कथामाण्डौ (भाग १) ============= (हालैको काठमाडौ यात्राका "कथा"हरुलाई “कथामाण्डौ”को रुपमा क्रमश: राख्ने जमर्को गर्दैछु| आशा छ यहांहरुले माया दिनु हुने नै छ ) करीब ३ बर्षको अन्तराल पछी आफ्नो माटो, आफ्नो बाटो नाप्न नोभेम्बर महिनाको पहिलो साता कतार इअरको जहाज चढियो | १३ घन्टाको अनवरत उडान पछी दोहाको हम्मद अन्तर्राष्ट्रिय विमानस्थल पुगियो| काठमाडौको उडान ५ घण्टा पछी भएकोले कतारमा खासै हतार थिएन | खुट्टा जुत्ता तन्काइ संकाइ आराम संग इअर्पोर्ट भित्रको नजारा हेर्न थालें | अति व्यस्त टर्मिनल भवन पुरै “नेपालमय” थियो| जताततै नेपाली अनुहार र ब्यबहार छरप्रष्ट देखिन्थ्यो | झुण्डका झुण्ड कालोसुटमा नेपाली आवाजहरु प्रतिध्वनित भैराख्या देखियो | यत्तिकैमा एकजना सुटेडबुटेड वाकीटकी भिडेका मंगोलियन अनुहारले “तपाईंहरु नेपाली” भनेर नेपाली मै सोधे | सामान्य परिचय भए पछी उहाँ खुल्दै जानु भयो | हाम्रै टोलका ध्याकोय बनियाको (ज्ञान मान बनिया )को मिनरल वाटर कम्पनीमा अफिसर भै १२ बर्ष काम गरेको र साहुले चौधरी ग्रुपलाई कम्पनी बेचे पछी कतार आएको पीडा सुनाए| किन नाफामा चलेको फ्याक्ट्री बेच्नु परेको होला भन्ने उनको गुनासोका अनुत्तरीत् जवाफहरु म पनि खोज्दै थिए र छु पनि | उद्योग धन्दाको झन्झटमा फस्न नचाहेकोले होला शायद क्रिस्टल होटल अंगिकृत नागरिकहरुलाई बेचे काठमाडौका रैथाने नेवार साहुजीले | अच्छाखासा चलेको, सेमिनार गोष्ठिका लागि पहिलो छनौटको ब्लु स्टार होटल बन्द गरी खण्ड खण्ड पारी भाँडा उठाएर ढुकुटी भर्ने काम किन गरे तुलाधर साहुले? स्थापित उद्योगधन्दा बिस्थापित गरेर हामी पहिचानको लागि जातीय मोर्चामा मशाल जलाउन गैराख्या छौ हामी| हाम्रो अस्तित्व भनेको हाम्रो ब्यबसाय र उद्योग हुन्, हामी कदापी “भाँडे” हैनौं | खैर सेक्युरिटी अफिसर भाइको गुनासोलाई यस्तै हो के गर्ने भनेर टाले पनि मनमा अनेक तर्कना उठिरहे | भोक लाग्यो, सजिलो छनौट म्याकडोनाल्ड पर्यो नै | काम गर्ने चाहि नेपाली थिएनन् | बरु ग्राहक ९० प्रतिशत नेपाली थिए | कोही त्यै टर्मिनल भवनमा काम गर्ने कोही म जस्तै नेपालको बाटो हेर्दै कुर्दै बसेका यात्रु | एकहुल महिलाहरु थिए संगै, उनीहरुको हाउभाउ र खण्डित कुरा सुन्दा कतारमा घरेलु सहयोगीको रुपमा कामगर्नेहरु देखिन्थे | “अरब” देशमा “हजार” कमाउन हिडेका , बाजारमा बेचिएका नेपाली चेलीहरुको अनेक कारुणिक कथाहरु बेला मौकामा पढिरहेका हुन्छौ हामी | कतै ती नेपाल जान लागेका चेलीहरुका अव्यक्त पीडाहरु त्यस्तै कारुणिक छन् कि, सोध्ने कुरा पनि भएन, अन्दाज मै सीमित गरें | ड्युटी फ्री शपमा पुरै नेपाली | यसो चहारें | अलिकति बिदेशी मदिरा लिएर जाने कि भन्ने सल्लाह भो | “ भाइ , ड्युटी फ्रीको एकजनाले कति लिएर जान पाउछ? “ समय समयमा नियम बदलिरहने भएकोले सोधें | “एकजनाले १ लिटर हो सर तर सबले २ लिटर लिएर जान्छन् “ इमान्दार जवाफ पाएँ| नियमानुसार हामी दुइले पाउने २ लिटरको बोतल किनें | समय घर्किन लागेकोथ्यो | नेपाल जाने प्लेनको गेट तिर गएँ | त्यता नि अधिकांश नेपाली कर्मचारी | बोर्डिंग पास चेक गर्ने देखि व्हिल चेयर सहयोगी समेत नेपाली | कामकाजी भाषा नेपाली | परदेशको हवाई अड्डामा कामकाजी भाषा नेपाली, हामी सानो मुलुकमा खुद्दारीहरु टोलै पिच्छे छुट्टै कामकाजी भाषाको लागि आन्दोलन गर्छौ | विमान निर्धारित समयमै उड्यो | बिमान भरि कतार र कतार वरिपरी अति उष्ण तापमान पसिना बगाएर फर्केका श्रमजीवीहरु थिए | हामी जस्ता कतार भन्दा पर अति चीसोमा पसिना जमाएर फर्किनेहरू र केही गोरा पर्यटकहरु थिए| प्लेन अलि पुरानो अर्थात् प्लेन भित्रको सुबिधा अत्याधुनिक थिएन | सीटमा भएको स्क्रिन टच स्क्रिनवाला थिएन | धेरैले चलाउन नै जानेनन् | सोच्छु, ती अशिक्षित सोझा सिधाहरु कति ठगिंदा हुन् परदेशमा| नेपालीले नेपाली नै ठगेका कहानीहरुले बेला बेलामा अखबार तताई रहेको हुन्छ | काठमाडौ सम्मको उडान ५ घण्टा चानचुन मिनेट | स्थानीय समय अनुसार बेलुकाको ७.४५ मा अवतरण हुनु पर्नेमा ७.२५ मै विमानले नेपाली माटो स्पर्श गर्यो | १०-१५ मिनेटको अन्तरालमा एक पछि अर्को गर्दै मलेशिया तथा गल्फ देशका ४ वटा बिमान अवतरण हुने रहेछ | अध्यागमनमा फाराम भर्नेहरुको भीड यातायात ब्यबस्था बिभागको जस्तो थियो | त्यसपछि अध्यागमनको लाइन | लगेज ढुवानी गर्ने बेल्ट जम्मा दुइ वटा | धन्न दुवै चलेको थियो | एउटा सुटकेस आयो, तँछाडमछाड गर्दै एउटा टिपियो | अर्को आउन १५ मिनेट | एक घण्टामा सबै सुटकेस आयो, सहि सलामत | भन्सारको निगरानी शुन्य | सजिलो संग त्रिभुवन विमानस्थलबाट बाहिर आइयो | घरका मान्यजन देखि प्याराहरु सबै बाहिर प्रतीक्षारत थिए-स्वागत गर्न | अँ साँच्ची यसपाली सबैभन्दा मीठो स्वागत लोड शेडिंग मुक्त काठमाडौको झिलिमिलीले गर्यो | अर्को कुरा भन्ने बिर्सेको, इअर्पोर्ट भित्रको शौचालय साँच्ची नै अन्तर्राष्ट्रिय स्तरको सफा र ब्यबस्थित थियो | मन्त्री जीवन बहादुर शाहीको इज्जत चाहि राख्या छ है विमानस्थलले | क्रमश:
rahulvai · Dec 21, 2016 10:21 AM · 22,635 views
येत्रो एक महिना कुरायर तेइ पहिलै पढेसुनेको कुरा !!!!! यात्रा संस्मरणको कस्तो रमाइलो रमाइलो किस्सा सुन्न पाइएला भन्या त हत्ती आयो हत्ती आयो फुस्सा !!!!!
sara_solta11 · Dec 21, 2016 11:42 AM
सारा, हात्ती आएकै छैन, फुस्सा हुने कुरै भएन | बल्ल काठमाडौ पुगियो, कथामाडौ त बांकी छ |
rahulvai · Dec 21, 2016 12:07 PM
कथाको पुर्बाधर मात्रा सुरु भएको छ किस्ता बंदी माँ आउदै होला | २०१५ को में महिनामा घर परिवार भेट्न गएको बेला खाड़ी मुलुक बाट नेपाल चढ़ने बेलामा काउंटरमा लागेको भीड़ र हामी ९९.९५ % नेपाली यात्रुले प्लेन छिर्न गरिएको प्रयास सानोमा सिनेमा हेर्न ज्यादा ४० पैसे लॉम माँ लागेको र टिकट लाइन प्वाल सम्म पुग्न गरिने प्रयास लाइ समझना गराएको थियो | फर्किन लागेका यात्रुले आफ्नो सीट खोजन जानेको हुनु पर्ने हो र आफ्नो आफ्नो सीटमाँ मात्र बसन पाइने कुरा पनि अलिकति बुझी सकेको हुनु पर्ने जस्तो लागेको थियो | पैसे तिरेर चढिएको हो तर मिनी बसमा चढेको जस्तो आभास भयो जसरी हवाई परिचारिकाले यात्रु संग गरेको ब्यबहार देख्दा | ५ सीट अगाडी पछाडि बसेको साथी संग चर्को चर्को स्वरमा कुरा गरेको देख्दा कुनै बेला पाटन ढोका चढेको बसमा एउटा लाउके फुंग फुन्गति चुरोटको धुवा उडाएको समझना दिलाएको थियो | आफुलाई चाहेको कुरा गर्ने पर्ने | स्नैक्स र फ्री सुरा पानी पीए झै पियर एक पछि अर्को घंटी बजाउदै बियर मागे पछि यो चै अंतिम हो तुरियो भन्ने पानी सुनने परेको थियो | तेती खेर हवाई जहाज हरु एउटै जस्तो समयमा अबतरण भएको ले आधा घंटा पछि मात्र हामी प्लेन बाट निस्कन पायौ | पलेनले पांग्रा भुईमा छोएर मंद गतिमा कुदाई रहेको छ , यात्रु बर्ग लाई बसी दिन आग्रह गुंजी रहेको छ बुझेको हो होईंन छुट्याउन सकिन| सबै जना च डन लाइ जस्तो हतार थियो उतरन पनि उस्तै | ढुवानी बेल्टमा सामान आऊंन डेढ़ घंटा नै पर्खिनु परेको थियो र तेती खेरको दृश्यमा आफ पनि एउटा कलाकार नै भइएको थियो | मेरो सानो अनुभब लाइ यो धागोको एक कुनामा राखी दिए |
maGorkhe1 · Dec 21, 2016 1:20 PM
dosro bhaag chadai awas..
chemistry comrade · Dec 23, 2016 4:52 PM
afno purai economy marwari ra angikrit lai sumpera afai afno desh ma bideshi ko company ma darban basne hami bahadur nepali ko gaurabmaya itihas ra sanskriti nai bhayo. our economy today is in hands of 10-15 foreign families who can enforce a blockade from within hte nation. they create artificial scarcity of food and stuffs and even our government cant touch them.we are economically enslaved in our own lands
shiva_linga · Dec 24, 2016 12:46 PM
लौ है मैले राहुलब्रोका क्लासिक धागोहरु धमाधम अप गर्दै छु ! 🙈 प्लिज भोट राहुलब्रो ! http://sajha.com/mobile/info.c... Last edited: 08-Dec-20 07:19 AM
Nas · Dec 8, 2020 6:34 AM
"हामी सानो मुलुकमा खुद्दारीहरु टोलै पिच्छे छुट्टै कामकाजी भाषाको लागि आन्दोलन गर्छौ" वा क्या लाइन छ। मगोर्खे को कुरामा पुर्णत सहमत अनि यो अझैपनि त्यस्तै छ। कहिले पनि नसुध्रिने अथवा सुध्रन नचाहने हामी। तर एक पटक सोचौ त लाखौं सकारात्मक कुराहरु छन त्यसको चर्चा कम गर्छौ हामी अनि औंलामा गन्न मिल्ने नकारात्मक कुराहरु कोट्याउँन, कम्प्लेन गर्न सार्है माहिर छौ नि हामी
mabirkhe · Dec 8, 2020 7:17 AM
राहुलजिले पहिलो भाग अनी अन्तिम भाग मगोर्खेजी ले पुरा गर्नु भए जस्तो छ किनभए 2016 मा सुरुभएको २०२० सम्ममा पनि दोश्रो भाग आउन सकेको छैन | साझाका पुराना हस्ती हरु लाई "The law holds that bad money drives out good money in circulation" को भनाइ जस्ताइ साझामा छिरेका ब्याडआसहरुको जमातले पुराना हस्तिहरुलाई बिस्थापित गरेको हो भने वहाँहरु सँग तालमेल हुनेहरुको सन्ख्या कम हुँदै गए पछी बनझारले साझाभरे पछी वहाँ हरुले चटक्कै छोडि दिनु भयो| जस्ले जस्ले व्हाहरुलाई चिने प्रस्म्सा गर्न छोडेका छैनन अनी बेला मौकामा खोजेर पनि पढदै छौ | नयाँ नस्लाई आफ्नै धुन छ अनी उनिहरुको मानसिक अवस्था र सोच अनुसार न कुरुछेत्र न पान्डब न कौरब न त युद्द नै छ तैपनी को को सँग भिद्ने र लडने भनी हरेक दिन साझा खोले पछी सुरु हुन्छ र एकल शन्ख नाद गर्न पछी पर्दैनन यानेकी साझा सधैं खहरे झै धमिलिएर बगेकै कारणले वा यो खहरेले पन्छाएको त होईन ? चिकनी चमेली जस्ता धागा हरु बहुचर्चित छन, (Sexual topics were and are high demand मैले पनि एउटा प्रथम र अन्तिम धागो कोरेको थिए) यस्तै यस्तै हेर्न लायलित मस्तिस्क र आँखा हरुको जमातले भरिएको साझामा राहुलअभाइ जस्ताको माग कहाँ छ र | आजभोलि कथा र साहित्य पढ्न भनेर साझा छिर्ने हरु को को हुनु हुदो रहेछ म पनि एउटा साझा पोल राखी दिउ कि ? Last edited: 08-Dec-20 12:48 PM
Logan · Dec 8, 2020 9:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion