्पर्क पातलिँदै गएको थियो। 'पढाइमा व्यस्त भएर फोन गरेन होला' भन्ने वसन्तलाई लाग्थो। 'अमेरिकाको पढाइ कडा छ, त्यसमाथि पनि काम गर्नेहरुसँग त समय नै हुँदैन भन्ने मलाई थाहा थियो, त्यही भएर नै खासै गुनासो गरेनौ, पुराना दिन सम्झिँदै उनले भने,'अन्तरमुखी स्वभावका रजतले आफ्नो अमेरिका बसाइबारेमा खासै कुरा गरेको उपाध्याय दम्पतिलाई सम्झना छैन।' सायद हामीले बढी चिन्ता गर्छौँ होला भनेर केही भन्दैन थियो तर अहिले त आवाज नै सुन्न नपाउँदा…  बोल्दा बोल्दै भक्कानिएका वसन्तले वाक्य नै पुरा गर्न सकेनन्। उपाध्यायका अनुसार अन्तिम पटक रजत झापाका भूमीराज नाम गरेका साथीसँग बस्दै आएका थिए।  कसै-कसैले रजतले विवाह गरेर बसेको र आफ्नो विवाहलार्इ परिवारले स्वीकार्न नसक्ने डरले लुकेर बसेको हुन सक्ने आँकल नगरेका होइनन्।  तर पिता उपाध्याय भन्छन्,'हामीलाई त छोरा खुशीले बाँचेको छ भन्ने भए पुग्छ, आफ्नो जीवन साथी रोज्न सक्ने पूर्ण स्वन्त्रता रजतलाई छ। हामीलाई उसको जुन सुकै निर्णय पनि स्वीकार्य छ।' त्यसो भए कहाँ छन् त रजत? उपाध्याय दम्पतिको बुढेसकालको साहारा रजत अमेरिकामा 'बेपत्ता' भएको दुई वर्ष पुग्न लाग्दा पनि कुनै अत्तोपत्तो नलाग्नुले परिवारमा थुप्रै शङ्का-उपशंकाको जन्म दिएको छ।  कुनै  'अप्रिय घटना' का कारण रजतको सम्पर्क टुटेको होला कि भन्ने त्रास माता-पितामा नभएको हैन।  तर जानकारहरुका अनुसार त्यस्तो 'अप्रिय' केही भएको भए  कम्तिमा नेपाली समाज तथा अमेरिकाको नेपाली दूतावासमा अमेरिकी  प्रशासनमार्फत सूचना प्राप्त हुन्थ्यो।  त्यसैले कुनै 'व्यक्तिगत कारण' ले रजतले आफ्नो पहिचान सबैबाट लुकाएर बसेको हुन सक्ने अनुमान धेरैको छ। रजतका बारेमा सेतोपाटीसम्म सुचना आइपुगेपछि आफ्नो सामाजिक दायित्व अनुरूप हामीले रजतका साथीहरू खोज्ने कोशिश गर्‍यौ। यही क्रममा हाम्रो भेट भयो प्रतिक सुबेदीसँग।  २००५ मा रजतसँग पहिलो पटक प्रतिकको भेट भएको थियो।  'थोरै बोल्ने तर अति नै मिलनसार थिए रजत' प्रतिकले सेतोपाटीलाई थप जानकारी दिँदै भने,'२००६ को समरपछि साथीभाईहरुसँग पनि सम्पर्क टुट्यो।' आफ्नो मामासँग गएर बसेका छन् भन्ने मात्र अन्तिम खबर आफूले पाएको बताउँदै प्रतिकले रजतलाई आफ्ना माता पितासँग सम्पर्क गर्न आग्रह समेत गरे।  'रजत, तिम्रा बुबा आमाको तिमीसँग कति सपना छन् होला, जवान छोराको बेखबरले  कति पोल्दो हो, आफूलाई जन्म दिने बुबा आमालाई एक पटक भए पनि सम्पर्क गर' प्रतिकको आग्रह थियो।  आफ्नै उमेरका साथीले समेत रजतलाई 'रजत सर' भनेर सम्बोधन गर्थे।  कारण? "उनको स्वभाव थियो, हामी एक आपसमा 'तँ ' र 'तिमी' सम्बोधन गरे पनि रजतलाई भने 'रजत सर',' तपार्इ' भनेर सम्बोधन गर्थ्यौं, प्रतिकले भने।  २०१५ मा नेपालमा आएको भूकम्प पश्चात प्रतिक र उनको पुराना साथीहरूको एक समूहले रजतको खोजी नगरेको भने होइन, तर फेला पार्न सकेनन्।    तर हालै रजतका पिता वसन्त उपाध्य्यायले नेपाली समाज  टेक्सासलाई औपचारिक रूपमा नै रजतको खोजी गरिदिन आग्रह गरेका छन्।  समाजका सभापति कृष्ण लामिछानेका अनुसार संस्थाले रजतको खोजीका लागि आवश्यक प्रक्रिया सुरु गरी सकेको छ। 'हामीले अर्भिङ्ग सहरको प्रहरीसँग समन्वय गरी रजतको खोजी कार्य सुरु गरेका छौं, अमेरिकामा रहेका अन्य नेपाली सङ्घ-संस्था तथा नेपाली दूतावाससँग पनि सहयोगका लागि आग्रह गर्ने छौ,' सभापति लामिछानेले सेटोपाटीसँग भने। लामिछानेका अनुसार अर्भिङ्ग प्रहरी विभागका प्रहरी अधिकृत ई. किंगले यसबारेमा अनुसन्धान गरिरहेका छन् भने केस नम्बर '१६-६८०७' रहेको छ।  रजतका बारेमा कुनै कसैलाई केही पनि जानकारी भए जति सक्दो चाँडो अर्भिङ्ग प्रहरी अथवा नेपाली समाज टेक्सासलाई सम्पर्क गर्न लामिछानेले अनुरोध गरे। 'पुत्र वियोगमा छट्पटिएका माता पितालाई उनीहरूको छोरा सकुशल छ भन्ने खबर सुनाउन सबैको सामाजिक दायित्व हो,'लामिछानेले सबैलाई सहयोगका लागि अपिल गर्दै भने।     कारणहरू जे सुकै हुन्, समस्या र बाध्यताका नाममा यदि रजतले आफूलाई जन्म दिने माता पिताबाट टाढा राख्न खोजेको हो भने त्यो अत्यन्त पीडादायी भएको भावना रजतको खोजीमा लागेकाहरुमा पाइन्छ।  तर पनि जन्म दिने आमा विजया उपाध्यायको दूधको ऋण नै सम्झेर भए पनि रजतले एक पटक आफ्नो परिवारलाई सम्पर्क गर्ने छन् भन्ने विश्वास भने सबैले लिएका छन्।   http://global.setopati.com/ame...

cybernepali · Mar 28, 2016 9:56 AM · 32,651 views

5 Replies

So hard to believe someone can disappear without a trace in this day and age. Very sad.

mily · Mar 28, 2016 1:24 PM

There are many reasons people Ike to be underground. One of the main reason is not able to meet the expectations we had assumed back home before we leave the country. Dreamed America and real America are two different thing. May be he is in Great Depression , which is not known in Nepal. Because we are always dependent of parents and we never face the real life. Hope he logs on Sajha and call home.

magorkhe1 · Mar 28, 2016 2:00 PM

let me say what others are not saying अस्ति मात्र एक जना भेटेको, बाउ ले बेस्कन पित्थ्यो रे बच्चा हुदा तेही भएर १५ वर्ष भयो न गएको भन्थ्यो . यो केस पनि त्यस्तै लाग्यो

vname · Mar 28, 2016 3:27 PM

If a fully grown adult like him does not want to be in contact with someone, there is not much anyone can do about it.

Burga-Flippa · Feb 16, 2024 11:57 PM

I though you have found some hint/clue about him and revive 8 years old thread. You are right , it's an adult choice but a father wants to know if he is alive or not.

logan · Feb 17, 2024 10:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion