Which one is better? US or Third World ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरकारी काम तेस्माथि IRS को र तेस्रो बिस्वमा केहि फरक छैन | अहिले सम्म ८ पल्ट फोन गरि सके मान्छे भेट्टाउन आधा घण्टा लाग्छ अनि यो कारण ले फोन गरेको भने अर्को लाइ जोडी दिन्छन | तेस्लाई पछि मान्छे संग कुरा गर्न अर्को आधा घण्टा घण्टा सुरक्षा पत्र देखि जन्म कुण्डली दिई सके पछि तेस्ले पनि फलानो विभागमा ट्रान्सफर गरिदिन्छु भने पछि साझा छिर्दै छु | हिजो पनि यसै गरि दिन बिताइयो | भएको र गर्न खोजेको कुरा के हो भने FICA withhod नहुने भएर हरेक क्वार्टर Estimated Tax तिरिरहेको र chekcing account बाट सिधै जाने स्टप गर्न खोजेको हु | Taxact लाइ फोन गरे पछि एउटा नम्बर दियो तेस्ले दिएको नम्बरमा कुरा गरे पछि iRS मा कुरा गर भन्छ | तिनै Quarter पाएको छ | चौथो qurater रोक्नु पर्यो भने कहा र कसरि कसैलाई थाहा छैन | IRS ले Tracking गर्छ भनि निकै खैला बैला गर्यो यो साझामा भुत्रोको त्र्याकिंग ? जाठा जाठिलाइ जाबो payment स्टप गर्न कमिलालाई मुतको पैरो भएको छ | अर्को एक घण्टा बिति सक्यो बेलुकीको छ बज्यो अनि कार्यालय बन्द हुने बेला हुन् लाग्यो | सेल फोन बिहान देखि चार्जरमै तासिएको छ | Samsung को भए त्यो पनि आफै जलेर मरिन्छ कि भन्नु पर्थ्यो त्यो चै परेको छैन | तपाइँ हामि यो मुजी नेपालमा के हि हुदैन यता अमेरिकामा क्या राम्रो customer Service भनेर गुनगान गर्न पछि नपर्ने हरु जाउ मेरो जबाफ यही हो | सरकारी कार्यालय जताका पनि उही हुन् | तर यिनी हरु "Sorry for your trouble" भन्दै पानि माथिको ओबानो बनिदिञ्छन भने हाम्रा सरकारी कार्यलायाकाले प्रहरी राखेर खोर मा पुर्याउन बेर छैन| फोन आँफै disconnect भयो |लौ आजको साझको साझा छिराई यहि सम्म | Last edited: 16-Sep-16 04:23 PM

MaGorkhe1 · Sep 16, 2016 4:17 PM · 142 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion