अन्दुस ब्रो को कथा पढेर आफ्नो गाथा पनि सुनाउने प्रोत्साहन मिल्यो | धन्येबाद खाते भए पनि तिमीलाई | धेरै अघि को कुरो हो | बल्ल १ कक्ष्यामा पढिराखेको थिए | मिनपचासको बिदामा केहि हफ्ता मामाघरमा बस्न गाको थिए | मामाघरको चोक र गल्लीमा थुप्रै केटाहरु थिए अनि दिन भर चोक र गल्लीमा खेलिन्थ्यो | चोकमा खेल्न भनेर मामाले एउटा फ्रिज्बी दिनु भयो | त्यो फ्रिज्बीमा "ढाल" लेखिराखेको थियो | आफु बल्ल ६ बर्षको त्यो उमेरमा ढाल भनेको shield भनेर थाहा थियो अरु ठुला दाइहरु ढाल भनेर गलल हासे | खैर केहि प्रोब्लेम थिएन मज्जा संग ढालको फ्रिज्बी खेलियो | त्येसैको केहि दिन पश्चात उता चोकमा खेलिराको बेला मामाको कोठाको झ्याल मुनि एउटा बेलुन भेटियो | सो बेलुनलाइ मज्जासंग फुकिराखेको थिए एक जना दाइ आएर हरे राम के गरेको एस्तो यो बेलुन त तुरिमा बेर्ने बेलुन पो भन्छ | त्यो दाइ पनि म भन्दा बढीमा दुइ बर्ष जेठो थियो | थू थू गरेर त त्यो बलुन फालें तर उक्त घटना कहिले नि बिर्सिन्न | ढालको पुरा डब्बा नै किन्या होला साएद अनि त्यो डब्बा को बिर्को चै फ्रिज्बी भनेर देको होला पक्कै | कस्तो खाते मामा होला - हैत | नेपालमा अझै पनि काम चलाइसकेको कण्डम झ्यालबाट फाल्ने खाते चलन छ कि छैन? कसैलाई त्येस्तो नपरोस | हरि शरणं |
khateynepali · Oct 11, 2016 2:10 PM · 994 views
" मामाले एउटा फ्रिज्बी दिनु भयो " फ्रिज्बी भंन्या के हो सरकार ? बच्चा बेला मा used कण्डोम मा मुख जोत्या रैछ र पो नाम पनि खाते नेपाली भाको । खै हाम्ले त थुतुनो र मुतुनो समालेर राखेम तेइ भएर साझा मा कई उल्पत्यांग लेखिन्न ।
instagram · Oct 11, 2016 2:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion