सिरानीले मुख छोपी रुँदा थाहा पायौ कि नाई ।। तिम्रो चिनो आँशुले धुँदा थाहा पायौ कि नाई ।। जहाँकही तिम्रो अस्थित्व मात्र भाग्य अपवाद भो यही पिरमा मा पागल हुँदा थाहा पायौ कि नाई ।। आँखा अघि नपाउदाँ भौतरिन्थे, तर अचेल तिमी भेट्न आफ्नै मन छुँदा थाहा पायौ कि नाई ।। शर्त राख्यौ टाढिने निँहुमा, चुँकौला मा कतै भनी पुरा गँरे शर्तका ती बुँदा थाहा पायौ कि नाई ।। मान्छे आफ्नै थिए तिम्रा, भगवान आफ्नै बनाएछौ मेरा कुरा सुन्दैनन खुदा थाहा पायौ कि नाई ।।
Mrigtrishna · Sep 30, 2016 8:11 AM · 16,817 views
हजुरको कविता पद्ध्हा मलाई हजुरको सारै माया लाग्छ ...मृगतृष्णाजी !
Nas · Sep 30, 2016 9:52 AM
राम्रो लाग्यो मृगतृष्णा जी .
ThahaChaena · Sep 30, 2016 10:17 AM
माया त सहन्छु नास जी दया नजागोस् | :) धन्यबाद thahachaena जी. :)
Mrigtrishna · Oct 1, 2016 12:40 AM
राम्रो । बन्धु लै कसैले प्रेम मा धोखा दिये जस्तो छ।
robwin · Oct 1, 2016 3:08 AM
प्यारी मृगतृष्णाजी, हजुरको कविताले त् खाली हजुर प्रति अपार माया, प्रेम र स्नेह मात्र जगाउँछ ! अनि मेरो माया पनि सहेने कुरो हो र ... त्यो त् स्वच्छ मनले ग्रहण गर्ने कुरो हो नि मृगतृष्णाजी ! ग्रहण गरि दिन भयेको खण्डमा शायेद हजुरले फेरी कहिले पनि एस्तो ...अति नै सार्हो वियोगान्त कविता कोर्न हुन् थिएँन जस्तो लाग्छ है मलाई त् !
Nas · Oct 1, 2016 12:12 PM
यो कथा हो तृष्णा मेरो मुटुको पाना भरि , भरि लेखेको... सम्झाउँदै छु तिमि लाई.... 😳
atomic · Oct 1, 2016 1:03 PM
सबै प्रेम ग्रहण गर्न मिल्ने हुँदैनन शायद । कहिले काही अभिशाप् बनिदिन्छ अनि सहनु पर्ने हुन्छ । धेरै धेरै धन्यवाद स्नेह को लागि । :)
Mrigtrishna · Oct 1, 2016 1:46 PM
आह हा ! यो तितो सत्यलाइ पनि हजुरले कति मिठास दिनु भाको ! यो प्रेम भन्ने चिज पनि कस्तो कस्तो हगि मृगतृष्णाजी ....कसैलाई अभिशाप त कसैलाई बरदान ! अनि हजुरले मलाई दिन भाको वाचा हजुरले अहिले सम्म पुरा गर्न भाको छैन ! याद छ ....हजुरले लेख्न भाको कथाको अर्को भाग लेक्छु भन्न भाको थियो नि ! मैले अहिले सम्म कुरी नै राको छु ... कस्सम मृगतृष्णाजी ! हजुरको लेखको प्रेमीको त्यो इछ्या पुरा गर्दिन हुन्न हजुरले ?
Nas · Oct 1, 2016 11:12 PM
कोशिश गर्नेछु नास जी. ढिलो चाडो होला .. त्यस्को लागि माफी चाहन्छु |
Mrigtrishna · Oct 3, 2016 12:03 AM
हुन्छ मृगतृष्णाजी ... म नि प्रतिक्ष्या गरिरहने छु है त् !
Nas · Oct 3, 2016 9:38 AM
प्रतिक्ष्या गरेको तिन बर्ष भैसकेछ ..... मृगतृष्णाजी !
Nas · Jan 12, 2020 1:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion