Triangle Relationship / त्रिशन्खु सम्बन्ध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

परीपक्वता उमेर सङै बड्दै जान्छ भन्ने धारणा सँग आजभोलि असहमत हुँदै छु | प्राथमिक कक्षा देखी माद्यामिक कक्षामा कसै सँग झगडा भएको अवस्थामा उ लागयत उस्का मिल्ने साथी हरु सँग पनि बोल्चाल कमै हुन्थ्यो | शायद उनिहरु एकै झुन्ड्मा भएर हो कि ? केटा भन्दा केटी हरुमा को को सँग कस्तो समबन्ध राख्ने कुरा झनै गम्भिर हुन्छ रे ? अर्थात यो गणितिय हिसाब जस्तो हुन पुग्छ | किन यो गणितिय् रुपमा पुग्छ र निस्पक्षी र स्वतन्त्र हुँदैन ? यो मेरो गत साताको यात्राा क्रममा महशुस गर्न पुगेको कुरा हुन | टाढा बसाइ अनी आउजाउको कमी भए पछी टाडिदै जाईन्छ र गैइेको थियो | ए म तिम्रो टाउनमा यो रात हुन्छु है भनेर झिनिएको सम्ब्न्धलाई नबिकरण गर्ने प्रयास तेती सफल भए जस्तो लागेन | अनी मैले पनि मेरो तर्फ बाट प्रयास गरे भन्दै आफुलाई सन्तोष बनाउने कोशीस गरे पनि जड् बस्तु के रहेछ भन्दै म्याथा पच्चिस गरियो | म अलिक प्राईभेट नै भएको छु अरुको चासो पनि लिन्न र दिन्न पनि | यिनै कारणले FB खोलेको छुईन | एउटा कजन ले गोर्खे दाई सँग भागेर हिड्छु भनी घर तिर खोकेर आए पछी त गुफा बास बसे झै भएको छ र साझा बसाइ बढेको छ र टाढिने काम यथाबाट कायम छ | घोत्ल्याईको निचोड् उनिहरुले मरो सम्बन्ध लाई गणितिय रुपमा राखेका रहेछन यो गणितिय समबन्ध को पासो हटाउन तिर लागु कि यथाबाट छोडि दिदा बेस होला ?

magorkhe1 · Sep 11, 2016 8:07 AM · 364 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion