सत्य कथाको खोजीमा हिड्दा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो साता म ड्यालस सिटी मा घुम्दै छु |अन्य शहर भन्दा अलिक फिक्का जस्तो लाग्यो | सबैको आफ्नो आफ्नो सोच्ने र हेर्ने तरिका हुन्छ , ड्यालस बस्नेलाई तिमीहरुको शहर झुर भन्न् खोजेको चै होईन | फोर्ट्वर्थ बाट यो शहर तिर लाग्दा Cowboys को फुटबल स्टेडियम् हुँदै जादो रहेछ| अर्को दिन बेलुकी पख Downtown Sundance Square जादै थियौ बाटामा कुर्था लागएकी महिला टायर् फेर्दै गरेको टोयोटा कोरोला को छेउमा उबिएकी थीईन | ५ फिट ४ इन्च जती को उचाइ पुटुक्क पेट लागेको ( सायाद् Budweiser बियर को भुँडी होला) छरपस्ट कपाल भएको ३०-३२ को निधार पुछ्दै थियो | यो त नेपे जस्तो छ के भनेको बच्चा हरुले ओई नेपे भनी हाले | अनी त्यो पेटुले पनि टाउको उठाएर हेर्यो | हैन त्यो त नेपाली नि हो लौ सहयोग गर्नु पर्ला भने | अनी गाडीमा भएका सबैले एक मुख गरेर सोधे तपाईंइको चिनजान्को मान्छे हो ? नेपालदेखी नै चिन्नु भएको कि फेस्बुके चिनजान् हो ? सोधाई पनि अचम्मै लाग्दो | नेपाल देखी कि फेसबूके ? फेस्बूक खातानै खोलेको छैन भन्दा के के भन्ने हुन भनी कुरा टार्न खोज्दै थिए जबाफ नदिई धरै भएन | साझामा खेती गरेर बस्ने हरु धेरै छन तेस मध्धे म पनि एक हुँ | यो खेती गराइमा कुनै कुनै चै नोक्सानीमै पारीएला झै गर्ने पनि निस्किए भने मेरा बाजे हावारदार थिए भनी कुरा कानी पनि हावाल्दारी ताल बाट सुरु गर्ने हरु सँग जम्का भेट पछी कुस्ता कुस्ती हुन मात्रा बाँकी छ, कुरा कानी गराइ देख्दा एसो अन्दाज गएको थिए यस्तै हुनु पर्छ तेसैले प्वाक्क भन्न् पुगिछौ नेपे जस्तै छ ? उस्ले मलाई PM बाट जबाफ दे भनेको मैले चै तेही साझाको कुराकानी बक्स मै जबाफ दिए पछी उस्को जबाफ " ओई ***** तलाई PM जबाफ दे भनेको होईन किन यहाँ जाबाफ दिन्छस" यिन्ले निकालेनन त हावाल्दारी पारा ? मेरो सहयोग गर्ने जाने कुरा मा सबैले एक मुख गरेर भने यदी तेही नेपे नै रहेछ भने तेस्ले पनि तपाईं तेही हो भन्ने थाहा पायो भने तपाईं शहयोग गर्न जानु भएको होइन कुस्ती गर्न आएको भन्ने ठानी साच्चै नै कुस्ता कुस्ती गर्न सुरु गर्‍यो भने के हुन्छ ? हामी ले ९११ डायल् गर्ने ? गाडी स्लो गरेर फर्किएर सहयोग गरौ गरौ लाग्दै थियो गाडीमा भएकाहरुको कुरा सुने पछी डर लाग्यो | मेरो डर चै त्यो मुला पाग्रा फेर्न बोकेको long wrench ले कथम कदाचित गुला तिर हान्दियो र् खसी बनियो भने ३-४ वटा बच्चा बनाउला भन्ने इच्छा धरासाय हुन्छ | डर नै डरले छोपिए पछी मैले पनि पाङ्रा मात्रै फेर्ने हो जस्तो छ हामीलाई पनि त्यहा सम्म पुग्नु छ भन्दै गाडीको स्पीड बडाए | सबै जाना खुशी देखिन्थे भने त्यो नेपे नै हो ? किन तेस्ले फर्केर हेर्यो ? त्या जानु भएको भए तपाईं हरुको कुस्ता कुस्ती अबस्यनै हुन्थ्यो पहाडसे गिरा लङुरपे अड्का भनेको एही हो ला ? अब लागे यिनी हरु पनि नेपे झै, घुमाइ फिराइ एउटै कुरामा आएर अड्किने ? जानु भएको भए कुस्ता कुस्ती हुन्थ्यो ? म चै आज साझामा छुईन भन्नु परेन साझा त गाडीमै छिरेछ भन्ने मा पुगे | यो सत्य कथा होईन अनी सत्य कथा खोजेर पढि बस्ने अनी मेरो छाया देखे पनि अनुहारका स्नायु हरु मा खैला बैला मच्चिने हरु खोजी खोजी पढेर जोरी खोज्ने कुरा हरु ननिकाल्नु होला | सत्य कथा को अन्श् १० % मात्रा छ भने बाँकी सबै कल्पना हुन र नपत्याउनु होला | ९० % काल्पनी हुन भनेर लेखी सके पछी कुस्ता कुस्ती गर्ने र हावाल्दारी पाराका कुरा हरु आउँदैन होला मा विश्वाश गरेको छु |

magorkhe1 · Dec 2, 2016 3:08 PM · 201 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion